Showing posts with label Literature. Show all posts
Showing posts with label Literature. Show all posts

Tuesday, May 15, 2012

डाक्टर होउन त यस्ता !! (एक पटक पढ्नै पर्ने कथा)

A doctor entered the hospital in hurry after being called in for an urgent surgery. He answered the call asap, changed his clothes & went directly to the surgery block. He found the boy’s father pacing in the hall waiting for the doctor. On seeing him, the dad yelled:“Why did U take all this time to come? Don’t U know that my son’s life is in danger? Don’t U have any sense of responsibility?”

The doctor smiled & said:“I am sorry, I wasn’t in the hospital & I came as fast as I could after receiving the call…… And now, I wish you’d calm down so that I can do my work.”

“Calm down?! What if your son was in this room right now, would U calm down? If your own son dies now what will U do??” said the father angrily

The doctor smiled again & replied: “I will say what Job said in the Holy Book “From dust we came & to dust we return, blessed be the name of God”.
Doctors cannot prolong lives. Go & intercede for your son, we will do our best by God’s grace”

“Giving advises when we’re not concerned is so easy” Murmured the father.

The surgery took some hours after which the doctor went out happy, “Thank goodness!, your son is saved!” And without waiting for the father’s reply he carried on his way running.

“If U have any question, ask the nurse!!”
“Why is he so arrogant? He couldn’t wait some minutes so that I ask about my son’s state” Commented the father when seeing the nurse minutes after the doctor left.

The nurse answered, tears coming down her face: “His son died yesterday in a road accident, he was in the burial when we called him for your son’s surgery. And now that he saved your son’s life, he left running to finish his son’s burial.”

Moral:-Never judge anyone….. because U never know how their life is & what they’re going through”
Source:-यो कथा इन्टरनेटमा कतै पढेको बेला घत लागेर मैले यहाँ राखेको छु ।

Thursday, January 19, 2012

अझै कति राहत दिने हो कमरेड जनतालाई??

मुस्तांगमा सरर बाबुराम ! (कार्टून:गूगल दाईको search Engine)

सर्वबिदितै छ बाबुराम सरकार मितव्ययी छ | यति मितव्ययी छ कि चियापानमा मात्रै २२/२३ लाख खर्च गर्छा त्यै भएर त सरकार पनि मुस्तांग चढ्छ नि ! यस्तो मितव्ययी सरकारले जनताका लागि पनि धेरै गर्न पनि त सक्दैन नि तै पनि बाबुराम सरकारले त गरकै छ नि ! कमसेकम अरु सरकारले भन्दा बढी आश्वाशन त बढेको छ अरे यार झुटै सहि | आखिर मुलुक र जनताले रोजेका र नारायणकाजी लगायत मधेशीहरुले पनि खोजेका जो प्रधानमन्त्री छन् मुलुकमा | बाबुरामको नाटकीय मितव्ययिताको कुरा, भो न कुरा गरम! मुस्तांग चढेर बचाएको खर्च उनले चियापानमा गरे त के भो ?? आखिर उनले त चाहेकै हुन् नि खर्च कम गर्न !

Wednesday, December 14, 2011

Dancing with the Devil

A Texas Ghost Story
retold by
S. E. Schlosser
The girl hurried through her schoolwork as fast as she could. It was the night of the high school dance, along about 70 years ago in the town of Kingsville, Texas. The girl was so excited about the dance. She had bought a brand new, sparkly red dress for the dance. She knew she looked smashing in it. It was going to be the best evening of her life.
Then her mother came in the house, looking pale and determined.
"You are not going to that dance," her mother said.
"But why?" the girl asked her mother.
"I've just been talking to the preacher. He says the dance is going to be for the devil. You are absolutely forbidden to go," her mother said.
The girl nodded as if she accepted her mother's words. But she was determined to go to the dance. As soon as her mother was busy, she put on her brand new red dress and ran down to the K.C. Hall where the dance was being held.

Thursday, December 8, 2011

अचम्मको भुत

त्यतिबेला हामी ७ जनाको दोस्ती खुब जमेको थियो। हामीमध्ये कसैलाई केही भयो/पर्‍यो भने सबै एकर्कको लागि ज्यान दिन पनि तयार रहने हाम्रो दोस्ती साँच्चै उदाहरणिय थियो। जहाँ जाँदा पनि संगै हिंड्ने हामीले नचाखेको र नखाएको चिजहरु सायदै थिए होलान। साँझ भयो कि हाम्रो जक्सनमा हाम्रो मीटिङ्ग भइहाल्थ्यो र मीटिङ्गमा सनतिन गफ त हुँदैन थियो नै। कोही अमेरिका गएर नासामा बैज्ञानीक भएको सपना देखेको गफ दिन्थे त कोही चन्द्रमामा नै पुगेको सपना दिन्थे भने कोही कोही त नयाँ ग्रह नै पत्ता लगाएको गफ पनि दिन्थे। जस्को एउटै मात्रै कारण भनेको मीटिङ्गको बेला प्रयोग गर्ने बुटी(गाँजा) नै हुन्थ्यो। हामी सबै जम्मा भइसकेपछी हामीलाई गाँजा नभै हुँदैनथ्यो। यसै गरी हाम्रो दिन्हरु चल्दै थियो। यस्तैमा एक दिन एउटा साथीले कुनै ठाउँमा नाइट क्याम्प गर्न जाने प्रस्ताव ल्यायो। प्रस्ताव आउनु मात्रै के थियो हामीले तुरुन्तै त्रिशुलिमा नाइट क्याम्प गर्ने योजना बनायौँ। अब हामीले भोलिपल्ट नै  जाने योजना बनाएर त्यो दिन हामी आफ्नो बाटो लाग्यौ।

Thursday, November 24, 2011

बोक्सी - के यो सम्भव छ??


कुरा लगभग दुइ/तिन बर्ष अघिको हो, जब म पहिलोपल्ट काठमाडौँको खाल्डो नाघेर कुनै दुर्गम गाउँमा(हुन त काठमाडौँ नजिकै थियो तर पनि कुनै दुर्गम गाउँ भन्दा कम थिएन) पुगेको थिए | जहाँ मैले पहिलोपल्ट कुनै मानिस बिरामी हुँदा खसी काटेर पूजा गरेको र बाजा (ढ्यांग्रो) बजा'को देखेको थिए | त्यहाँको मानिसहरुलाई डाक्टरमा भन्दा बढी धामि झाँक्री र वैद्यमा बढी बिश्वास थियो | धामी झाँक्रीले कुनी कुन कुन देवताको र कुन कुन भुतको वा कुनै बोक्सी आदिको दोष देखाउदा रहेछन | अनि त्यो रोग साम्य पार्न पशु बलि दिएर पूजा गर्नु पर्ने रहेछ | आफु विज्ञानको बिद्यार्थी त्यसमाथि पनि MBBS पढ्दै गरेको ठिटो, जो प्राक्टिकलको लागि गाउँमा गएको थिए | मलाई यो कुरो पचेन त्यसैले मैले गाउँलेहरुलाई यस्तो गर्न छोडेर बिरामीलाई हस्पिटल लगेर जचाउन र औषधि खुवाउन सुझाए तर उनीहरु के मान्थे | आफ्नो बसेको घरबेटीले नै बस्न मन भए चुप लगेर बस्ने होइन भने चुपचाप आफ्नो बाटो लाग्नु हामीलाई सिकाउन नखोज्नु भनेर भनेपछि मनलाई सम्झाउने कर लाग्यो | म छक्क परें, भलाई गर्ने जमानै रहेन भन्दै चुप लागे |
गाउँलेहरुले मलाई किन त्यस्तो जवाफ दिए मलाई सार्है नै खसखस लागिरह्यो जबसम्म मैलेयसको बारेमा थाहा पाइन तर छक्क त तब परें जब साचो कुरो पत्ता लाग्यो | वास्तवमा भएको के रहेछ भने कुनै समयमा ति गाउँका गाउँलेहरु डाक्टरलाई भगवान झैँ मान्थे रे | तर एक पटक एउटा बिरामी अन्तिम अवस्थामा पुगेको रहेछ स्वास्थ्य चौकी (त्यहाको अस्पताल) पुर्याउदा लगभग मृत भैसकेको झैँ थियो | डाक्टरले उसलाई अब बाच्दैन भनेर भनिदिएपछि घर फर्केर लगियो | ठिक त्यहि बेला आएको झाँक्रीले उक्त बिरामीलाई पुरानै अवस्थामा फर्काइ दियो | लगभग दुइ तीनवटा यस्ता केसहरु जसमा डाक्टरले उपचार गर्न सकेनन त्यसमा धामी झाँक्रीले सफलता प्राप्त गरे | जब सोझा साझा जनतालाई धामी झाँक्रीको शक्ति डाक्टरको भन्दा बढी लग्न थाल्यो तब धामी झाँक्रीले मौकाको फाइदा उठाएर स्वास्थ्यचौकी नै भत्काई दिएछन् अनि त के चाहियो जो/जे बिरामी भए पनि खाली धामी झाँक्री |

म पनि भविष्यको डाक्टर मलाई के पच्नु यस्तो कुरो? अब म यिनीहरुलाई पाठ पढाएरै छोड्छु भन्ने सोच्दै थिए तर ठिक त्यसै बेला म बिरामी परें | मेरो शरीर दुइ दिनमा पुरै बेसहार जस्तो पहेलो भयो | खान रुच्न पनि छोड्यो | न खान मन लाग्छ न केहि गर्ने जाँगर नै चल्छ | मैले अब आफ्नै शहरको औषधि र अस्पताल सम्झें तर "ल्हाशामा सुन छ कान मेरो बुच्चै" भनेझैँ त्यो शहरको सुविधा यहाँ कहाँ पाउनु ?? आफुसंग भएको केहि औषधिहरु प्रयोग गरियो तर रोगले झन् झन् च्याप्दै लाग्यो | पाचौं दिनका दिन त म इन्तु न चिन्तु नै हुन पुगें | गाउँलेहरुले के के गरे कुन्नि छैठौ दिन मलाई अलि सन्चो भएको र भोक लागेको भन भयो | केहि खान मन लाग्यो तर कसले दिने?? धन्य घरबेटी आमै मनकारी रहिछन, मैले आँखा खोलेको थाहा पाएर जाउलो ल्याएर दिइन | आज अलिक सन्चो भएको जस्तो भएको थियो तर पुरै सन्चो भने भएको थिएन |

बेलुका मेरो कोठामा कालु धामी आएर उसका ढ्यांग्रो लगायतका सामानहरु राख्यो र घरबेटीहरुलाई बोलाएर कुन्नि के के माग्यो | अनि सुरु गर्यो उसले आफ्नो काम्ने र ढ्यांग्रो बजाउने नाटक, मैले चाल पाएअनुसार उनीहरु(गाउँले) त्यसलाई चिन्ता बसेको (गरेको) भन्थे | चिन्ता बस्न भूतप्रेत लागेको वा बोक्सी लागेको बेलामा धेरै बिरामी भएको मान्छे (बिरामी) हुनु पर्थ्यो | भोलिपल्टबाट मेरो स्वास्थ्यमा क्रमिक सुधार आउदै थियो | त्यसको ३/४ दिनमा म पूर्णत: स्वस्थ भएँ तर मेरो चिन्ता बस्ने झाँक्री बिरामी भएको खबर सुन्नमा आएपछि म उसलाई भेट्न गएँ |

उसले बताए अनुसार जुन रात उ मेरो चिन्ता बसेर घर फर्किदै थियो त्यसै रात मलाई बिगार पर्ने बोक्सीले उसको बाटो छेकी | तब उसले आफ्नो भएभरको मन्त्र र शक्तिहरु प्रयोग गर्दै त्यो बोक्सिसंग युद्ध गरि रह्यो | बोक्सीले कहिले अरिंगालजस्ता अस्त्रहरूको प्रयोग गर्थी भने कहिले धनुसबाणको कांड जस्ता अस्त्रहरू प्रयोग गर्थी | हरेक अस्त्रलाई छल्दै उ आफ्नो शक्तिको भरपुर प्रयोग गरिरहेको थियो | दुर्भाग्यबस एउटा अस्त्रले उसको छातीमै लाग्यो | तब उसले म पनि मर्छु भने तेरो शक्ति खतम परेर मात्रै मर्छु भनेर मसान उठाएर उक्त बोक्सीको शक्तिलाई खत्तम पारेपछि निदाएको उसको होस् खुल्दा उ घरमा थियो |

अब भने मलाई पनि भुत प्रेत बोक्सीजस्ता चिजहरुमा बिश्वास लग्न थालेको थियो| त्यस दिन उक्त झाँक्रीले यो पनि बतायो कि बास्तवमा धामी र बोक्सीको बिद्या एउटै हुन्छ | धामीले राम्रो र भलाइको निमित्त मात्र उक्त शक्तिलाई प्रयोग गर्छा भने बोक्सीले चाही आफ्नो स्वार्थपूर्ति र रिसीइबी मेट्न मात्रै यस्तो शक्तिको प्रयोग गर्छन |
अन्तमा फ्रीसंसार.कमको यो लेख पनि हेरौं :

Tuesday, November 8, 2011

दोस्ती, राजनीति र नेता

यमन, अमर र समर तिन भिन्नै प्रकृतिका व्यक्ति एउटै कोठामा Room Partner भएर बसेका छन् यिनीहरुलाई जसले चिन्छन, उनीहरु मिलेर बसेको देखेर अचम्ममा पर्छन | यिनीहरुको बानी, व्यवहार, स्वभाव देखेर कोहि पनि बिश्वास गर्दैन कि यिनीहरु एउटै कोठामा बस्छन | यमन बिल्कुलै अचम्मको छ उसको सोख भन्ने वा लक्ष्य खाली गांठवली केटि पट्ट्याउने र मस्ती गर्ने नयाँ नयाँ ठाउंहरु घुम्ने छ | उसको स्वभाव पनि कुनै कुलतमा फसेको मान्छेको जस्तो छ | तर त्यसको ठिक बिपरित अमर भने लजालु, पढाइमा ध्यान दिने सोझो, र डरपोक छ | यी दुइ भन्दा फरक समर जहाँ जस्तो पर्यो उस्तै व्यवहार गर्छ | उ न केटीप्रति मरिहत्ये गर्छ न अवसर गुमाउछ | मान्छे अनुसारको व्यबहार गर्ने उ बलिष्ठ पनि लाग्छ भने निडर पनि छ | उसलाई केहीको चिन्ता छैन जे पर्छ त्यो टर्छभन्ने उसको सिद्धान्त हो भने साला उसको थेगो भन्दा पनि हुन्छ |

माया-प्रेम कि घृणा-तिरस्कार/ प्रगति कि दुर्गति?

राम लक्ष्मण साच्चै रामायणको राम लक्ष्मण जस्तै मिलेर बसेका थिए| एउटै व्यबसायमा लागेका थिए, एउटै कोठामा संगै खान्थे, बस्थे | तर केहि दिनदेखि उनीहरुको सम्बन्धमा एउटा अचम्मको परिवर्तन आएको थियो| उनीहरुको बोलचाल हुन पनि कम भएको थियो| संगै बस्थे तर दुवै जना नजानिदो पाराले टाढिदै थिए| हुन त उनीहरुको बिचमा हाड, छाला, रगतको कुनैपनि सम्बन्ध थिएन यद्यपी उनीहरु एउटै घरका दुइ दाजुभाई जस्तै मिलेर बसेका थिए| यिनीहरु दुवै एउटै गाउँका थिए यद्यपी राम धनि बाउको एक्लो छोरो थियो भने लक्ष्मण गरिबीको चपेटामा परेको धनेको पाँच छोरोमध्येको कान्छो र एकमात्र जीवित छोरो थियो (उसका दाजुहरु उसको आमासंगै पहिरोमा पुरिएर मरेका थिए भने धनेले लक्ष्मणलाई जसोतसो दुख गरेर पालेको थियो)| राम लक्ष्मण बच्चैदेखि एकदमै मिल्ने साथीहरु थिए, अझ भनौ संगै हुर्के-बढेका यिनीहरु साथी हैन दाजुभाई जस्ता थिए| यिनीहरु बीच सबै कुरा चाहे सानो होस् चाहे ठुलो वा बिपत्तिकै कुरा किन नहोस सबै 'Share' हुन्थ्यो| लक्ष्मण काममा बहुतै इमान्दार र मिहिनेती अनि मिलनसार पनि भएको र आफ्नै मन मिल्ने साथी पनि भएकोले रामले उसलाई आफ्नो व्यबसायमा संलग्न गराएको थियो| यद्यपी लक्ष्मणको कुनै पनि लगानी नभए पनि काउन्टर सबै उसले जिम्मा पाएको थियो भने उसलाई आवश्यक पर्दा उसले रामलाई नसोधी खर्च गर्न सक्थ्यो| यस्तो सम्बन्धमा एकाएक केहि दिनदेखि परिवर्तन आएको थियो|

B for बिन्दास!

UNEDITED:
हसिलो, चमकदार अनुहार, चिनजानका मान्छेसंगको भेटघाटमा
सधै एकै किसिमको अट्टहाँस अनि फरासिलो स्वभाव र निश्चल व्यबहार उसको पहिचान हो| उ अर्थात् मेरो साथीको सालो मित्र मणि| वास्तविक नाम देव प्रसाद शर्मा बाट आफ्नो नाम परिवर्तन गरेर आफ्नो नाम आफैले मित्र मणि गराएको, आफु सबैसंग मित्रवत व्यवहार गर्ने हुनाले आफ्नो नाम यस्तो बनाएको भन्ने उ मलाई आफूभन्दा जान्ने बुझ्ने जस्तो लाग्छ यद्यपी उमेरमा म उ भन्दा १५/१६ बर्ष जेठो छु| आज धेरै पछि उसंग भेट हुदै थियो उसको भाषामा भन्ने हो भने धेरै पछी काठमाडौँको खाल्डोमा झुल्किएको थियो उ र मलाई दर्शनभेट दिदै थियो| उ आज मेरै घरमा बिहानको खाना खाने गरि आउदै थियो| बिहानै उठेर नित्यकर्म गरेर पत्रिका पढ्दा पढ्दै उ आइपुगिसकेको थियो| मैले उसलाई देख्ने बित्तिकै सोधे 'के छ त मणि तिम्रो हालखबर??'
उसले सधै जस्तै जवाफ दियो "के हुनु नि दाई? यस्तै त हो नि B for बिन्दास!!! हा हा हा हा हा हा हा हा ...उही पुरानी पाराको अट्टहाँस सहितको जवाफ पाएर लग्यो यो मान्छे कहिल्यै नसुध्रने भयो, सबै change हुन्छन, साला यो केटो किन change हुदैन? म मनमनै सोच्दै थिए "अनि दाई तपाइको सुनाउनुहोस न बरु के छ त्यहि हप्ताको ६ दिने, ८ घन्टे जागिर र व्यस्तता नै त होला नि हैन ? मलाई पेल्ने हिसाबले उ बोल्यो|
उ मलाई सोधिरहेको थियो कि मलाई ब्यङ्ग गर्दै थियो वा मेरो Insult
गर्दै थियो? म आँफै बुझ्न सकिरहेको थिइन|
"अरे यार! जहिले भेटेपनि तिमीलाई चाही मेरै जागिरको किन यति धेरै सिकायत हुन्छ यार? किन यो जागिरलाई तिमि राम्रो मान्दैनौ भन त .." मैले पनि भनिदिए उसलाई|
मलाई लागेको थियो अब उ रिसाउँछ होला तर ठिक बिपरित उ त उल्टो अट्टहाँस छोडेर भन्न थाल्यो "दाई मैले तपाइको जागिरको सिकायत गरेको हैन मैले त यो शहर अनि यो इन्टरनेट अनि यो अफिस र तपाइको सामाजिक संजालका साइटहरु भन्दा बाहिर पनि छुट्टै संसार छ गाउँमा पनि एक किसिमको रमाइलो जिन्दगि छ यो
काठमाडौँको खाल्डोभन्दा अलिक पराको तपाइको गाउँमा पनि रमाइलो संसार छ कहिलेकाहीं त्यहि संसारलाई पनि सम्झने गर्नुस भन्न मात्रै खोजेको हुँ अन्यथा नसोच्नु होला है दाई|" यति भन्दै उही पुरानै पारा दोहोर्यायो अट्टहाँसको!
"भैगो यार छोड्देउ यी सब कुरा सबैको आ-आफ्नै बाध्यता र बिबसता हुन्छन|" मेरो जवाफ थियो उसलाई थुम्थुम्याउन|
तर पनि उ मान्नेवाला थिएन त्यसैले भन्न थाल्यो " तपाईको चाही के बाध्यता थियो त दाई?"
मैले कुरो टुंग्याउने हेयले भने "भैगो छोदिदेउ यार यो कुरा|"
"बरु भन न यतिका दिन कता हराएका थियौ?" मैले उसलाई उसको भ्रमणको बारेमा प्रश्न गरें|
"फिरन्ते मान्छे जता मन लग्यो उतै जान्छु, गएको थिए बिराटनगरतिर!" उसको जवाफ थियो|
"यसरि फिरन्ते भएर मात्रै जीवन चल्छ त?" मैले पनि पेलेरै भने|"दाई हुन त म फिरन्ते भएर हिडेको छु, तर पनि म त्यसै हिडेको चाही छैन मेरो पनि आफ्नै लक्ष्य र उदेश्यहरु छन्, जुन लक्ष्य र उद्देश्य प्राप्तिका निम्ति मैले गर्नु पर्ने संघर्ष कठिन र दू:खदायी पनि छन्| तर पनि मलाई बिश्वास छ म कुनै दिन आफ्नो लक्ष्यमा पुगेरै छाड्छु र आफ्नो उद्देश्य प्राप्त गरेरै छाड्छु| तर दाई तपाई पनि एकपटक तपाइको जागिरबाट फुर्सद निकालेर यो कुवाको खल्दोबता बाहिर निस्केर हेर्नुस दाई अनि थाहा पाउनु हुन्छ घुमाइको मज्जा|" उसले केहि गम्भीर हुदै भन्यो|

"अनि सुनाउ न त तिम्रो भ्रमण कस्तो भयो?"
उसको कुराले उसको भ्रमणको बारेमा जान्ने इच्छा जगायो|
अरे दाई भ्रमण त बिन्दास भयो तर हाम्रो देशमा अझै पनि पुरानै र साघुरो सोच(Narrow Thinking) भएका मान्छेहरुको बाहुल्यता रहेको जानकारी पाएँ दाई| मानिस कहाँ बाट कहाँ पुगिसके तर हामी नेपाली भने खाली अरुकै कुरा काट्नमै व्यस्त रहन्छौ खाली अरुको नराम्रो सोच्न र अगाडी बढ्नेहरुको खुट्टा टन्न मात्रै जानेका छौ हामीले| राजनीति देखि घरनितीसम्म यस्तै भएर बिग्रेको छ| जसरि देशका तिन ठुला दल तिन तिर फर्केका छन् त्यसतै हुन्छ घरछिमेकमा पनि| हाम्रो समाजमा अझै पनि केटा र केटि गफ गरेको देख्दा वा संगै हिडेको देख्दा कुरा काट्नेहरु प्रसस्त हुन्छन चाहे तिनीहरु दाजुबहिनी होउन वा कुनै नातेदार| साला
हामी कहिल्यै सकरात्मक सोच्न जान्दैनौ| जे भए पनि त्यसलाई नकरात्मक मात्रै सोच्छौ| कुनै केटाले आफ्नो साथी(केटि) लै सहयोग गर्यो भने फलानाको फलानासंग खुब चल्दै छ रे नि भन्ने तात्तातो खबर समाज दौडाहामा निस्किन्छ| कुनै केटाले कुनै नातेदार केटीलाई आफ्नो कोठामा बास दियो भने उनीहरुको बिषयमा नानाभाती कुरा काटीन्छन| आखिर हाम्रो सोचाई किन फराकिलो हुन सक्दैन, आखिर किन समाज यति पुरातनबादी सोच राख्छ| अचम्म छ दाई यो समाजको पारा|"
यत्तिकैमा उसको फोनको घन्टी बज्न थाल्यो "हेल्लो!"
...................................
"OK I am coming in half an hour!"
"Sorry दाई! I have to go now!पछी कुरा गरौला नि है !"
यति भन्दै उ जना हतारियो| मैले खान खेर जाउ भनेपछि उ र म खान खान गयौ र खान खाएर उ बाटो लाग्यो| जादा जादै मिठो अट्टहाँस सहित B for बिन्दास गएँ है दाई! भन्दै उ बिदा भयो|

म यतिखेर बेडमा पनि मित्र मणिलाई नै सम्झेर बसिरहेको थिए म उसको कुरा सुनेर म अवाक भएको थिए| सधै प्राकृतिक सौन्दर्यताको कुरा गर्ने उ एक्कासी सामाजिक कुविचारको बारेमा बोलेको देखेर म अचम्ममा परे| मैले सोचेको थिए उसले केहि नया ठाउको जानकारी दिनेछ तर बिराटनगर घुमेर आएपछि उसमा एक किसिमको बितृष्णा पैदा भएको थियो सामाजिक कुविचार र साघुरो विचारप्रति| B for बिन्दास उसको यहि तिन शब्दहरु मेरो कानमा गुन्जिरहेका थिए यत्तिकैमा कतिखेर निदाए पत्तो भएन|

Wednesday, October 26, 2011

देशमै भए तिहारमा




-नील खड्का 
देशमै भए तिहार राम्रो, ठान्थेँ म पनि !
जस्तै भए नि खुसीसँगै, मान्थेँ म पनि !!

मूल घरमा बेग्लाबेग्लै, खाल जम्दाखेरि !
कौडा समाइ एउटा दाउ, हान्थेँ म पनि !!



तिहारमा जुवा खेल्ने, चलन नै हो भन्छन् !
हारे फिस्स जिते पैसा, तान्थेँ म पनि !!

गाउँघरका मिल्ने साथी, सबै भेला पारी !
नाच्दै नाच्दै देउसी खेल्न, जान्थेँ म पनि !!

पल्लाघरका कान्छादाइको. भाका कति मीठो !
भट्याउन उनै दाइलाई, लान्थेँ म पनि !!


Monday, October 3, 2011

परदेशीको दशैं

--नील खड्का






यसपल्ट त्यस्तै भयो, आउने आशा मार्नु होला !
टीका लाउने साइतमा, फोटो पर सार्नु होला !!

कहिले आँसु कहिले हाँसो, यस्तै रै'छ जिन्दगानी !
हुन्न जित सधैंभरि, यस वर्ष हार्नु होला !!

याद आउला घरिघरि, कोठा मेरो रित्तै देख्दा !
भुल्नू मलाई दसैंभरि, बरु कोठा बार्नु होला !!

नदुखाउनु चित्त धेरै, बाँचे आउँला अर्को दसैं !
पराइले देख्लान् फेरि, लुक्दै, आँसु झार्नु होला !!

पाइन मैले अहिलेको साल, दसैं खर्च पठाउन !
ऋणसापट गरेर नि, दुःख सुख टार्नु होला !!

Monday, July 25, 2011

(नेतालाई देउ)प्रभू


---नील खड्का---
अल्छी भए नेताहरु, गति देऊ प्रभू !
पचाउन थाले लाज, मति देऊ प्रभू !!

नैतिकता नि भूलिसके, इमान टाढा भयो !
चाहिनेभन्दा पनि बरु, अति देउ प्रभू !

ब्यक्तिगत स्वार्थ मात्र, प्यारो भयो यिनलाई !
स्वार्थी नेता सबैलाई, खति देऊ प्रभू !

Thursday, June 30, 2011

ठीकै भयो

घात गर्दा निष्ठुरीले, ठीकै भयो बाँच्न सिकेँ !
पीर व्यथा आफैंसँग, ठीकै भयो साँच्न सिकेँ !!

रुप अनेक निर्मोहीका, गाह्रो हुने चिन्न यहाँ !
घातसँगै सही गलत, ठीकै भयो जाँच्न सिकेँ !!

बितेका दिन सम्झिएर, कमजोर हुनु किन अब !
मर्काएर कम्मर पनि, ठीकै भयो भाँच्न सिकेँ !!

धोका पाउँदा मर्न खोज्छन्, कतिपय पागलप्रेमी !
विरहका गीतमा पनि, ठीकै भयो नाच्न सिकेँ !!

Monday, June 27, 2011

मेरो पहिलो जगिंग(मार्निंग वाल्क - १)

भोलि देखि चाहिं पक्का जाने है दाई! म तपाइलाई ४ बजे नै कल गर्छु | प्रत्येक दिन बेलुका हाम्रो यस्तै सहमति हुन्थ्यो तर कार्यान्वायन भने कहिल्यै भएको होइन | कुरो मर्नींग वाल्कको हो | ज्यान जति मोटाए पनि मलाई बालै थिएन तर भुडी जो बढेको कुरा हो मलाई पनि फिटिक्कै मन परेको थिएन| मोटे, हात्ती, गैडा आदि उपनामले मलाई बोलाइदा मलाई त्यति रिस उठ्दैनथ्यो तर जब भुडे उपनामले मलाई कसैले पुकारा गर्थ्यो अनि मेरो सात पुस्तालाई नउठेको रिस मलाई उठ्थ्यो | तर के गर्नु आफ्नु भुडी थियो नै उस्तै जय भुडी भन्यो जे भेट्यो त्यहि खायो जहाँ भेट्यो त्यहिँ खायो जस्तो भेट्यो त्यस्तै खायो अनि त भुडी भुडी नै बन्ने भैहाल्यो नि | ज्यान मात्रै लागुन्जेल त मलाई टेन्सन थिएन तर जब भुडीले गति छोडेर अत्यधिक गति लिन थाल्यो तब गाउँकै एक जना दाई संग दोस्ती बढाएर मोर्निंग वाल्क जाने साथी तयार परेको थिएँ| तर संयोग कस्तो पारिदियो भने दुवै जना उस्तै ७/८ नबजी निन्द्रादेविको काख छोड्न नसक्ने | बिचरा दाईले त पहिल्यै भनिसकेका थिए कसैले उठायो भने मात्रै हो नत्र म त ७ बजे अघि उठ्न त सक्दिन है भाई! मै जान्ने भएर म नै उठाईहाल्छु नि दाई भनेको त्यसैले प्रत्येक बिहानी आँखा खुल्नेसाथ दाईको शटायर पनि कानमा पर्थे|

तर जसले जे भने पनि म मोर्निंग वाल्क नगई छोड्ने पक्षमा थिईन त्यसैले मैले अब सधै जगिंग जाने दाई संग मित्रताको डोरी बाध्ने कोशिश गरें जुन सफल पनि भयो तर मेरो उही ७/८ बजेले बिगार्यो हाम्रो प्लान| अब पुन: प्लेनमा फेरबदल गरेर दाईलै फोन गर्न लगाए यसपाला भने सफल भै'यो है| दाईको कल आयो कि म उठेर तयार पर्न थाले| बुढाले सुरुमा त बिस्तारै बिस्तारै हिडेका मात्रै थिए तर बिस्तारै स्पिड बढाउदै लगे| सुरु सुरुमा त मलाई पनि सजिलै महसुस भएको थियो तर अन्तिमसम्मको हिडाईमा म मस्त थाकेको थिए| दुइ चार दिनसम्म यहि क्रम चलिरह्यो | यति सम्म त ठिकै पनि थियो अब मेरो भुडी घट्ने र ज्यान टाइट हुनेमा म बिस्वस्त थिएँ |

अचानकै एक दिन बुढाले एकैपटक ह्वात्तै स्पिड बढाए| बुढालाई भेट्टाउन म पनि आफ्नो स्पिड बढेर आफ्नो चढ्दो उमेरको तातो रगतको जोश प्रदर्शन गर्न थाले| सुरुमा त खासै केहि अनुभव भएन तर जब पार गरेको दुरी बढ्दै जना थाल्यो तब अङ्ग अङ्ग चिलाएको जस्तो हुन थाल्यो | तै पनि मैले आफुलाई रोक्नु उचित ठानिन र कुदें तर जति कुदे पनि बुढालाई भेटे पो! गाँजा खानु चरेस खानु तर छोरो मान्छे भए पछी हरेश नखानु भनेकाले मैले पनि हरेश खाइन र दगुरी रहे बुढाको पछाडी बुढा रहेछन दौड प्रतियोगी आफु परियो निन्द्रा प्रतियोगी अनि कहाँबाट कुरा milthyo ? तै पनि म दगुरिरहें उनकै पछाडी | उकालो ओरालो हुदै हामी एउटा चौरमा आइपुगेपछि टक्क रोकियौं | त्यहाँ नरोकिउन्जेल बरु अलि अलि दुखेको खुट्टा त्यहाँ रोकिने बित्तिकै झर्ला झैँ भो, टाउको दुखेको झैँ भनन्न भो रिंगटा छुट्यो मुटु छिटो छिटो धड्कन थाल्यो स्वाँ स्वाँ र फ्वाँ फ्वाँ को गति उच्च भो उभिनलाई खुट्टाले साथ दिदैन भनेर थाहा पाएलगत्तै दुवै खुट्टा पसारेर त्यहिँ बसें|अझै गार्हो लागेकोले १०/१५ मिनेट त्यहिँ सुतें लम्पसार परेर|

बिचरा दाईले नि मैले यसलाई अत्यधिक दौडाएँ भन्ने सोचेछन कि क्या हो कुन्नि नजिकै आएर यसो हम्के झैँ गर्न थाले | दाईको त्यो पारा देखेर अचम्मित भएको म जुरुक्क उठेर घर आए | घर पुग्ने बित्तिकै कोठामा गएर खाटमा पल्टेको मलाई दुइ दिनसम्म खाटको खत हुनु परेकोमा सार्है चिन्ता थियो तर त्यो भन्दा ठुलो चिन्ता थियो अब म मोर्निंग वाल्क पनि जदिना र मेरो भुडीले पनि सहि दिशामा सहि गति नलिएर गति छाडीरहने नै भएकोमा | मैले अब सङ्कल्प गरिसकेको थिएँ कि अब म फेरी मोर्निंग वाल्कको चक्करमा फस्ने छुइना चाहे मेरो भुडीले जति सुकै गति छोडोस | मलाई मेरो भुडी जस्तो छ ठिक छ भने झैँ लग्न थालेको थियो| तर मलाई मेरो नाम नै परिवर्तन भएर भुडें नामकरण होला भन्ने ठुलो चिन्ता थियो | धन्य भगवान मेरो गतिछाडा भुडीले गति छाड्न छाडेन तर मेरो नाम भुडे भएन तर त्यो घटना पछी मेरो मन बाट मोर्निंग वाल्क को भुत भने सदाको लागि हट्यो अब त माकसम म मोर्निंग वाल्क जादै जान्न ल|

Saturday, June 18, 2011

प्रेम र बचन!

--नील खड्का--
माया गर्छु प्रिय बीचमै, छोड्छु भन्दिन !
पक्का हुन्छ वचन मेरो, तोड्छु भन्दिन !!

किन गरौं ठूला कुरा, हुनै नसक्ने !
मन जित्न हिमाल पहाड, फोड्छु भन्दिन !!

भन्न जस्तो पूरा गर्न, हुन्न सजिलो !
धर्तीलाई आकाशमा नि, जोड्छु भन्दिन !!

असारको चटारो

--नील खड्का--

सम्याउँदै खेतका गरा, छेउकुना कोप्नुपर्छ !
असारको चटारो छ, गाउँमा धान रोप्नुपर्छ !!

अभाव छ खेतालाको, गाउँका धेरै विदेशमा !
हिलो खेत जोत्नलाई, जुवामा प्वाल खोप्नुपर्छ !!

पर्म पनि जानैपर्छ, सजिलो हो आफैंलाई !
ठग्न खोज्छ मालेगोरु, पुच्छरमा घोप्नुपर्छ !!

Tuesday, May 31, 2011

रक्सी र मासु (छोटकरि महात्म्य)

एउटा गीतमा राजु लामा भन्थे "नतानुँ त तानुँ लाग्ने तानेपछी मात्ने, मातेपछी जताततै लडिबुढी खेल्ने के गरुँ रक्सीको जातै यस्तो हो! यो जँडियाको जातै यस्तो हो।" साच्चै यो रक्सी भन्ने चिज पनि अचम्मको रहेछ। गीत देखी प्रितसम्म पनि यस्को महात्म्य सानो होइन। कारण गीत गाउने गायक फिल्ममा प्रित लाउने नायकसम्मले त्यही रक्सी नै पिएको देख्न सकिन्छ। केही सिनेमाहरुका गीतमा त अझ यस्तो पनि देख्न पाइन्छ कि जस्ले गर्दा त्यो गीत कुनै सिनेमाको नभएर कुनै रक्सीको बिज्ञापन हो। रैतिदेखी राजसी ब्यक्तिहरुसम्मा पनि आफ्नो स्तरअनुसारको रक्सी खान थालिसके। पहिला पहिला त बाहुन भन्ने जात रक्सी र मासुको नाम लिएपछी तर्सिन्थे तर अचेलका आधुनिक भलद्मी बाहुनहरु(केही अपवादबाहेक) रक्सी र मासु भनेपछी कुनै पार्टी, सेमिनर, वा गोस्टी छुटाउने त चान्स छैन। त्यसैले त अब हरेक पार्टी होस् या सेमिनार ब्रान्डेड रक्सी नपाउन च्याउ नखाने बाहुन पाउन भन्दा गार्हो पर्छ। हजुर जस्को सुकै जे सुकै होस् रक्सी र मासुबिनाको पार्टी, सेमिनार, गोस्ठी! अहँ सम्भवै छैन।

Thursday, December 2, 2010

सम्बन्धहरु "The Relations"

पर क्षितिजमा दुइ जना बच्चाहरु जो लगभग १०/१२ बर्षका छन्, संगै अंगालो मारेर हिड्दैछन् | उनीहरुको लगभग उत्रै उत्रै उचाई र उत्रै उत्रै ज्यान देख्ने कसैले पनि उनीहरु दाजु भाइ हुन् भन्दा बिश्वास गर्दैनन् | जुन स्वाभाविक नै हो उनीहरु दाजु भाइ भन्दा साथी जस्ता जो देखिन्छन | टाढाबाट हेर्दा जुम्ल्याहा जस्ता देखिने ति दाजुभाईको  उमेरमा २/३ बर्षको फरक भए पनि दाजु भाइ उत्रै उत्रै छन् र खुब मिलेर हिड्छन | लाग्दैन कि उनीहरु दाजुभाई हुन् तर बास्तवमै उनीहरु दाजुभाई नै हुन् त्यो पनि एउटी आमाको कोखबाट जन्म लिएका | सानै भए पनि खुब बुझ्झकी र मायालाग्दा छन् उनीहरु | उनीहरु मध्ये दाजु चाहिको नाम नविन र भाइ चाहिको नाम सविन हो | दाजु भाइमा यस्तो मिल्ती छ कि कोहि सोच्न पनि सक्दैन | उनीहरु यति मिल्द घरपरिवार पनि खुसि देखिन्छन | उनीहरुमध्ये कुनै भाइलाई कसैले केहि भन्यो कि दुवै भै झगडा गर्न पनि तम्सेर आउछन | यी दाजुभाइ आफु आफु मात्रै नभई साथिहरुसंग पनि खुब मिलनसार छन् | पढाईमा पनि दुवै अब्बल विद्यार्थी मानिन्छन, दुवै खुब तेज छन् | यिनीहरु सबै कुरामा एकै छन् | दाजुलाई भाइले खुब मान्छ र दाजुको अनुसरण गर्छ |