हैन यदि पारस संग हतियार नभएको र उसले गोलि नचलाएको भए यत्रो Media मा भुत्रोको नाटक गरिरा' ? यत्रो खान हल्ला गर्या ?? कि त्यो रातको जाँडले २/३ दिनसम्म नछोडेको हो अनि कुजता दिदीलाई चाही ज्वाईले खाको जाँड लाग्या हो र, नेता देखि मन्त्रिसम्म थर्का'को हो ?? साला बिदेशी! नेपाली संचारमाध्यममा त्रास फैल्याउनि ??जसरि Wikileaksले सारा विश्व हल्लायो , ठिक त्यसैगरी पूर्वयुवराज र नवयुवराजको जाँड झगडाले दुई/तीन दिनसम्म नेपाल हल्लायो | दुवै जँड्याहा थिए, अनि दुबैमा पावरको पुरै शान र ठगि अनि हतियारको ज्ञान थियो | एक थिए नवयुवराज जो संग सासुको पावरको शान अनि ठगीको पूर्ण ज्ञान थियो र अर्का थिए पूर्वयुवराज जो संग हतियारको ज्ञान र पुरानो शक्तिको शान थियो | नवयुवराज कोइराला खान्दानका ज्वाँई हुन् भने पूर्वयुवराज त सबैद्वारा चिरपरिचित व्यक्ति | नवयुवराज पूर्वयुवराजको सेखी झार्न भन्दै जाँदा दुई बीच जाँड झगडा भयो | यहि जाँड झगडालाई रुबेल चौधरी, उनकी सासु र केहि कांग्रेसी नेताहरुले राजतन्त्रसंगको रिस पोख्न र राजतन्त्रको बिउलाई जनताको मनै देखि उखेल्ने अस्त्रको रुपमा प्रयोग गर्ने हेतुले संचार माध्यम र छापाखानाहरुमा यत्रतत्र छरे तर भै'दियो उल्टो 'लहरो तान्दा पहरो खस्यो' | आफुले खनेको खाल्डोमा आफै परे रुबेलका सासु-ज्वाई | मुड़ो ताकेको बन्चरोले उनीहरुकै घुँदो काटिदियो | बिचरा रुबेलका सासु-ज्वाईले सोचेका पनि थिएनन कि पारसलाई यसबाट अझ फाइदा होला भनेर |
Showing posts with label VOIP. Show all posts
Showing posts with label VOIP. Show all posts
Thursday, December 16, 2010
देश हल्लाउने जाँड झगडाको परिणाम: पारस पछी अब घरज्वाईलाई के गर्ने ??
Labels:
Paras,
Rubel Chaudhary,
Sujata Jost,
VOIP
Subscribe to:
Posts (Atom)





