Showing posts with label Money. Show all posts
Showing posts with label Money. Show all posts

Monday, October 31, 2011

लाज नभएकाहरु, क-कसले देश र जनता लुट्दै छन्??

आज नागरिकमा प्रकाशित समाचार  

नक्कली भ्याट बिल प्रकरणमा ठूला व्यापारिक घरानासमेत मुछिए (४३७ फर्मको विवरणसहित)


बालकृष्ण ज्ञवाली, काठमाडौं, कात्तिक १४- नक्कली भ्याट बिल प्रयोग गर्ने ठूला व्यापारिक घरानासहित सरकारले ४ सय ३७ व्यापारिक फर्मको नाम सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले आइतबार उपलब्ध गराएको विवरणमा चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, जगदम्बा, दुगडजस्ता प्रतिष्ठित र बढी राजस्व तिर्ने समूहअन्तर्गतका व्यावसायिक फर्मसमेत छन्।

Sunday, July 31, 2011

want to earn money online?? Can you really make money online??


All the readers and bloggers, all wants online job and online earning. But is it Possible?? Can everyone earn money online?? Somewhere in countries like Nepal we can see online job training center is it true?? can we earn as much as they says??


Obviously we can earn money online with our blog or websites but not as they(Training centers) says. We can use Google Adsense to earn with our blog/websites. Now recently it has come up the world's image ad company through GUMGUM and Adbrite as the competitors of google but google adsense is most trusted and mostly used online ad. The training centers only teaches about google adsense and submitting you your sites to search engines.......


हजुर हामीले अनलाइनबाट पैसा कमाउन सक्छौ तर पैसाकै लागि ब्लग बनाएर ब्लोग्बता पैसै मात्र कमाउने सोच्नुहुन्छ भने तपाई सफल हुनुहुन्छ भन्ने कुनै ग्यारेन्टी भने हुदैन| नेपालको परिप्रेक्ष्यमा भने १०० रुपैयाको फर्म भरेर Training लिन पाउने गरि विभिन्न Training सेन्टरहरु खुलेका छन् जसले पैसाकै भरमा दुनिया पत्रिकामा बिज्ञापन गर्दै दैनिक सयौं देखि हजारौं डलरको खेति गर्ने सपना देखाउदै सोझा साझाबाट १०००-१०००० सम्म ठग्ने गरेका छन्| केहि कम्पनीहरुले १५ दिने तालिम भन्दै ४ दिन तालिम दिंदै विभिन्न बहाना बनाएर प्रशिक्षार्थीहरुलाई लुट्नुसम्म लुट्ने गर्छन|

मेरा एकजना मित्र पनि कोरियाको भाषा परिक्षा नदिई नदिई त्यै Training लिन जानै लागेको बेलामै मैले सबै Google Adsenseकै बारेमा सिकाउने हो भन्दा नपत्याएर Training लिन गए, भरे हुँदा बिचराको २५०० रुपैया Training सेन्टरले झ्वाम परिदिएछ १५ दिने तालिम भनेर ४ दिनमै तालिम खत्तम अनि मन लागे ओफ्फिचेमै आएर कम गर नत्र घरमै नेट भए घरमै गर्दा पनि हुन्छ भन्दिएछ| अब अहिले मैले पहिलै भनिदिएको थिए नि भन्यो भने आलो घाउमा नुनचुक नछर न भन्छन| त्यसैले तपाई पनि विचार गर्नुस कतै तपाइलाई पनि यसैगरी ठगिदै त छैन?? कतै तपाई पनि ठगिदै हुनुहुन्छ कि ?? बरु यसरि training सेन्टर गैर सिक्नु भन्दा अग्रज blogger तथा adsense सम्बन्धि ज्ञान भएकाहरु संग onlineमा सिक्नु नै राम्रो हुन्छ|

Monday, June 27, 2011

ID कार्ड नहुने यात्रु र च्याउ नखाने बाहुन उस्तै उस्तै !!

आज थापाथलीबाट नाखिपोट जाने माइक्रो बस छाडेर नाखिपोट जाँदै थिए | खलासी कराउदै थियो कृष्ण गल्लि, पुल्चोक झर्ने छ ?, दमकल झर्ने छ? जावलाखेल आइपुगेपछि उही अघि जस्तै करायो जावलाखेल झर्ने छ ?, ४/५ जना मान्छेले छ भने पछी गाडी घ्याच्च रोकियो | ५ जना मान्छे झरे | सबैले आफ्नो बिद्यार्थी परिचयपत्र पनि देखाउदै छुट मागे जसमा दुइ जना त स्कूल/कलेजका मुखै नदेखेका थिए जसलाई मैले राम्रै संग चिन्थे भने अर्का एकजना सवारी चालक नै थिए रिंगरोड रुटका जसलाई रिंगरोडको गाडी चढ्दा फाट्ट फुट्ट कहिले कहिँ देखेको थिएँ | खलासी भाडा लिएर गाडीमा बस्यो र चालकलाई जाने इसारा गर्दै सुसेली मार्यो | फेरी  कुमारीपाटी आइपुगेपछि दुइ यात्रु झरे जसमध्ये दुवै जनासंग कार्ड (बिद्यार्थी परिचयपत्र) थियो | खलासी यो पटक भने निराश हुदै एक्लै फत्फताइरहेको थियो "यो तेलको शर्टेज भाको बेलामा त कार्ड नहुने मान्छे पनि गाडी चढ्नु नि, सबै कार्ड छ भन्छन ! यो कार्ड भन्ने चिज पनि जहाँ पनि पाइने रहेछ बिद्यार्थी हुनु नै नपर्ने | साला बच्चा देखि बूढासम्म स्कुल/कलेजको मुखै नदेख्नेले पनि कार्ड देखाउछन | साला च्याउ नखाने बाहुन पाउन बरु सजिलो हुन्छ तर कार्ड नहुने यात्रु नै भेटिदैन बा!"

Monday, May 9, 2011

पैसाको लागि के सम्म गर्छ मान्छेले?

साच्चै संसार स्वार्थी छ जसलाई पनि आफुलाई परेको पिर, मर्का, दु:ख, समस्या मात्रै ठुलो भयङ्कर समस्या जस्तो लाग्छ| साच्चै नढाँटि भन्नु पर्दा मलाई अनि तपाइलाई सबैलाई यस्तै हुन्छ | जसलाई पनि आफुलाई परेको समस्या भयङ्कर लग्नु स्वाभाविक हो | आखिर मानव स्वभाव नै यस्तै छ किनकि मानिस सामाजिक प्राणि हो रे जसको बुद्धि र बिबेक हुन्छ  रे| खैर, यो त भयो सामान्य मानीसहरुको स्वभाव | यति सम्म कसलाई के समस्या तर जति जति समयक्रमको चक्र कुमालेको चक्र झैँ घुम्दै जान्छ उति उति समयक्रमसंगै मानिस पनि आफुलाई बिकसित र नक्कले/नक्कली बनाउदै जादै छ | यहि आफुलाई परिवर्तन गर्दै लाने क्रममा मानिसलाई विभिन्न किसिमका समस्याहरु आउछन| जब मानिसहरुलाई समस्या आउन थाल्छन यसक्रममा सबै समस्याको समाधान गर्ने एउटै मात्र मानब निर्मित यस्तो बस्तु हो पैसा! हजुर पैसा नै एउटा यस्तो बस्तु हो जसमा सबै कुराको समाधान लुकेको हुँदो रहेछ र त पैसाकै निम्ति यो संसारका मानिसहरु दिन-रात, भोक-प्यास, थकाई, निन्द्रा आदिको मायाँ मारेर काम गर्छन| या त्यो काम राम्रो र सहि मार्गको होस् वा गैर कानुनी, २नम्बरी र काला काम नै किन नहोस्। मान्छे जस्तो सुकै काम गर्न पछी नपर्दो रहेछ केवल पैसाकै निम्ती। नत्र न त यहाँ नेता भनाउदा रक्तपिपाशुरुपी मान्छेले जनता सँग झुटो बोल्थे न त कर्मचारीले कार्यालयलाई छल्थ्यो न त यो समाजमा भ्रस्टाचार र कुकर्मको बिउ रोपिन्थ्यो।

Wednesday, April 6, 2011

१५ करोड रुपैयाँसम्म 'अफर' आएको थियो।, भूमाफियाले स्वर्गद्वारीको स्वामित्वको ११ सय बिघा जग्गा हात पार्ने योजना बनाएछन्।

म इमानदार र निष्ठाप्रति प्रतिबद्व नभएको भए एउटै मुद्दामा १५ करोड रुपैयाँसम्म 'अफर' आएको थियो। त्यसैले यस्ता बिचौलियाले थापेको जालो चिरेर अघि बढ्नुपर्छ।
भूमाफियाले कानुनी प्रक्रिया पूरा गरेरै गुठी जग्गा हडप्दै आएका थिए। काठमाडौं महानगरको जग्गा केही रकम जम्मा गरेर रैकरमा परिणत गर्न पाइन्थ्यो। सहरमा गुठीको जग्गा किन्यो, गाउँमा भिरपाखा किनेर गुठी सारेर कौडी मूल्यमा जग्गा हात पार्ने धन्दा वर्षोंदेखि चलिरहेको थियो। विभिन्न प्रपञ्च मिलाएर गुठी जग्गा व्यक्तिले एकलौटी पार्न सक्ने तीनैवटा कानुन मैले नै खारेज गरिदिएँ।
हुँदाहुँदा, भूमाफियाले स्वर्गद्वारीको स्वामित्वमा रहेको ११ सय बिघा जग्गा हात पार्ने योजना बनाएछन्। ५० बिघा राजमार्गमा जोडिने रहेछ। त्यो जग्गा जोगाइदिन पाउँदा सन्तोष मिलेको छ।



अवकासको एक महिनाअघि मंगलबारदेखि मुद्दा नहेर्ने निर्णय गरेका प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले साँझ बालुवाटार निवासमा नागरिकका किरण भण्डारी र विमल गौतमलाई दिएको अन्तर्वार्ता:

न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रणमा तल्लीन हुने यहाँको प्रतिबद्धता कार्यान्वयन कस्तो रह्यो?
- मैले सकेसम्म आफ्नो वाचा व्यवहारमा उतार्ने कोशिस गरेँ। धेरै समयदेखि निष्त्रि्कय न्यापरिषद्लाई सक्रिय बनाउने कोशिस गरेँ। सर्वोच्चका न्यायाधीशहरू तपबहादुर मगर र बलराम केसीको अध्यक्षतामा छुट्टाछुट्टै जाँचबुझ समिति बनाए। ती प्रतिवेदनअनुसार सर्वोच्चकै न्यायाधीश रणबहादुर बमलाई महाभियोग लगाउनुपर्ने निष्कर्ष संसद्मा पठाइसकिएको छ।
जिल्ला र पुनरावेदनका अरू छजना न्यायाधीश पनि छानबिनका क्रममा छन्। न्यायपरिषद्मा परेको उजुरी टुंग्याउनेबारे बहाली हुँदै व्यक्त गरेको प्रतिबद्वतालाई हेक्का राखेर काम गरिरहेको छु।
कानुनमन्त्रीको कार्यव्यस्तताले परिषद् बैठक बस्न सकेको थिएन। आजै उहाँसँग कुरा गरेर सोमबार साढे १ बजेका लागि बैठक डाकेको छु। उक्त बैठकले धेरै उजुरी टुंग्याउनेछ।

न्यायप्रशासनको भ्रष्टाचार/अनियमितता नियन्त्रण गर्न धेरै कर्मचारीलाई कारबाही गरेँ। संख्या यकिन भन्न सक्दिनँ। न्यायाधीश र झगडियाबीच बिचौलिन हुन तम्सिने धेरैको सुरु कारबाहीस्वरूप दुर्गम र अपायक सरुवा भएको छ।

- भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सम्पत्तिको रक्षामा बढी केन्द्रित भएँ। सर्वोच्चका न्यायाधीशलाई फौजदारी, रिट र देवानी समूहमा बाँडिएको हुन्छ। मेरा पूर्ववर्तीहरू नबस्ने गरेको फौजदारी समूहमा रहेर भ्रष्टाचार मुद्दा हेरेँ। आगामी दिनमा न्यायालय भ्रष्टाचार मुद्दामा अग्रसर होस् भनेर भावी प्रधान न्यायाधीश खिलराज रेग्मीलाई पनि फौजदारीमै सँगै राखेँ।
हामीले नै पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको मुद्दा फैसला गर्‍यौँ। विशेष अदालतले जिताइदिएको भ्रष्टाचारका अरू मुद्दामा पनि झगडिया झिकाउने आदेश गरिदिएको छु। ठूलाठूला मुद्दा हेर्न प्रधानन्यायाधीश आफैँ कस्सिनुपर्छ भनेर मैले कुनै हिच्किचाहट गरिनँ।

सरकारमा बसेकाले मात्र होइन, संवैधानिक निकायले समेत अख्तियार दुरुपयोग गरेको देखियो। जिल्लादेखि सर्वोच्चसम्मबाट मुद्दा हारेर २/२ पटक जग्गा दर्ता गर्न असफलले अख्तियारका पदाधिकारीलाई हात लिएछन्। आनाको ४० /५० लाख रुपैयाँ पर्ने जग्गा व्यक्तिका नाममा बनाउन अख्तियारले निर्णय गरेछ।
निर्णय प्रस्ताव टाइपसमेत नगरी हातले लेखिएको छ। सचिव/सहसचिवले आयोगमा फाइल पेस गरेका समेत छैनन्। घर जाने बेला आयुक्तजस्तो जिम्मेवार पदमा बसेका आफैँ सक्रिय भएर निर्णय गरेको देखियो। अख्तियारमा विकृति, विसंगति, दुरुपयोग पनि चरम भएको रहेछ। त्यसैले आफ्नै बेन्चमा राखेर कारबाही गर्नुपर्‍यो भनेर फैसला गरिदिएको हुँ।

Thursday, January 13, 2011

धर्मको व्यापार - परिवर्तन गर्ने शक्ति

अचेल शहरमा प्रत्येक खम्बा परिवर्तन गर्ने शक्ति लेखेको ब्यानरले ढाकिएको छ, पहिले अरु विज्ञापन देखिने होर्डिंगबोर्डहरुमा परिवर्तन गर्ने शक्ति लेखिएको छ | त्यति मात्रै नभएर प्रत्येक टेलीभीजन च्यानलहरुमा समय समयमा यहि परिवर्तन गर्ने शक्तिको बिज्ञापन र कार्यक्रमहरु चल्छ | सुरुसुरुमा बेरोजगार नेपालीहरुमा यसप्रति निकै नै चासो बढेको थियो होला, मेरो पनि मनमा खुल्दुली लागेको थियो | यसो फोन नम्बर हेरेको त १६६००१३३३९९ Toll Free Number रहेछ | फोकटमा गर्न पाउने भएपछी मैलेपनि एक कल गरि हेर्ने बिचारले कल गरेको त कुरा गर्दै जादा उसले त क्रिस्चियन धर्ममा लागे सब ठिक हुने जस्तो कुरा गर्न थाल्यो बा !!!! ए बा !! छक्क पर्नु छ बा !!!! अनि अझ गम्भीर रुपमा बुझ्न उनीहरुको website हेरेको त ए बा! त्यहाँ त डाक्टरले नै डाक्टरले पनि उपचार गर्न नसकेको बिरामीलाई प्रभु येसुले ठिक गरिदिनु भयो भनेको रहेछ यस्ता अन्य भनाइहरु त कति हो कति मर्न लागेको बिरामीलाई धर्म परिवर्तन गरेर क्रिस्चियन हुने बित्तिकै निको भयो रे अनि अरु अरु के के हो के के ???