 |
| NCELLको रिचार्ज कार्ड जति देखिएको हो त्यतिमै बेच्नुपर्ने कार्डलाई उपभोक्ता ठगेर बेच्ने गरिन्छ, गल्ति कसको?? |
NCELL-नेपालको दूरसंचार सेवामा नेपाल टेलिकम पछिको दोस्रो टेलिकम भर्खरै केहि समय अघि मात्र बिदेशी टेलिकम टेलियोसोनेरासंग सहकार्य गरेको टेलिकम! हालैका दिनहरुमा यसका सेवा तथा नेटवर्क बिस्तारमा आएको सुधारमा गिरावट आउन थालेको छ तै पनि ग्राहक थप्न छाडेको छैन। भर्खरै मात्र आफ्नो ग्राहक संख्या ६० लाखभन्दा बढी भएको जानकारी सार्वजनिक गरेको Ncellको सेवा सुविधा धेरै अवश्य छन् तर सबै बाध्यात्मक जस्ता र झुटा लाग्ने खालका छन् । उदाहरणका लागि तपाईले Ncell मा PRBT सेवा लिनुभयो भने प्रतिमहिना १०.४३ पैसा भ्याट बाहेक लाग्ने जानकारी पाइन्छ तर अर्को १० रुपैया भ्याट बाहेक काट्ने गर्छ, तर PRBT सेवा लिनेहरुमध्ये धेरैलाई यो कुरा थाहा नहुन सक्छ। अन्य सेवाहरुमा पनि यस्तै लुकेका रकमहरु हुने गरेको पाइन्छ। यो त भयो सेवाको कुरा अब लागौं NCELLको टावरको कुरा गर्न। टावरको कुरा गर्दा NCELL को नेटवर्कको गुणस्तर पनि खस्केको महसुस ग्राहकले गर्न पाउछन। कति प्या ठाउँमा यस्तो भैसक्यो कि तपाई मोबाइलमा कुरा गर्दै हुनुहुन्छ भने तपाई यता उता सर्दा मोबाइलमा Network Fail वा Unable To Connect जस्ता Message हरु देखा पर्न सक्छ र फोन काटिन्छ। अझ पनि गफै मिठा दिन्छ NCELL भन्छ With more than 60,00,000 Subscriber. एउटै ग्राहकलाई दुइवटा सिम दिने NCELL विज्ञापनकै भरमा ठुलो टेलिकम बन्न खोज्दै छ।