Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

Friday, August 10, 2012

एक था टाइगर : सलमानको भविष्यमा प्रश्नचिन्ह

लगातार तिन फिल्मको सफलता पश्चात सलमान खान यस समय बलिउडमा आफ्नो क्यारिअरको चरम सिमामा छन् । तर यी अभिनेतालाई लाग्छ, कि यो उनि यतिखेर महत्वपुर्ण तथा जोखिमपूर्ण आवस्थामा छन्, किनकि उनलाई यो थाहा छैन कि अगाडी के गर्नु पर्छ । सलमान खानले भर्खरै एक भेटमा भने "म खुसि छु कि मेरा फिल्महरु राम्रो व्यापार गरिरहेका छन्, तर यस समय मा अझ बढी खतरनाक अवस्थामा छु किनकि मलाई थाहा छैन कि अघिल्लो फिल्ममा के गर्नु पर्छ, मलाई थाहा छैन अब के गरूँ ?" यी अभिनेताले अगाडी भने: "कि मैले फिल्महरुमा जो भूमिका निभाएको छु, उनमा मलाई बहुत बढाई-चढाई गरेर देखाइएको छ । यस्तो लाग्छ कि यस पात्रलाई कसैले पिट्न सक्दैन, जसले गर्दा मानिसहरु बोर हुन सक्छन ।

Funny Fullforms of Some Common Words

USA = Unsatisfied Aunty !
RIP-Remain In Place
WIFE -Wonderful Instrument For Exploring
SON - Solution For Nothing
VIP-Very Idiotic Person
AOL-American Old Ladies
ARMY- Aren't Really Men Yet
ASAP- As Slow As Possible
ATP- All Tomorrows Party
BAR- Buy A Rum
BBC- Bloody Broadcasting Company
COLLEGE- Come One Lets Love Every Girl Equally
SORRY- Some One Rapidly Raped Yo
SIP - Sad & Idiot Person
MBA - Member of Bhikari Association
NRN - Non Reliable Nepalese OR
            Na Rahyo Nepali
B.A. - Bachelor Again
M.A. - Married Again
B.B.A. - Being Bhikhari Again
C.A. - Complicated Account
B.B.S. - Being Bhikhari Slowly

If you know others Please add them in comment.

Sunday, December 11, 2011

जावलाखेलको कन्सर्टका केहि कुरा...

अचेल बिदेशी कलाकार ल्याएर कन्सर्ट गराउदै पैसो कमाउने खेल खुब चलेको छ | जावलाखेलको कन्सर्ट पनि त्यसैको एउटा पाटो हो | हुन त यहाँ मैले बिदेशी कलाकार ल्याएर गरेको कन्सर्ट तथा कार्यक्रमहरुको बिरोध गर्न खोजेको होइन तर जुन कुरा २०६८ मंसिर २४ गते शनिबार जावलाखेलको फूटबल ग्राउन्ड वरिपरी देखा पर्यो त्यो देखेर अचम्म नलाग्ने सायदै कोहि होला | कारण हो छिमेकी/मित्र राष्ट्र भारतका कलाकारहरु ल्याएर गर्न लागेको कन्सर्ट निर्धारित समय भन्दा १ घण्टा पछी(निकै ढिला) सुरु भयो | टिकेट किन्नेहरुलाई त एकपटक आयोजक संग पैसा नै पनि फिर्ता मागौं भन्ने समेत लाग्ने स्थिति पैदा भयो | कुर्दै जाँदा १ घण्टा पछी कार्यक्रम सुरु भयो | कार्यक्रममा विभिन्न नेपाली तथा भारतीय कलाकारहरुले आफ्नो कला कौशलको प्रदर्शन गरेर दर्शकदीर्घामा रहेका सबैलाई मनोरन्जन त दिए तर आयोजकले भने तीन हजार को टिकेट किन्नेलाई सार्है नराम्रो गरि धोका दिए last hourमा आएर टिकेट दर खर्ल्याप्पै घटाएर | खैर जे जसो भए पनि दर्शकलाई झुमाएरै गए कलाकारहरु | एक घण्टा सुरु भए पनि कार्यक्रमले लगभग ५.३० घण्टा दर्शकलाई तानेर राख्न सफल भयो | सायद अन्तिममा ४बजे देखि ५बजेको समयमा मात्र सस्तोमा टिकेट बेचेकाले पनि होला फूटबल ग्राउन्डभित्र जस्तै नेपाल टेलिकमको बिल्डिंगमा केहि र अन्य घरका छत तथा टपबाट हेर्ने दर्शकहरुको संख्या पनि उल्लेख्य रुपमा देख्न पाइन्थ्यो |

कार्यक्रमका प्रथम भागका उदघोषक मनोज गजुरेलले आफुले बोल्न २ मिनेटमात्रै समय पाएको भन्दै प्रत्येक पटकमा २ मिनेट मात्रै बोल्ने भन्दै बिचबिचमा रमाइला घोचपेचहरु प्रस्तुत गरेका थिए | उनले नेता तथा सभासदहरुलाई उड़ाउने निउँमा १५ दिनभित्र संबिधान जारी गर्न ४२ दलका अध्यक्षहरु मिलेर संयुक्त बिज्ञप्ति निकालेको भनेर समाचारमा आयो भन्दा दर्शकमा छाएको खुसीलाई उनैले निरास पारे जब उनले यो त ब्यङ्ग मात्रै हो भनेर भने | त्यस्तै कार्यक्रममा नेपाली कलाकारहरु शिवहरि पौडेल, किरण केसी, सिताराम कट्टेल, कुञ्जना घिमिरे, देवीराम पराजुली लगायतले पनि पहिलो भागमा स्टेज तताए | शैलेन्द्र सिम्खडाले व्यंग र कविता प्रस्तुत गर्दा दर्शकको मुखमा हाँसो अट्न सकेन र हाँसोको फोहोर छुट्यो | "साला"(धुर्मुसको थेगो हो है अन्यथा नलिनुहोला|) धुर्मुस र सुन्तलीले देशभक्तको खोजि गर्दा होस् वा शिवहरी पौडेल र किरण केसीले नेता, सभासद र हाम्रो साशन व्यवस्थालाई ब्यङ्ग प्रहार गर्दा होस् या त भोक लग्यो र पार्टीलाई सहयोग गरेर समानुपातिकमा परेकोले भारत जान खोज्दा होस् दर्शक भरपुर मनोरन्जन लिनमा व्यस्त भए |

यसै गरि दोस्रो भाग अर्थात् कार्यक्रमको मुख्य आकर्षणको भाग सुरु भए पछी दर्शक नरोकीइकनै कलाकारको साथ् दिन थाले चाहे त्यो सपना अवस्थी, ममता शर्मा, सन्दिप आचार्य लगायतले गित गाउदा होस् वा त राजु श्रीवास्तवले कमेडी पस्किदा नै होस् |

गित, संगीतको गल्ति देखाउदै सुरु भएका राजु श्रीवास्तवले कवाली, पप र गजल गायकको उछितो काड्नुका साथै रावणबाट शुरु गरेका व्यङ्ग्य प्रहार अमिताभ बच्चन, शशी कुपर, शाहरुख खान, अनिल कपुर हुँदै लालु यादवसम्म पनि पुर्याए। 'कमेडी सुन्दा खुलेर सुन्नुपर्छ' भन्दै हसाउन थालेका राजुले दर्शकदिर्घाको अनुरोधलाई समेत मान्दै कमेडीको स्वाद पस्किए। उनले बलिउड कलाकारको क्यारिकेचर गर्दा होस् वा रावणलाई डन्डा मारेर भगाउने कल्पना गर्दा होस् मैदान हाँसोले गुन्जायमान भएको थियो। समयले साथ् दिए पुन प्रस्तुत हुने भन्दै बिदा भएका राजुले स्तागेमा अर्को पटक चाही कमेडी पस्कन पाएनन |

मञ्चमा देखिने बित्तिकै 'मुन्नी बदनाम'को फर्माइस सुरु भए पनि 'गाएङ्गे डार्लिङ' भन्दै 'जोरका धक्का'बाट  'कोलावरी डी', 'ओलाला ओलाला'लगायतका गीत हुदै अन्त्यमा मात्रै प्रतिक्षित 'मुन्नी बदनाम'मा प्रवेस गरिन् ममता शर्मा।
'दुस्मनी'को गीत 'बन्नो तेरी अखियाँ' बाट सुरु भएकी सपना अवस्थीले  'परदेशी परदेशी जाना नहीं', 'कभी बन्दन छुडा लिया', 'छैयाँ छैयाँ'लगायत गितहरुबाट दर्शकलाई मनोरञ्जन दिइन भने इन्डियन आइडल सन्दिप आचार्यले आफ्नो, अरुको तथा बिग्रह(अरुको बिगारेर/remix गरेर) गएको गीतमा पनि दर्शकहरु झूम बराबर झूम भए |

अन्तिममा छोटा कपडामा प्रस्तुत भएकी नायीका सुष्म कार्कीले संस्कृति र परम्परा नभुल्ने गफ दिंदा दर्शकदीर्घा बाट ऐना हेर्न अनुरोध पनि भयो | सुष्म कार्की हिन्दि गीतमा नृत्य गरिसकेपछि कार्यक्रमको अन्तिममा राष्ट्रिय गान गुना आएकी थिइन|  कार्यक्रमको सुरुमा र अन्तिममा नै राष्ट्रिय गान बजाएको भए अझ भारतीय र नेपाली कलाकारहरुलाई मिलाएर नै नेपाली राष्ट्रिय गान गाउन लगाएको भए अझ कार्यक्रममा सुनमा सुगन्ध थपिन्थ्यो कि|