Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

Sunday, August 5, 2012

ल्यापटप र वाई-फाईले प्रजनन स्वास्थ्यमा असर गर्ला नि?

२१औं शताब्दी, सूचना र प्रविधिको युगमा संसारले ठुलै फड्को मारिसकेको छ | प्रविधिले मानिसलाई धेरै नै सजिलो बनाइदिएको छ | तर प्रविधिलाई उपयुक्त तरिकाले उपयोग गर्न सकिएन भने यसले ल्याउने समस्या पनि चानेचुने चाही हुदैन | प्रविधिकै उत्पादन ल्यापटप पनि त्यसबाट अछुतो भने छैन | हजुर ल्यापटपले पनि तपाइको स्वास्थ्यमा खराबी उत्पन्न गराउन सक्छ |

Sunday, April 8, 2012

आँखामा समस्या छ तर चस्मा लगाउन मन छैन ! तिलगंगा आँखा अस्पतालमा जानुस ।

चस्माबिना नदेख्ने वा कम देख्नेले अब अत्याधुनिक प्रविधियुक्त शल्यक्रियाबाट पावरवाला चस्मा नलगाई राम्ररी देख्नसक्ने भएका छन्। आँखाको नानीभित्र 'रेटिना' छेक्ने पत्र हटाएर दृष्टि सन्तुलित पार्ने 'लेजर सर्जरी' तिलगंगा आँखा प्रतिष्ठानले नेपालमै पहिलोचोटि सुरु गरेको हो। यसको निम्ति जम्मा तीन एमएमको प्वाल पारेर रेटिना छेक्ने पत्र हटाइन्छ। यसलाई 'स्माइल' प्रविधि भनिन्छ। यसअघि ब्लेडले २० एमएमको आकारमा काट्नुपर्ने हुँदा शल्यक्रिया निकै महँगो र जोखिमपूर्ण थियो।

'ठूलो घाउ बनाउनुपर्दा समस्या हुन्थ्यो,' तिलगंगाका लेजर शल्यचिकित्सक डा. किशोर प्रधानले भने, 'लेजर सर्जरीमा ब्लेडसमेत प्रयोग गर्नुपर्दैन। अप्रेसन गरेको दस मिनेटमै आँखाले सजिलै हेर्न सकिन्छ।'

युवायुवतीहरू लेजर शल्यक्रिया गर्न ठूलो संख्यामा भारत र थाइल्यान्ड जान्छन्। भारतमा झन्डै अढाइ लाख भारू खर्च लाग्छ। अन्य देशमा पनि २ देखि ८ लाख रुपैयाँ पर्छ। तिलगंगाले करिब ४५ हजारमा यो सेवा दिँदैछ। विपन्नले निशुल्क सेवा पाउनेछन्। यसलाई अस्पतालले 'दृष्टिदोष मानवीय सेवा' नाम दिएको छ। सेवाको औपचारिक सुरुवात शनिबार भए पनि हालसम्म १ सय २० जनाको शल्यक्रिया भइसकेको छ। त्यसमध्ये आधाको निशुल्क गरिएको अस्पतालले जनाएको छ। यति सुलभ मूल्यमा यस्तो शल्यक्रिया गर्ने नेपाल पहिलो देश भएको प्रतिष्ठानका निर्देशक डा. सन्दुक रुइतले बताए।