Showing posts with label Monarchy. Show all posts
Showing posts with label Monarchy. Show all posts

Monday, July 9, 2012

त्यसैले पनि नारायणहिटी सजिलैसंग छोड्या हो

ज्ञानेन्द्र शाह, पूर्व राजा
न्यूज २४ का लागि प्रेम बानियाँले लिएको अन्तरवार्ता ।

यहाँको तीन जिल्लाको पाँच दिने भ्रमण कस्तो रह्यो ?
सबैभन्दा पहिले त प्रचण्ड गर्मी भयो सबैलाई जस्तो लाग्या छ । त्यसपछि जनताबाट जहाँ गयौं हामी धेरै आत्मीयता पाएको छु । अँ….अहिलेसम्म मैले यसो अनुभव गर्दा खेरी सफलै भएको जस्तो लाग्छ । मेरो उद्धेश्य यहाँका सर्वसाधारण, दाजू, भाई, दिदी बहिनीले नै निम्तो गरेर शक्ति पीठहरु, मन्दिरहरु र उहाँहरुको माझ आउनलाई निम्तो गरेको हो । त्यो मैले गर्न पाएं । सफलताका साथ भएको जस्तो लाग्छ, त्यसैले यो भ्रमण सबैको प्रयासले राम्रो भएको छ ।
हामीलाई पनि खुसी के लाग्या छ भनेः अँ धेरैलाई भेट्न पाएं । धेरैसंग कुरा गर्न पाएं, सबैजनासंग कुरा गर्न पाएं । सबैजना आइदिनु भएकोमा उहाँहरुलाई मेरो धन्यवाद पनि छ ।
यो तीन जिल्लामा भएको हरेकजसो जमघटमा धार्मिकस्थलमा गुञ्जिएको आवाज थियो कि हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ भन्नेहरुलाई यहाँले के भन्नु हुन्छ ?
त्यो विचारलाई पनि हामीले कदर गर्नुपर्छ जस्तो लाग्यो । रहेछ भन्ने स्पष्ट भयो । पश्चिमाञ्चलमा मात्र होइन हामी जहाँ गएपनि यो आवाज सुनेको र गुञ्जेको होइन, उता अरु ठाउँमा पनि यस्तै कुरा सुनेकै हो । अब त्यसलाई प्रजातान्त्रिक ब्यवस्थामा सबैको बोल्ने, भन्ने र प्रकट गर्ने अधिकार हुन्छ । यो पनि एक समूह छ भनेर सबैले मान्नु पर्छ ।

Tuesday, July 3, 2012

आखिर के त्यस्तो लिखित सहमति भएको थियो त राजसंस्था र दलहरुबीच ?


सुत्रहरुको कुरालाइ मान्ने हो भने राजनीतिक पार्टीहरुले राजतन्त्र पुनर्स्थापनाकै लागि संबिधान सभालाई कमाऊ कार्यका लागि उपयोग गरे पनि संबिधान सभा भंग गरेका हुन् । यस कुरालाई बल पुर्याउदै ज्ञानेन्द्र शाहले पत्रकार सम्मेलनमार्फत नै राजतन्त्र नयाँ शक्तिको रुपमा उदाउने घोषणा गरेका छन् ? हजुर संबिधान सभाको अन्त्यपछि देशको हालत र जनताका प्रतिक्रिया बुझ्न पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा रहेका पुर्व राजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन् । रुपन्देहीको भैरहवामा पत्रकार सम्मेलनमार्फत पुर्व राजा ज्ञानेन्द्र शाहले नागरिकले नयाँ शक्तिको खोजी गरिरहेको भन्दै नागरिकले चाहे आफु त्यो शक्तिको नेतृत्व गर्न तयार रहेको र नागरिकले चाहे राजसंस्था नयाँ शक्तिको रुपमा उदाउन सक्ने पनि बताएका छन् ।

Wednesday, January 11, 2012

पृथ्वीनारायण शाह कि नेताहरु - को निरङ्कुश??

आज पौष २७, नेपाल एकीकरणकर्ता पृथ्वी नारायण शाहको दुई सय ५०औ जन्मोत्सव | राजतन्त्र छउन्जेल पृथ्वी जयन्ति भन्दै आजैका दिन सर्वजंक बिदा हुन्थ्यो | तर बिडम्बना राजतन्त्र हट्नसाथै खुबै गणतन्त्रबादी देखाउन गणतन्त्रबादी सरकार आउनेबित्तिकै नेपाल एकिकरणकर्ताकै अस्तित्व र भूमिकामाथि नानाभाती जायज नाजायज आरोप लगाउने देखि लिएर पृथ्वीजयन्ति नै नमनाउने निर्णय गरेर इतिहासकै उपेक्षा गरियो | राष्ट्रनिर्माताका बारेमा एकथरि उनलाई राष्ट्रिय एकताका प्रतिक मान्नुपर्ने र उनको जन्मदिनलाई नेपाल दिवसका रुपमा मनाउनुपर्ने माग गरिरहेका छन भने अर्कोथरिले पृथ्वीनारायणले एकीकरणका नाममा नेपालका जनजाती र उनीहरुको भाषासंस्कृतिमाथि दमन गरेको भन्दै उनलाई दमनकारी र क्रुर शासकको रुपमा पनि ब्याख्या गर्दछन |

Wednesday, August 25, 2010

राजसंस्था २०१० भर्सन चाहियो पारसलाई !!!

नेपालको अहिलेको राजनीतिक अवस्थाबारे यहाँको बुझाइ कस्तो छ?
हेर्नुस्, एउटा देश विभिन्न कुराहरू मिलेर चलेको हुन्छ। यहाँ धेरै अन्तर्राष्ट्रिय शक्तिहरूको इन्ट्रेस्ट
(स्वार्थ) छ। हाम्रो सबभन्दा ठूलो कमजोरी यही होजस्तो लाग्छ। आजको परिस्थितिमा पनि अन्तर्राष्ट्रिय जगतको ठूलो खेल छ।
पछिल्लो समयमा देश र जनताले चाहेजस्तो अवस्था नहुनुमा वैदेशिक चलखेल वा हस्तक्षेप नै हो भन्ने यहाँहरूको बुझाइ हो?
हो। यस्तो परिस्थति सिर्जना गरेपछि उनीहरूले आफ्नो स्वार्थका लागि त केही गर्छन्-गर्छन्।
गणतन्त्र स्थापना र राजतन्त्र अन्त्यमा पनि वैदेशिक चलखेल, हस्तक्षेप थियो भनेर बुझ्न सकिन्छ?
अवश्य।
यसको मतलब जनता राजतन्त्र अन्त्य भएको हेर्न चाहँदैनथे भन्ने बुझौं?
म के भन्न चाहन्छु भने नेपालीलाई, नेपाली समाजलाई एकातिर लगियो त्यसबेला। नेपालीले एउटा परिवर्तन त चाहेका थिए, तर कुन प्रकारको र कस्तो परिवर्तन भन्ने नेपालीलाई नै थाहा थिएन।

जनताले चाहेर राजसंस्था अन्त्य भएको होइन भन्नुभएको?
होइन, जनताले त्यसबेला परिवर्तन चाहेका थिए, तर जनचाहनाले होइन, विदेशी खेलबाट त्यो परिवर्तन भएको हो।