Showing posts with label Paras. Show all posts
Showing posts with label Paras. Show all posts

Thursday, December 16, 2010

देश हल्लाउने जाँड झगडाको परिणाम: पारस पछी अब घरज्वाईलाई के गर्ने ??

हैन यदि पारस संग हतियार नभएको र उसले गोलि नचलाएको भए यत्रो Media मा भुत्रोको नाटक गरिरा' ? यत्रो खान हल्ला गर्या ?? कि त्यो रातको जाँडले २/३ दिनसम्म नछोडेको हो अनि कुजता दिदीलाई चाही ज्वाईले खाको जाँड लाग्या हो र, नेता देखि मन्त्रिसम्म थर्का'को हो ?? साला बिदेशी! नेपाली संचारमाध्यममा त्रास फैल्याउनि ??
जसरि Wikileaksले सारा विश्व हल्लायो , ठिक त्यसैगरी पूर्वयुवराज र नवयुवराजको जाँड झगडाले दुई/तीन दिनसम्म नेपाल हल्लायो | दुवै  जँड्याहा थिए, अनि दुबैमा पावरको पुरै शान र ठगि अनि हतियारको ज्ञान थियो | एक थिए नवयुवराज जो संग सासुको पावरको शान अनि ठगीको पूर्ण ज्ञान थियो र अर्का थिए पूर्वयुवराज जो संग हतियारको ज्ञान र पुरानो शक्तिको शान थियो | नवयुवराज कोइराला खान्दानका ज्वाँई हुन् भने पूर्वयुवराज त सबैद्वारा चिरपरिचित व्यक्ति | नवयुवराज पूर्वयुवराजको सेखी झार्न भन्दै जाँदा दुई बीच जाँड झगडा भयो | यहि जाँड झगडालाई रुबेल चौधरी, उनकी सासु र केहि कांग्रेसी नेताहरुले राजतन्त्रसंगको रिस पोख्न र राजतन्त्रको बिउलाई जनताको मनै देखि उखेल्ने अस्त्रको रुपमा प्रयोग गर्ने हेतुले संचार माध्यम र छापाखानाहरुमा यत्रतत्र छरे तर भै'दियो उल्टो 'लहरो तान्दा पहरो खस्यो' | आफुले खनेको खाल्डोमा आफै परे रुबेलका सासु-ज्वाई | मुड़ो ताकेको बन्चरोले उनीहरुकै घुँदो काटिदियो | बिचरा रुबेलका सासु-ज्वाईले सोचेका पनि थिएनन कि पारसलाई यसबाट अझ फाइदा होला भनेर |

Wednesday, August 25, 2010

राजसंस्था २०१० भर्सन चाहियो पारसलाई !!!

नेपालको अहिलेको राजनीतिक अवस्थाबारे यहाँको बुझाइ कस्तो छ?
हेर्नुस्, एउटा देश विभिन्न कुराहरू मिलेर चलेको हुन्छ। यहाँ धेरै अन्तर्राष्ट्रिय शक्तिहरूको इन्ट्रेस्ट
(स्वार्थ) छ। हाम्रो सबभन्दा ठूलो कमजोरी यही होजस्तो लाग्छ। आजको परिस्थितिमा पनि अन्तर्राष्ट्रिय जगतको ठूलो खेल छ।
पछिल्लो समयमा देश र जनताले चाहेजस्तो अवस्था नहुनुमा वैदेशिक चलखेल वा हस्तक्षेप नै हो भन्ने यहाँहरूको बुझाइ हो?
हो। यस्तो परिस्थति सिर्जना गरेपछि उनीहरूले आफ्नो स्वार्थका लागि त केही गर्छन्-गर्छन्।
गणतन्त्र स्थापना र राजतन्त्र अन्त्यमा पनि वैदेशिक चलखेल, हस्तक्षेप थियो भनेर बुझ्न सकिन्छ?
अवश्य।
यसको मतलब जनता राजतन्त्र अन्त्य भएको हेर्न चाहँदैनथे भन्ने बुझौं?
म के भन्न चाहन्छु भने नेपालीलाई, नेपाली समाजलाई एकातिर लगियो त्यसबेला। नेपालीले एउटा परिवर्तन त चाहेका थिए, तर कुन प्रकारको र कस्तो परिवर्तन भन्ने नेपालीलाई नै थाहा थिएन।

जनताले चाहेर राजसंस्था अन्त्य भएको होइन भन्नुभएको?
होइन, जनताले त्यसबेला परिवर्तन चाहेका थिए, तर जनचाहनाले होइन, विदेशी खेलबाट त्यो परिवर्तन भएको हो।