Showing posts with label Festival. Show all posts
Showing posts with label Festival. Show all posts

Wednesday, November 14, 2012

आयो रसिलो चाड तिहार !

गाउँले बलदेव- दिदीबहिनीले माइती सम्झिने दिन। दाजुभाइले दिदीबहिनीको महिमा बुझ्ने दिन। तिहार आयो! माइती गाउँको कुकुर पनि प्यारो! धर्मराज यमराज आफ्नी बहिनी यमुनाकहाँ जाँदै छन्। यमुना दाजुको व्यग्र प्रतीक्षामा छिन्। धर्मसंरक्षण गर्दै छिन्, यमुना। दाजुभाइ र दिदीबहिनीको पुनर्मिलन हुँदै छ। पारिवारिक पुनर्मिलन। आत्मीय पुनर्मिलन! आत्मीयता धर्म। प्रेम र स्नेह धर्म। प्राणीले प्राणीलाई आदर गर। प्रत्येक जीवमा ईश्वरको दर्शन गर। धर्म यसै भन्छ। सबै प्राणी समान छन्। समानताको पर्व हो तिहार! काग, कुकुर, गाई र गोरुको पूजा हुन्छ, तिहारमा। मान्छे पूजक हुन्छ र पशुपक्षी पूजित हुन्छन्। मानवको अहङ्कार नष्ट हुन्छ। अर्कामा आफूलाई देख्न सिकाउँछ धर्मले। 'यम'मा 'उना' थपिएर यमुना बनैकै त हुन्। दाजुभाइ र दिदीबहिनीमा भेद कहिले पो थियो र! यमुना पापनाशिनी र धर्मदायिनी हुन्। दाजुबहिनीको अधिकार दाँज्ने हो भने बहिनीकै बढी छ। यमराजले पापीको पाप मोचन गर्न सक्तैननन् तर यमुनाले सक्छिन्। दाजुभाइहरूले बुझ्नुपर्छ-"दिदीबहिनीको शक्ति र महिमा। दिदीबहिनी आफ्नो मात्र होइन अर्काका दाजुभाइको पनि दीर्घायुको कामना गर्न सक्छन्, जसरी यमुनाले गरेकी थिइन्।"

Friday, April 13, 2012

नव बर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना !!! Happy New Year 2069 !!


नयाँ बर्ष २०६९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । यस नयाँ बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस् ।

तपाइ कसरि मनाउंदै हुनु हुन्छ त यो नयाँ बर्षलाइ ?

Sunday, April 1, 2012

मधेशी मोर्चाद्वारा ससस्त्र संघर्षमा जाने घोषणा, देश फेरी पनि गृहयुद्धको चपेटामा

Updated: बास्तवमा यो समाचार अप्रिलफूलको दिन राखिएको अप्रिल फूल बिशेष भएकाले यसमा कुनै पनि सत्यता नभएको जानकारी गराईन्छ । (मेरो विचार-सम्पादक/Administrator)
सरकारले मधेशी मोर्चासंग गरेका सम्झौताहरु पुरा नगरेको तथा संघियतामा जाने कुरामा नेताहरुको दुइमत देखिएको भन्दै सरकारको प्रमुख घटक मध्येको मधेशी मोर्चा ससस्त्र संघर्षमा उत्रने चेतावनी सहित हतियार उठाउने घोषणा गरेको छ | 
हिजो  राति  १२ बजेसम्म बसेको मधेशी दलहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको  मधेशी जनाधिकार फोरमका नेता उपेन्द्र यादवले बताउनु भयो | आफुहरुले  नचाहँदा नचाहँदै  पनि सरकार लगायत ठुला दलहरुको कारणले यो सब हुन गैरहेको पनि उहाँले आरोप लगाउनु भयो | 
एउटा गृहयुद्धको  चोट निको नहुदै फेरी अर्को गृहयुद्ध गर्नु राम्रो हो त भन्ने प्रश्नमा  नेता यादवले भन्नुभयो "चाहना त हाम्रो पनि होइन कि ससस्त्र संघर्षमा जाने तर मधेशीहरुको आधिकारको लागि  मधेशीहरुको जनचाहना बमोजिम नै यो युद्ध सुरु हुन आटेको छ र यसमा सम्पूर्ण मदेशी हरुको समर्थन छ | त्यसैले यो जायज नै छ |" 

Wednesday, March 7, 2012

होलीको शुभकामना


प्रत्येक बर्षको फागुन पुर्णिमामा पर्ने फागु अर्थात् होलिलाई परापुर्व कालदेखि नै रंगहरु, खुसि, उल्लास, विजय र उमंगको चाडको रुपमा मनाइन्छ | यहाँहरु सबैलाई रंगहरुको चाड होली (फागु पुर्णिमा) कोशुभकामना, होली का रंगहरु ले यहाँहरुकोजिवन मा उल्लास र खुशी को वर्षा गरिदियोस् ।

होलि पछाडिका कथनहरु
हुन त होलि सम्बन्धि फरक फरक कथनहरु चलनचल्तीमा छन् जसमध्ये केहि यहाँ प्रस्तुत गरिन्छ |

भगवान कृष्ण र गोपिनीहरु
भगवान कृष्ण सधै जसो आफ्नी आमासंग सिकायत गर्दथे कि उनका सबै संगीनिहरु उनलाई काले भनेर जिस्क्याउछन् | जब मेरा सबै संगिनीहरु/राधा सहितका गोपिनीहरु गोरा छन् त मा चाही किन कालो छु ? भनेर प्रश्न गर्न थालेपछि यसोधाले विभिन्न रंगहरु दिदै गोपिनीहरुको अनुहारमा लगाइदिन भनिन ता कि गोपिनीहरुको पनि अनुहार कालो (अँध्यारो) देखियोस | कृष्णले पनि आमाले भने जस्तै गरे | कृष्णको प्रेममा मुग्ध गोपिनिहरु पनि रंगहरुको खेलमा रमाए या त्यसै बेला देखि होलिलाई प्रेम, हर्ष र उल्लाशाको पर्वको रुपमा मनाउन थालिएको हो भन्ने कथन रहेको छ |

Monday, October 3, 2011

बडादशैं २०६८ शुभ होस् | शुभकामना दशैंको ....

बडादशैं  २०६८को हार्दिक मंगलमय शुभकामना
बडादशैंसंगै  सम्पूर्ण नेपालीको घर आँगन र परिवारमा सुख, शान्ति र सम्वृद्धिले बास गरोस| तपाईको यो वर्ष मंगलमय होस् | सम्पूर्ण नेपालीहरु स्वस्थ रहुन, ब्यस्त रहुन | बिजया दशमी २०६८को उपलक्ष्यमा यहाँहरु सबैको सु स्वास्थ्य, दिर्घायु, तथा उत्तरोतर प्रगतिको कामना सहित बडा दशैँ २०६८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु |

परदेशीको दशैं

--नील खड्का






यसपल्ट त्यस्तै भयो, आउने आशा मार्नु होला !
टीका लाउने साइतमा, फोटो पर सार्नु होला !!

कहिले आँसु कहिले हाँसो, यस्तै रै'छ जिन्दगानी !
हुन्न जित सधैंभरि, यस वर्ष हार्नु होला !!

याद आउला घरिघरि, कोठा मेरो रित्तै देख्दा !
भुल्नू मलाई दसैंभरि, बरु कोठा बार्नु होला !!

नदुखाउनु चित्त धेरै, बाँचे आउँला अर्को दसैं !
पराइले देख्लान् फेरि, लुक्दै, आँसु झार्नु होला !!

पाइन मैले अहिलेको साल, दसैं खर्च पठाउन !
ऋणसापट गरेर नि, दुःख सुख टार्नु होला !!

Thursday, April 14, 2011

नव बर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना !!! Happy New Year 2068 !!


नयाँ बर्ष २०६८ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । यस नयाँ बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस् ।

तपाइ कसरि मनाउंदै हुनु हुन्छ त यो नयाँ बर्षलाइ ?

Saturday, October 16, 2010

दशैं शुभ होस् | शुभकामना दशैंको .....

दशैं २०६७को मंगलमय शुभकामना
बडादशैं संगै  सम्पूर्ण नेपालीको घर आँगन र परिवारमा सुख, शान्ति र सम्वृद्धिले बस गरोस तपाईको यो वर्षा मंगलमय होस् | सम्पूर्ण नेपालीहरु स्वस्थ रहुन, ब्यस्त रहुन | बिजय दशमी २०६७को उपलक्ष्यमा यहाँहरु सबैको सु-स्वास्थ्य, सुख, शान्ति र सम्वृद्धिको  हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु |

Monday, September 13, 2010

चाडपर्वको नाममा भित्रदै बिकृति

भर्खरै मात्रै नेपाली(बिशेष गरि हिन्दु महिलाहरुको) महान चाड तीज सकिएको छ | तर सधै भन्दा यसपालिको तीजमा संस्कृति जोगाउने भन्दा पनि बिगार्ने प्रतिस्पर्धात्मक बिकृति भित्रिएको मेरो आफ्नै अनुभव छ | मैले जाने बुझे सम्म तीज महिलाहरुले आफ्नो श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बसेर मनाउने पर्व हो | अनि तीजमा दर खाने प्रचलन पनि तीजसंगै जोडिएर आउने प्रसङ्ग हो भने तीजमा रमाइलोको लागि गरिने गीत-नृत्य पनि संगै जोडिएर आउने प्रसंगहरु हुन् | तर अचेल यस्तो बिकृति भित्रिएको छ कि तीज आउन एक महिना बाँकी हुदा देखि नै यहाँ तीजको दर खाने प्रसङ्ग सुरु भैसकेको हुन्छ त्यो पनि घरमा हो र 5 STAR होटेल अनि Party Palaceहरुमा | अनि ति ठाउँमा छरपस्ट हुन्छ नेपाली चेलीको हिन्दी गीतमा कट्टु/जिन्स अनि टिसर्टको नृत्य | यस्ता सार्वजनिक ठाउँमा नै एक महिना अगाडी देखि तीज मनाउने नाममा यस्तो गरेपछि के हुन्छ चाडपर्वको महत्व अनि के हुन्छा हाम्रो संस्कृति ??