Showing posts with label Strike. Show all posts
Showing posts with label Strike. Show all posts

Friday, May 13, 2011

बन्द के र कसका लागी ?? नेपाली चढ्न नपाउने सडकमा विदेशीलाई खुल्लम खुल्ला यातायात...

आजको बन्दको प्रभाव बिध्यार्थिलाई बढी 
सायद धेरै भएको थियो बन्द हुन छाडेको तर अहिले आएर महिना दिन बित्न नपाउदै क्रमिक रुपमा बन्द हुन थालेका छन् | आखिर यो बन्दले कसलाई फाइदा पुर्याउछ त ? बन्दकर्तालाई कि जनतालाई या सरकार वा बिदेशी कुटनीतिक संस्थाहरुका अधिकारीहरुलाई?? हुन त बन्दकर्तालाई के मतलब ? उनीहरुलाई त बन्द गर्नु जो छ तर प्रश्न गम्भीर छ | आज पनि जनजाती कि खस् क्षेत्री कुनी कुन समुहले बन्द गरेको भन्ने हल्ला भयो | हिजोसम्म त यो बन्द हुदैन भन्ने थियो तर आज एक्कासी सम्पूर्ण यातायात ठप्प भएपछी भने बन्द भएको पक्का भएको थियो | आजको बन्दको मारमा अन्य सर्वसाधारणको तुलनामा बिध्यार्थिहरु परेको देखियो | कारण थियो +२(१२ कक्षा)को अन्तिम परिक्षा यानी +२ बोर्ड परिक्षा | परीक्षार्थीहरुलाई यो परिक्षा "नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाउको अनुहार" भएको थियो | कारण बोर्ड परिक्षा नदिउँ त आफ्नो भबिष्यको सवाल छ दिउँ भने परिक्षा केन्द्रसम्म पुग्न ४/५ बजेदेखि नै हिड्नु पर्ने बाध्यता छ |  यस्तो आवस्थामा बिध्यार्थीहरुले कसरि परीक्षा दिने ? त्यत्रो २/३ घन्टाको बाटो हिडेर परिक्षा दिन जाने बिध्यर्थिले के लेख्न सक्ने आशा गर्न सकिन्छ ?? यो बिषयमा न त सरकारले कुनै चासो दिएको पाइयो न त आन्दोलनकारीहरुले नै कुनै चासो दिए | हुन त आफ्नै भविष्यको भर नभएकाहरुले अर्काको भविष्यको के वास्ता गर्थे र ! न त एउटा प्रेस परिचय पत्र नै हेर्न नजान्ने बन्दकर्ताहरुलाई नै पढाइको महत्व र बिध्यर्थिको मिहिनेतको बारेमा वास्ता हुन्छ ! त्यसैले यिनीहरुबाट उपर्युक्त कुराहरुमा ध्यानाकर्षण खोजिनु नै मुर्खता हो भन्ने यो पंक्तिकारको ठहर छ |