Friday, May 13, 2011

बन्द के र कसका लागी ?? नेपाली चढ्न नपाउने सडकमा विदेशीलाई खुल्लम खुल्ला यातायात...

आजको बन्दको प्रभाव बिध्यार्थिलाई बढी 
सायद धेरै भएको थियो बन्द हुन छाडेको तर अहिले आएर महिना दिन बित्न नपाउदै क्रमिक रुपमा बन्द हुन थालेका छन् | आखिर यो बन्दले कसलाई फाइदा पुर्याउछ त ? बन्दकर्तालाई कि जनतालाई या सरकार वा बिदेशी कुटनीतिक संस्थाहरुका अधिकारीहरुलाई?? हुन त बन्दकर्तालाई के मतलब ? उनीहरुलाई त बन्द गर्नु जो छ तर प्रश्न गम्भीर छ | आज पनि जनजाती कि खस् क्षेत्री कुनी कुन समुहले बन्द गरेको भन्ने हल्ला भयो | हिजोसम्म त यो बन्द हुदैन भन्ने थियो तर आज एक्कासी सम्पूर्ण यातायात ठप्प भएपछी भने बन्द भएको पक्का भएको थियो | आजको बन्दको मारमा अन्य सर्वसाधारणको तुलनामा बिध्यार्थिहरु परेको देखियो | कारण थियो +२(१२ कक्षा)को अन्तिम परिक्षा यानी +२ बोर्ड परिक्षा | परीक्षार्थीहरुलाई यो परिक्षा "नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाउको अनुहार" भएको थियो | कारण बोर्ड परिक्षा नदिउँ त आफ्नो भबिष्यको सवाल छ दिउँ भने परिक्षा केन्द्रसम्म पुग्न ४/५ बजेदेखि नै हिड्नु पर्ने बाध्यता छ |  यस्तो आवस्थामा बिध्यार्थीहरुले कसरि परीक्षा दिने ? त्यत्रो २/३ घन्टाको बाटो हिडेर परिक्षा दिन जाने बिध्यर्थिले के लेख्न सक्ने आशा गर्न सकिन्छ ?? यो बिषयमा न त सरकारले कुनै चासो दिएको पाइयो न त आन्दोलनकारीहरुले नै कुनै चासो दिए | हुन त आफ्नै भविष्यको भर नभएकाहरुले अर्काको भविष्यको के वास्ता गर्थे र ! न त एउटा प्रेस परिचय पत्र नै हेर्न नजान्ने बन्दकर्ताहरुलाई नै पढाइको महत्व र बिध्यर्थिको मिहिनेतको बारेमा वास्ता हुन्छ ! त्यसैले यिनीहरुबाट उपर्युक्त कुराहरुमा ध्यानाकर्षण खोजिनु नै मुर्खता हो भन्ने यो पंक्तिकारको ठहर छ |
यो बन्द के र कसका लागि थियो त ?? यो बन्दको मुख्य उद्देश्य भनेको संघियतामा गैर देश टुक्र्याउनु र देशलाई फेरी एउटा पृथ्वी नारायणको आवश्यकता महसुस गराउनु नै थियो भन्ने यो पंक्तिकारको ठहर छ | खैर, छाडौं यो बन्द के र कसका लागि थियो भन्ने कुरा ? यहाँ त गरिब जनता जो ज्याला मजदुरी गरेर गुजार चलाउछन अनि देशका विभिन्न भागका बिध्यार्थि जो पढेर आफ्नो भविष्य निर्माण गर्ने आशा राख्छन, जसलाई देशका कर्णधारको पगरी गुथाइएको छ, ले दु:ख पाएका छन् | 

 बिध्यार्थिले दु:ख पाए अब यसलाई बिर्सीदिउँ | अब लागौं बन्दमा सधै देख्न पाइने धाराबाहिक तर्फ जसका मुख्य पात्रहरु भनेका गैर सरकारी संस्था तथा बिदेशी कुटनीतिक संस्थाका कर्मचारीहरु, झुटो प्रचारिक प्रेस, अनि बन्दकर्ताहरु | हजुर यो नाटकको मन्चनमा सबैभन्दा पहिले देखिने पात्रहरु भनेका बन्दकर्ताहरु नै हुन् अनि त्यसपछि झुटो प्रचारिक प्रेस र साँचो प्रेस अनि अन्त्यमा गैर सरकारी संस्था तथा बिदेशी कुटनीतिक संस्थाका कर्मचारीहरु (सवार भएका गाडीहरु) | सबै सर्वसाधारणलाई रोक्ने बन्दकर्ताहरुले प्रेसलाई भने रोक्दैनन जुन स्वाभाविक हो र प्रेसलाई रोकिनु पनि हुदैन | यसमा दुइमत हुने ठाउँ नै छैन | तर यहाँ त नेपाली सर्वसाधारणले भने सार्वजनिक लगायत व्यक्तिगत गाडी पनि चढ्न नपाउने रे तर गैर सरकारी संस्था तथा बिदेशी कुटनीतिक संस्थाका कर्मचारीहरु सवार भएका गाडीहरुलाई भने निर्बाध रुपमा चल्न दिईन्छ | आखिर गोरो वा कालो छालालाई यो मान-सम्मान किन ? आखिर तिनीहरुले चाहिँ जे गरेपनि हुने हो त ?? नत्र तिनीहरुका गाडीहरु किन फुट्दैनन त ?? के तिनीहरु साच्चै प्रभु नै हुन् त ?? तिनीहरुलाई चाहिँ बन्दले नछुने तर हामी सर्वसाधारणलाई चाहिँ बन्दले मार्ने हुनुपर्ने किन ?? हे ! बन्दकर्ता तिमीहरुसंग छ यसको जवाफ ?? छ भने देउ यसको जवाफ..

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |