एउटा गीतमा राजु लामा भन्थे "नतानुँ त तानुँ लाग्ने तानेपछी मात्ने, मातेपछी जताततै लडिबुढी खेल्ने के गरुँ रक्सीको जातै यस्तो हो! यो जँडियाको जातै यस्तो हो।" साच्चै यो रक्सी भन्ने चिज पनि अचम्मको रहेछ। गीत देखी प्रितसम्म पनि यस्को महात्म्य सानो होइन। कारण गीत गाउने गायक फिल्ममा प्रित लाउने नायकसम्मले त्यही रक्सी नै पिएको देख्न सकिन्छ। केही सिनेमाहरुका गीतमा त अझ यस्तो पनि देख्न पाइन्छ कि जस्ले गर्दा त्यो गीत कुनै सिनेमाको नभएर कुनै रक्सीको बिज्ञापन हो। रैतिदेखी राजसी ब्यक्तिहरुसम्मा पनि आफ्नो स्तरअनुसारको रक्सी खान थालिसके। पहिला पहिला त बाहुन भन्ने जात रक्सी र मासुको नाम लिएपछी तर्सिन्थे तर अचेलका आधुनिक भलद्मी बाहुनहरु(केही अपवादबाहेक) रक्सी र मासु भनेपछी कुनै पार्टी, सेमिनर, वा गोस्टी छुटाउने त चान्स छैन। त्यसैले त अब हरेक पार्टी होस् या सेमिनार ब्रान्डेड रक्सी नपाउन च्याउ नखाने बाहुन पाउन भन्दा गार्हो पर्छ। हजुर जस्को सुकै जे सुकै होस् रक्सी र मासुबिनाको पार्टी, सेमिनार, गोस्ठी! अहँ सम्भवै छैन।
रक्सी नखाने र शाकाहारी ब्यक्तिलाई काठमाडौंमा घुलमिल हुन एकदमै गार्हो छ। काठमाडौंमा मात्रै किन र? शाकाहारीलाई त जहाँ पनि घुलमिल हुन गार्हो छ। कहीँ पाहुना लाग्न गयो तरकारीमा मासु, कुनै पार्टीमा समेल भयो रक्सिलाई सितन वा बफे डिनरमा मासु, खाजा खान गयो चाउमिनमा मासु, जहाँ तहीँ मासु नै मासु। री अचेल त यो मासु र रक्सी यती लोकप्रिय भएको छ कि भैरव अर्यल अहिले यहाँ हुँदा हुन त आलु निबन्ध लेखेर रक्सी र मासुको बारेमा निबन्ध नलेखेकोमा पश्चाताप गर्दै हुन्थे होलान! जसरी आलु लोकप्रिय र सर्वश्रेस्ठ अनी सर्वहारा छ ठीक त्यसै गरी रक्सी र मासु पनि लोकप्रिय र सर्वश्रेस्ठ अनी सर्वहारा छ। नत्र न त सबै भन्दा ठुलो दलका नेताका छोरा रक्सी खाएर सोफमै ढल्थे। न त पारस-रुबेल काण्ड नै मच्चिन्थ्यो। भैरव अर्यालको समयमा बाहुनहरुले मासु नखाने भएर आलु मिलनसार, लोकप्रिय र सर्वश्रेस्ठ अनी सर्वहारा तरकारी भएको थियो नत्र उनको आलुले पनि अहिलेको अवस्थामा आलु खाएको त हामी सबैले अनुभव गरेकै कुरा हो नि। अब त आलुको ठाउँ मासुले लिइसक्यो। त्यसैले अर्याल बाजे कि आलु निबन्धमा भुलसुधार गरेर मासु निबन्ध लेख्नु पर्यो हैन भने मै लेखिदिन्छु मासु निबन्ध त्यस्को लागि माथिबाटै कपिराइट दिनु पर्यो। लौ बाजे छिटो निर्णय दिनु होला।

Natanu Ta Tanu Lagne by Raju Lama
राजु लामाको नतानुँ त तानुँ लाग्ने
0 comments:
Post a Comment
कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |