इन्टरनेट सेवाप्रदायक (आइएसपी) हरूले बुधबार साँझदेखि आ-आफ्नो सर्भरबाट ६० वटा अश्लील साइटको प्रसारण रोकेका छन्। देशभित्रै र बाहिरबाट सञ्चालित ती साइट नेपालभित्र कसैले हेर्न नपाउने व्यवस्था गर्न गृह मन्त्रालय र दूरसञ्चार प्राधिकरणले निर्देशन दिएपछि आइएसपीहरूले यो कदम चालेका हुन्। अब सडक सडकमा आज धरानकी केटि र बिराटनगरको केटाको CD छ भन्दै बेच्नेलाई के गर्ने हुन् कुन्नि | अहिलेसम्म नेपालमा इन्टरनेट चलाउने मानिसहरु त जम्मा जम्मी ३०% भन्दा पनि कम छन् र ७०% भन्दा बढीले त मोबाइल तथा VCD र DVDको प्रयोग गरेर अश्लिल दृश्य हरु हेर्छन अनि के ति सबै सरकारले बन्द गर्न सक्ला र ?
Showing posts with label ISP. Show all posts
Showing posts with label ISP. Show all posts
Thursday, October 28, 2010
६० 'पोर्नो साइट' नेपालमा बन्द
इन्टरनेट सेवाप्रदायक (आइएसपी) हरूले बुधबार साँझदेखि आ-आफ्नो सर्भरबाट ६० वटा अश्लील साइटको प्रसारण रोकेका छन्। देशभित्रै र बाहिरबाट सञ्चालित ती साइट नेपालभित्र कसैले हेर्न नपाउने व्यवस्था गर्न गृह मन्त्रालय र दूरसञ्चार प्राधिकरणले निर्देशन दिएपछि आइएसपीहरूले यो कदम चालेका हुन्। अब सडक सडकमा आज धरानकी केटि र बिराटनगरको केटाको CD छ भन्दै बेच्नेलाई के गर्ने हुन् कुन्नि | अहिलेसम्म नेपालमा इन्टरनेट चलाउने मानिसहरु त जम्मा जम्मी ३०% भन्दा पनि कम छन् र ७०% भन्दा बढीले त मोबाइल तथा VCD र DVDको प्रयोग गरेर अश्लिल दृश्य हरु हेर्छन अनि के ति सबै सरकारले बन्द गर्न सक्ला र ?
Labels:
ISP,
NTA,
Science and Technology
Tuesday, August 24, 2010
प्रविधिलाई रोक्ने दूरसंचारको असफल प्रयास
भर्खरै मात्रै नेपाल दुरसंचार प्राधिकरणले अबैध भन्दै केहि इन्टरनेट फोन तथा यिनीहरुको साइटमाथि प्रतिबन्ध लगाएको खबर सार्वजनिक भएको छ | तर साइबर तथा कम्युनिकेसन ब्यबसायीहरु भने यसबाट रुष्ट भएका छन् | रुष्ट हुनुपनि एक हिसाबले ठिकै किनकि सरकारले चाही साइबर तथा कम्युनिकेसन ब्यबसायीहरुसंग कर पनि लिने अनि आफुखुसि सस्तो Account चलाउन पनि नदिने | फेरी ग्राहकलाई पनि सस्तै थियो विदेश फोन गर्न | हुन त अहिलेलाई पांच ओटा साइटमाथि मात्रै प्रतिबन्ध लगाइएको छ तर अरु साइटहरु पनि पत्ता लागे प्रतिबन्ध गराउने घोषणा गरेको छ | प्राधिकरणको यो लक्ष केवल प्रविधिलाई रोक्ने असफल प्रयास मात्रै हो किनकि उसले गर्दैमा हुने भए यो कल बाइपास पनि उहिले नै हटिसक्नु पर्ने हो तर अहिलेसम्म खै हटेको ??(हटेको भए विदेशबाट फोन गर्दा नेपालकै नम्बर नआउनु पर्ने हो ) अनि आज एउटालाई पक्रेको खबर आउछ अनि फेरी २/४ दिनपछि धरौटीमा रिहा भएको भन्ने खबर आउछ | अरु त अरु जसले यस्ता अपराधिहरुलाई पक्रिन्छ भोलि उसको सरुवा हुने हो कि जागिर जाने हो था' हुन्न | अनि केहि नभए पनि अपराधीहरुलाई छोडिन्छ माथिको आदेश वा त बिदेशी प्रभुको हुकुमले अनि कसरि हुन्छा अपराध निर्मुलिकरण ??
Labels:
ISP,
NTA,
Science and Technology
Subscribe to:
Posts (Atom)