मुलुकको धार्मिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा ठूलो असर पार्नसक्ने मानिएको शताब्दीकै सबैभन्दा ठूलो खग्रास चन्द्रग्रहण आज मध्यरातबाट सुरु हुँदैछ। चन्द्रग्रहण वृश्चिक राशीबाट सुरु भई धनुराशीमा अन्त्य हुनेछ। हिमवत् खण्डको उत्तरी गोलार्द्धमा अवस्थित नेपाल वृश्चिक राशीमा र भारत धनुराशीमा रहेकाले बढीरुपमा नेपाल तथा भारतमा यसको असर पर्ने बताइए पनि साधकहरुका अनुसार सौभाग्याले आज अर्थात् 15 जून(असार १ ) मा यस्तो दुर्लभ मौका आउदै छ कि जहिले गरिएको ध्यानले सधखारुलाई चाडैं नै चाहेको सफलता मिल्न सक्नेछ, किनकि आज हुन गैरहेको चन्द्रग्रहण सबै भन्दा लामो र प्रभावशाली चन्द्रग्रहण हो भनिएको छ। चन्द्रमाले हाम्रो मन र बिचारलाई सिधै प्रभावित गर्ने शक्ति राख्दछ। ध्यानमा सफलता मिल्न पनि मनलाई नियन्त्रण गर्ने शक्ति हुनुका साथै बिचारलाई पूर्ण केन्द्रित गराउने शक्तिको अवश्यकता पर्दछ।
Showing posts with label Religion. Show all posts
Showing posts with label Religion. Show all posts
Wednesday, June 15, 2011
Thursday, January 13, 2011
धर्मको व्यापार - परिवर्तन गर्ने शक्ति
अचेल शहरमा प्रत्येक खम्बा परिवर्तन गर्ने शक्ति लेखेको ब्यानरले ढाकिएको छ, पहिले अरु विज्ञापन देखिने होर्डिंगबोर्डहरुमा परिवर्तन गर्ने शक्ति लेखिएको छ | त्यति मात्रै नभएर प्रत्येक टेलीभीजन च्यानलहरुमा समय समयमा यहि परिवर्तन गर्ने शक्तिको बिज्ञापन र कार्यक्रमहरु चल्छ | सुरुसुरुमा बेरोजगार नेपालीहरुमा यसप्रति निकै नै चासो बढेको थियो होला, मेरो पनि मनमा खुल्दुली लागेको थियो | यसो फोन नम्बर हेरेको त १६६००१३३३९९ Toll Free Number रहेछ | फोकटमा गर्न पाउने भएपछी मैलेपनि एक कल गरि हेर्ने बिचारले कल गरेको त कुरा गर्दै जादा उसले त क्रिस्चियन धर्ममा लागे सब ठिक हुने जस्तो कुरा गर्न थाल्यो बा !!!! ए बा !! छक्क पर्नु छ बा !!!! अनि अझ गम्भीर रुपमा बुझ्न उनीहरुको website हेरेको त ए बा! त्यहाँ त डाक्टरले नै डाक्टरले पनि उपचार गर्न नसकेको बिरामीलाई प्रभु येसुले ठिक गरिदिनु भयो भनेको रहेछ यस्ता अन्य भनाइहरु त कति हो कति मर्न लागेको बिरामीलाई धर्म परिवर्तन गरेर क्रिस्चियन हुने बित्तिकै निको भयो रे अनि अरु अरु के के हो के के ???
Monday, September 27, 2010
कुन हो हाम्रो धर्म ??
हामी मानिस प्राणीजगतका सर्वश्रेष्ठ प्राणी भै कन पनि हामी मुर्ख भएका यो पंक्तिकारको ठहर छ | किनकि हामीले मान्दै आएको हिन्दु धर्मलाई अहिले बिस्थापित गर्दै अन्य बिशेष गरि क्रिस्टियन धर्मको विकास हुन थालेको छ | थाहा छैन मानिस किन यति धेरै मुर्ख बन्छन | आखिर धर्म परिवर्तन गरेर जुन धर्म माने पनि त्यो धर्म परिवर्तन गर्ने मान्छेले आफु हिन्दु धर्मकै धर्मग्रन्थलाई शिरमा राखेर आएको किन बिर्सन्छ ? र मेरो धर्म यस्तो, मेरो धर्मले यस्तो राम्रो गर्छ, यो धर्म मान्यो भने त कहिल्यै दुख हुदैन, तेरो धर्म त यस्तो, तेरो धर्मले यस्तो नराम्रो गर्छ त्यै भएर त फलाना धर्म किन मान्दैनस भन्ने खालका अभिव्यक्ति दिन समेत पछी पर्दैन मान्छे | हुन त यहाँ प्रस्तुत गर्ने बिषयको धर्ममा राजनीति संग कुनै सम्बन्ध छैन तर अहिले नेताहरु पनि धर्म र जाति मा राजनीति गरिरहेका छन् | यस्तै चाला हो भने हाम्रो देश पृथ्वी नारायण शाहको पल भन्दा अगाडी जस्तै बाइसे चौबिसे राज्यहरुमा परिवर्तन हुन बेर छैन | खैर यी कुरा भन्दा अलि फरक तर धर्ममा विविधताले जन्माएको एउटा प्रश्न छ मसंग जुन मैले प्रत्यक्ष देखेर आएको छु | अब लागु वास्तविक प्रसङ्ग तर्फ ....
Labels:
Religion
Subscribe to:
Posts (Atom)






