Showing posts with label Budget. Show all posts
Showing posts with label Budget. Show all posts

Saturday, November 20, 2010

माओबादीको जंगली व्यवहारका बाबजुद आइछाड्यो बजेट

हिजो नै सहमतिमा बजेट ल्याउने भनिएपनि अन्तिम अवस्थामा माओबादीको बिरोध अनि बजेट प्रस्तुत गर्ने बेलामा भएको जंगली व्यवहारका बाबजुद संसदमार्फत् बजेट जारी गर्न नसकेपछि सरकारले आज राष्ट्रिय योजना आयोगको हलबाट बजेट सार्वजनिक गरेको छ। बजेट जारी हुनु केही समयअघि मात्र राष्ट्रपतिले अध्यादेश जारी गरेपछि त्यसैका आधारमा सरकारले नयाँ बजेट प्रस्तुत गरेको हो।
जंगली ब्यबहारको सिकार सरकारका मन्त्रीहरु :
१० बर्षसम्म गाउँ-गाउँका बासिन्दाहरुलाई त्राहिमाम बनाएर र १०००औं  सोझासाझा जनताको बलि चढाएर जंगलमा राज गरेको माओबादी अब त लोकतान्त्रिक मान मर्यादाअनुसार चल्छ भन्ने जनताहरुको सोचलाई हावा खुवाउदै हिजो माओबादीले जंगली झोकतान्त्रिक मर्यादा अनुरूप अर्थमन्त्री तथा अन्य मन्त्रीहरुप्रति अत्यन्तै निच र घृणायोग्य व्यवहारको प्रदर्शन गर्यो | पहिले सहमति भो भन्दै निस्केका नेताहरुको अन्तिम स्थितिमा विचार परिवर्तन भो अथवा के भो ?? जे सुकै भएपनि शान्तिपूर्ण बिरोध गरेर बजेटको बिरोध गरेको भए पनि त हुन्थ्यो नि जंगली व्यबहार नै देखाउनु पर्थ्यो ra?? जे भएपनि माओबादीले त्यसरी आक्रमण गर्नुहुन्नथ्यो यसमा जसले जस्तोसुकै गल्ति गरेको भएपनि माओबादीको गल्ति नै प्रमुख र अक्षम्य देखिन्छ भन्ने पंक्तिकारको ठहर छ | पंक्तिकार सोच्छ कि माओबादी १० बर्ष जंगलमा बसेर आएको पार्टी भएकैले यस्तो भएको हुनुपर्छ | हुन त बाहिरी मुलुकहरुको संसद भन्छन कि कुन्नि के जाती भन्छनमा यस्तो दृश्य सामान्य होलान र त्यस्ता दृश्यहरु देख्दा हामीहरुलाई हाँसो उठ्थ्यो होला तर नेपालमा पहिलोपटक भएर हो कि किन हो यो जंगली व्यबहार हामीलाई पचेन र हाजमोला खानु पर्यो भनौ भने पनि Anti Dabur भइएको छ अब के खाने हो यो पचाउनलाई???