Showing posts with label Super-Natural Stories. Show all posts
Showing posts with label Super-Natural Stories. Show all posts

Wednesday, December 14, 2011

Dancing with the Devil

A Texas Ghost Story
retold by
S. E. Schlosser
The girl hurried through her schoolwork as fast as she could. It was the night of the high school dance, along about 70 years ago in the town of Kingsville, Texas. The girl was so excited about the dance. She had bought a brand new, sparkly red dress for the dance. She knew she looked smashing in it. It was going to be the best evening of her life.
Then her mother came in the house, looking pale and determined.
"You are not going to that dance," her mother said.
"But why?" the girl asked her mother.
"I've just been talking to the preacher. He says the dance is going to be for the devil. You are absolutely forbidden to go," her mother said.
The girl nodded as if she accepted her mother's words. But she was determined to go to the dance. As soon as her mother was busy, she put on her brand new red dress and ran down to the K.C. Hall where the dance was being held.

Thursday, December 8, 2011

अचम्मको भुत

त्यतिबेला हामी ७ जनाको दोस्ती खुब जमेको थियो। हामीमध्ये कसैलाई केही भयो/पर्‍यो भने सबै एकर्कको लागि ज्यान दिन पनि तयार रहने हाम्रो दोस्ती साँच्चै उदाहरणिय थियो। जहाँ जाँदा पनि संगै हिंड्ने हामीले नचाखेको र नखाएको चिजहरु सायदै थिए होलान। साँझ भयो कि हाम्रो जक्सनमा हाम्रो मीटिङ्ग भइहाल्थ्यो र मीटिङ्गमा सनतिन गफ त हुँदैन थियो नै। कोही अमेरिका गएर नासामा बैज्ञानीक भएको सपना देखेको गफ दिन्थे त कोही चन्द्रमामा नै पुगेको सपना दिन्थे भने कोही कोही त नयाँ ग्रह नै पत्ता लगाएको गफ पनि दिन्थे। जस्को एउटै मात्रै कारण भनेको मीटिङ्गको बेला प्रयोग गर्ने बुटी(गाँजा) नै हुन्थ्यो। हामी सबै जम्मा भइसकेपछी हामीलाई गाँजा नभै हुँदैनथ्यो। यसै गरी हाम्रो दिन्हरु चल्दै थियो। यस्तैमा एक दिन एउटा साथीले कुनै ठाउँमा नाइट क्याम्प गर्न जाने प्रस्ताव ल्यायो। प्रस्ताव आउनु मात्रै के थियो हामीले तुरुन्तै त्रिशुलिमा नाइट क्याम्प गर्ने योजना बनायौँ। अब हामीले भोलिपल्ट नै  जाने योजना बनाएर त्यो दिन हामी आफ्नो बाटो लाग्यौ।

Thursday, November 24, 2011

बोक्सी - के यो सम्भव छ??


कुरा लगभग दुइ/तिन बर्ष अघिको हो, जब म पहिलोपल्ट काठमाडौँको खाल्डो नाघेर कुनै दुर्गम गाउँमा(हुन त काठमाडौँ नजिकै थियो तर पनि कुनै दुर्गम गाउँ भन्दा कम थिएन) पुगेको थिए | जहाँ मैले पहिलोपल्ट कुनै मानिस बिरामी हुँदा खसी काटेर पूजा गरेको र बाजा (ढ्यांग्रो) बजा'को देखेको थिए | त्यहाँको मानिसहरुलाई डाक्टरमा भन्दा बढी धामि झाँक्री र वैद्यमा बढी बिश्वास थियो | धामी झाँक्रीले कुनी कुन कुन देवताको र कुन कुन भुतको वा कुनै बोक्सी आदिको दोष देखाउदा रहेछन | अनि त्यो रोग साम्य पार्न पशु बलि दिएर पूजा गर्नु पर्ने रहेछ | आफु विज्ञानको बिद्यार्थी त्यसमाथि पनि MBBS पढ्दै गरेको ठिटो, जो प्राक्टिकलको लागि गाउँमा गएको थिए | मलाई यो कुरो पचेन त्यसैले मैले गाउँलेहरुलाई यस्तो गर्न छोडेर बिरामीलाई हस्पिटल लगेर जचाउन र औषधि खुवाउन सुझाए तर उनीहरु के मान्थे | आफ्नो बसेको घरबेटीले नै बस्न मन भए चुप लगेर बस्ने होइन भने चुपचाप आफ्नो बाटो लाग्नु हामीलाई सिकाउन नखोज्नु भनेर भनेपछि मनलाई सम्झाउने कर लाग्यो | म छक्क परें, भलाई गर्ने जमानै रहेन भन्दै चुप लागे |
गाउँलेहरुले मलाई किन त्यस्तो जवाफ दिए मलाई सार्है नै खसखस लागिरह्यो जबसम्म मैलेयसको बारेमा थाहा पाइन तर छक्क त तब परें जब साचो कुरो पत्ता लाग्यो | वास्तवमा भएको के रहेछ भने कुनै समयमा ति गाउँका गाउँलेहरु डाक्टरलाई भगवान झैँ मान्थे रे | तर एक पटक एउटा बिरामी अन्तिम अवस्थामा पुगेको रहेछ स्वास्थ्य चौकी (त्यहाको अस्पताल) पुर्याउदा लगभग मृत भैसकेको झैँ थियो | डाक्टरले उसलाई अब बाच्दैन भनेर भनिदिएपछि घर फर्केर लगियो | ठिक त्यहि बेला आएको झाँक्रीले उक्त बिरामीलाई पुरानै अवस्थामा फर्काइ दियो | लगभग दुइ तीनवटा यस्ता केसहरु जसमा डाक्टरले उपचार गर्न सकेनन त्यसमा धामी झाँक्रीले सफलता प्राप्त गरे | जब सोझा साझा जनतालाई धामी झाँक्रीको शक्ति डाक्टरको भन्दा बढी लग्न थाल्यो तब धामी झाँक्रीले मौकाको फाइदा उठाएर स्वास्थ्यचौकी नै भत्काई दिएछन् अनि त के चाहियो जो/जे बिरामी भए पनि खाली धामी झाँक्री |

म पनि भविष्यको डाक्टर मलाई के पच्नु यस्तो कुरो? अब म यिनीहरुलाई पाठ पढाएरै छोड्छु भन्ने सोच्दै थिए तर ठिक त्यसै बेला म बिरामी परें | मेरो शरीर दुइ दिनमा पुरै बेसहार जस्तो पहेलो भयो | खान रुच्न पनि छोड्यो | न खान मन लाग्छ न केहि गर्ने जाँगर नै चल्छ | मैले अब आफ्नै शहरको औषधि र अस्पताल सम्झें तर "ल्हाशामा सुन छ कान मेरो बुच्चै" भनेझैँ त्यो शहरको सुविधा यहाँ कहाँ पाउनु ?? आफुसंग भएको केहि औषधिहरु प्रयोग गरियो तर रोगले झन् झन् च्याप्दै लाग्यो | पाचौं दिनका दिन त म इन्तु न चिन्तु नै हुन पुगें | गाउँलेहरुले के के गरे कुन्नि छैठौ दिन मलाई अलि सन्चो भएको र भोक लागेको भन भयो | केहि खान मन लाग्यो तर कसले दिने?? धन्य घरबेटी आमै मनकारी रहिछन, मैले आँखा खोलेको थाहा पाएर जाउलो ल्याएर दिइन | आज अलिक सन्चो भएको जस्तो भएको थियो तर पुरै सन्चो भने भएको थिएन |

बेलुका मेरो कोठामा कालु धामी आएर उसका ढ्यांग्रो लगायतका सामानहरु राख्यो र घरबेटीहरुलाई बोलाएर कुन्नि के के माग्यो | अनि सुरु गर्यो उसले आफ्नो काम्ने र ढ्यांग्रो बजाउने नाटक, मैले चाल पाएअनुसार उनीहरु(गाउँले) त्यसलाई चिन्ता बसेको (गरेको) भन्थे | चिन्ता बस्न भूतप्रेत लागेको वा बोक्सी लागेको बेलामा धेरै बिरामी भएको मान्छे (बिरामी) हुनु पर्थ्यो | भोलिपल्टबाट मेरो स्वास्थ्यमा क्रमिक सुधार आउदै थियो | त्यसको ३/४ दिनमा म पूर्णत: स्वस्थ भएँ तर मेरो चिन्ता बस्ने झाँक्री बिरामी भएको खबर सुन्नमा आएपछि म उसलाई भेट्न गएँ |

उसले बताए अनुसार जुन रात उ मेरो चिन्ता बसेर घर फर्किदै थियो त्यसै रात मलाई बिगार पर्ने बोक्सीले उसको बाटो छेकी | तब उसले आफ्नो भएभरको मन्त्र र शक्तिहरु प्रयोग गर्दै त्यो बोक्सिसंग युद्ध गरि रह्यो | बोक्सीले कहिले अरिंगालजस्ता अस्त्रहरूको प्रयोग गर्थी भने कहिले धनुसबाणको कांड जस्ता अस्त्रहरू प्रयोग गर्थी | हरेक अस्त्रलाई छल्दै उ आफ्नो शक्तिको भरपुर प्रयोग गरिरहेको थियो | दुर्भाग्यबस एउटा अस्त्रले उसको छातीमै लाग्यो | तब उसले म पनि मर्छु भने तेरो शक्ति खतम परेर मात्रै मर्छु भनेर मसान उठाएर उक्त बोक्सीको शक्तिलाई खत्तम पारेपछि निदाएको उसको होस् खुल्दा उ घरमा थियो |

अब भने मलाई पनि भुत प्रेत बोक्सीजस्ता चिजहरुमा बिश्वास लग्न थालेको थियो| त्यस दिन उक्त झाँक्रीले यो पनि बतायो कि बास्तवमा धामी र बोक्सीको बिद्या एउटै हुन्छ | धामीले राम्रो र भलाइको निमित्त मात्र उक्त शक्तिलाई प्रयोग गर्छा भने बोक्सीले चाही आफ्नो स्वार्थपूर्ति र रिसीइबी मेट्न मात्रै यस्तो शक्तिको प्रयोग गर्छन |
अन्तमा फ्रीसंसार.कमको यो लेख पनि हेरौं :

Thursday, November 10, 2011

Love with Ghost.... A real Story

सावधान: यदि तपाइलाई डर लाग्छ भने बेलुका को समयमा यो नपढ़नुहोला |


कुरा दुइ/साढे दुइ बर्ष अघिको हो जतिबेला मेरो आफ्नै सानोतिनो मोबाइल पसल थियो र राती अबेरसम्म म त्यहि काम गर्थे | जुन दिन धेरै नै रात पर्दथ्यो म त्यहिँ बस्थे| सधैँ त म घरै जान्थे तर कहिलेकहिँ राती धेरै नै अबेर भएपछी भने घरमा अरुलाई disturb गर्नुभन्दा दु:ख सुख रात काट्ने गर्थे | यसै गरि मेरा दिनहरु चल्दै थियो | एकदिन म अलिक अबेर गरेर पसल बन्द गरेर जाने तरखर गर्दै थिए यत्तिकैमा वरिपरिमै कोहि केटि मान्छे रोए/हाँसेको(आवाज चिन्न मुस्किल पर्थ्यो) जस्तो आवाज आयो| मनमा एककिसिमको डर पनि उत्पन्न भयो| चारै तिर चकमन्न अँध्यारो  थियो, सुनसान सडक थियो | मन त्यसै त्यसै त डराउने अवस्था थियो झन् त्यस्तो बेलामा कोहि रोएको/हाँसेको/बोलेको सुन्दा मुटुले नै ठाउँ छोड्ला झैँ भयो | अब त त्यो आवाज झन् झन् नजिक हुन थाल्यो| मलाई एकदमै डर लग्न थालेको थियो, त्यसैले हतार हतार Bike स्टार्ट गरेर पछाडी पनि नफर्की म भागें | मैले घरमा आएर त्यो कुरा सुनाउदा सबै जनाले मलाई डरपोकको उपनाम दिए |

तर त्यस दिन देखि मलाई डर लग्न थालेको थियो त्यसैले मैले ३/४ दिनसम्म त चाडै चाडै पसल बन्द गर्ने गर्न थालें | तर के गर्नु सधैँ त्यसो गर्न सम्भव पनि थिएन त्यसैले फेरी पनि पुरानै तरिकाबाट चल्न थालियो| १०/१२ दिनसम्म त खासै केहि पनि भएको थिएन तर अचानक एकदिन राती म निस्कने बेलामा एक जना केटि मान्छे मोबाइल बनैदिनु पर्यो भन्दै मेरो पसलमा छिरिन् | अब मेरो हंसले ठाउँ छोड्नै लागेको थियो धन्न त्यहिँ बेला एकजना भाई पनि आइपुग्यो, जो मेरो पसलमा दिउसो पनि आइरहन्थ्यो | त्यसपछि हामी दुइजना बसेर उक्त महिलाको मोबाइल बनाइदिएर त पठायौं  तर अब मलाई घर जना भने धेरै ढिला नै भैसकेको थियो | त्यसैले मैले उक्त पसलमा नै बस्ने निर्णय गरें | भाई पनि निन्द्रा नलागेर बाहिर निस्कदा मेरो पसल खुल्ला देखेर आएको रहेछ | उसले भन्यो "दाई तपाईकोमा निलो रंग छैन?" मैले पनि स्वाभाविक जवाफ दिए "अरे! यार तिमि पनि गजब छौ बा अब कहिँ नभएर मेरो मोबाइल पसलमा रंगहरु बेच्न राख्छु?" उ अलि असहज ठान्दै भन्न थाल्यो "अरे! दाई निलो रंग भनेको रंग हैन क्या फिल्म भन्या हो क्या?? कस्तो नबुझेको??" अब उसको कुरा मैले बुझें र जवाफ दिए " मेरो Computerमा त गानाहरु मात्रै छ भाई |" तब उसले समाधान निकाल्दै भन्यो "दाई मेरो Pen Driveमा छ हेर्ने हो त दाई नयाँ नयाँ बब्बाल बब्बाल छ | नेपाली, हिन्दि खतरा खतरा छ|" भन्दै उसले आफैले Computer on गरेर Pen Drive जोडेर फिल्महरु खोल्न थाल्यो | हामी लगभग ११ बजेसम्म त्यस्तै हेरेर बस्यौ अनि उ आफ्नो घर गयो भने म आफ्नै पसलमा सुतें | मलाई राती १२.३०/१.०० बजेतिर पिसाब लाग्यो र म पिसाब फेर्न भनेर बाहिर निस्के (ट्वाइलेट जान बाहिर ननिस्कि हुदैनथ्यो) | 

ट्वाइलेटबाट फर्केर आउदा त एउटी केटि मलाई नै हेरर बसिरहेको देखें | त्यसदिन मलाई भाईले रक्सि पनि अलि अलि खुवाएको थियो त्यसैले मैले नसामा यस्तो देखे भन्ने सोच्दै भित्र जना लागेको मात्रै थिए त्यो केटि त उठेर मेरो छेउमै आएर मसंग सहयोग माग्न पो थाली | उसको कहानी सुन्दा उ, राम्रो घरानाकि र राम्रो संस्कारमा हुर्केकी केटि थिए तर कसैले उसलाई फसाएर अहिले यो अवस्थामा थिए रे! अब मैले पनि राती आएको मान्छे भनेर भित्र आउन र बस्न भने | भित्र उज्ज्यालोम हेर्दा त म पनि उ प्रति एकदमै आशक्त भए | राती केटि आएर बस मागी त्यो पनि नेवार टोलमा एकमन कता कता डर लागिरहेको भए पनि अर्को मन मन मनै म रमाईरहेको थिए किनकि एउटी सारै राम्री अप्सरा जस्तै कन्या मेरो सामुन्नेमा खादा थिइ | हामी त्यो रात यत्तिकै सुत्यौ | भोलिपल्ट बिहानै चाडै उठेर म जान्छु भन्दै उ पनि गइ | म पनि त्यो रात घर गएँ | मैले उसलाई आफ्नो बनाउने चान्स गुमाएकोमा मनमनै म आफैलाई धिक्कार्दै  थिएँ |

उ संग पहिलो भेट भएको तेस्रो रात म पसलमै बस्ने निर्णय गरेर खाना खाईवरी पसलमा गैर बसें | म आफ्नो प्रेम प्राप्तिका लागि त्यहाँ बसिरहेको थिएँ | मैले त्यसदिन पुरै रात बाहिर नै बिताउने विचार गरें ( आफ्नो प्रेमलाई कुर्दा मलाई कुनै प्रकारको डर महसुस नै भएन) | त्यस रात पनि १२.००बजेको हाराहारीमा उक्त कन्या दौडदै मेरो छेउमा आएर भन्न लागिन "प्लिज दाई मलाई बचाउनुस केहि गुन्डाहरु मेरो पछाडी लागेका छन् उनीहरु आउनुभन्दा अगाडी नै हामी भित्र गइहालौं |" उनले यसो भन्नासाथै हामी दुवै भित्र गैर चुकुल लगाएर बस्यौ | मैले उनलाई घर नजानुको कारण सोध्दा उनले घरमा पनि बाबुआमालाई मारेर गुन्डाहरु नै बसेको कुरा गरिन | म उनको प्यारमा यति पागल भैसकेको थिए कि उनले मलाई नछोडी दिए हुने जस्तो गर्न थालिसकेछु | हामीबीच त्यो रात यौनसम्बन्ध पनि कायम भयो | अब म घर जना छोडिदिए पसलमै बस्न थालें | उनि सधैँ राती ११/१२ बजेतिर आउथिन भने बिहान चारै बजे गइहाल्थिन | १०/१५ दिनसम्म यस्तै क्रम चल्दै थियो यत्तिकैमा १५ दिनमा म घर गए | 

म घर पुग्ने बित्तिकै परिवारमा हल्लाखल्ला भएछ कि मलाई किच्कन्ने(महिला भुत) (KICHKANNE- THE LEDIES GHOST )ले भेटेछ | कारण १५ दिनमा म त खंग्रगै दुब्लाएछु | हुन त मैले कयौ पटक किच्कन्नेको कथा सुनेको थिए र किच्कन्नेको बारेमा उसको शरीरको बनावट, चालढाल, खुट्टाको बनावट आदिको बारेमा त सुनेको थिएँ तर मैले जो केटीलाई प्रेम गर्थें उ किच्कन्ने हो कि होइन भनेर कहिले पनि जाच्ने कोशिस गरिन | हुन त गरेको भए पनि त्यो कार्यको कुनै अर्थ हुन्नथ्यो किनकि यदि कसैले उ माथि शंका गरेको किच्कन्नेले थाहा पायो भने हत्या गरिहाल्छ रे | अब म मर्ने भएन भन्ने चिन्ताले मलाई एकदमै तनाव दिन थाल्यो, घरका सबै सदस्यहरु पनि चिन्तित देखिन थाले | यस्तैमा हामीले गाउँकै "दले धामी", जो गाउँभरिमा धुपधुंवार तथा चिन्ता गर्नमा प्रख्यात मानिन्थ्यो,लाई बोलाउने निर्णय गर्यौ | "दले धामी" आउन त आयो तर उसले मलाई फेरी पनि उही किच्कन्नेसंग पुन: रात बिताउनु पर्ने र आफ्नो ज्यानको बाजी लगाएर उसले दिएको काँचो धागो उक्त किच्कन्नेको कपडामा बाँध्नु पर्ने बतायो तर त्यतिखेर म डराएको वा मैले उसको असलियत थाहा पाएको जस्तो गर्न नहुने पनि उसले बतायो | 

अब मलाई के गर्नु के नगर्नु भयो | अब जसै गरे पनि मर्ने सम्भावना बढी भएको हुँदा फेरी एकरात उही किच्कन्नेसंग बिताउन पसल गए र राती त्यहिँ बसें | अचानक उही कन्या आएर सधैँ जस्तो हर्कत सुरु गरिरहदा मलाई भने धागो अड्काउन हतार भैसकेको थियो | म एकदमै होसियार भैसकेको थिए र मैले उक्त काम जुनसुकै हालतमा पनि फत्ते गरिछाड्ने विचार गरेको थिए | त्यसै बेला उसले केहि गन्ध आइरहेको भन्दा मैले केहि हैन मैले आज नयाँ गन्जी लागेकोले त्यसैको गन्ध होला भनेर टारिदिए | अन्तत: म मेरो कार्यमा सफल भएँ | भोलि पल्ट बिहान हामीले रातिको धागोको पिछा गर्दै जाँदा एक ठाउँमा अलिक झाडी जस्तो देखिने ठाउँमा पुगेर धागोको टुप्पो टुंगिएको थियो | "दले धामी" ले भने अनुसार उक्त ठाउँम खन्दा हामीले केहि हड्डीका टुक्राहरू फेला पार्यौ र "दले धामी" कै सल्लाह बमोजिम हामीले त्यसलाई जलाईदियौं र "दले धामी"ले पनि आफ्नो तन्त्रमन्त्रले मलाई झारफुक गरिदियो | बिस्तारै मेरो स्थिति सुध्रिदै गयो र म सामान्य अवस्थामा फर्किएँ | तर राती अबेरसम्म बाहिर बस्न वा काम गर्न मलाई अहिले एकदमै डर लाग्छ | त्यसैले म आफु बस्ने कोठामा मैले आइमाईका शृंगारका सामाग्रीहरु राखेको छु ताकी मलाई कुनै किच्कन्नेले पुन: आक्रमण गर्न नसकोस |