त्यतिबेला हामी ७ जनाको दोस्ती खुब जमेको थियो। हामीमध्ये कसैलाई केही भयो/पर्यो भने सबै एकर्कको लागि ज्यान दिन पनि तयार रहने हाम्रो दोस्ती साँच्चै उदाहरणिय थियो। जहाँ जाँदा पनि संगै हिंड्ने हामीले नचाखेको र नखाएको चिजहरु सायदै थिए होलान। साँझ भयो कि हाम्रो जक्सनमा हाम्रो मीटिङ्ग भइहाल्थ्यो र मीटिङ्गमा सनतिन गफ त हुँदैन थियो नै। कोही अमेरिका गएर नासामा बैज्ञानीक भएको सपना देखेको गफ दिन्थे त कोही चन्द्रमामा नै पुगेको सपना दिन्थे भने कोही कोही त नयाँ ग्रह नै पत्ता लगाएको गफ पनि दिन्थे। जस्को एउटै मात्रै कारण भनेको मीटिङ्गको बेला प्रयोग गर्ने बुटी(गाँजा) नै हुन्थ्यो। हामी सबै जम्मा भइसकेपछी हामीलाई गाँजा नभै हुँदैनथ्यो। यसै गरी हाम्रो दिन्हरु चल्दै थियो। यस्तैमा एक दिन एउटा साथीले कुनै ठाउँमा नाइट क्याम्प गर्न जाने प्रस्ताव ल्यायो। प्रस्ताव आउनु मात्रै के थियो हामीले तुरुन्तै त्रिशुलिमा नाइट क्याम्प गर्ने योजना बनायौँ। अब हामीले भोलिपल्ट नै जाने योजना बनाएर त्यो दिन हामी आफ्नो बाटो लाग्यौ।
भोली पल्ट योजना मुताबिक हामी त्रिशुलिको किनारमा पुग्यौ। हामी केहीबेर त्यही टहलेपछी एकछिनमा एउटा साथीले गाँजा खाने प्रस्ताव गर्यो। प्रस्ताव आउनु के थियो सबैको सर्वसम्मतिले प्रस्ताव पारीत भइहाल्यो। हामी सबै जना झुम्म परेर लट्ठेर रमाइलो गर्दै थियौँ, दिन ढलेर रात पर्दै थियो। अब हामीले क्यम्पिङ्गको लागि आवश्यक टेन्ट मिलायौ र आगो बाल्नका निमित्त दाउराहरु खोजेर जम्मा पर्यौ अनी केहीबेर आराम गर्न भनेर टेन्टमा छिरेर सुत्ने बित्तिकै सबै जना निदएछौँ। राती ब्युझिँदा त अन्धमुस्ठी, जताततै अध्याँरो अन्धकार, जता हेर्यो उतै कालो। मनमनै एउटा अचम्मको भावना पैदा भयो, त्यसै त्यसै डर लगेर आयो। नसामा लट्ठ हुँद पनि भुतको डर पैदा भएको थियो। खोला सुसै रहेको थियो भने पर केही छस्र्याकछुस्र्याक गर्दा पनि कहीँ भुत आएको त होइन भन्ने डर लागि रहन्थ्यो। म बाहिर निस्कन पनि सकिरहेको थिइँन र भित्रै पनि डर लागि नै रहेको थियो।
जे होला त नि! भनेर म बहिर निस्किएँ। बहिर निस्कने बित्तिकै मलाई सानो ढुङ्गाले लगेको जस्तो आभास भयो। यता उता हेरेँ कोही पनि देखिएन। पुन: ढुङ्गा गुल्ट्याएको जस्तो आवाज आयो चारैतिर सम्म र सुनसान बगरमा त्यस्तो हुने कुनै पनि सम्भावना थिएन। तर फेरी पनि केही क्षण त्यही बस्दा मैले अर्को पनि त्यस्तै आवाज सुनेँ। अब भने मनमा भित्रै देखी डर पलाएर आयो | अघिसम्म नछोडेको गाँजको नसा त कहाँ हो कहाँ सबै एकछिनमै उत्रियो। केही पर बत्ती बलेजस्तो सानो उज्ज्यालो देखा पर्यो। मैले सोचेँ 'यती राती पनि नसुतेर के गर्दै होलान मान्छेहरु?' म केही समय कतै हराएँ कल्पनामै। तर मेरो कल्पना सुरु हुन नपाउदै सकियो, जब मैले मानिस हिंडेको जस्तो आवज र कोही कुरा गरेको जस्तो गाइँगुइँ सुने। यत उत हेर्दा कोही थिएन तर मानिसहरु कुरा गरेजस्तो सुनिन्थ्यो। मैले सोचेँ पक्कै पनि यो साथीहरुको काम हुनुपर्छ र तुरुन्तै टेन्टभित्र गएर हेरेँ सबै आफ्नै परमा घुर्दै थिए। तर आवज काम हुनुको सट्टा झनझनै बढ्दै थियो। बहिर निस्केर हेरेँ कहीँकतै केही पनि देखिदैनथ्यो। अब भने मलाई पक्का भयो। मलाई पक्कै पनि भुतले नै तर्साइराखेको छ। तब मैले अघी बत्ती बलेको दिशातर्फ हेर्दा देखेँ कि त्यो बत्ती त झन झन नजिक नजिक पो आउँदै छ। बत्ती म भन्दा केही किलोमिटर टाढाबाट केही मिटरको दुरिमा आइसकेको थियो भने बत्ति सँगै एकप्रकारको अचम्मको आक्रिती पनि थियो जुन हेर्दा जनावर र मानिसको मिश्रित रुपजस्तै देखिन्थ्यो। उक्त आक्रिती आँफै बेलाबेलामा परिवर्तन भरहन्थ्यो कहिले त्यो आक्रिती केटा हुन्थ्यो भने कहिले केटी र कहिले छाँया पनि हुन्थ्यो।
अब त म बिल्कुलै बेहोश भएँ न त आफु केही गर्न नै सक्थेँ न त साथीहरुलाई बोलाउन न जान सक्थेँ। म बिल्कुल निराश भएर सोच्न थालेँ। त्यसै बेला मेरो हात मेरो गोजिमा रहेको लाईटरमा पुग्यो जुन आजै बिहान मात्रै किनेको थिएँ। यसले आगो पनि ठुलै(सामान्यभन्दा) दिन्थ्यो। कोही नहुनेको शहर भगवान हुन्छन भनेको शायद साँच्चै रहेछ क्यारे मैले त्यै बेलामा सानो बेलामा बुवाले भन्नुभएको कथामा चुरोट खाँदै हिँदेको पत्र देख्दा वा राँको बलेको बेलामा र आगो देखेर भुत आँफै भागेको कुरा सम्झेँ। मैले पनि झट्पट लाईटर कोरेँ, भुत गायब। तर जसै लाईटर निभाएँ, भुत फेरी देखा पर्छ। अब परेन फसाद, मैले भगवानको नाम लिँदै पुन: लाईटर बालेँ र यो पटक अलिक बढी नै होसियारि देखाउदै लाईटर ननीभाइकन अघिको दाउरा बालेँ। अब भने केही समयलाई काम पुग्यो भनेर ढुक्क हुँदै साथीहरुलाई ब्युझाएँ। हामी आगोको नझिकै बसिसकेपछी मैले अघी घतेको घटनाको बारेमा बताउँदा कसैले पनि पत्याएन। तर म चाँही तिमीहरुको पनि पालो आउँछ अनी थाहा पाउलाउ भन्दै चुप लगेर बसेँ। साथीहरुले केही दिन अझै बस्ने भने पनि म भने बस्न सक्दिन भन्दै सबैलाई भोलिपल्ट बिहानै हामी घर फर्क्यौँ। त्यस घटनाबाट मैले सबैलाई मृत्युदेखी डर लाग्ने र भुत, भगवान,पिशाच र बोक्सी जस्ता कुराहरुको अस्तित्व पनि छ भन्ने कुराहरु सिक्ने मौका पाएँ। चाहे कसैले जतिसुकै गफ लगाओस न।

0 comments:
Post a Comment
कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |