Showing posts with label Life. Show all posts
Showing posts with label Life. Show all posts

Friday, February 3, 2012

सम्पत्ति, सेक्स र अपराध

सम्पत्ति र सेक्स मानिसको उत्थान र पतनसँग अभिन्न रूपले जोडिएका शब्द हुन। यी दुई शब्दको सन्तुलित प्रयोग हुन सकेन भने मानिस पाप र अपराधको दलदलमा फस्छ। डिआइजी रञ्जन कोइरालाले पत्नी हत्याको जघन्य अपराध गरेका छन् भने आधुनिक संस्कारमा ढालिएकी उनकी सुन्दर पत्नी गीताले सुन्दर जीवन गुमाएकी छिन्। रञ्जन र गीताका बीच खेल सम्पत्तिको मात्रै थिएन। विवाहपछिको अतिरिक्त सेक्स सम्बन्ध यो हत्याको प्रमुख कारण थियो। गीता-रञ्जनको जीवनका अहिलेसम्म नखुलेका पानाहरूबाट केपी ढुंगानाको रिपोर्ट :

देशमा कहिलेकाहीँ अचम्मलाग्दा घटना हुन्छन। यस्तै घटना भयो राजधानीमा। अपराध मनोविज्ञानमा अमेरिकाबाट पढेर आएका र अपराध अनुसन्धानमा अनुभवी मानिएका एकजना उच्च प्रहरी अधिकृतले आफ्नै पत्नीको हत्या गरे। यो पाशविक र बर्बर घटनाले पूरै देश हल्लियो। पतिले पत्नी मारेको अथवा पत्नीले पति मारेको यो नै पहिलो घटना थिएन। तर, यो हत्याले काठमाडौंको तनाव र दबाबपूर्ण मध्यवर्गीय जीवनको खोक्रो आडम्बरलाई उदांग पारिदियो। डिआइजीपी रञ्जन कोइराला र उनकी पत्नी गीताका बीच सम्बन्ध सुमधुर थियो। दुई होनहार सन्तान, प्रहरीको रवाफिलो जागिर, प्रशस्त सम्पत्ति, नपुग केही थिएन।

Thursday, November 24, 2011

बोक्सी - के यो सम्भव छ??


कुरा लगभग दुइ/तिन बर्ष अघिको हो, जब म पहिलोपल्ट काठमाडौँको खाल्डो नाघेर कुनै दुर्गम गाउँमा(हुन त काठमाडौँ नजिकै थियो तर पनि कुनै दुर्गम गाउँ भन्दा कम थिएन) पुगेको थिए | जहाँ मैले पहिलोपल्ट कुनै मानिस बिरामी हुँदा खसी काटेर पूजा गरेको र बाजा (ढ्यांग्रो) बजा'को देखेको थिए | त्यहाँको मानिसहरुलाई डाक्टरमा भन्दा बढी धामि झाँक्री र वैद्यमा बढी बिश्वास थियो | धामी झाँक्रीले कुनी कुन कुन देवताको र कुन कुन भुतको वा कुनै बोक्सी आदिको दोष देखाउदा रहेछन | अनि त्यो रोग साम्य पार्न पशु बलि दिएर पूजा गर्नु पर्ने रहेछ | आफु विज्ञानको बिद्यार्थी त्यसमाथि पनि MBBS पढ्दै गरेको ठिटो, जो प्राक्टिकलको लागि गाउँमा गएको थिए | मलाई यो कुरो पचेन त्यसैले मैले गाउँलेहरुलाई यस्तो गर्न छोडेर बिरामीलाई हस्पिटल लगेर जचाउन र औषधि खुवाउन सुझाए तर उनीहरु के मान्थे | आफ्नो बसेको घरबेटीले नै बस्न मन भए चुप लगेर बस्ने होइन भने चुपचाप आफ्नो बाटो लाग्नु हामीलाई सिकाउन नखोज्नु भनेर भनेपछि मनलाई सम्झाउने कर लाग्यो | म छक्क परें, भलाई गर्ने जमानै रहेन भन्दै चुप लागे |
गाउँलेहरुले मलाई किन त्यस्तो जवाफ दिए मलाई सार्है नै खसखस लागिरह्यो जबसम्म मैलेयसको बारेमा थाहा पाइन तर छक्क त तब परें जब साचो कुरो पत्ता लाग्यो | वास्तवमा भएको के रहेछ भने कुनै समयमा ति गाउँका गाउँलेहरु डाक्टरलाई भगवान झैँ मान्थे रे | तर एक पटक एउटा बिरामी अन्तिम अवस्थामा पुगेको रहेछ स्वास्थ्य चौकी (त्यहाको अस्पताल) पुर्याउदा लगभग मृत भैसकेको झैँ थियो | डाक्टरले उसलाई अब बाच्दैन भनेर भनिदिएपछि घर फर्केर लगियो | ठिक त्यहि बेला आएको झाँक्रीले उक्त बिरामीलाई पुरानै अवस्थामा फर्काइ दियो | लगभग दुइ तीनवटा यस्ता केसहरु जसमा डाक्टरले उपचार गर्न सकेनन त्यसमा धामी झाँक्रीले सफलता प्राप्त गरे | जब सोझा साझा जनतालाई धामी झाँक्रीको शक्ति डाक्टरको भन्दा बढी लग्न थाल्यो तब धामी झाँक्रीले मौकाको फाइदा उठाएर स्वास्थ्यचौकी नै भत्काई दिएछन् अनि त के चाहियो जो/जे बिरामी भए पनि खाली धामी झाँक्री |

म पनि भविष्यको डाक्टर मलाई के पच्नु यस्तो कुरो? अब म यिनीहरुलाई पाठ पढाएरै छोड्छु भन्ने सोच्दै थिए तर ठिक त्यसै बेला म बिरामी परें | मेरो शरीर दुइ दिनमा पुरै बेसहार जस्तो पहेलो भयो | खान रुच्न पनि छोड्यो | न खान मन लाग्छ न केहि गर्ने जाँगर नै चल्छ | मैले अब आफ्नै शहरको औषधि र अस्पताल सम्झें तर "ल्हाशामा सुन छ कान मेरो बुच्चै" भनेझैँ त्यो शहरको सुविधा यहाँ कहाँ पाउनु ?? आफुसंग भएको केहि औषधिहरु प्रयोग गरियो तर रोगले झन् झन् च्याप्दै लाग्यो | पाचौं दिनका दिन त म इन्तु न चिन्तु नै हुन पुगें | गाउँलेहरुले के के गरे कुन्नि छैठौ दिन मलाई अलि सन्चो भएको र भोक लागेको भन भयो | केहि खान मन लाग्यो तर कसले दिने?? धन्य घरबेटी आमै मनकारी रहिछन, मैले आँखा खोलेको थाहा पाएर जाउलो ल्याएर दिइन | आज अलिक सन्चो भएको जस्तो भएको थियो तर पुरै सन्चो भने भएको थिएन |

बेलुका मेरो कोठामा कालु धामी आएर उसका ढ्यांग्रो लगायतका सामानहरु राख्यो र घरबेटीहरुलाई बोलाएर कुन्नि के के माग्यो | अनि सुरु गर्यो उसले आफ्नो काम्ने र ढ्यांग्रो बजाउने नाटक, मैले चाल पाएअनुसार उनीहरु(गाउँले) त्यसलाई चिन्ता बसेको (गरेको) भन्थे | चिन्ता बस्न भूतप्रेत लागेको वा बोक्सी लागेको बेलामा धेरै बिरामी भएको मान्छे (बिरामी) हुनु पर्थ्यो | भोलिपल्टबाट मेरो स्वास्थ्यमा क्रमिक सुधार आउदै थियो | त्यसको ३/४ दिनमा म पूर्णत: स्वस्थ भएँ तर मेरो चिन्ता बस्ने झाँक्री बिरामी भएको खबर सुन्नमा आएपछि म उसलाई भेट्न गएँ |

उसले बताए अनुसार जुन रात उ मेरो चिन्ता बसेर घर फर्किदै थियो त्यसै रात मलाई बिगार पर्ने बोक्सीले उसको बाटो छेकी | तब उसले आफ्नो भएभरको मन्त्र र शक्तिहरु प्रयोग गर्दै त्यो बोक्सिसंग युद्ध गरि रह्यो | बोक्सीले कहिले अरिंगालजस्ता अस्त्रहरूको प्रयोग गर्थी भने कहिले धनुसबाणको कांड जस्ता अस्त्रहरू प्रयोग गर्थी | हरेक अस्त्रलाई छल्दै उ आफ्नो शक्तिको भरपुर प्रयोग गरिरहेको थियो | दुर्भाग्यबस एउटा अस्त्रले उसको छातीमै लाग्यो | तब उसले म पनि मर्छु भने तेरो शक्ति खतम परेर मात्रै मर्छु भनेर मसान उठाएर उक्त बोक्सीको शक्तिलाई खत्तम पारेपछि निदाएको उसको होस् खुल्दा उ घरमा थियो |

अब भने मलाई पनि भुत प्रेत बोक्सीजस्ता चिजहरुमा बिश्वास लग्न थालेको थियो| त्यस दिन उक्त झाँक्रीले यो पनि बतायो कि बास्तवमा धामी र बोक्सीको बिद्या एउटै हुन्छ | धामीले राम्रो र भलाइको निमित्त मात्र उक्त शक्तिलाई प्रयोग गर्छा भने बोक्सीले चाही आफ्नो स्वार्थपूर्ति र रिसीइबी मेट्न मात्रै यस्तो शक्तिको प्रयोग गर्छन |
अन्तमा फ्रीसंसार.कमको यो लेख पनि हेरौं :

Wednesday, November 23, 2011

हामी भेडा बाख्रा हौँ र??

कुपण्डोलबाट लगनखेलसम्म जनाको लागि म माइक्रो कुरेर बसिरहेको थिएँ | यस्तैमा एउटा माइक्रो ढोका खुल्ला राखेर अटाइ-नअटाइ मान्छेलाई झुण्डाएर आइपुग्यो | तैपनि कुपन्डोल आइपुगेपछि बस घ्याच्च रोकियो अनि फेरी पनि मान्छे डाक्दै थिए सह-चालक | यत्तिकैमा बस चढ्ने यात्रुको भिड लाग्यो र त्यहाँ सकेका जति यात्रु टिपेर बस अघि बढ्यो | हुन त म पनि त्यति जानुपर्ने भए पनि अर्को बसको प्रतिक्ष्यामा बसें तर अर्को यस्तै हो भन्दै म एउटा माइक्रो चढें | जावलाखेल सम्म जसोतसो झुण्डीएर यात्रा मिल्ने भए म कहिल्यै सार्वजनिक यातायात चढ्दिन भन्ने भैसकेको थियो | तर पनि सह-चालक भने कुरेर बसेको मान्छे देखि कि "जाने हो" "अब गाडी आउदिन यहि लास्ट गाडी हो" जस्ता कुराहरु दोहोर्याउदै थिए | जावलाखेल आइपुग्नेबित्तिकै त यात्रु त कति हुन् कति सब चदना हतार गर्दै थिए | कसरि जाने, के गर्ने भन्दै गाइगुइ चलेको मात्रै के थियो गुरुजी(चालक)ले उपाय निकाली हाले "डिक्की खाली छ जाने हो??" बिचार म जस्तै कति बेरदेखी कुरेर बसेका थिए कुन्नि निरिह बनेर हुन्छ भन्दै डिक्कीतिर लागे|

Tuesday, November 8, 2011

दोस्ती, राजनीति र नेता

यमन, अमर र समर तिन भिन्नै प्रकृतिका व्यक्ति एउटै कोठामा Room Partner भएर बसेका छन् यिनीहरुलाई जसले चिन्छन, उनीहरु मिलेर बसेको देखेर अचम्ममा पर्छन | यिनीहरुको बानी, व्यवहार, स्वभाव देखेर कोहि पनि बिश्वास गर्दैन कि यिनीहरु एउटै कोठामा बस्छन | यमन बिल्कुलै अचम्मको छ उसको सोख भन्ने वा लक्ष्य खाली गांठवली केटि पट्ट्याउने र मस्ती गर्ने नयाँ नयाँ ठाउंहरु घुम्ने छ | उसको स्वभाव पनि कुनै कुलतमा फसेको मान्छेको जस्तो छ | तर त्यसको ठिक बिपरित अमर भने लजालु, पढाइमा ध्यान दिने सोझो, र डरपोक छ | यी दुइ भन्दा फरक समर जहाँ जस्तो पर्यो उस्तै व्यवहार गर्छ | उ न केटीप्रति मरिहत्ये गर्छ न अवसर गुमाउछ | मान्छे अनुसारको व्यबहार गर्ने उ बलिष्ठ पनि लाग्छ भने निडर पनि छ | उसलाई केहीको चिन्ता छैन जे पर्छ त्यो टर्छभन्ने उसको सिद्धान्त हो भने साला उसको थेगो भन्दा पनि हुन्छ |

Tuesday, June 28, 2011

प्लस टु र बंक संस्कृति अनि बढ्दो लागुऔषध प्रयोग र अपराध



सरकारले यसै वर्षदेखि प्रवीणता प्रमाणपत्र तह खारेज गरेपछि अब SLCपछि उच्चशिक्षाको आधार प्लस टु मात्रै हो। अब उच्च शिक्षाका लागि विद्यार्थीहरूसँग प्लस टुको विकल्प छैन।  त्यस कारण प्लस टु पनि विद्यालयजस्तै विद्याको मन्दिर सरह नै हुने गर्दछ। तर हालसालै (लगभग ३/४ बर्ष अवधि)को केहि प्लस टु सम्बन्धि घटना र यिनका रिपोर्ट हेर्ने हो भने अब प्लस टु उच्च शिक्षाको आधार होइन बंक संस्कृति, लागुऔषध प्रयोग र अपराधको आधार बन्दै गरेको देखिन्छ। शिक्षाविद्हरूका बुझाइमा पनि विद्यालयको शैलीमा सिकाइ प्रक्रियाका कारण प्लस टु शिक्षाले जुन आधारमा शिक्षण सिकाइलाई सरल बनाएको छ, प्लस टुसँगै आएका विकृतिले पुस्ता नै बदनाम हुने खतरा पनि उत्तिकै छ।

Wednesday, June 22, 2011

Love, Sex और धोका !

हिन्दी फिल्म हेर्ने गर्नुभएको छ भने देवदासको रिमेक भनिएको Dev D पनि हेर्नुभएकै छ होला छैन भने पनि उक्त फिल्मको 'Love, Sex और धोका !' गीत त सुन्नुभएकै होला ! अहिले म जुन कुरा यहाँ उल्लेख गर्न लागेको छु त्यसको Situation र यो गित मिल्न जान्छ | कुरा हो आज अफिस बाट फर्कदै गर्दा बाटोमा सुनिएको बार्तालापको | हजुर म अफिसबाट घर फर्कदै गर्दा दुइजना केटाहरु म भन्दा अगाडी थिए | उनीहरुको बार्तालाप:
पहिलो: ह्या यार यो छप्की भन्ने चिज पनि कस्तो है'छ ! साला खाली धम्क्याउछ मात्रै यार ! आफुलाई यहाँ पैसा नभएर टेन्सन छ साला उसलाई खाली घुम्न जानकै चिन्ता छ !(यीनले अलिक अगाडी कसैसंग फोनमा कुरा गरेका थिए सायद फोनमा उनकी प्रेमिकाले घुम्न जाने प्रस्ताब राखेकी थिइन् होला |)

Wednesday, June 15, 2011

चन्द्रग्रहणले गर्न सक्छ तपाइको सौभाग्यको सुर्योदय

मुलुकको धार्मिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा ठूलो असर पार्नसक्ने मानिएको शताब्दीकै सबैभन्दा ठूलो खग्रास चन्द्रग्रहण आज मध्यरातबाट सुरु हुँदैछ। चन्द्रग्रहण वृश्चिक राशीबाट सुरु भई धनुराशीमा अन्त्य हुनेछ। हिमवत् खण्डको उत्तरी गोलार्द्धमा अवस्थित नेपाल वृश्चिक राशीमा र भारत धनुराशीमा रहेकाले बढीरुपमा नेपाल तथा भारतमा यसको असर पर्ने बताइए पनि साधकहरुका अनुसार सौभाग्याले आज अर्थात् 15 जून(असार १ ) मा यस्तो दुर्लभ मौका आउदै छ कि जहिले गरिएको ध्यानले सधखारुलाई चाडैं नै चाहेको सफलता मिल्न सक्नेछ, किनकि आज हुन गैरहेको चन्द्रग्रहण सबै भन्दा लामो र प्रभावशाली चन्द्रग्रहण हो भनिएको छ। चन्द्रमाले हाम्रो मन र बिचारलाई सिधै प्रभावित गर्ने शक्ति राख्दछ। ध्यानमा सफलता मिल्न पनि मनलाई नियन्त्रण गर्ने शक्ति हुनुका साथै बिचारलाई पूर्ण केन्द्रित गराउने शक्तिको अवश्यकता पर्दछ।

Tuesday, May 31, 2011

रक्सी र मासु (छोटकरि महात्म्य)

एउटा गीतमा राजु लामा भन्थे "नतानुँ त तानुँ लाग्ने तानेपछी मात्ने, मातेपछी जताततै लडिबुढी खेल्ने के गरुँ रक्सीको जातै यस्तो हो! यो जँडियाको जातै यस्तो हो।" साच्चै यो रक्सी भन्ने चिज पनि अचम्मको रहेछ। गीत देखी प्रितसम्म पनि यस्को महात्म्य सानो होइन। कारण गीत गाउने गायक फिल्ममा प्रित लाउने नायकसम्मले त्यही रक्सी नै पिएको देख्न सकिन्छ। केही सिनेमाहरुका गीतमा त अझ यस्तो पनि देख्न पाइन्छ कि जस्ले गर्दा त्यो गीत कुनै सिनेमाको नभएर कुनै रक्सीको बिज्ञापन हो। रैतिदेखी राजसी ब्यक्तिहरुसम्मा पनि आफ्नो स्तरअनुसारको रक्सी खान थालिसके। पहिला पहिला त बाहुन भन्ने जात रक्सी र मासुको नाम लिएपछी तर्सिन्थे तर अचेलका आधुनिक भलद्मी बाहुनहरु(केही अपवादबाहेक) रक्सी र मासु भनेपछी कुनै पार्टी, सेमिनर, वा गोस्टी छुटाउने त चान्स छैन। त्यसैले त अब हरेक पार्टी होस् या सेमिनार ब्रान्डेड रक्सी नपाउन च्याउ नखाने बाहुन पाउन भन्दा गार्हो पर्छ। हजुर जस्को सुकै जे सुकै होस् रक्सी र मासुबिनाको पार्टी, सेमिनार, गोस्ठी! अहँ सम्भवै छैन।

Saturday, December 18, 2010

ओशो : सेक्स होइन, जीवनगुरु


विजय कुमार
काठमाडौं, पुस ३ - 'म तिमीलाई एउटा प्रश्न सोध्नेछु, सही उत्तर दिन सक्यौ भने भगवानसँग भेट गराइदिउँला,' मन्द-मन्द मुस्कानसहित प्रेम हास्याले चुनौतीपूर्ण नजर मतिर फ्याँकिन्। ती दिनहरूमा ओशो 'भगवान रजनीश' का नामले परिचित थिए र प्रेम हास्या उनकी प्रमुख सहायक थिइन्। युरोपेली मुलकी हास्या 'गडफादर' नामक कालजयी अंग्रेजी सिनेमा निर्माता रोडीकी पुरानी पत्नी पनि थिइन्। मचाहिँ २३ वर्षे अल्लारे थिएँ र लेखेवापत एक पैसा पनि नपाइने 'आदि/इत्यादि' स्तम्भमा आफ्नो नाम छापिएको देखेर त्यसैत्यसै मख्ख पर्दै हिँड्थेँ।

Thursday, December 16, 2010

सायद सम्बन्ध स्वर्गमै बन्छ की ???

 कति दिन  बिते, कति रातहरु  – २
समय संगै कहाँ छुटे हातहरु 
रुन्छ हृदय धेरै, बर्सन्छन आँसु
टुक्रेको मुटु लिइ, कोहि त भनि देउ
कसरि म हाँसु??
सायद सम्बन्ध स्वर्गमै बन्छ कि
जोडी हुने धर्तिमा, त्यहीं नै रचिन्छ कि
सायद सम्बन्ध स्वर्गमै बन्छ कि
जोडी हुने धर्तिमा , त्यहीं  नै  रचिन्छ कि
हुँदैन किन, मान्छेले सोचेको
पाइदैन किन, जीवन साथि रोजेको
कति दिन बिते, कति रातहरु  – २
(कति दिन बिते, कति रातहरु )
हुँदैन किन, मान्छेले सोचेको 
पाइदैन किन, जीवनसाथि रोजेको
कति दिन बिते, कति रातहरु  – २
समयसंगै कहाँ छुटे हातहरु
रुन्छ हृदय धेरै, बर्संछन आँसु
टुक्रेको मुटु लिइ, कोहि त  भनिदेउ
कसरि म हाँसु ??
 "सायद सम्बन्ध स्वर्गमै बन्छ कि
जोडी हुने धर्तिमा, त्यहीं नै रचिन्छ कि"
सुगम पोखरेलको यो गीत कुनै जमानामा खुबै हिट थियो | धेरैले यसलाई रुचाएका थिए | सायद तपाइले पनि सुन्नुभएकै होला यो गीत | सायदै उनले यो सोचेका थिए हल कि यो गीत बास्तविक रुपमै कुनै समयमा कुनै जोडीको लागि सत्य साबित हुनेछ | तर आज आएर यो गीत पाइलट सोफिया सिंह र पाइलट सचिन्द्र श्रेष्ठको जोडीमा लागु भएको छ | बृस्तृत बुझ्न कान्तिपुर पत्रिकाको अनलाइन संस्करणबाट लिएको  भित्रको लेख पढ्नुस |

Saturday, December 4, 2010

सिजन बिबाहको

मंग्सिर महिना लागेपछि उमेर पुगेका र जोडी मिलेका/मिलाइएकाहरुबीच बिबाह गर्ने लठारो सुरु हुन्छ अझ भनौ सिजन सुरु हुन्छ | सायद यो मौसममा खेतबारीको अन्न तथा उब्जनिहरु सबै भित्र्याई सकिएको हुने हुनाले यो परम्परा को थालनी भएको हुनुपर्छ | नत्र त बिहे गर्न के को सिजन के को महिना जहिले गरे पनि भैहाल्छ नि मन र कुरो मिलेपछि | तर यहाँ बिहे संगै सबैलाई एक किसिमको सिजन लाग्दो रहेछ भन्ने पंक्तिकारको ठहर छ | लौ त अब चर्चा गरौ बिहेको सिजनमा विभिन्न व्यक्तिहरुलाई लाग्ने सिजनको :

१. दर्जी(दमाई) दाईलाई धन वर्षा सिजन:- यो सिजनलाई यसरि परिभाषित गर्नुको कारण अझै पनि गाउँघरतिर लुगा सिलाउन र पन्चेबाजा बजौना दर्जी दाईहरुलाई बोलाउने चलन छ | यसबाट एकातिर बेरोजगारी कम भएको छ भने अर्का तिर दर्जीदाईहरुको आम्दानीमा वृद्धि भएको छ |

२. ब्रास बैण्डहरुलाई जागिर:- हजुर यो बिहेको सिजन नहुने हो भने ब्रास बैण्डहरुलाई कामको कमि पक्कै हुनेथियो | तर यहाँ यसो हुदैन, अचेल शहरमा जहाँ जहाँ बिबाह हुन्छ त्यहाँ त्यहाँ ब्रास बैण्ड पुगेकै हुन्छ | इज्जतको जो सवाल छ जनता पनि के कम सबैले बोलाउछन ब्रास बैण्ड |