कुपण्डोलबाट लगनखेलसम्म जनाको लागि म माइक्रो कुरेर बसिरहेको थिएँ | यस्तैमा एउटा माइक्रो ढोका खुल्ला राखेर अटाइ-नअटाइ मान्छेलाई झुण्डाएर आइपुग्यो | तैपनि कुपन्डोल आइपुगेपछि बस घ्याच्च रोकियो अनि फेरी पनि मान्छे डाक्दै थिए सह-चालक | यत्तिकैमा बस चढ्ने यात्रुको भिड लाग्यो र त्यहाँ सकेका जति यात्रु टिपेर बस अघि बढ्यो | हुन त म पनि त्यति जानुपर्ने भए पनि अर्को बसको प्रतिक्ष्यामा बसें तर अर्को यस्तै हो भन्दै म एउटा माइक्रो चढें | जावलाखेल सम्म जसोतसो झुण्डीएर यात्रा मिल्ने भए म कहिल्यै सार्वजनिक यातायात चढ्दिन भन्ने भैसकेको थियो | तर पनि सह-चालक भने कुरेर बसेको मान्छे देखि कि "जाने हो" "अब गाडी आउदिन यहि लास्ट गाडी हो" जस्ता कुराहरु दोहोर्याउदै थिए | जावलाखेल आइपुग्नेबित्तिकै त यात्रु त कति हुन् कति सब चदना हतार गर्दै थिए | कसरि जाने, के गर्ने भन्दै गाइगुइ चलेको मात्रै के थियो गुरुजी(चालक)ले उपाय निकाली हाले "डिक्की खाली छ जाने हो??" बिचार म जस्तै कति बेरदेखी कुरेर बसेका थिए कुन्नि निरिह बनेर हुन्छ भन्दै डिक्कीतिर लागे|
गाडीमा अगाडी पनि दुइजनाको सिटमा तीनजना राखेर चलाएको देखेर मैले एक पटक सह-चालक भाईलाई सोधे पनि, "भाई अगाडी तीनजना बसाउदा ट्राफिकले केहि गर्दैन??"
यात्रुहरु एकापसमा गन्थन गर्दै थिए "के गर्नु नचढे पनि नहुने चढे पनि नहुने! फेरी कुरेर बस्न थाल्यो भने कहिल्यै खाली आउदैन यो अफिस टाइममा |" सह-चालक यात्रुको गन्थनको जवाफ फर्काई हाल्थे "के गर्नु कमाउने समय नै यहि हो अफिस टाइममा मात्रै त हो नि कमाई हुने दिउसो भरि खाली कुद्नु पर्छ |" चालक अगाडी मुसुक्क मुस्कुराउदै यात्रु र सह-चालकको सम्बद सुनिरहेका थिए | अन्तत: लगनखेल आइपुगेपछि मैले पनि अन्तिम पटक मुख खोले "हामी त भेडा बाख्रा नै भएछौं नि है भाई | मेरो वाक्य भुइमा झर्न नपाउदै सह-चालक बोलिहाले "भेडा बाख्रा भए त हुन्थ्यो तर यहाँ(नेपालमा) त मान्छेको माखा, मच्छडको जति पनि भ्यालु नहुने भैसकेर पो त दाई!" भाइको जवाफ सुनेपछि नाजवाफ म आफ्नो बाटो लागें तर बाटो भरि सोच्दा मलाई ति भाइको कुरा ठिकै लाग्यो |
गाडीमा अगाडी पनि दुइजनाको सिटमा तीनजना राखेर चलाएको देखेर मैले एक पटक सह-चालक भाईलाई सोधे पनि, "भाई अगाडी तीनजना बसाउदा ट्राफिकले केहि गर्दैन??"
"त्यहि थापाथलीको दिदीहरुले अलिक र्याक गर्छन थापाथली कटीसकेपछी त कसले के गर्नु र??" सह-चालकले जवाफ दिए |हामी संगै झुन्डिनेमा एकजना बिदेशी यात्रु पनि रहेछन | ति बिदेशी यात्रुतर्फ इशारा गर्दै सह-चालक भन्दै थिए "यो खैरे यसको जिन्दगीमा कहिल्यै पनि यसरि झुण्डीएर यात्रा गरेको थिएन होला ! आफ्नो देशमा भए कार चढेर हिड्थ्यो होला, नेपालमा के गरोस बिचरा यसले??" सह-चालक खुबै खुशी देखिन्थे आज भने राम्रो कमाई भो भन्दै मख्ख परेका थिए उनि | तर पनि जब जब चोक आउथ्यो तब तब उनि ढोका लगाउन खोज्थे र सबैलाई उर्दी जारी गर्थे "टाउको भित्र!" बिचरा हामी निरिह यात्रु चुपचाप उनको निर्देशनमा चल्थ्यौ |
कोहीकोही भने गुनासो गर्थे "ए! भाई हामी भेडाबाख्रा त हैनौ नि हो, यति सरो गुन्द्रुक जस्तो त नकोच न यार!" यात्रुले यस्तो कुरा गरे कि सह-चालक नमिठो जवाफ फर्काई हाल्थे "मैले कर गरेर हालेको हो र तपाईहरुलाई? अब सबैलाई घर जना हतार भाको छ, अलिकति एडजस्ट त हुने पर्यो नि तपाईहरु पनि !"
यात्रुहरु एकापसमा गन्थन गर्दै थिए "के गर्नु नचढे पनि नहुने चढे पनि नहुने! फेरी कुरेर बस्न थाल्यो भने कहिल्यै खाली आउदैन यो अफिस टाइममा |" सह-चालक यात्रुको गन्थनको जवाफ फर्काई हाल्थे "के गर्नु कमाउने समय नै यहि हो अफिस टाइममा मात्रै त हो नि कमाई हुने दिउसो भरि खाली कुद्नु पर्छ |" चालक अगाडी मुसुक्क मुस्कुराउदै यात्रु र सह-चालकको सम्बद सुनिरहेका थिए | अन्तत: लगनखेल आइपुगेपछि मैले पनि अन्तिम पटक मुख खोले "हामी त भेडा बाख्रा नै भएछौं नि है भाई | मेरो वाक्य भुइमा झर्न नपाउदै सह-चालक बोलिहाले "भेडा बाख्रा भए त हुन्थ्यो तर यहाँ(नेपालमा) त मान्छेको माखा, मच्छडको जति पनि भ्यालु नहुने भैसकेर पो त दाई!" भाइको जवाफ सुनेपछि नाजवाफ म आफ्नो बाटो लागें तर बाटो भरि सोच्दा मलाई ति भाइको कुरा ठिकै लाग्यो |
अहिलेसम्म पनि मेरो कानमा तिनै भाइको त्यै जवाफ गुन्जिरहेको छ, "भेडा बाख्रा भए त हुन्थ्यो तर यहाँ नेपालमा त मान्छेको माखा, मच्छडको जति पनि भ्यालु नहुने भैसकेर पो त दाई!"
1 comments:
November 25, 2011 at 7:52 PM
सार्वजनिक यातायात चढेर यात्रा गर्नुपर्ने हरेक नेपालीले भोग्नुपर्ने अनुभव तपाइँले सुनाउनु भयो । यसरी यात्रु कोचेर यात्रा गराउँदा कहिलेकाहीँ मात्र गाडी चढ्ने मलाइ त सासै अड्कीए जस्तो भएर दिनभरी नै टाउको दुख्छ,वाकवाकी आउलाजस्तो हुन्छ । प्रत्येक दिन यसमा यात्रा गर्नेहरू खै कसरी सहन्छन् होला ?
Post a Comment
कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |