UNEDITED:
हसिलो, चमकदार अनुहार, चिनजानका मान्छेसंगको भेटघाटमा सधै एकै किसिमको अट्टहाँस अनि फरासिलो स्वभाव र निश्चल व्यबहार उसको पहिचान हो| उ अर्थात् मेरो साथीको सालो मित्र मणि| वास्तविक नाम देव प्रसाद शर्मा बाट आफ्नो नाम परिवर्तन गरेर आफ्नो नाम आफैले मित्र मणि गराएको, आफु सबैसंग मित्रवत व्यवहार गर्ने हुनाले आफ्नो नाम यस्तो बनाएको भन्ने उ मलाई आफूभन्दा जान्ने बुझ्ने जस्तो लाग्छ यद्यपी उमेरमा म उ भन्दा १५/१६ बर्ष जेठो छु| आज धेरै पछि उसंग भेट हुदै थियो उसको भाषामा भन्ने हो भने धेरै पछी काठमाडौँको खाल्डोमा झुल्किएको थियो उ र मलाई दर्शनभेट दिदै थियो| उ आज मेरै घरमा बिहानको खाना खाने गरि आउदै थियो| बिहानै उठेर नित्यकर्म गरेर पत्रिका पढ्दा पढ्दै उ आइपुगिसकेको थियो| मैले उसलाई देख्ने बित्तिकै सोधे 'के छ त मणि तिम्रो हालखबर??'
उसले सधै जस्तै जवाफ दियो "के हुनु नि दाई? यस्तै त हो नि B for बिन्दास!!! हा हा हा हा हा हा हा हा ...उही पुरानी पाराको अट्टहाँस सहितको जवाफ पाएर लग्यो यो मान्छे कहिल्यै नसुध्रने भयो, सबै change हुन्छन, साला यो केटो किन change हुदैन? म मनमनै सोच्दै थिए "अनि दाई तपाइको सुनाउनुहोस न बरु के छ त्यहि हप्ताको ६ दिने, ८ घन्टे जागिर र व्यस्तता नै त होला नि हैन ? मलाई पेल्ने हिसाबले उ बोल्यो|
उ मलाई सोधिरहेको थियो कि मलाई ब्यङ्ग गर्दै थियो वा मेरो Insult गर्दै थियो? म आँफै बुझ्न सकिरहेको थिइन|
"अरे यार! जहिले भेटेपनि तिमीलाई चाही मेरै जागिरको किन यति धेरै सिकायत हुन्छ यार? किन यो जागिरलाई तिमि राम्रो मान्दैनौ भन त .." मैले पनि भनिदिए उसलाई|
मलाई लागेको थियो अब उ रिसाउँछ होला तर ठिक बिपरित उ त उल्टो अट्टहाँस छोडेर भन्न थाल्यो "दाई मैले तपाइको जागिरको सिकायत गरेको हैन मैले त यो शहर अनि यो इन्टरनेट अनि यो अफिस र तपाइको सामाजिक संजालका साइटहरु भन्दा बाहिर पनि छुट्टै संसार छ गाउँमा पनि एक किसिमको रमाइलो जिन्दगि छ यो काठमाडौँको खाल्डोभन्दा अलिक पराको तपाइको गाउँमा पनि रमाइलो संसार छ कहिलेकाहीं त्यहि संसारलाई पनि सम्झने गर्नुस भन्न मात्रै खोजेको हुँ अन्यथा नसोच्नु होला है दाई|" यति भन्दै उही पुरानै पारा दोहोर्यायो अट्टहाँसको!
"भैगो यार छोड्देउ यी सब कुरा सबैको आ-आफ्नै बाध्यता र बिबसता हुन्छन|" मेरो जवाफ थियो उसलाई थुम्थुम्याउन|
तर पनि उ मान्नेवाला थिएन त्यसैले भन्न थाल्यो " तपाईको चाही के बाध्यता थियो त दाई?"
मैले कुरो टुंग्याउने हेयले भने "भैगो छोदिदेउ यार यो कुरा|"
"बरु भन न यतिका दिन कता हराएका थियौ?" मैले उसलाई उसको भ्रमणको बारेमा प्रश्न गरें|
"फिरन्ते मान्छे जता मन लग्यो उतै जान्छु, गएको थिए बिराटनगरतिर!" उसको जवाफ थियो|"यसरि फिरन्ते भएर मात्रै जीवन चल्छ त?" मैले पनि पेलेरै भने|"दाई हुन त म फिरन्ते भएर हिडेको छु, तर पनि म त्यसै हिडेको चाही छैन मेरो पनि आफ्नै लक्ष्य र उदेश्यहरु छन्, जुन लक्ष्य र उद्देश्य प्राप्तिका निम्ति मैले गर्नु पर्ने संघर्ष कठिन र दू:खदायी पनि छन्| तर पनि मलाई बिश्वास छ म कुनै दिन आफ्नो लक्ष्यमा पुगेरै छाड्छु र आफ्नो उद्देश्य प्राप्त गरेरै छाड्छु| तर दाई तपाई पनि एकपटक तपाइको जागिरबाट फुर्सद निकालेर यो कुवाको खल्दोबता बाहिर निस्केर हेर्नुस दाई अनि थाहा पाउनु हुन्छ घुमाइको मज्जा|" उसले केहि गम्भीर हुदै भन्यो|
"अनि सुनाउ न त तिम्रो भ्रमण कस्तो भयो?" उसको कुराले उसको भ्रमणको बारेमा जान्ने इच्छा जगायो|
अरे दाई भ्रमण त बिन्दास भयो तर हाम्रो देशमा अझै पनि पुरानै र साघुरो सोच(Narrow Thinking) भएका मान्छेहरुको बाहुल्यता रहेको जानकारी पाएँ दाई| मानिस कहाँ बाट कहाँ पुगिसके तर हामी नेपाली भने खाली अरुकै कुरा काट्नमै व्यस्त रहन्छौ खाली अरुको नराम्रो सोच्न र अगाडी बढ्नेहरुको खुट्टा टन्न मात्रै जानेका छौ हामीले| राजनीति देखि घरनितीसम्म यस्तै भएर बिग्रेको छ| जसरि देशका तिन ठुला दल तिन तिर फर्केका छन् त्यसतै हुन्छ घरछिमेकमा पनि| हाम्रो समाजमा अझै पनि केटा र केटि गफ गरेको देख्दा वा संगै हिडेको देख्दा कुरा काट्नेहरु प्रसस्त हुन्छन चाहे तिनीहरु दाजुबहिनी होउन वा कुनै नातेदार| साला हामी कहिल्यै सकरात्मक सोच्न जान्दैनौ| जे भए पनि त्यसलाई नकरात्मक मात्रै सोच्छौ| कुनै केटाले आफ्नो साथी(केटि) लै सहयोग गर्यो भने फलानाको फलानासंग खुब चल्दै छ रे नि भन्ने तात्तातो खबर समाज दौडाहामा निस्किन्छ| कुनै केटाले कुनै नातेदार केटीलाई आफ्नो कोठामा बास दियो भने उनीहरुको बिषयमा नानाभाती कुरा काटीन्छन| आखिर हाम्रो सोचाई किन फराकिलो हुन सक्दैन, आखिर किन समाज यति पुरातनबादी सोच राख्छ| अचम्म छ दाई यो समाजको पारा|"
यत्तिकैमा उसको फोनको घन्टी बज्न थाल्यो "हेल्लो!"
...................................
"OK I am coming in half an hour!"
"Sorry दाई! I have to go now!पछी कुरा गरौला नि है !"
यति भन्दै उ जना हतारियो| मैले खान खेर जाउ भनेपछि उ र म खान खान गयौ र खान खाएर उ बाटो लाग्यो| जादा जादै मिठो अट्टहाँस सहित B for बिन्दास गएँ है दाई! भन्दै उ बिदा भयो|
म यतिखेर बेडमा पनि मित्र मणिलाई नै सम्झेर बसिरहेको थिए म उसको कुरा सुनेर म अवाक भएको थिए| सधै प्राकृतिक सौन्दर्यताको कुरा गर्ने उ एक्कासी सामाजिक कुविचारको बारेमा बोलेको देखेर म अचम्ममा परे| मैले सोचेको थिए उसले केहि नया ठाउको जानकारी दिनेछ तर बिराटनगर घुमेर आएपछि उसमा एक किसिमको बितृष्णा पैदा भएको थियो सामाजिक कुविचार र साघुरो विचारप्रति| B for बिन्दास उसको यहि तिन शब्दहरु मेरो कानमा गुन्जिरहेका थिए यत्तिकैमा कतिखेर निदाए पत्तो भएन|

0 comments:
Post a Comment
कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |