Saturday, December 24, 2011

मदिरा : कति घातक, कति फाइदाजनक

नेपाली महिला नगरकोटमा रक्सि बनाउदै
 डा. हरिहर खनाल
पहिले मान्छेले रक्सी पिउँछ, त्यसपछि रक्सीले रक्सी पिउँछ र अन्त्यमा रक्सीले मान्छे सिध्याउँछ। विश्व स्वास्थ्य संघ भन्छ, 'न्यूनतम मात्रामा मदिरा सेवन गर्दा हृदयाघातजन्य रोगको सम्भावना घटेको विश्वस्त प्रमाण भेटिएको भए पनि अन्य स्वास्थ्यको सुधारका लागि भने मदिरा सेवनको सल्लाह दिनु कदापि ठीक होइन।


मदिरा वा रक्सी सेवनले स्वास्थ्य तथा जीवनमा पार्ने प्रभाव अध्ययन गर्दा तुरुन्त पार्ने प्रभाव तथा दूरगामी प्रभावलाई हेर्नुपर्छ। त्यस्तै असल प्रभाव तथा खराब प्रभाव, व्यक्तिगत प्रभाव तथा सामाजिक प्रभाव सबै सम्पूर्णता हेरेर मात्र फरक फरक अवस्थामा फरक फरक व्यक्तिलाई फरक फरक सल्लाह दिन सकिन्छ।
युरोपमा रक्सीको कारणले बर्सेनि २५ हजार मानिस कलेजोको सिरोसिस (गिर्खा गिर्खा हुने) भएर मर्छन्, ६० हजार क्यान्सर भएर मर्छन् (यसमा ११ हजार स्तन क्यान्सरसमेत पर्छ ), २७ हजार भवितव्यले मर्छन्, १० हजारले आत्महत्या गर्छन् भने एकदुई लाखमा डिप्रेसन (खिन्नपना, नकारात्मक सोचविचार आदि) पाइएको छ। त्यस्तै अमेरिकामा दैनिक सात हजारको मृत्यु र दुई हजार आठ सय जनाले घाइते हुने कारण पनि रक्सी नै भएको छ। रक्सीको नशा लाग्ने तथा लत लाग्ने हुनाले यसको सदुपयोग भन्दा दुरुपयोग बढेर जाने हुँदा यस्ता डरलाग्दा क्षतिका घटना बढ्दै गएको पाइएको छ।

Friday, December 23, 2011

हप्ताको ६९ घण्टा लोडशेडिंग, अनि मुल्यमा २०% ले वृद्धि ! (With Loadsheding Schedule in English & Nepali)

नेपाल (अ)प्राधिकरणले साबिकको लोडशेडिंगलाई बढाउदै साताको ६९ घण्टा पुर्याएको २ दिन पनि बित्न नपाउदै अर्को समाचार आयो बिद्युतको साबिकको महसुलमा मुल्यमा २०% ले वृद्धि हुने रे ! ए बाबा यस्तो बेला बिद्युतको महसुल बढेपछी लोडशेडिंगले तताएको पारो अझ चढ्दै गएको छ भन्दा अत्योक्ति नहोला | उसै त लोडशेडिंगले जनता मारमा परिरहेको बेला (अ)प्राधिकरणले विद्युतको महसुल बढाएर जनताको मारको भार बढाएको छ | एकातिर दिनको १० घण्टा लोडशेडिंग हुँदा न बत्ति बलेको हेर्न पाइन्छ न टेलिभिजन हेर्न नै पाइन्छ अर्को तिर बत्तिको पैसा तिर्ने बेलामा उही पुरानै दरमा पनि अझ २०% थपेर तिर्नु पर्ने भएपछी हामी सोझा साझा जनता कतिको मारमा परेका छौ भन्ने ति प्राधिकरणका कर्मचारीहरुलाई के मतलब?? आखिर उनीहरुले तलब पाइरहेकै छन्, हाम्रो महसुल बाट भत्ता, कमिसन आदि कुनी के के पाई रहेकै छन् क्यारे ! त्यो पनि लोड शेडिंग हुने त हामी मध्यम स्तरीय तथा निम्न स्तरीय आम्दानी भएका जनताहरुलाई न हो कुनै ठुला नेता वा कर्मचारीको घरमा कहिले लोड शेडिंग हुन्छ र?? उनिहरुसंग त टन्न पैसा भै'हाल्छ जेनेरेटर/UPS जिन्दाबाद! पेट्रोलियम पदार्थ त जनतालाई न shortage हो पैसा हुने र पावर हुनेलाई के को shortage घरमा नै आइपुगीहल्छ नि | यस्तो अवस्थामा चाही ति झोले आन्दोलनकारी कता गएका होलान?? अनि ति दलका नेता भनौदाहरु के गर्दै होलान ?? नेपाललाई सिंगापुर बनाउने सपना बोकेका दाहाल दाई कता होलान??

Thursday, December 15, 2011

HSEB Result of Class 11 has been Published

Updated : अन्त्यत: HSEB ले यस बर्ष लिएको कक्षा ११ को नतिजा प्रकाशन गरेको छ | २९ मंग्सिर  २०६८ बिहिबार रातको ९.३० बजे मात्र अनलाइनमा नतिजा प्रकाशित भएको छ |

नतिजाको व्यहोरा यस्तो छ|
REGULAR : 
Appeared : 299827 Pass : 115968 Pass % = 39 %
Exam Withheld - 33 Exam Cancelled : 926 
Non-Regular :
Appeared : 148616 Pass : 59890 pass % = 40 
Exam Withheld : 79 Cancelled : 177

Wednesday, December 14, 2011

Dancing with the Devil

A Texas Ghost Story
retold by
S. E. Schlosser
The girl hurried through her schoolwork as fast as she could. It was the night of the high school dance, along about 70 years ago in the town of Kingsville, Texas. The girl was so excited about the dance. She had bought a brand new, sparkly red dress for the dance. She knew she looked smashing in it. It was going to be the best evening of her life.
Then her mother came in the house, looking pale and determined.
"You are not going to that dance," her mother said.
"But why?" the girl asked her mother.
"I've just been talking to the preacher. He says the dance is going to be for the devil. You are absolutely forbidden to go," her mother said.
The girl nodded as if she accepted her mother's words. But she was determined to go to the dance. As soon as her mother was busy, she put on her brand new red dress and ran down to the K.C. Hall where the dance was being held.

Tuesday, December 13, 2011

How to Change Template in Blogger

हामीले अघिल्लो ब्लगमा bloggerमा कसरि नयाँ ब्लग बनाउने भन्ने बारेमा लेखेका थियौं | यो पोष्टमा हामी ब्लगलाई कसरि नयाँ रुप दिने भन्ने बारेमा अर्थात् Bloggerको Default Template मन नपरेको खण्डमा कसरि नयाँ Template प्रयोग गर्ने भन्ने बारेमा चर्चा गर्दैछौं |

सर्व प्रथम त तपाईले निम्न साइटहरुमा गरेर आफुलाई मन परेको Template Download गर्नुहोस: 
BTemplatesBlogger StylesAll Blogspot TemplatesQuite Random,
Our Blog TemplatesPyzameBlogTemplatesDeluxe Templates,
Blogger Templates by Falcon Hive
अथवा Template Download का लागि गूगलमा गएर Template खोज्नुहोस |

पुरानो Version को लागि:-
तपाईले blogger मा Sign In/Log In गरिसकेपछि bloggerको Dashboard खुल्छ, जहाँ तपाईले आफ्नो ब्लगहरुको लिष्ट देख्नुहुनेछ | अब तपाईलाई जुन ब्लगको Template परिवर्तन गर्न मन लागेको हो त्यो ब्लगको Design लेखिएको लिंकमा क्लिक गर्नुस | अब तल चित्रमा देखिए जस्तो Page Elements भएको window देखा पर्छ |
अब Page Elements को बायाँतर्फ रहेको edit HTML मा क्लिक गर्नुस | अब फेरी expand widgetमा ठिक लगाउनुस र आफुले सवे गरि राख्नुभएको templateको XML फाइललाई brouseको सहायताले फाइल लोकेशन दिएर upload गर्नुस | तर याद गर्नुस तपाईले आफ्नो पुरानो templateको फाइललाई download गरेर as a Back-Up save गरिराख्न भने भुल्नु हुदैन नि!

अब ब्लगरको Template Code देखा पर्छ | 

ध्यान दिनुस Template Edit गर्नुभन्दा पहिले expand widget न click गरेर कडे कापी गरेर notepadमा save गरेर राख्नुस जुन पछी पनि कम लग्न सक्छ|
अब तपाईले खोजेको Templateको XML File भएको location देखाइदिनुस र नयाँ Template Upload गर्न छोडिदिनुस |

नयाँ भर्सनमा:(प्रक्रिया उस्तै हो लूक्स केहि फरक हुन्छ त्यसैले केहि snapshots मात्रै|)

Sunday, December 11, 2011

जावलाखेलको कन्सर्टका केहि कुरा...

अचेल बिदेशी कलाकार ल्याएर कन्सर्ट गराउदै पैसो कमाउने खेल खुब चलेको छ | जावलाखेलको कन्सर्ट पनि त्यसैको एउटा पाटो हो | हुन त यहाँ मैले बिदेशी कलाकार ल्याएर गरेको कन्सर्ट तथा कार्यक्रमहरुको बिरोध गर्न खोजेको होइन तर जुन कुरा २०६८ मंसिर २४ गते शनिबार जावलाखेलको फूटबल ग्राउन्ड वरिपरी देखा पर्यो त्यो देखेर अचम्म नलाग्ने सायदै कोहि होला | कारण हो छिमेकी/मित्र राष्ट्र भारतका कलाकारहरु ल्याएर गर्न लागेको कन्सर्ट निर्धारित समय भन्दा १ घण्टा पछी(निकै ढिला) सुरु भयो | टिकेट किन्नेहरुलाई त एकपटक आयोजक संग पैसा नै पनि फिर्ता मागौं भन्ने समेत लाग्ने स्थिति पैदा भयो | कुर्दै जाँदा १ घण्टा पछी कार्यक्रम सुरु भयो | कार्यक्रममा विभिन्न नेपाली तथा भारतीय कलाकारहरुले आफ्नो कला कौशलको प्रदर्शन गरेर दर्शकदीर्घामा रहेका सबैलाई मनोरन्जन त दिए तर आयोजकले भने तीन हजार को टिकेट किन्नेलाई सार्है नराम्रो गरि धोका दिए last hourमा आएर टिकेट दर खर्ल्याप्पै घटाएर | खैर जे जसो भए पनि दर्शकलाई झुमाएरै गए कलाकारहरु | एक घण्टा सुरु भए पनि कार्यक्रमले लगभग ५.३० घण्टा दर्शकलाई तानेर राख्न सफल भयो | सायद अन्तिममा ४बजे देखि ५बजेको समयमा मात्र सस्तोमा टिकेट बेचेकाले पनि होला फूटबल ग्राउन्डभित्र जस्तै नेपाल टेलिकमको बिल्डिंगमा केहि र अन्य घरका छत तथा टपबाट हेर्ने दर्शकहरुको संख्या पनि उल्लेख्य रुपमा देख्न पाइन्थ्यो |

कार्यक्रमका प्रथम भागका उदघोषक मनोज गजुरेलले आफुले बोल्न २ मिनेटमात्रै समय पाएको भन्दै प्रत्येक पटकमा २ मिनेट मात्रै बोल्ने भन्दै बिचबिचमा रमाइला घोचपेचहरु प्रस्तुत गरेका थिए | उनले नेता तथा सभासदहरुलाई उड़ाउने निउँमा १५ दिनभित्र संबिधान जारी गर्न ४२ दलका अध्यक्षहरु मिलेर संयुक्त बिज्ञप्ति निकालेको भनेर समाचारमा आयो भन्दा दर्शकमा छाएको खुसीलाई उनैले निरास पारे जब उनले यो त ब्यङ्ग मात्रै हो भनेर भने | त्यस्तै कार्यक्रममा नेपाली कलाकारहरु शिवहरि पौडेल, किरण केसी, सिताराम कट्टेल, कुञ्जना घिमिरे, देवीराम पराजुली लगायतले पनि पहिलो भागमा स्टेज तताए | शैलेन्द्र सिम्खडाले व्यंग र कविता प्रस्तुत गर्दा दर्शकको मुखमा हाँसो अट्न सकेन र हाँसोको फोहोर छुट्यो | "साला"(धुर्मुसको थेगो हो है अन्यथा नलिनुहोला|) धुर्मुस र सुन्तलीले देशभक्तको खोजि गर्दा होस् वा शिवहरी पौडेल र किरण केसीले नेता, सभासद र हाम्रो साशन व्यवस्थालाई ब्यङ्ग प्रहार गर्दा होस् या त भोक लग्यो र पार्टीलाई सहयोग गरेर समानुपातिकमा परेकोले भारत जान खोज्दा होस् दर्शक भरपुर मनोरन्जन लिनमा व्यस्त भए |

यसै गरि दोस्रो भाग अर्थात् कार्यक्रमको मुख्य आकर्षणको भाग सुरु भए पछी दर्शक नरोकीइकनै कलाकारको साथ् दिन थाले चाहे त्यो सपना अवस्थी, ममता शर्मा, सन्दिप आचार्य लगायतले गित गाउदा होस् वा त राजु श्रीवास्तवले कमेडी पस्किदा नै होस् |

गित, संगीतको गल्ति देखाउदै सुरु भएका राजु श्रीवास्तवले कवाली, पप र गजल गायकको उछितो काड्नुका साथै रावणबाट शुरु गरेका व्यङ्ग्य प्रहार अमिताभ बच्चन, शशी कुपर, शाहरुख खान, अनिल कपुर हुँदै लालु यादवसम्म पनि पुर्याए। 'कमेडी सुन्दा खुलेर सुन्नुपर्छ' भन्दै हसाउन थालेका राजुले दर्शकदिर्घाको अनुरोधलाई समेत मान्दै कमेडीको स्वाद पस्किए। उनले बलिउड कलाकारको क्यारिकेचर गर्दा होस् वा रावणलाई डन्डा मारेर भगाउने कल्पना गर्दा होस् मैदान हाँसोले गुन्जायमान भएको थियो। समयले साथ् दिए पुन प्रस्तुत हुने भन्दै बिदा भएका राजुले स्तागेमा अर्को पटक चाही कमेडी पस्कन पाएनन |

मञ्चमा देखिने बित्तिकै 'मुन्नी बदनाम'को फर्माइस सुरु भए पनि 'गाएङ्गे डार्लिङ' भन्दै 'जोरका धक्का'बाट  'कोलावरी डी', 'ओलाला ओलाला'लगायतका गीत हुदै अन्त्यमा मात्रै प्रतिक्षित 'मुन्नी बदनाम'मा प्रवेस गरिन् ममता शर्मा।
'दुस्मनी'को गीत 'बन्नो तेरी अखियाँ' बाट सुरु भएकी सपना अवस्थीले  'परदेशी परदेशी जाना नहीं', 'कभी बन्दन छुडा लिया', 'छैयाँ छैयाँ'लगायत गितहरुबाट दर्शकलाई मनोरञ्जन दिइन भने इन्डियन आइडल सन्दिप आचार्यले आफ्नो, अरुको तथा बिग्रह(अरुको बिगारेर/remix गरेर) गएको गीतमा पनि दर्शकहरु झूम बराबर झूम भए |

अन्तिममा छोटा कपडामा प्रस्तुत भएकी नायीका सुष्म कार्कीले संस्कृति र परम्परा नभुल्ने गफ दिंदा दर्शकदीर्घा बाट ऐना हेर्न अनुरोध पनि भयो | सुष्म कार्की हिन्दि गीतमा नृत्य गरिसकेपछि कार्यक्रमको अन्तिममा राष्ट्रिय गान गुना आएकी थिइन|  कार्यक्रमको सुरुमा र अन्तिममा नै राष्ट्रिय गान बजाएको भए अझ भारतीय र नेपाली कलाकारहरुलाई मिलाएर नै नेपाली राष्ट्रिय गान गाउन लगाएको भए अझ कार्यक्रममा सुनमा सुगन्ध थपिन्थ्यो कि|

Thursday, December 8, 2011

अचम्मको भुत

त्यतिबेला हामी ७ जनाको दोस्ती खुब जमेको थियो। हामीमध्ये कसैलाई केही भयो/पर्‍यो भने सबै एकर्कको लागि ज्यान दिन पनि तयार रहने हाम्रो दोस्ती साँच्चै उदाहरणिय थियो। जहाँ जाँदा पनि संगै हिंड्ने हामीले नचाखेको र नखाएको चिजहरु सायदै थिए होलान। साँझ भयो कि हाम्रो जक्सनमा हाम्रो मीटिङ्ग भइहाल्थ्यो र मीटिङ्गमा सनतिन गफ त हुँदैन थियो नै। कोही अमेरिका गएर नासामा बैज्ञानीक भएको सपना देखेको गफ दिन्थे त कोही चन्द्रमामा नै पुगेको सपना दिन्थे भने कोही कोही त नयाँ ग्रह नै पत्ता लगाएको गफ पनि दिन्थे। जस्को एउटै मात्रै कारण भनेको मीटिङ्गको बेला प्रयोग गर्ने बुटी(गाँजा) नै हुन्थ्यो। हामी सबै जम्मा भइसकेपछी हामीलाई गाँजा नभै हुँदैनथ्यो। यसै गरी हाम्रो दिन्हरु चल्दै थियो। यस्तैमा एक दिन एउटा साथीले कुनै ठाउँमा नाइट क्याम्प गर्न जाने प्रस्ताव ल्यायो। प्रस्ताव आउनु मात्रै के थियो हामीले तुरुन्तै त्रिशुलिमा नाइट क्याम्प गर्ने योजना बनायौँ। अब हामीले भोलिपल्ट नै  जाने योजना बनाएर त्यो दिन हामी आफ्नो बाटो लाग्यौ।

Wednesday, November 30, 2011

lesson to be learnt by nepali

हामी नेपाली खाली विदेश जान र आफ्नो धर्म. संस्कृति, परम्परा लत्याएर बिदेशी संस्कृतिको नक्कल गर्न र त्यसैमा रमौना राम्रो मान्छौ | हामीलाई आफ्नो देशको बारेमा भन्दा बढी अर्काको देशको बारेमा जानकारी हुन्छ | अमेरिकामा सानो घटना हुदा आतिने हामी नेपालमै कुनै ठुलो दुर्घटना हुदा थाहा पाउदैनौ | हाम्रा नेता भारत, अमेरिका लगायत विभिन्न राष्ट्रका नेताहरुको गुलामी गर्न र चाप्लुसी गर्न लाइन लगेर जान्छन | तर आफ्नो देशको बारेमा बाल मतलब छैन | यस्तैमा केहि कोरियन बालबालिकाहरुले हामीलाई गतिलो झाप्पड प्रहार गरेका छन् | तलको भिडियो हेरेर हामीले पनि केहि सिक्नु पर्छ कि?? हेरौ भिडियो: भिडियोमा तपाईले देख्न सक्नुहुन्छ कि केहि कोरियन बालिकाहरु नेपाली राष्ट्रिय गान गाइरहेका छन् | उनीहरु यो गीत गाउन पाउदा निकै हर्षित देखिएका छन् | यद्यपी उनीहरु यसलाई गार्हो गरेर भएपनि गाइरहेका छन् | उनीहरुको गीतमा ताली बजेका छन् | त्यसपछि एउटी बालिका देखा पार्छिन जसले हाम्रो देश, हाम्रो हिमाल, हाम्रो देशका सबै कुरा मन पराउने र हामीलाई पनि धेरै माया गर्छौं भनेकी छिन | उनको वाक्य वाक्यमा ताली बज्छ | तर उनको वाक्य वाक्यमा ताली बजाउनेमध्ये कतिलाई त नेपाली राष्ट्रिय गान पनि आउछ कि आउदैन कुन्नि??
भिडियो हेरेर हामीले पनि केहि सिक्ने हो कि यी कोरियन बालबालिकाहरुबाट??

Monday, November 28, 2011

Create a blog on Blogger Free (Free from Google)

आजदेखि हामीले हरेक सोमबार प्रकाशन गर्ने गरि, हाम्रो ब्लग सुरु गर्दा परेका समस्याहरु र अप्ठ्याराहरु, हामीलाई जस्तै अरुलाई नपरोस भन्ने हेतुले नयाँ स्तम्भ "Blogging Tips" सुरु गरेका छौं | हामी यहाँ तपाईहरुलाई सित्तैमा नयाँ ब्लग बनाउने र ब्लगर(blogspot.com) मा होस्ट भएका ब्लगहरुमा Blogger Hacks कसरि प्रयोग गर्ने भन्ने बारेमा लेखहरु पस्किने छौं | जुन लेखहरु केहि हामी आफै लेख्नेछौं भने केहि लेखहरु अन्य ब्लगरमित्र तथा अग्रज ब्लगरहरुको ब्लगबाट सापटी लिएर पस्कने छौं |  अहिलेलाई हामीले खाली ब्लगर(blogspot.com)का ब्लगहरुका लागि मात्रै सम्बन्धित लेख राख्ने छौं भने बिस्तारै blogsome र wordpress का ब्लगहरुका लागि पनि सम्बन्धित लेखहरु राख्ने जमर्को गर्दछौं | यदि तपाईहरु पनि ब्लगिंगमा नयाँ हुनुहुन्छ र विभिन्न खाले समस्याहरु आएका छन् वा  तपाईहरुका मनमा कुनै पनि किसिमका कौतुहलता छन् भने कृपया हामीलाई सम्पर्क गर्नुहोस हामी समाधानको लागि हरसम्भव प्रयास गर्नेछौं |


ब्लग र  ब्लगिङ्ग भनेको के हो??
विकिपीडियाका अनुसार:- ब्लग भनेको यही हो भन्ने परिभाषा छैन । कारण यसको चरम स्वच्छन्दता । ब्लग यस्तै प्रकारको हुनुपर्छ भन्ने कुनै सुत्र छैन । जसका कारण ब्लगलाई कसैले एउटा प्रकृतिको आधारमा परिभाषित गर्न सम्भव छैन । तैपनि ब्लगलाई प्राय सबैले अनलाइन डायरीको रुपमा परिभाषित गर्ने गरेका छन । त्यसैले भन्न सकिन्छ–
  • ब्लग यस्तो अनलाइन जर्नल हो जहाँ तपाईले आफ्नो अनुभव र अनुभुतिलाई क्रमबद्ध रुपमा राख्न सक्नुहुन्छ ।
  • ब्लग यस्तो अनलाइन डायरी हो जसलाई एकल ब्यक्तिले दैनिक व्यवस्थापन गरी सामाग्रि प्रकाशन गर्छन ।
ब्लग शब्दको प्रारम्भ वेबलगवाट शुरु भएको हो । वेभ लग वाट नै ब्लग शब्द निर्माण भएको मानिन्छ । कसैले यसलाई वि ब्लग पनि भन्छन् । छोटकरी रुपमा ब्लग शब्द नै प्रचलनमा छ । ब्लग गर्ने ब्यक्तिलाई ब्लगर भनिन्छ भने ब्लग गर्ने प्रकृयालाई ब्लगिङ्ग भनिन्छ ।


कसरि सुरु गर्ने त  ब्लगिङ्ग??
ब्लगिङ्ग सुरु गर्ने धेरै तरिकाहरु छन् | विभिन्न साइटहरुले सित्तैमा पनि तपाइलाई ब्लग बनाउन दिन्छन भने पैसा तिरेर पनि तपाई ब्लगिङ्ग सुरु गर्न सक्नुहुन्छ | पैसा तिरेर गर्नु भन्दा गूगलको bloggerमार्फत ब्लोग्गिंग गर्नु सजिलो, सुविधायुक्त र कम झन्झटिलो छ | कसरि सुरु गर्ने त bloggerमार्फत ब्लोग्गिंग??

Thursday, November 24, 2011

बोक्सी - के यो सम्भव छ??


कुरा लगभग दुइ/तिन बर्ष अघिको हो, जब म पहिलोपल्ट काठमाडौँको खाल्डो नाघेर कुनै दुर्गम गाउँमा(हुन त काठमाडौँ नजिकै थियो तर पनि कुनै दुर्गम गाउँ भन्दा कम थिएन) पुगेको थिए | जहाँ मैले पहिलोपल्ट कुनै मानिस बिरामी हुँदा खसी काटेर पूजा गरेको र बाजा (ढ्यांग्रो) बजा'को देखेको थिए | त्यहाँको मानिसहरुलाई डाक्टरमा भन्दा बढी धामि झाँक्री र वैद्यमा बढी बिश्वास थियो | धामी झाँक्रीले कुनी कुन कुन देवताको र कुन कुन भुतको वा कुनै बोक्सी आदिको दोष देखाउदा रहेछन | अनि त्यो रोग साम्य पार्न पशु बलि दिएर पूजा गर्नु पर्ने रहेछ | आफु विज्ञानको बिद्यार्थी त्यसमाथि पनि MBBS पढ्दै गरेको ठिटो, जो प्राक्टिकलको लागि गाउँमा गएको थिए | मलाई यो कुरो पचेन त्यसैले मैले गाउँलेहरुलाई यस्तो गर्न छोडेर बिरामीलाई हस्पिटल लगेर जचाउन र औषधि खुवाउन सुझाए तर उनीहरु के मान्थे | आफ्नो बसेको घरबेटीले नै बस्न मन भए चुप लगेर बस्ने होइन भने चुपचाप आफ्नो बाटो लाग्नु हामीलाई सिकाउन नखोज्नु भनेर भनेपछि मनलाई सम्झाउने कर लाग्यो | म छक्क परें, भलाई गर्ने जमानै रहेन भन्दै चुप लागे |
गाउँलेहरुले मलाई किन त्यस्तो जवाफ दिए मलाई सार्है नै खसखस लागिरह्यो जबसम्म मैलेयसको बारेमा थाहा पाइन तर छक्क त तब परें जब साचो कुरो पत्ता लाग्यो | वास्तवमा भएको के रहेछ भने कुनै समयमा ति गाउँका गाउँलेहरु डाक्टरलाई भगवान झैँ मान्थे रे | तर एक पटक एउटा बिरामी अन्तिम अवस्थामा पुगेको रहेछ स्वास्थ्य चौकी (त्यहाको अस्पताल) पुर्याउदा लगभग मृत भैसकेको झैँ थियो | डाक्टरले उसलाई अब बाच्दैन भनेर भनिदिएपछि घर फर्केर लगियो | ठिक त्यहि बेला आएको झाँक्रीले उक्त बिरामीलाई पुरानै अवस्थामा फर्काइ दियो | लगभग दुइ तीनवटा यस्ता केसहरु जसमा डाक्टरले उपचार गर्न सकेनन त्यसमा धामी झाँक्रीले सफलता प्राप्त गरे | जब सोझा साझा जनतालाई धामी झाँक्रीको शक्ति डाक्टरको भन्दा बढी लग्न थाल्यो तब धामी झाँक्रीले मौकाको फाइदा उठाएर स्वास्थ्यचौकी नै भत्काई दिएछन् अनि त के चाहियो जो/जे बिरामी भए पनि खाली धामी झाँक्री |

म पनि भविष्यको डाक्टर मलाई के पच्नु यस्तो कुरो? अब म यिनीहरुलाई पाठ पढाएरै छोड्छु भन्ने सोच्दै थिए तर ठिक त्यसै बेला म बिरामी परें | मेरो शरीर दुइ दिनमा पुरै बेसहार जस्तो पहेलो भयो | खान रुच्न पनि छोड्यो | न खान मन लाग्छ न केहि गर्ने जाँगर नै चल्छ | मैले अब आफ्नै शहरको औषधि र अस्पताल सम्झें तर "ल्हाशामा सुन छ कान मेरो बुच्चै" भनेझैँ त्यो शहरको सुविधा यहाँ कहाँ पाउनु ?? आफुसंग भएको केहि औषधिहरु प्रयोग गरियो तर रोगले झन् झन् च्याप्दै लाग्यो | पाचौं दिनका दिन त म इन्तु न चिन्तु नै हुन पुगें | गाउँलेहरुले के के गरे कुन्नि छैठौ दिन मलाई अलि सन्चो भएको र भोक लागेको भन भयो | केहि खान मन लाग्यो तर कसले दिने?? धन्य घरबेटी आमै मनकारी रहिछन, मैले आँखा खोलेको थाहा पाएर जाउलो ल्याएर दिइन | आज अलिक सन्चो भएको जस्तो भएको थियो तर पुरै सन्चो भने भएको थिएन |

बेलुका मेरो कोठामा कालु धामी आएर उसका ढ्यांग्रो लगायतका सामानहरु राख्यो र घरबेटीहरुलाई बोलाएर कुन्नि के के माग्यो | अनि सुरु गर्यो उसले आफ्नो काम्ने र ढ्यांग्रो बजाउने नाटक, मैले चाल पाएअनुसार उनीहरु(गाउँले) त्यसलाई चिन्ता बसेको (गरेको) भन्थे | चिन्ता बस्न भूतप्रेत लागेको वा बोक्सी लागेको बेलामा धेरै बिरामी भएको मान्छे (बिरामी) हुनु पर्थ्यो | भोलिपल्टबाट मेरो स्वास्थ्यमा क्रमिक सुधार आउदै थियो | त्यसको ३/४ दिनमा म पूर्णत: स्वस्थ भएँ तर मेरो चिन्ता बस्ने झाँक्री बिरामी भएको खबर सुन्नमा आएपछि म उसलाई भेट्न गएँ |

उसले बताए अनुसार जुन रात उ मेरो चिन्ता बसेर घर फर्किदै थियो त्यसै रात मलाई बिगार पर्ने बोक्सीले उसको बाटो छेकी | तब उसले आफ्नो भएभरको मन्त्र र शक्तिहरु प्रयोग गर्दै त्यो बोक्सिसंग युद्ध गरि रह्यो | बोक्सीले कहिले अरिंगालजस्ता अस्त्रहरूको प्रयोग गर्थी भने कहिले धनुसबाणको कांड जस्ता अस्त्रहरू प्रयोग गर्थी | हरेक अस्त्रलाई छल्दै उ आफ्नो शक्तिको भरपुर प्रयोग गरिरहेको थियो | दुर्भाग्यबस एउटा अस्त्रले उसको छातीमै लाग्यो | तब उसले म पनि मर्छु भने तेरो शक्ति खतम परेर मात्रै मर्छु भनेर मसान उठाएर उक्त बोक्सीको शक्तिलाई खत्तम पारेपछि निदाएको उसको होस् खुल्दा उ घरमा थियो |

अब भने मलाई पनि भुत प्रेत बोक्सीजस्ता चिजहरुमा बिश्वास लग्न थालेको थियो| त्यस दिन उक्त झाँक्रीले यो पनि बतायो कि बास्तवमा धामी र बोक्सीको बिद्या एउटै हुन्छ | धामीले राम्रो र भलाइको निमित्त मात्र उक्त शक्तिलाई प्रयोग गर्छा भने बोक्सीले चाही आफ्नो स्वार्थपूर्ति र रिसीइबी मेट्न मात्रै यस्तो शक्तिको प्रयोग गर्छन |
अन्तमा फ्रीसंसार.कमको यो लेख पनि हेरौं :

Wednesday, November 23, 2011

हामी भेडा बाख्रा हौँ र??

कुपण्डोलबाट लगनखेलसम्म जनाको लागि म माइक्रो कुरेर बसिरहेको थिएँ | यस्तैमा एउटा माइक्रो ढोका खुल्ला राखेर अटाइ-नअटाइ मान्छेलाई झुण्डाएर आइपुग्यो | तैपनि कुपन्डोल आइपुगेपछि बस घ्याच्च रोकियो अनि फेरी पनि मान्छे डाक्दै थिए सह-चालक | यत्तिकैमा बस चढ्ने यात्रुको भिड लाग्यो र त्यहाँ सकेका जति यात्रु टिपेर बस अघि बढ्यो | हुन त म पनि त्यति जानुपर्ने भए पनि अर्को बसको प्रतिक्ष्यामा बसें तर अर्को यस्तै हो भन्दै म एउटा माइक्रो चढें | जावलाखेल सम्म जसोतसो झुण्डीएर यात्रा मिल्ने भए म कहिल्यै सार्वजनिक यातायात चढ्दिन भन्ने भैसकेको थियो | तर पनि सह-चालक भने कुरेर बसेको मान्छे देखि कि "जाने हो" "अब गाडी आउदिन यहि लास्ट गाडी हो" जस्ता कुराहरु दोहोर्याउदै थिए | जावलाखेल आइपुग्नेबित्तिकै त यात्रु त कति हुन् कति सब चदना हतार गर्दै थिए | कसरि जाने, के गर्ने भन्दै गाइगुइ चलेको मात्रै के थियो गुरुजी(चालक)ले उपाय निकाली हाले "डिक्की खाली छ जाने हो??" बिचार म जस्तै कति बेरदेखी कुरेर बसेका थिए कुन्नि निरिह बनेर हुन्छ भन्दै डिक्कीतिर लागे|

Sunday, November 20, 2011

ब्रायन आडम्स, एमएलटिआर, नेपाली गायक/गायिका अनि हामी


हुन त हाम्रो बालको कुरा होइनन ब्रायन आडम्स, एमएलटिआर, नेपाली गायक/गायिका | न हामीलाई उनीहरु नै मन पर्ने हुन् हामीलाई त उनीहरुको गला र कला मन पर्ने हो | तर पनि एउटा नेपाली भएको हिसाबले मलाई कता कता लेख्न मन लग्यो यी कुराहरु:
ब्रायन आडम्स नेपालमा कन्सर्ट गर्ने पहिलो बिदेशी सेलिब्रेटी बने | ब्रायन आडम्सको दशरथ रंगशाले कन्सर्टले थुप्रै नेपालीहरुलाई मनोरंजन दियो तर तिनै ब्रायन आडम्स संगै उक्त कन्सर्टमा गाउने नेपाली गायक गायिकाहरुलाई थोरै मात्र पारिश्रमिक दिएर ब्रायनलाई टन्नै पैसा दिएर पठाइयो भन्ने खवर आयो| तर पनि नेपाली कलाकारहरु उदार देखिए नत्र हिजोको कन्सर्टमा कुनै कलाकारले गाउन नजानुपर्ने हो | पहिले ब्रायन आडम्सलाई ल्याएर परिक्षण गरियो अनि त्यो कन्सर्टबाट नअघाएकाहरुको लागि पुन: अर्को ब्याण्ड नै ल्याइयो जसको नाम हो एमएलटिआर(माइकल लर्न्स टु रक) | यो ब्यान्डले पनि उही ब्रायन पारालाई पछ्याउदै नेपाल र नेपालीप्रति अगाध प्रेम देखाए र आफ्नो सपनाको देशमा कन्सर्ट गर्न पाएकोमा खुशी पनि व्यक्त गरे |  यिनीहरुले नेपालीहरुलाई माया गर्ने हुनकी यहाँको बजार राम्रो देखेर यहाको जनताको परिश्रमको पैसालाई माया गरेको हो त्यो त उनीहरु नै जानुन तर हाम्रा नेपाली कलाकारहरुलाई भने यिनीहरुले मात्रै होइन नेपाली आयोजकले नै पनि माया नगरेको मेरो ठहर छ | नत्र कसै(बिदेशी सेलिब्रेटी)लाई लाखा(लाखौको बिट्टो दिने) अनि कसै(नेपाली कलाकार)लाई पाखा(सयौ वा हजारौमा टार्ने) गर्दैनथे होला |

Tuesday, November 15, 2011

बि.बि.सी.को भाषा पाठशाला


पाठशाला भन्नेबित्तिकै विद्यालय वा विश्वबिद्यालयलाई जनाउछ | पाठशालाको काम वा उद्देश्य भनेको कुनै पनि नजान्ने व्यक्तिलाई सिकाएर जान्ने बनाउनु हो | तर बि.बि.सी.को भाषा पाठशाला, जसले तपाई हामीलाई भाषामा हुने विभिन्न त्रुटि देखाउने र त्यसको समाधान गर्ने उद्देश्य राखेको छ, आफैमा अन्तर्विरोध उत्पन्न गर्ने खालको छ | उक्त पाठशालामा गल्ति त देखाइएको छ तर त्यो गल्ति कसरि गल्ति भयो र त्यसलाई सच्याउन के गर्दा उपयुक्त हुन्छ भनेर एकदुई ठाउमा मात्रै देखाइएको छ |  जस्तो कि यहाँ भाषा पाठशालामा राखिएको छ कि
भित्तामा हरिबहादुरको तस्विर टाँगिएको थियो जसबाट मैले अघिल्लो हप्‍ता दुई हजार रुपैयाँ लिएको थिएँ।
कसबाट दुई हजार रुपैयाँ लिएको ? हरिबहादुरबाट कि तस्विरबाट ? यस वाक्यले त तस्विरबाट लिएको भन्ने अर्थ पो बुझाउँछ!
अब यसलाई सच्याउन के गर्नुपर्यो त ? के लेख्ने हो यसलाई मिलाएर लेख्न?? पाठशाला मौन छ |


Thursday, November 10, 2011

Love with Ghost.... A real Story

सावधान: यदि तपाइलाई डर लाग्छ भने बेलुका को समयमा यो नपढ़नुहोला |


कुरा दुइ/साढे दुइ बर्ष अघिको हो जतिबेला मेरो आफ्नै सानोतिनो मोबाइल पसल थियो र राती अबेरसम्म म त्यहि काम गर्थे | जुन दिन धेरै नै रात पर्दथ्यो म त्यहिँ बस्थे| सधैँ त म घरै जान्थे तर कहिलेकहिँ राती धेरै नै अबेर भएपछी भने घरमा अरुलाई disturb गर्नुभन्दा दु:ख सुख रात काट्ने गर्थे | यसै गरि मेरा दिनहरु चल्दै थियो | एकदिन म अलिक अबेर गरेर पसल बन्द गरेर जाने तरखर गर्दै थिए यत्तिकैमा वरिपरिमै कोहि केटि मान्छे रोए/हाँसेको(आवाज चिन्न मुस्किल पर्थ्यो) जस्तो आवाज आयो| मनमा एककिसिमको डर पनि उत्पन्न भयो| चारै तिर चकमन्न अँध्यारो  थियो, सुनसान सडक थियो | मन त्यसै त्यसै त डराउने अवस्था थियो झन् त्यस्तो बेलामा कोहि रोएको/हाँसेको/बोलेको सुन्दा मुटुले नै ठाउँ छोड्ला झैँ भयो | अब त त्यो आवाज झन् झन् नजिक हुन थाल्यो| मलाई एकदमै डर लग्न थालेको थियो, त्यसैले हतार हतार Bike स्टार्ट गरेर पछाडी पनि नफर्की म भागें | मैले घरमा आएर त्यो कुरा सुनाउदा सबै जनाले मलाई डरपोकको उपनाम दिए |

तर त्यस दिन देखि मलाई डर लग्न थालेको थियो त्यसैले मैले ३/४ दिनसम्म त चाडै चाडै पसल बन्द गर्ने गर्न थालें | तर के गर्नु सधैँ त्यसो गर्न सम्भव पनि थिएन त्यसैले फेरी पनि पुरानै तरिकाबाट चल्न थालियो| १०/१२ दिनसम्म त खासै केहि पनि भएको थिएन तर अचानक एकदिन राती म निस्कने बेलामा एक जना केटि मान्छे मोबाइल बनैदिनु पर्यो भन्दै मेरो पसलमा छिरिन् | अब मेरो हंसले ठाउँ छोड्नै लागेको थियो धन्न त्यहिँ बेला एकजना भाई पनि आइपुग्यो, जो मेरो पसलमा दिउसो पनि आइरहन्थ्यो | त्यसपछि हामी दुइजना बसेर उक्त महिलाको मोबाइल बनाइदिएर त पठायौं  तर अब मलाई घर जना भने धेरै ढिला नै भैसकेको थियो | त्यसैले मैले उक्त पसलमा नै बस्ने निर्णय गरें | भाई पनि निन्द्रा नलागेर बाहिर निस्कदा मेरो पसल खुल्ला देखेर आएको रहेछ | उसले भन्यो "दाई तपाईकोमा निलो रंग छैन?" मैले पनि स्वाभाविक जवाफ दिए "अरे! यार तिमि पनि गजब छौ बा अब कहिँ नभएर मेरो मोबाइल पसलमा रंगहरु बेच्न राख्छु?" उ अलि असहज ठान्दै भन्न थाल्यो "अरे! दाई निलो रंग भनेको रंग हैन क्या फिल्म भन्या हो क्या?? कस्तो नबुझेको??" अब उसको कुरा मैले बुझें र जवाफ दिए " मेरो Computerमा त गानाहरु मात्रै छ भाई |" तब उसले समाधान निकाल्दै भन्यो "दाई मेरो Pen Driveमा छ हेर्ने हो त दाई नयाँ नयाँ बब्बाल बब्बाल छ | नेपाली, हिन्दि खतरा खतरा छ|" भन्दै उसले आफैले Computer on गरेर Pen Drive जोडेर फिल्महरु खोल्न थाल्यो | हामी लगभग ११ बजेसम्म त्यस्तै हेरेर बस्यौ अनि उ आफ्नो घर गयो भने म आफ्नै पसलमा सुतें | मलाई राती १२.३०/१.०० बजेतिर पिसाब लाग्यो र म पिसाब फेर्न भनेर बाहिर निस्के (ट्वाइलेट जान बाहिर ननिस्कि हुदैनथ्यो) | 

ट्वाइलेटबाट फर्केर आउदा त एउटी केटि मलाई नै हेरर बसिरहेको देखें | त्यसदिन मलाई भाईले रक्सि पनि अलि अलि खुवाएको थियो त्यसैले मैले नसामा यस्तो देखे भन्ने सोच्दै भित्र जना लागेको मात्रै थिए त्यो केटि त उठेर मेरो छेउमै आएर मसंग सहयोग माग्न पो थाली | उसको कहानी सुन्दा उ, राम्रो घरानाकि र राम्रो संस्कारमा हुर्केकी केटि थिए तर कसैले उसलाई फसाएर अहिले यो अवस्थामा थिए रे! अब मैले पनि राती आएको मान्छे भनेर भित्र आउन र बस्न भने | भित्र उज्ज्यालोम हेर्दा त म पनि उ प्रति एकदमै आशक्त भए | राती केटि आएर बस मागी त्यो पनि नेवार टोलमा एकमन कता कता डर लागिरहेको भए पनि अर्को मन मन मनै म रमाईरहेको थिए किनकि एउटी सारै राम्री अप्सरा जस्तै कन्या मेरो सामुन्नेमा खादा थिइ | हामी त्यो रात यत्तिकै सुत्यौ | भोलिपल्ट बिहानै चाडै उठेर म जान्छु भन्दै उ पनि गइ | म पनि त्यो रात घर गएँ | मैले उसलाई आफ्नो बनाउने चान्स गुमाएकोमा मनमनै म आफैलाई धिक्कार्दै  थिएँ |

उ संग पहिलो भेट भएको तेस्रो रात म पसलमै बस्ने निर्णय गरेर खाना खाईवरी पसलमा गैर बसें | म आफ्नो प्रेम प्राप्तिका लागि त्यहाँ बसिरहेको थिएँ | मैले त्यसदिन पुरै रात बाहिर नै बिताउने विचार गरें ( आफ्नो प्रेमलाई कुर्दा मलाई कुनै प्रकारको डर महसुस नै भएन) | त्यस रात पनि १२.००बजेको हाराहारीमा उक्त कन्या दौडदै मेरो छेउमा आएर भन्न लागिन "प्लिज दाई मलाई बचाउनुस केहि गुन्डाहरु मेरो पछाडी लागेका छन् उनीहरु आउनुभन्दा अगाडी नै हामी भित्र गइहालौं |" उनले यसो भन्नासाथै हामी दुवै भित्र गैर चुकुल लगाएर बस्यौ | मैले उनलाई घर नजानुको कारण सोध्दा उनले घरमा पनि बाबुआमालाई मारेर गुन्डाहरु नै बसेको कुरा गरिन | म उनको प्यारमा यति पागल भैसकेको थिए कि उनले मलाई नछोडी दिए हुने जस्तो गर्न थालिसकेछु | हामीबीच त्यो रात यौनसम्बन्ध पनि कायम भयो | अब म घर जना छोडिदिए पसलमै बस्न थालें | उनि सधैँ राती ११/१२ बजेतिर आउथिन भने बिहान चारै बजे गइहाल्थिन | १०/१५ दिनसम्म यस्तै क्रम चल्दै थियो यत्तिकैमा १५ दिनमा म घर गए | 

म घर पुग्ने बित्तिकै परिवारमा हल्लाखल्ला भएछ कि मलाई किच्कन्ने(महिला भुत) (KICHKANNE- THE LEDIES GHOST )ले भेटेछ | कारण १५ दिनमा म त खंग्रगै दुब्लाएछु | हुन त मैले कयौ पटक किच्कन्नेको कथा सुनेको थिए र किच्कन्नेको बारेमा उसको शरीरको बनावट, चालढाल, खुट्टाको बनावट आदिको बारेमा त सुनेको थिएँ तर मैले जो केटीलाई प्रेम गर्थें उ किच्कन्ने हो कि होइन भनेर कहिले पनि जाच्ने कोशिस गरिन | हुन त गरेको भए पनि त्यो कार्यको कुनै अर्थ हुन्नथ्यो किनकि यदि कसैले उ माथि शंका गरेको किच्कन्नेले थाहा पायो भने हत्या गरिहाल्छ रे | अब म मर्ने भएन भन्ने चिन्ताले मलाई एकदमै तनाव दिन थाल्यो, घरका सबै सदस्यहरु पनि चिन्तित देखिन थाले | यस्तैमा हामीले गाउँकै "दले धामी", जो गाउँभरिमा धुपधुंवार तथा चिन्ता गर्नमा प्रख्यात मानिन्थ्यो,लाई बोलाउने निर्णय गर्यौ | "दले धामी" आउन त आयो तर उसले मलाई फेरी पनि उही किच्कन्नेसंग पुन: रात बिताउनु पर्ने र आफ्नो ज्यानको बाजी लगाएर उसले दिएको काँचो धागो उक्त किच्कन्नेको कपडामा बाँध्नु पर्ने बतायो तर त्यतिखेर म डराएको वा मैले उसको असलियत थाहा पाएको जस्तो गर्न नहुने पनि उसले बतायो | 

अब मलाई के गर्नु के नगर्नु भयो | अब जसै गरे पनि मर्ने सम्भावना बढी भएको हुँदा फेरी एकरात उही किच्कन्नेसंग बिताउन पसल गए र राती त्यहिँ बसें | अचानक उही कन्या आएर सधैँ जस्तो हर्कत सुरु गरिरहदा मलाई भने धागो अड्काउन हतार भैसकेको थियो | म एकदमै होसियार भैसकेको थिए र मैले उक्त काम जुनसुकै हालतमा पनि फत्ते गरिछाड्ने विचार गरेको थिए | त्यसै बेला उसले केहि गन्ध आइरहेको भन्दा मैले केहि हैन मैले आज नयाँ गन्जी लागेकोले त्यसैको गन्ध होला भनेर टारिदिए | अन्तत: म मेरो कार्यमा सफल भएँ | भोलि पल्ट बिहान हामीले रातिको धागोको पिछा गर्दै जाँदा एक ठाउँमा अलिक झाडी जस्तो देखिने ठाउँमा पुगेर धागोको टुप्पो टुंगिएको थियो | "दले धामी" ले भने अनुसार उक्त ठाउँम खन्दा हामीले केहि हड्डीका टुक्राहरू फेला पार्यौ र "दले धामी" कै सल्लाह बमोजिम हामीले त्यसलाई जलाईदियौं र "दले धामी"ले पनि आफ्नो तन्त्रमन्त्रले मलाई झारफुक गरिदियो | बिस्तारै मेरो स्थिति सुध्रिदै गयो र म सामान्य अवस्थामा फर्किएँ | तर राती अबेरसम्म बाहिर बस्न वा काम गर्न मलाई अहिले एकदमै डर लाग्छ | त्यसैले म आफु बस्ने कोठामा मैले आइमाईका शृंगारका सामाग्रीहरु राखेको छु ताकी मलाई कुनै किच्कन्नेले पुन: आक्रमण गर्न नसकोस |

Tuesday, November 8, 2011

दोस्ती, राजनीति र नेता

यमन, अमर र समर तिन भिन्नै प्रकृतिका व्यक्ति एउटै कोठामा Room Partner भएर बसेका छन् यिनीहरुलाई जसले चिन्छन, उनीहरु मिलेर बसेको देखेर अचम्ममा पर्छन | यिनीहरुको बानी, व्यवहार, स्वभाव देखेर कोहि पनि बिश्वास गर्दैन कि यिनीहरु एउटै कोठामा बस्छन | यमन बिल्कुलै अचम्मको छ उसको सोख भन्ने वा लक्ष्य खाली गांठवली केटि पट्ट्याउने र मस्ती गर्ने नयाँ नयाँ ठाउंहरु घुम्ने छ | उसको स्वभाव पनि कुनै कुलतमा फसेको मान्छेको जस्तो छ | तर त्यसको ठिक बिपरित अमर भने लजालु, पढाइमा ध्यान दिने सोझो, र डरपोक छ | यी दुइ भन्दा फरक समर जहाँ जस्तो पर्यो उस्तै व्यवहार गर्छ | उ न केटीप्रति मरिहत्ये गर्छ न अवसर गुमाउछ | मान्छे अनुसारको व्यबहार गर्ने उ बलिष्ठ पनि लाग्छ भने निडर पनि छ | उसलाई केहीको चिन्ता छैन जे पर्छ त्यो टर्छभन्ने उसको सिद्धान्त हो भने साला उसको थेगो भन्दा पनि हुन्छ |

माया-प्रेम कि घृणा-तिरस्कार/ प्रगति कि दुर्गति?

राम लक्ष्मण साच्चै रामायणको राम लक्ष्मण जस्तै मिलेर बसेका थिए| एउटै व्यबसायमा लागेका थिए, एउटै कोठामा संगै खान्थे, बस्थे | तर केहि दिनदेखि उनीहरुको सम्बन्धमा एउटा अचम्मको परिवर्तन आएको थियो| उनीहरुको बोलचाल हुन पनि कम भएको थियो| संगै बस्थे तर दुवै जना नजानिदो पाराले टाढिदै थिए| हुन त उनीहरुको बिचमा हाड, छाला, रगतको कुनैपनि सम्बन्ध थिएन यद्यपी उनीहरु एउटै घरका दुइ दाजुभाई जस्तै मिलेर बसेका थिए| यिनीहरु दुवै एउटै गाउँका थिए यद्यपी राम धनि बाउको एक्लो छोरो थियो भने लक्ष्मण गरिबीको चपेटामा परेको धनेको पाँच छोरोमध्येको कान्छो र एकमात्र जीवित छोरो थियो (उसका दाजुहरु उसको आमासंगै पहिरोमा पुरिएर मरेका थिए भने धनेले लक्ष्मणलाई जसोतसो दुख गरेर पालेको थियो)| राम लक्ष्मण बच्चैदेखि एकदमै मिल्ने साथीहरु थिए, अझ भनौ संगै हुर्के-बढेका यिनीहरु साथी हैन दाजुभाई जस्ता थिए| यिनीहरु बीच सबै कुरा चाहे सानो होस् चाहे ठुलो वा बिपत्तिकै कुरा किन नहोस सबै 'Share' हुन्थ्यो| लक्ष्मण काममा बहुतै इमान्दार र मिहिनेती अनि मिलनसार पनि भएको र आफ्नै मन मिल्ने साथी पनि भएकोले रामले उसलाई आफ्नो व्यबसायमा संलग्न गराएको थियो| यद्यपी लक्ष्मणको कुनै पनि लगानी नभए पनि काउन्टर सबै उसले जिम्मा पाएको थियो भने उसलाई आवश्यक पर्दा उसले रामलाई नसोधी खर्च गर्न सक्थ्यो| यस्तो सम्बन्धमा एकाएक केहि दिनदेखि परिवर्तन आएको थियो|

B for बिन्दास!

UNEDITED:
हसिलो, चमकदार अनुहार, चिनजानका मान्छेसंगको भेटघाटमा
सधै एकै किसिमको अट्टहाँस अनि फरासिलो स्वभाव र निश्चल व्यबहार उसको पहिचान हो| उ अर्थात् मेरो साथीको सालो मित्र मणि| वास्तविक नाम देव प्रसाद शर्मा बाट आफ्नो नाम परिवर्तन गरेर आफ्नो नाम आफैले मित्र मणि गराएको, आफु सबैसंग मित्रवत व्यवहार गर्ने हुनाले आफ्नो नाम यस्तो बनाएको भन्ने उ मलाई आफूभन्दा जान्ने बुझ्ने जस्तो लाग्छ यद्यपी उमेरमा म उ भन्दा १५/१६ बर्ष जेठो छु| आज धेरै पछि उसंग भेट हुदै थियो उसको भाषामा भन्ने हो भने धेरै पछी काठमाडौँको खाल्डोमा झुल्किएको थियो उ र मलाई दर्शनभेट दिदै थियो| उ आज मेरै घरमा बिहानको खाना खाने गरि आउदै थियो| बिहानै उठेर नित्यकर्म गरेर पत्रिका पढ्दा पढ्दै उ आइपुगिसकेको थियो| मैले उसलाई देख्ने बित्तिकै सोधे 'के छ त मणि तिम्रो हालखबर??'
उसले सधै जस्तै जवाफ दियो "के हुनु नि दाई? यस्तै त हो नि B for बिन्दास!!! हा हा हा हा हा हा हा हा ...उही पुरानी पाराको अट्टहाँस सहितको जवाफ पाएर लग्यो यो मान्छे कहिल्यै नसुध्रने भयो, सबै change हुन्छन, साला यो केटो किन change हुदैन? म मनमनै सोच्दै थिए "अनि दाई तपाइको सुनाउनुहोस न बरु के छ त्यहि हप्ताको ६ दिने, ८ घन्टे जागिर र व्यस्तता नै त होला नि हैन ? मलाई पेल्ने हिसाबले उ बोल्यो|
उ मलाई सोधिरहेको थियो कि मलाई ब्यङ्ग गर्दै थियो वा मेरो Insult
गर्दै थियो? म आँफै बुझ्न सकिरहेको थिइन|
"अरे यार! जहिले भेटेपनि तिमीलाई चाही मेरै जागिरको किन यति धेरै सिकायत हुन्छ यार? किन यो जागिरलाई तिमि राम्रो मान्दैनौ भन त .." मैले पनि भनिदिए उसलाई|
मलाई लागेको थियो अब उ रिसाउँछ होला तर ठिक बिपरित उ त उल्टो अट्टहाँस छोडेर भन्न थाल्यो "दाई मैले तपाइको जागिरको सिकायत गरेको हैन मैले त यो शहर अनि यो इन्टरनेट अनि यो अफिस र तपाइको सामाजिक संजालका साइटहरु भन्दा बाहिर पनि छुट्टै संसार छ गाउँमा पनि एक किसिमको रमाइलो जिन्दगि छ यो
काठमाडौँको खाल्डोभन्दा अलिक पराको तपाइको गाउँमा पनि रमाइलो संसार छ कहिलेकाहीं त्यहि संसारलाई पनि सम्झने गर्नुस भन्न मात्रै खोजेको हुँ अन्यथा नसोच्नु होला है दाई|" यति भन्दै उही पुरानै पारा दोहोर्यायो अट्टहाँसको!
"भैगो यार छोड्देउ यी सब कुरा सबैको आ-आफ्नै बाध्यता र बिबसता हुन्छन|" मेरो जवाफ थियो उसलाई थुम्थुम्याउन|
तर पनि उ मान्नेवाला थिएन त्यसैले भन्न थाल्यो " तपाईको चाही के बाध्यता थियो त दाई?"
मैले कुरो टुंग्याउने हेयले भने "भैगो छोदिदेउ यार यो कुरा|"
"बरु भन न यतिका दिन कता हराएका थियौ?" मैले उसलाई उसको भ्रमणको बारेमा प्रश्न गरें|
"फिरन्ते मान्छे जता मन लग्यो उतै जान्छु, गएको थिए बिराटनगरतिर!" उसको जवाफ थियो|
"यसरि फिरन्ते भएर मात्रै जीवन चल्छ त?" मैले पनि पेलेरै भने|"दाई हुन त म फिरन्ते भएर हिडेको छु, तर पनि म त्यसै हिडेको चाही छैन मेरो पनि आफ्नै लक्ष्य र उदेश्यहरु छन्, जुन लक्ष्य र उद्देश्य प्राप्तिका निम्ति मैले गर्नु पर्ने संघर्ष कठिन र दू:खदायी पनि छन्| तर पनि मलाई बिश्वास छ म कुनै दिन आफ्नो लक्ष्यमा पुगेरै छाड्छु र आफ्नो उद्देश्य प्राप्त गरेरै छाड्छु| तर दाई तपाई पनि एकपटक तपाइको जागिरबाट फुर्सद निकालेर यो कुवाको खल्दोबता बाहिर निस्केर हेर्नुस दाई अनि थाहा पाउनु हुन्छ घुमाइको मज्जा|" उसले केहि गम्भीर हुदै भन्यो|

"अनि सुनाउ न त तिम्रो भ्रमण कस्तो भयो?"
उसको कुराले उसको भ्रमणको बारेमा जान्ने इच्छा जगायो|
अरे दाई भ्रमण त बिन्दास भयो तर हाम्रो देशमा अझै पनि पुरानै र साघुरो सोच(Narrow Thinking) भएका मान्छेहरुको बाहुल्यता रहेको जानकारी पाएँ दाई| मानिस कहाँ बाट कहाँ पुगिसके तर हामी नेपाली भने खाली अरुकै कुरा काट्नमै व्यस्त रहन्छौ खाली अरुको नराम्रो सोच्न र अगाडी बढ्नेहरुको खुट्टा टन्न मात्रै जानेका छौ हामीले| राजनीति देखि घरनितीसम्म यस्तै भएर बिग्रेको छ| जसरि देशका तिन ठुला दल तिन तिर फर्केका छन् त्यसतै हुन्छ घरछिमेकमा पनि| हाम्रो समाजमा अझै पनि केटा र केटि गफ गरेको देख्दा वा संगै हिडेको देख्दा कुरा काट्नेहरु प्रसस्त हुन्छन चाहे तिनीहरु दाजुबहिनी होउन वा कुनै नातेदार| साला
हामी कहिल्यै सकरात्मक सोच्न जान्दैनौ| जे भए पनि त्यसलाई नकरात्मक मात्रै सोच्छौ| कुनै केटाले आफ्नो साथी(केटि) लै सहयोग गर्यो भने फलानाको फलानासंग खुब चल्दै छ रे नि भन्ने तात्तातो खबर समाज दौडाहामा निस्किन्छ| कुनै केटाले कुनै नातेदार केटीलाई आफ्नो कोठामा बास दियो भने उनीहरुको बिषयमा नानाभाती कुरा काटीन्छन| आखिर हाम्रो सोचाई किन फराकिलो हुन सक्दैन, आखिर किन समाज यति पुरातनबादी सोच राख्छ| अचम्म छ दाई यो समाजको पारा|"
यत्तिकैमा उसको फोनको घन्टी बज्न थाल्यो "हेल्लो!"
...................................
"OK I am coming in half an hour!"
"Sorry दाई! I have to go now!पछी कुरा गरौला नि है !"
यति भन्दै उ जना हतारियो| मैले खान खेर जाउ भनेपछि उ र म खान खान गयौ र खान खाएर उ बाटो लाग्यो| जादा जादै मिठो अट्टहाँस सहित B for बिन्दास गएँ है दाई! भन्दै उ बिदा भयो|

म यतिखेर बेडमा पनि मित्र मणिलाई नै सम्झेर बसिरहेको थिए म उसको कुरा सुनेर म अवाक भएको थिए| सधै प्राकृतिक सौन्दर्यताको कुरा गर्ने उ एक्कासी सामाजिक कुविचारको बारेमा बोलेको देखेर म अचम्ममा परे| मैले सोचेको थिए उसले केहि नया ठाउको जानकारी दिनेछ तर बिराटनगर घुमेर आएपछि उसमा एक किसिमको बितृष्णा पैदा भएको थियो सामाजिक कुविचार र साघुरो विचारप्रति| B for बिन्दास उसको यहि तिन शब्दहरु मेरो कानमा गुन्जिरहेका थिए यत्तिकैमा कतिखेर निदाए पत्तो भएन|

Monday, October 31, 2011

लाज नभएकाहरु, क-कसले देश र जनता लुट्दै छन्??

आज नागरिकमा प्रकाशित समाचार  

नक्कली भ्याट बिल प्रकरणमा ठूला व्यापारिक घरानासमेत मुछिए (४३७ फर्मको विवरणसहित)


बालकृष्ण ज्ञवाली, काठमाडौं, कात्तिक १४- नक्कली भ्याट बिल प्रयोग गर्ने ठूला व्यापारिक घरानासहित सरकारले ४ सय ३७ व्यापारिक फर्मको नाम सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले आइतबार उपलब्ध गराएको विवरणमा चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, जगदम्बा, दुगडजस्ता प्रतिष्ठित र बढी राजस्व तिर्ने समूहअन्तर्गतका व्यावसायिक फर्मसमेत छन्।

Friday, October 28, 2011

Bhai Tika (Bhai Tihar)

तिहारको पाँचौ तथा अन्तिम दिन नै भाइटिकाको दिन हो, जुन दिनमा दिदीबहिनीले दाजुभाईको सुख सम्वृद्धि सु-स्वास्थ्य र प्रगतिको कामनाका साथमा लामो जीवनको कामनाका साथ दाजुभाईको निधारमा सप्तरंगी टिका र मखमली फुलको माला जुन कहिल्यै नओइल्याउने बिश्वाश गरिन्छ, गलामा पहिर्याइदिन्छन्|

Thursday, October 27, 2011

गोबर्द्धन पुजा (हल तिहार)


सामान्यतय: तिहारको चौथो दिन पर्ने गोबर्द्धन पुजा कृष्णले सारा पृथ्वीको रक्षा गर्न र इन्द्रलाई पाठ पढाउन गोबर्द्धन पहाडको पुजा गरेको र इन्द्रले असिना पनि परेर सर गोकुलबासिलाई दुखबाट बचाएको र इन्द्रलाई पराजित गराएको उपलक्ष्यमा मनाइदै आएको बिश्वास गरिन्छ | यस दिनमा बर्षभरी खेतबारीको काममा प्रयोग गरिने गोरुको पनि पुजा गरि पिठो लगायतका खानेकुराहरु दिइन्छ| त्यसैले यस दिनलाई गोरु पुजा(हल तिहार) पनि भनिन्छ | यस दिनमा केटा मान्छेहरु देउसी खेलेर रमाइलो गर्छन | भने केटि मान्छे(आइमाई)हरु चाही भाइटीकाको तयारीमा ब्यस्त हुन्छन|

Wednesday, October 26, 2011

लक्ष्मी पुजा (गाई तिहार)

सामान्यतय: तिहारको तेस्रो दिन पर्ने तिथि/पर्व हो लक्ष्मी पुजा जसमा गाईलाई पनि पुजा गरिने हुदा गाई यस दिनलाई गाई पुजा पनि भानिन्छ| लक्ष्मी पूजा गरेर वर्षा भरि आर्थिक आभाव नहोस भनि माताजी संग प्रार्थना गरिन्छ | खुसि खुसि बाच्न सकौं भनेर मनाइने यस पर्वले हामीलाई “तमसो मा ज्योतिर्गमय” को आवास दिन्छ | जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा प्रवेश गर्न सकौं भन्ने संदेश यस पर्बले दिएको हुन्छ | यसै दिनलाई भारतमा दिपावली र दिवालिको रुपमा पनि ब्याख्या गरिन्छ | तर दुबैतिर धनकी देवी लक्ष्मीको पुजा गरेर र दिपावली गरेर मनाइन्छ| अभाव ग्रस्त जीवनलाई परिपूर्ण बनाएर आत्म ज्योतिको दिब्य प्रकाशको अनुभूति गर्न सकौं भन्ने संदेश दिपावलीले दिएको छ भन्दा फरक नपर्ला |

जन्मदिनको शुभकामना लक्ष्मी प्रसाद देवकोटाज्यू!

नेपाली भाषाका महाकवि लक्ष्मी प्रसाद देवकोटाको मृत्यु भएको बर्षौ बितिसके पनि उनको भौतिक शरीर मात्र मरेको र उनका कृतिहरुमा उनि जीवन्त रहेका छन्| त्यसैले भन्न मन लग्यो जन्मदिनको शुभकामना लक्ष्मी प्रसाद देवकोटाज्यू!

लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तिको अवसरमा मलाई मन परेको मध्येको एउटा उनको कृति पागल शिर्षकको कविता पढ्नुहोस् |

देशमै भए तिहारमा




-नील खड्का 
देशमै भए तिहार राम्रो, ठान्थेँ म पनि !
जस्तै भए नि खुसीसँगै, मान्थेँ म पनि !!

मूल घरमा बेग्लाबेग्लै, खाल जम्दाखेरि !
कौडा समाइ एउटा दाउ, हान्थेँ म पनि !!



तिहारमा जुवा खेल्ने, चलन नै हो भन्छन् !
हारे फिस्स जिते पैसा, तान्थेँ म पनि !!

गाउँघरका मिल्ने साथी, सबै भेला पारी !
नाच्दै नाच्दै देउसी खेल्न, जान्थेँ म पनि !!

पल्लाघरका कान्छादाइको. भाका कति मीठो !
भट्याउन उनै दाइलाई, लान्थेँ म पनि !!


Tuesday, October 25, 2011

Kukur tihar

The second day is called 'Kukur tihar', dogs day. A dog plays many roles in our society. We have dogs in our houses as guardian of the house. As the legend also says that there is a dog at yama's gate guarding the gate to the underworld. The dog is also the steed of the fearful Bhairab, the god of destruction. So on this day a big red tika is put on a dog's forehead and a beautiful garland around the neck. After worshipping the dog, it is given very delicious meal. This day the saying 'every dog has his day' comes true; for even a stray dog is looked upon with respect. We pray to the dog to guard our house as he guards the gate of the underworld and to divert destruction away from our homes. On this day you can see dogs running around with garlands on their neck.

Monday, October 24, 2011

काग तिहार अर्थात् तिहारको पहिलो दिन

हिन्दुहरुको दशैं पछिको दोश्रो महान चाड तिहार आजबाट सुरु भयो तिहारको पहिलो दिन आज अर्थात् काग तिहार (काग पुजा वा काग पर्व), कागहरुको पुजा गरेर तथा मिठाईहरु दिएर मनाइयो यसै(काग तिहार) सम्बन्धि केहि जानकारी यहाँ प्रस्तुत गरिन्छ

Sunday, October 23, 2011

हाम्रो चाडपर्व र भूत साहित्य

अबदेखि हामीले हाम्रो चाडपर्व(Our Festivals) र भूत साहित्य(Super-Natural Stories) गरि दुइवटा नयाँ स्तम्भहरु थप गरेका छौं| जस अन्तर्गत हाम्रो चाडपर्व(Our Festivals) स्तम्भमा हामीले हाम्रा चाडपर्वहरुको बारेमा जानकारी दिने गर्छौं| जसमा तपाईहरुको सहयोग पनि पाउने आशा गर्छौं| त्यस्तै भूत साहित्यअन्तर्गत समाजमा घटेका, सुनेका, केहि भोगेका, केहि देखेका भूतका कथाहरु, घटनाहरुबारेमा लेख्ने कोशिस गर्ने छौं| तपाईहरुसंग पनि यस्ता लेखहरु तथा रचनाहरु छन् भने हामीलाई तपाईको रचनाहरु हामीलाई मेल गर्नुहोस| हाम्रो मेल ठेगाना हो merothinking@gmail.com

Thursday, October 20, 2011

Libyan leader Muammar Gaddafi Killed [With Video]



लिबियाका शाषक मुहम्मर अल गद्दफिलाई गोलि हानी हत्या गरेको खबर यत्र, तत्र, सर्वत्र फैलिएको छ| उनको मृत्युमा कयौ खुसि छन् त कयौ दुखि पनि छन्| भन्नलाई बिद्रोहीहरुले हत्या गरेका भनी पनि यो हत्यामा अमेरिकाको पनि प्रत्यक्ष्य वा परोक्ष्य रुपमा हात रहेको कुरालाई नकार्न सकिन्न| आफ्नै गृहनगर सिर्टे जहाँ उनको जन्म भएको थियो,मा भूमिगत अवस्थामा रहेका गद्दाफिलाई गोलि हानी हत्या गरिएको पुष्टि अल्जजिरा टेलिभिजन तथा BBC लगायतका संचारमाध्यमहरुले गरेका छन्|

See how was Gaddafi taken out before Killed


हुसैन देखि गद्दाफीसम्म आइपुग्दा अमेरिका

Monday, October 3, 2011

बडादशैं २०६८ शुभ होस् | शुभकामना दशैंको ....

बडादशैं  २०६८को हार्दिक मंगलमय शुभकामना
बडादशैंसंगै  सम्पूर्ण नेपालीको घर आँगन र परिवारमा सुख, शान्ति र सम्वृद्धिले बास गरोस| तपाईको यो वर्ष मंगलमय होस् | सम्पूर्ण नेपालीहरु स्वस्थ रहुन, ब्यस्त रहुन | बिजया दशमी २०६८को उपलक्ष्यमा यहाँहरु सबैको सु स्वास्थ्य, दिर्घायु, तथा उत्तरोतर प्रगतिको कामना सहित बडा दशैँ २०६८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु |

NCELL-Here to loot Nepal

NCELLको रिचार्ज कार्ड  जति देखिएको हो त्यतिमै बेच्नुपर्ने कार्डलाई उपभोक्ता ठगेर बेच्ने गरिन्छ, गल्ति कसको??
NCELL-नेपालको दूरसंचार सेवामा नेपाल टेलिकम पछिको दोस्रो टेलिकम भर्खरै केहि समय अघि मात्र बिदेशी टेलिकम टेलियोसोनेरासंग सहकार्य गरेको टेलिकम! हालैका दिनहरुमा यसका सेवा तथा नेटवर्क बिस्तारमा आएको सुधारमा गिरावट आउन थालेको छ तै पनि ग्राहक थप्न छाडेको छैन। भर्खरै मात्र आफ्नो ग्राहक संख्या ६० लाखभन्दा बढी भएको जानकारी सार्वजनिक गरेको Ncellको सेवा सुविधा धेरै अवश्य छन् तर सबै बाध्यात्मक जस्ता र झुटा लाग्ने खालका छन् । उदाहरणका लागि तपाईले Ncell मा PRBT सेवा लिनुभयो भने प्रतिमहिना १०.४३ पैसा भ्याट बाहेक लाग्ने जानकारी पाइन्छ तर अर्को १० रुपैया भ्याट बाहेक काट्ने गर्छ, तर PRBT सेवा लिनेहरुमध्ये धेरैलाई यो कुरा थाहा नहुन सक्छ। अन्य सेवाहरुमा पनि यस्तै लुकेका रकमहरु हुने गरेको पाइन्छ। यो त भयो सेवाको कुरा अब लागौं NCELLको टावरको कुरा गर्न। टावरको कुरा गर्दा NCELL को नेटवर्कको गुणस्तर पनि खस्केको महसुस ग्राहकले गर्न पाउछन। कति प्या ठाउँमा यस्तो भैसक्यो कि तपाई मोबाइलमा कुरा गर्दै हुनुहुन्छ भने तपाई यता उता सर्दा मोबाइलमा Network Fail वा Unable To Connect जस्ता Message हरु देखा पर्न सक्छ र फोन काटिन्छ। अझ पनि गफै मिठा दिन्छ NCELL भन्छ With more than 60,00,000 Subscriber. एउटै ग्राहकलाई दुइवटा सिम दिने NCELL विज्ञापनकै भरमा ठुलो टेलिकम बन्न खोज्दै छ।

परदेशीको दशैं

--नील खड्का






यसपल्ट त्यस्तै भयो, आउने आशा मार्नु होला !
टीका लाउने साइतमा, फोटो पर सार्नु होला !!

कहिले आँसु कहिले हाँसो, यस्तै रै'छ जिन्दगानी !
हुन्न जित सधैंभरि, यस वर्ष हार्नु होला !!

याद आउला घरिघरि, कोठा मेरो रित्तै देख्दा !
भुल्नू मलाई दसैंभरि, बरु कोठा बार्नु होला !!

नदुखाउनु चित्त धेरै, बाँचे आउँला अर्को दसैं !
पराइले देख्लान् फेरि, लुक्दै, आँसु झार्नु होला !!

पाइन मैले अहिलेको साल, दसैं खर्च पठाउन !
ऋणसापट गरेर नि, दुःख सुख टार्नु होला !!

Monday, September 26, 2011

शहिद माने हत्या गरिएको मान्छे !

शहिद कस्तो व्यक्तिलाई भन्ने? भनेर हाम्रा राजनीतिकर्मीहरुलाई थाहा छैन कि क्या हो?? कुर्सीमा बस्दैमा जे मन लग्यो त्यहि निर्णय गर्न पाइन्छ? आफ्नो कुर्सि बचाउन हत्या भएको व्यक्तिलाई शहिद घोषणा गर्दा शहिदको सपनाले नासराप्ला र??
शहिद भन्नाले सामान्यतया देशको निम्ति आफ्नो प्राणको आहुति दिनसम्म जस्ता कार्यहरु गर्न पछी नपर्ने व्यक्तिहरुलाई बुझाउछ| विकिपीडियाले शहीद(Martyr)लाई यसरि परिभाषित गरेको छ:

Common features of stereotypical martyrdom
1. A hero A person of some renown who is devoted to a cause believed to be admirable.

2. Opposition People who oppose that cause.

3. Foreseeable risk The hero foresees action by opponents to harm him or her, because of his or her commitment to the cause.

4. Courage and Commitment The hero continues, despite knowing the risk, out of commitment to the cause.

5. Death The opponents kill the hero because of his or her commitment to the cause.

6. Audience response The hero’s death is commemorated. People may label the hero explicitly as a martyr. Other people may in turn be inspired to pursue the same cause.

सुरक्षाकर्मीको बाक्लै तैनाथी रहने क्षेत्रमा आज दिन दाहाडै गोली प्रहार गरी हत्या गरिएका इस्लामी संघ महासचिव फैजल अहमद कुन अवस्था र कारणले कसरि र किन शहिद भए| के उनले देशका निम्ति कुनै बलिदानी दिएका थिए वा त गच्छदारको कुर्सि जोगाउनै मात्र यिनलाई शहिद घोषणा गरियो?? पटक पटक हुने यस्ता घटनामा सुरक्षाकर्मी देखि राजनीतिक उच्च तहसम्मकै संलग्नता हुदैनथ्यो भने किन अपराधीले सुरक्षा व्यवस्थालाई नै चुनौती दिदै कडा सुरक्षा व्यवस्था हुने ठाउँमै हत्या गरेर फिल्मी पारामा हत्यारा फरार हुन्छ अनि प्रहरी चाही लाटाले पापा हेरेझैँ टुलुटुलु हेर्दै बस्छ? आज हत्या भएको ठाउँको बारेमा थाहा छ तपाईहरुलाई ? उही त हो नि सर्वाधिक सुरक्षित मानिने र सुरक्षाकर्मीको बाक्लै तैनाथी भएको घण्टाघर जहाँबाट ५० मिटर जतिको दुरीमा महानगरीय प्रहरी आयुक्तको कार्यालय नजिकै जहाँ एउटा सीआरबी भ्यान २४ घण्टै तैनाथ रहन्छ|३० मिटर उत्तरको दूरीमा संस्कृत छात्राबासको सुरक्षाका लागि सशस्त्र प्रहरीको सुरक्षा युनिट तैनाथ छ। त्यसको २ मिनेटको दूरीमा महानगरीय प्रहरी वृत्त दरबारमार्ग छ। आक्रमणकारी भागेको दिशातर्फ नेपाल एकेडेमीको सुरक्षार्थ २४ घण्टै प्रहरी तैनाथ रहन्छ। एकेडेमी नजिकै रहेको अमेरिकी राजदूतको निवासको सुरक्षामा अत्याधुनिक हतियारसहित सशस्त्र प्रहरी २४ घण्टै ड्युटीमा रहने गर्छ।

पटक पटक यस्तो फिल्मी घटना घट्दा पनि सुरक्षा निकाय मौन हुन्छ, सुरक्षा निकाय सधै अपराधीको नजिक नजिक पुग्छ तर अपराधीसम्म भने पुग्न सक्दैन| यस्तो अवस्थामा सुरक्षा निकायलाई मजबुत पर्ने त कता हो कता केहि राम्रो काम गर्ने प्रहरी अधिकृतहरुलाई सरुवा गर्न तर्फ लाग्छ सरकार| अनि एउटाले आएर एउटालाई मारिदिन्छ, मृतकको परिवारले आन्दोलन गर्छ, सरकारले क्षतिपूर्ति दिने र मृतकलाई शहिद घोषणा गर्छ अनि बार्ता टुंगिन्छ र देशमा एउटा नामी शहिदको संख्या थप हुन्छ| हत्यारा फेरी अर्को शहिद खोज्न थाल्छ| यस्तै रहेछ यहाँको चलन!

यहानिर हाम्रा गृहमन्त्रिज्युलाई सायद थाहा छैन कि शहिद कस्तो व्यक्तिलाई भनिन्छ| अनि क्षतिपूर्ति पाउदैमा र शहिद घोषणा गर्दिदैमा मान्ने परिवार पनि कस्ट होलान मान्छे मर्दाको क्षति पनि कहिँ पूर्ति हुन सक्छ र?? हाम्रो देशमा यस्तै रहदै गर्ने हो भने हामीलाई पनि कुन दिन हत्याराले शहिद बनाइदिन्छ र सरकारको यस्तै निरीहता र सुरक्षा निकायको यस्तै चाला हो भने देशमा जनसंख्या भन्दा पनि बढी शहिद नबन्लान भन्न सकिने स्थिति छैन|
हाम्रो कानुनमा किन व्यवस्था छैन शहिद कस्तो व्यक्तिलाई भन्ने भनेर? अनि हाम्रा राजनीतिकर्मीहरुलाई पनि थाहा छैन कि क्या हो शहिद भनेको कस्तो व्यक्ति हो?? कुर्सीमा बस्दैमा जे मन लग्यो त्यहि निर्णय गर्न पाइन्छ? आफ्नो कुर्सि बचाउन हत्या भएको व्यक्तिलाई पनि शहिद घोषणा गर्दा शहिदको सपनाले नासराप्ला र?? प्रश्न तपैहरुका लागि......

Wednesday, September 7, 2011

बाबुराम सरकारसंगै प्रचण्ड, वैद्य र पुनको परीक्षाको घडी सुरु


सपथग्रहण लगत्तै मुस्तांग म्याक्स चढेर स्वदेशी उत्पादनलाई बढावा दिने र सरकारी व्यय कम गराउने लक्ष्य लिएका डा.बाबुराम सरकारमा जानेबित्तिकै सबैमा एउटा तरंग पैदा भएको छ| कोहि बाबुरामले केहि गर्छन भन्नेमा आशाबादी छन्, त केहि बाबुरामले चाहेर मात्रै केहि गर्न सक्दैनन् प्रचण्डले गर्न दिदैनन भन्ने तर्क राख्छन, यद्यपी उनले केहि गर्दैनन् उनि पनि कान चिरेकै जोगी सरह हुन् जसरी पुराना पूर्वप्रधानमन्त्रीहरुले फोटो झुन्ड्याए त्यसैगरी जाने मात्रै हुन् भनेर अड्कलबाजी गर्नेहरु पनि नभएका होइनन| सपथ ग्रहणलगत्तै दुइ सदस्यीय मन्त्रीमण्डल गठन गरेर संबिधानसभाको मितिलाई ३ महिना लम्ब्याएका उनले केहि दिनमै मन्त्रीमण्डल पूर्ण गराउन मन्त्रालय टुक्र्याउने जस्ता कार्य पनि गरे| लगत्तै शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउन क्यान्टोनमेन्टका लडाकुका हतियार भण्डारण गरिएका कन्टेनर चाबी बिशेष समितिलाई बुझाएर महत्वपुर्ण कदम चाल्नुका साथै सैनिक कमाण्डरलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिए| जसबाट उनि पार्टीमा वैद्य खेमाका लागि बिरोधको बिषय बने भने जनता र केहि बुद्धिजीवीहरु भनाउदाहरुको माझमा सैनिक कमाण्डरलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर देशलाई कता लैजान खोज्दै छन् भन्ने बिषयको बहसमा चर्चाका पात्र बने|

अब डा. भट्टराईमाथि बिश्वास गर्नेहरुले भट्टराईले केहि गर्छन भन्ने ठुलो सपना बुनेका छन् तर भट्टराई एक्लैले केहि गर्न सक्दैनन्| अहिले भट्टराई सरकारका अगाडी थुप्रै बाटोहरु छन् भने थुप्रै कठिनाई हरु पनि छन्| क.प्रचण्ड बाबुरामलाई प्रधानमन्त्री भएको देख्न चाहदैनथे तर जनताको बिश्वास जितिसकेका उनलाई अन्य दलहरुबाट पनि समर्थन हुने र भारतले पनि केहि लचकता प्रदर्शन गर्ने देखेपछि क.प्रचण्डले बाबुरामलाई असक्षम बनाउन यो तिन/चार महिना गरि खाओस न त भन्ने हेतुले बाबुराम लाई प्रधानमन्त्री हुन दिएको विश्लेषण गर्नेहरुमझ डा.भट्टराई सरकारलाई क.प्रचण्डले समर्थन गरेर शान्ति प्रक्रिया र संविधान निर्माणलाई मंग्सिर १४ सम्ममा टुंगो लगाउने चुनौती देखा परेको छ|

यसै पनि कांग्रेस र एमाले जस्ता दोश्रा र तेस्रा ठुला दलहरु प्रतिपक्षी भएको अवस्थामा शिविरका हतियारका कन्टेनरहरुका चाबी बिशेष समितिलाई बुझाउने निर्णय गराएर कार्यान्वायन गराउने बित्तिकै देखि वैद्य खेमाले उनको बिरोध सुरु गरिसकेको अवस्था छ| एकातिर दोश्रा र तेस्रा ठुला दलहरु प्रतिपक्षमा छन् भने अर्कातिर आफ्नै पार्टीबाट असहयोग र विरोध सुरु भएको अवस्थामा भट्टराई सरकारलाई कम गर्न हम्मेहम्मे पर्ने निश्चित छ| स्वच्छ छवी भएका र जनताको बिश्वास जित्न सफल भएका भट्टराईको प्रधानमन्त्रीत्वमा बनेको सरकारमा मधेशका मुद्धालाई पुल बनाएर राजनीतिमा लागेकाहरु पनि परेका छन् जसले भट्टराई सरकारको स्वच्छ छविमाथि प्रश्नचिन्ह खडा गर्न नसक्ला भन्न सकिन्न| त्यसैले भ्रष्टाचारमा विद्यावारिधि गरेका यी महारथिहरुलाइ इन्जिनियरिंगमा विद्यावारिधि गरेका बाबुरामले ‘भ्रष्टाचार गर्नु महापाप’ हो भन्ने बुझाउन सक्नु पर्छ जुन कार्य अत्यन्तै कठिन र लगभग असम्भव नै छ|

सैनिक कमाण्डरलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकाले बर्षमानले हतियारमा लगानी गर्ने हुन की देशबिकाशमा गर्ने हुन् भन्दै भट्टराई सरकारको आलोचना गर्नेहरुलाई भट्टराई र बर्षमानले देखाउनु छ कि बर्षमानको अर्थनीति कस्तो छ? डा, र वैद्यको झगडाले देशलाई फेरी कता पुर्याउने हो भन्नेहरुलाई भट्टराई र वैद्य फेरी पनि मिलेर देखाउन सक्नुपर्छा जसरि प्रचण्डलाई पार्टीमा एक्ल्याउना उनीहरु मिलेका थिए| अन्य डाक्टरहरुले बिरामीको उपचार गर्थे तर डा.भट्टराईले देशको उपचार कसरि गर्लान कुन्नि?? भन्ने हरुलाई केहि गरेर देखाउनु छ भट्टराईले| त्यसैले अहिलेको समय बाबुराम भट्टराई र भट्टराई सरकारको परीक्षाको मुख्य घडी त हुदै हो साथसाथै क.प्रचण्ड, क.वैद्य र क.पुनको पनि परीक्षाको समय हो यो! त्यसैले हेर्नु छ को को उतिर्ण हुन्छन र को को अनुतिर्ण हुन्छन यो परिक्षामा??

Thursday, September 1, 2011

रुप बदल्ने घर

शिर्षक पढेर नै तपाईहरु पक्कै पनि अचम्ममा पर्नु भयो होला हैन? किनकि तपाईहरुले केवल रुप बदल्ने प्राणी वा सजीवको बारेमा पनि कमै मात्र पढ्नु भएको वा सुन्नुभएको होला ? तर प्रकृतिलाई चुनौती दिने विज्ञानको सिर्जना गर्ने मानवको अचम्मको चमत्कार नै मान्नुपर्छ Franceको Parisको Georges V Aveस्थित trompe-l’oeil नामकरण गरिएको बिल्डिंगलै यस्तो तरिकाले डिजाइन गरिएको छ कि झट्ट हेर्दा यो कुनै ठुलो आकारको क्यान्भासमा बनिएको चित्र झैँ देखिन्छ| तपाईहरु सोच्दै हुनुहुन्छ कि चित्र जस्तो देखिने घरले कसरि रुप फेर्छ त? यो बिल्डिंग सामान्य बिल्डिंगजस्तो हैन भनेर त तपाईले थाहा पाईसक्नु भयो| जसरि लज्जावती झारलाई तपाइले छुदा आफ्नो पातहरु खुम्चने र पछी पुन: पुरानै स्थितिमा आउने गर्छ ठिक त्यस्तै यसले पनि समयानुसार पग्लने र पुरानै अवस्थामा आउने जस्तो हर्कत गर्दछ|

यो घरको फोटो झट्ट हेर्दा फोटोशपको कमाल झैँ देखिए पनि यो Franceको Parisस्थित Georges V Ave भन्ने ठाउमा टावर देखि च्याम्प्सतर्फको बाटोमा अवस्थित छ|
छैन त साच्चै रमाइलो अनि अचम्मको तपाई पनि franceमा हुनुहुन्छ र यो ठाउँ भ्रमण गर्नुभएको छैन भने एकपटक अवस्य पनि भ्रमण गर्नुहोला |

Tuesday, August 16, 2011

गुगलले मोटोरोला किन्ने


न्युयोर्क, साउन ३१ (रोयटर्स)- गुगल इन्कपोर्रेसनले मोटोरोला मोबिलिटी होल्डिङ्ग इन्कपोर्रेसनलाई १२ अर्ब ५० करोड डलरमा किन्ने भएको छ। गुगलले मोबाइल सफ्टवेयर एन्ड्रोइडको बजार प्रवर्द्धन गर्न र एप्पललगायतका स्मार्टफोनसँग प्रतिस्पर्धा गर्न यो निर्णय गरेको जनाएको छ।
गुगलले यसलाई हालसम्मकै ठूलो सम्झौता भनेको छ। यसका लागि गुगलले मोटोरोलालाई प्रतिकित्ता ४० डलर तिनेर्छ। यो मूल्य मोटोरोलाको शुक्रबार न्युयोर्क स्टक एक्सचेन्जमा कायम मूल्यभन्दा ६३ प्रतिशत बढी हो।

'यो सम्झौताबाट गुगलले हार्डवेयर सफ्टवेयर दुवै व्यवसायमा हात हाल्न खोजेको देखिन्छ,' बिजिपि पार्टनर्सका विश्लेषक कोलिन गिलिसले भने। समाचार सार्वजनिक भएपछि मोटोरोलाको सेयर मूल्य सोमबार ५९ प्रतिशत बढेको छ।

गुगलको मोबाइल सफ्टवेयर 'एन्ड्रोइड' ले विश्व स्मार्टफोन बजारको आधा हिस्सा लिएको छ। अनुसन्धान संस्था क्यानलिसले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार एसिया-प्रशान्त क्षेत्रमा यसको दबदबा छ। गुगलले २००५ मा खरिद गरेको 'एन्ड्रोइड'लाई २००८ मा स्मार्टफोनका लागि सार्वजनिक गरेको थियो।
अहिले एन्ड्रोइडको प्रयोग प्रायः सबै ठूला मोबाइल फोन निर्माताहरूले गरिरहेका छन्। जसमा एचटिसी, एलजी, मोटोरोला र सामसङ छन्। क्यानलिसले विभिन्न ५६ मुलुकको बजारलाई हेरेर प्रतिवेदन तयार पार्छ। त्यसमध्ये ३५ मुलुकमा 'एन्ड्रोइड' एक नम्बर स्मार्टफोन प्लेटफर्म रहेको उसले जनाएको छ। यसको बजारको हिस्सा ४८ प्रतिशत छ।

स्मार्टफोन बजारमा गुगलको सबैभन्दा नजिकको प्रतिस्पर्धी एप्पलको हिस्सा १९ प्रतिशतमात्र छ। एप्पलले पनि आफ्नो बजार हिस्सा बढाउन संसारको सबैभन्दा ठूलो मोबाइल निर्माता कम्पनी नोकियालाई पछाडि पारेको छ। स्मार्टफोनको मामलामा सामसङसमेत नोकियाको अगाडि आएको छ। क्यानलिसले नोकियाको कमजोरीको फाइदा उठाएर अघि बढ्न सामसङ अझै सक्षम नभएको विश्ले षण गरेको छ।

'नोकियाको कमजोरीको फाइदा उठाउँदै बजार विस्तार गर्ने सबैभन्दा ठूलो मौका सामसङले पाएको छ, तर अझैसम्म सामसङले विश्व बजारमा पकड जमाउन सकेको छैन, ' प्रतिवेदनमा छ। सामसङले यो वर्ष १ करोड ७० लाख वटा स्मार्टफोन बेचेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ सय २१ प्रतिशतले बढी हो। कम्पनीले 'एन्ड्रोइड'बाहेक अन्य स्मार्टफोन पनि बिक्री गर्छ।

'एन्ड्रोइड' लोकप्रियताको घोडामा सवार भइरहेको छ, तर यसको बढ्दो लोकप्रियता गुगल र यसका निर्मातालाई टाउको दुखाइ पनि भएको छ। 'ओरेकल' कम्पनीले 'एन्ड्रोइड'विरुद्ध मुद्दा हालिदिएको छ। यो सफ्टवेयरमा मोबाइल ह्यान्डसेट निर्माता एप्पल र माइक्रोसफ्टले पनि दाबी गरेका छन्।

माइक्रोसफ्ट र एन्ड्रोइड ह्यान्डसेट बनाउने केही कम्पनीबीच भएको सम्झौताले गर्दा उसले केही रकम त पाइरहेको छ। तर माइक्रोसफ्टले धेरै रकम माग गरिरहेको छ। माइक्रोसफ्टले आफूसँग नोर्टल प्याटेन्ट लाइसेन्स भएको दाबी गर्दै आएको छ।

यही लाइसेन्सको बलमा गुगललाई पछार्न अघिल्लो महिना एप्पल, माइक्रोसफ्ट र ब्याल्कबेरी बनाउने रिसर्च इन मोसन(आरआइएम)ले गठजोड गरेका थिए। नोर्टलको प्याटेन्ट लाइसेन्सका कारण गुगललाई मोटो रकम कमाइ हुँदै आएको छ। अब यो गठजोडका कारण नयाँ कानुनी लडाइँ हुनसक्छ ।

Monday, August 15, 2011

नसुध्रने पागल प्रेमीहरु र नचेत्ने पागल प्रेमिकाहरु

प्रेम यस्तो सम्बन्ध हो जसलाई कसैले पनि अहिलेसम्म सबैलाई चित्तबुझ्दो गरि परिभाषित गर्न सायदै सकेका होलान | प्रेम भन्नाले कस्तो सम्बन्ध बुझिन्छ भनेर पनि परिभाषित गर्न सायदै सम्भव हुन्छ | अहिले प्रेमलाई बुझ्ने युवाजमातले खाली प्रेमी र प्रेमिका बिचको सम्पूर्ण खाले सम्बन्धलाई नै प्रेम मान्छ |

तर प्रेमको परिभाषा सिमित र परिभाषित गर्न सकिने खालको भने अवश्यै पनि छैन | प्रेम व्यक्तिगत र नितान्त व्यक्तिगत कुरा हो यद्यपी यदाकदा समाचारमा छाइरहने बिषय पनि हो यहि प्रेम | प्रेमलाई समाचारमा ल्याउन मुख्य भूमिका खेल्ने दुइ किसिमका पत्रहरु हुन्छन ति न कुनै सकारात्मक हुन्छन न त कुनै नकारात्मक नै ति हुन्छन त केवल पुलिंगी वा पुरुष(प्रेमी) र स्त्रिलिंगी वा महिला(प्रेमिका)|
Hatred ever kills, love never dies. Such is the vast difference between the two. What is obtained by love is retained for all time. What is obtained by hatred proves a burden in reality for it increases hatred.

प्रेमी र प्रेमिका बिचको असमझदारी, झगडा वा रिस र डाहाले नै प्रेमलाई प्राय: समाचारमा ल्याउन मुख्य भूमिका खेल्छ | जसको पछिल्लो उदाहरण बनेका छन् लण्डनमा बसोबास तथा पढाई गरेर आएका पागल प्रेमी सुवास उप्रेती | उनले पनि केहि पुराना अभियुक्त जस्तै युवतीको अपरहण पश्चात हत्या गरि फिरौतीको लागि बार्गेनिंग गरेका थिए |

तर फिरौती असुल्न भने उनि असफल भए | चाहे ख्याती प्रकरण होस् वा त रोजी प्रकरण वा अन्य कुनै प्रकरण समाजमा हुने अपराधमा पागल प्रेमी र पागल प्रेमिकाको कारणले समाजमा अपराध बढिरहेको यो पंक्तिकार ठहर गर्दछ |

तर अचम्म यो समाजमा समाचार सुन्ने वा पढ्ने र त्यसलाई मनन गरि आफूलगायत आफ्ना साथी वा दाजुभाई दिदीबहिनी छोराछोरीहरुलाई निगरानीमा राख्ने तथा सहि बाटोमा हिड्न उत्प्रेरित गर्ने मानिस छैनन् जस्तो छ | नत्र यस्तो घटना बारम्बार घट्दा घट्दै र समाचारमा आइरहदा रहदै किन प्रेमिकाहरु अन्धो भएर प्रेमिहरुसंग दिनरात नभनिकन लहसिएर हिड्छन, किन ख्याती वा रोजी आफु हुन सक्ने बारेमा सोच्दैनन्?

कुरा आजको हो जब मा कार्यालयबाट घर फर्कदै थिए तब दुइजना मस्त लड़किहरु दुइ जना ट्यापे पाराका केटाहरुसंग मस्केर बसिरहेका थिए | छनलाई त उनीहरु बसभित्र थिए तर उनीहरुको हर्कत देख्दा लाग्थ्यो कि उनीहरु पब्लिक बसमा होइनन कुनै क्याफे वा कुनै पार्क अथवा आफ्नै प्राइभेट कारभित्र थिए | उनीहरुलाई देख्दा लाग्थ्यो यिनीहरु पनि कुनै दिन रोजी वा ख्याती हुन बेर लाउदैनन |

अरे यार! अचेलका महिलाहरु पनि बुझिनसक्नुका छन् बा! उनीहरुको शरीर चाही देखाउने पर्ने त्यस्तो के रहेछ बरु मछिन्द्रनाथको भोटो ठुलो हुन्छ होला ति केटीहरुको कपडा त्यो भन्दा छोटो र सानो हुन्छ | हामीलाई सानातिना कट्टु लगाउदा पनि लाज लाग्छ तर यी महिलाहरुलाई भने पाए देखि अन्डरवयर मात्र लाउन पाए अझ खुसि होलान जस्तो पो छ त बा! खैर यी त भए केटीहरुका स्वभाव |

प्रेमको नाममा हुने विकृतिमा जति दोष पुरुषको हुन्छ उति दोष महिलाको हुन्छ, जति दोष प्रेमी-प्रेमिकाको हुन्छ उति नै दोष प्रेमी-प्रेमिकाका बाबु-आमाको पनि हुन्छ भन्ने यो पंक्तिकारको ठहर छ | यद्यपी प्रेम आफैमा पबित्र र व्यक्तिगत कुरा हो तर पनि कहिलेकहिँ रोजी महर्जनको अन्धो प्रेम र सुवास उप्रेतीको धोकालाई सम्झने हो भने त प्रेमदेखि नै घृणा लगेर आउँछ |

यद्यपी यसो भन्दैमा प्रेम नै नगर्नु भन्ने मेरो तर्क होइन तर प्रेम गर्दा र डेटिङ्ग जाँदा केहि कुरामा केहि ख्याल गर्ने हो भने रोजी महर्जन हुनबाट जोगिन केहि सम्भव हुन्छ भन्ने मात्रै मेरो मान्यता हो | प्रेम गर्दा र डेटिङ्ग जाँदा निम्न कुराहरुमा मात्रै ख्याल गरे पनि केहि हदसम्म राम्रो हुन्छ भन्ने पंक्तिकारको ठहर हो |

१. आफ्नो प्रेमी वा प्रेमिकाको आचरण कस्तो छ ? उसको पारिबारिक धरातल कस्तो छ र उ कस्तो पृष्ठभूमिको मान्छे हो?

२. आफुलाई उसले साच्चै प्रेम गर्छ/गर्छे वा समय कटाउने मेलो मात्रै बनिरहेको छ/छे!

३. उसले भेट्न बोलाउंदा कस्तो ठाउँमा बोलाउँछ/बोलाउंछे?? एकान्तमा भए सकेसम्म जाँदै नजानु वा जनै परेपनि साथी लिएर जानु राम्रो हुन्छ |

४. उसका समस्याहरुलाई सुनिदिने, समाधान गर्ने प्रयास गर्ने जस्ता कार्यहरुबाट पनि केहि सुधार हुनसक्छ |

५. अफुहरुमा बिचमा भएको Miss understandingलाई ठुलो Issue नबनाईकन सकेसम्म चांडो भन्दा चांडो समाधान गर्ने |

हरेक दिन समाचारमा आउने हत्या हिंसाको घटना भन्दा नितान्त फरक खालका यस्ता घटना फिल्मी झैँ लागे पनि साच्चै नै समाजमा घटना सक्छ भन्ने प्रशस्त उदाहरणहरु आँखाको अगाडी हुँदा हुँदै पनि पुतलीले बत्ति खोजे झैँ नसुध्रिने पागल प्रेमी खोज्दै Dating जाने, नचेत्ने पागल प्रेमिकाहरुलाई भीरबाट खस्न लागेको गाईलाई झैँ राम राम भन्नु बाहेक काँध थाप्न जान सकिदैन भन्ने यो पंक्तिकार ठहर गर्दछ | यदि प्रेमी प्रेमिकाहरुले आफ्नो आचरणमा सुधार गर्ने र आफ्नो लवाई-खवाईमा ध्यान दिने हो भने समाजमा घट्ने यस्ता घटनालाई न्यूनीकरण गर्न मद्दत पुग्छ भन्ने यो पंक्तिकारको ठहर छ |