Tuesday, November 8, 2011

माया-प्रेम कि घृणा-तिरस्कार/ प्रगति कि दुर्गति?

राम लक्ष्मण साच्चै रामायणको राम लक्ष्मण जस्तै मिलेर बसेका थिए| एउटै व्यबसायमा लागेका थिए, एउटै कोठामा संगै खान्थे, बस्थे | तर केहि दिनदेखि उनीहरुको सम्बन्धमा एउटा अचम्मको परिवर्तन आएको थियो| उनीहरुको बोलचाल हुन पनि कम भएको थियो| संगै बस्थे तर दुवै जना नजानिदो पाराले टाढिदै थिए| हुन त उनीहरुको बिचमा हाड, छाला, रगतको कुनैपनि सम्बन्ध थिएन यद्यपी उनीहरु एउटै घरका दुइ दाजुभाई जस्तै मिलेर बसेका थिए| यिनीहरु दुवै एउटै गाउँका थिए यद्यपी राम धनि बाउको एक्लो छोरो थियो भने लक्ष्मण गरिबीको चपेटामा परेको धनेको पाँच छोरोमध्येको कान्छो र एकमात्र जीवित छोरो थियो (उसका दाजुहरु उसको आमासंगै पहिरोमा पुरिएर मरेका थिए भने धनेले लक्ष्मणलाई जसोतसो दुख गरेर पालेको थियो)| राम लक्ष्मण बच्चैदेखि एकदमै मिल्ने साथीहरु थिए, अझ भनौ संगै हुर्के-बढेका यिनीहरु साथी हैन दाजुभाई जस्ता थिए| यिनीहरु बीच सबै कुरा चाहे सानो होस् चाहे ठुलो वा बिपत्तिकै कुरा किन नहोस सबै 'Share' हुन्थ्यो| लक्ष्मण काममा बहुतै इमान्दार र मिहिनेती अनि मिलनसार पनि भएको र आफ्नै मन मिल्ने साथी पनि भएकोले रामले उसलाई आफ्नो व्यबसायमा संलग्न गराएको थियो| यद्यपी लक्ष्मणको कुनै पनि लगानी नभए पनि काउन्टर सबै उसले जिम्मा पाएको थियो भने उसलाई आवश्यक पर्दा उसले रामलाई नसोधी खर्च गर्न सक्थ्यो| यस्तो सम्बन्धमा एकाएक केहि दिनदेखि परिवर्तन आएको थियो|
राम एकाएक परिवर्तन भएको थियो| उ कसैसंग पनि नबल्ने भएको थियो, भने एकान्तमा बस्ने, अध्यारो मुख लगाउने, झर्को मान्ने जस्ता अनेक हर्कतको प्रदर्शन गर्न थालेको थियो| उसमा एक्कासी आएको यो परिवर्तन देखेर लक्ष्मणलाई अचम्म लागेको थियो| उसको यस्तो हर्कत देखेर लक्ष्मण दिक्क मान्न थालेको थियो| सुरुसुरुमा त सोच्यो, कुनै चिन्ता पर्यो होला अथवा सन्चो भएन होला नत्र यस्तो हर्कत देखाउने मान्छे त होइन यो! तर धेरै दिनसम्म पनि उसको यहि हर्कत रहेपछि लक्ष्मणले मुख खोल्ने निर्णय गर्यो र सोध्यो "हैन राम तँलाई अचेल के भएको छ? बोल्न पनि उति मन गर्दैनस,खाली अध्यारो मुख लगाउछ्स, टोली रहन्छ्स|"
राम जवाफ दिन पनि मन नभई नभई बोल्छ "हैन त्यस्तो केहि पनि भएको छैन?"
लक्ष्मण हेर! राम आजसम्म हामीबीच कुन्चाही कुरा 'Share' भएको छैन जुन तँ लुकाउन चाहन्छ्स | सबै कुरा 'Share' हुने हामीबीच फाटो ल्याउने यो कुन कुरा हो?? कि तँलाई सन्चो छैन भने भन के भएको छ, अस्पताल जानुपर्यो| हैन भने यस्तो हर्कत नदेखा!
राम एक्कासी झर्केर बोल्छ "ह्या! केहिपनि भएको छैन तँ आफ्नो काम गर न जा खाली किन कचकच गर्छस|"

रामको पाराले दिक्क भएको लक्ष्मणले अब रामको कुनै पनि पक्षमा ध्यान दिन छाड्यो| बिस्तारै उनीहरुबीच फाटो आउने लगभग पक्का पक्कि भएपछी लक्ष्मणले आफ्नो बाटो तताएर विदेश गयो| यता रामको व्यापार भने दिनानुदिन खस्कदो थियो| उता लक्ष्मण बिदेशमा राम्रो काम गरेर राम्रो आम्दानी गर्न थालेको थियो| दिनहरु बित्दै थियो| यत्तिकैमा एकदिन लक्ष्मणले रामको बिबाह उस(राम)कै प्रेमिकासंग भएको थाहा पायो | उसले यसलाई कुनै ठुलो वा आश्चर्यजनक घटनाको रुपमा लिएन| यस्तैमा उसले एक दिन फेरी रामको खबर पायो | यो घटना भने बडो आश्चर्यजनक र दुखद घटना थियो| स्वास्नीको कुरामा लगेर रामले घर छाडेको खबर भर्खरै लक्ष्मणले पायो| जुन घटनाबाट लक्ष्मण दुखि भयो तर उ दु:खी हुनबाहेक गर्न पनि केहि सक्दैनथ्यो|

समय बित्दै जाँदा लक्ष्मण विदेश गएको पनि दुइ बर्ष बितेछ| दुइ बर्ष उ आफ्नो गाउँ फर्क्यो| सोचेको थियो उसको साथी रामले ठुलै प्रगति गर्यो होला तर बिडम्बना उसको साथी राम त बौलाएछ|
........क्रमश:

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |