Wednesday, June 20, 2012

SLC फेल बिध्यार्थिहरु किन गर्छन आत्महत्या ??

भर्खरै मात्रै आएको SLC परीक्षाको परीक्षाफल प्रकाशित हुने बित्तिकै बिध्यार्थिहरुद्वारा आत्महत्या भन्ने खबरहरु भटाभट आउन थाले । १० जनाले आत्महत्या गरेको सम्म त समाचारमा नै आयो । आखिर किन गर्छन त SLC फेल बिद्यार्थीहरु आत्महत्या जस्तो कार्य राजेश घिमिरेको एक रिपोर्ट:

SLC परिक्षाफल प्रकाशित भएपछी काठमाडौंमा निरुता कार्की, रुविना कार्कीले आत्महत्या गरेका थिए। धादिङ ज्यामरुङकी १७ वर्षे रेश्मा कँडेल, विराटनगरकी मधु देवान, नेपालगन्जकी प्रतीक्षा शर्मा, पाल्पाकी सरिता राना र जनकपुरकी सेखाकुमारी सिंहले एसएलसी अनुत्तीर्ण भएपछि आत्महत्या गरेका छन्। त्यस्तै बाँके शमशेरगन्ज-७ का १६ वर्षे नेत्रबहादुर थापाले बिषादी खाएर आत्महत्या गरेका छन् । कन्चनपुर, सुडा-२ की २० वर्षे आशा रैकालले झुन्डिएर आत्महत्या गरेकी छन् । सिन्धुपाल्चोक, पांग्रेटारकी १७ वर्षे सुशीला तिमल्सिनाले पनि बिहीबार बेलुकै डोरीको पासो लगाएर आत्महत्या गरेकी छन् । ठानामौला गाविस-९ अर्चलेकी १७ वर्षीया दुर्गा अधिकारीले बिहीबार दिउँसो कालीगण्डकीमा हामफालेर आत्महत्या गरेकी हुन्। ठानामौलास्थित जनज्योति उच्चमाविकी एक्जाम्टेड परीक्षार्थी अधिकारीले पूरकमा समेत उत्तीर्ण हुन नसकेपछि आत्महत्या गरेको बताइएको छ ।

Friday, June 8, 2012

बेरोजगारी र अपराध


वा हाम्रो देश अनि हाम्रो देशको सरकार ! हाम्रो देश जहाँ जागिर नपाएर मास्टर्स गर्दै गरेका बिद्यार्थी मर्छन, झिंगा मरे झैँ हुन्छ | तर एउटा जड्याहा मर्यो भने बरु सहिद घोषणा गरिन्छ र परिवारले क्षतिपूर्ति पाउछन | यस्तै छ यहाँको चलन | यहाँ बोल्नेको पिठो मात्रै हैन कुहिएको मकै पनि बिक्छ तर नबोल्नेको चामल त के बहुमुल्य गहना पनि बिक्दैन | हाम्रो देश जहाँ सुरक्षा व्यवस्था एकदमै कडा छ त्यहि दिनदिनै गोलि लगेर मानिसको हत्या हुन्छ, मानिस घाइते हुन्छन तर सुरक्षा निकायले कहिले पनि अपराधी सार्वजनिक गर्दैन | सार्वजनिक गर्छ त अपराधीको स्केच त्यो पनि अधुरो | हो यस्तै छ हाम्रो देशको हालत अनि यस्तै छ यहाँको चलन | अस्ति भर्खर मात्रै गोलि लागेर सर्वोच्चका न्यायाधिश राना बहादुर बम मारिए | लगत्तै अपराधी कालो पल्सरमा आएको भन्दै सबै काला पल्सरवालाहरुलाई पक्रदै पल्सर्लाई नियन्त्रणमा लिइयो | तर हात लग्यो शुन्य भएपछी सबैलाई छोडियो तर हत्याको ५/७ दिनपछि स्केच त सार्वजनिक गरियो तर नाक मुख र टाउको त देखिदैन देखिन्छ त खाली आँखा र निधार | अब कसलाई हत्यारा भनेर प्रहरीमा खबर गर्नु जनताले?? यो त भयो प्रहरीको सफलता असफलताको कुरा | तर यहाँ त प्रहरीलाई नै पनि बिश्वास गर्न गार्हो छ आज मात्रै खबर आयो प्रहरी नै अपराधिक संगठनमा सक्रिय रे ! अनि रंगेहात पक्राउ पनि परेछन | तर उनलाई के कारबाही हुन्छ र कहिलेसम्म हुन्छ थाहा छैन | उस्तै परे उनलाई कुनै कारबाही नहुन पनि सक्छ |

Thursday, June 7, 2012

४ बर्षमा संबिधान नबनाउनेहरुले एकदिनमा बनाउछन रे!

खास समयसीमा २ बर्षको तोकिए पनि ४ बर्षसम्म भत्ता मात्र पचाएर बस्ने नेताहरुले संबिधान बनाउने आशा त कसैले गरेकै छैनन होला, यदि छन् भने पनि यो तिनीहरुको मुर्ख्याई मात्रै हुनेछ भन्ने ठहर गर्दै बसेको थिए म हिजोसम्म | तर आज अचम्मै भयो, तीनजना महान हस्ती अधिवक्तात्रय भोजराज आचार्य, धन बहादुर श्रेष्ठ र ज्ञान प्रसाद खनालले संयुक्त रुपमा म्याद सकिएर स्वत: विघटित भैसकेको संबिधानसभालाई पुन: एकदिनलाई पुन:स्थापना गर्नु पर्ने माग राख्दै रित दायर गरेछन | अचम्मको कुरा त यो छ कि यत्रो चार बर्षसम्म संबिधान नबनाउने नेताहरुमा यी तिन जना अधिबक्ताहरुले कुन जादुको छडी देखेर एकदिनको लागि संबिधान सभाको पुन:स्थापना गर्ने माग गरेका होलान?? अझ अचम्मको कुरा त अन्तरिम संविधानको भावना, जनचाहना तथा हालसम्मको लगानी खेर जान दिन नहुने र भविश्यमा हुनसक्ने गृहयुद्धसमेतका सम्भावनालाई ध्यान दिई गत २०६८ सालमा प्रतिपादित नजिरसमेतलाई असर नपर्ने गरी एक दिनका लागि संविधानसभाको पदावधि कायम रहेको घोषणा हुनु अनिवार्य भएको सो रिटमा उल्लेख छ।

Tuesday, June 5, 2012

फूटफ्लु रोगले ग्रस्त देश

कुनै समय थियो जब ४ जात ३६ वर्णका फूलबारीका फूलहरु आफु ४ जात ३६ वर्णका फूलबारीका फूलहरु हौँ भन्दै गौरव गर्थे भने माली त्यहि फूलबारीको माली हुन् भन्दै आफ्नो शिर ठाडो पार्दथे | तर जमाना फेरियो हिजोका चार जात ३६ वर्णका फूलबारीका फूलहरु एकले अर्कालाई हेपेको ठान्न र देख्न थाले सबैले आफ्नो स्वतन्त्रता र आफ्नो हक अधिकारको कुरा गर्न थाले यतिसम्म कि संगै फुल्ने फूलहरुले मा यो जात र त यो जात तेरो यो ठाउँसम्म फूल्न पाउने अधिकार र मेरो यो ठाउँ सम्म पुग्न पाउने अधिकार भन्दै आफै आफै मा झगडा गर्न थाले | सबै फूल यात्रा तत्र फूल्दा मग्मगाउने फूलबारीमा सबै फूलको क्षेत्र छुट्टियो | बगैंचा कुरूप देखिन थाल्यो | जसले आफ्नो जातको हकअधिकारको लागि लड्न सिकाउदै आन्दोलनको नेतृत्व गर्यो उ असफल भयो तर आन्दोलन चर्कदै गयो | मालीहरु परिवर्तन भए भै नै रहे तर फूलहरु छुट्टै बसी रहे बगैंचा कुरूप बनिरह्यो |