Wednesday, November 30, 2011

lesson to be learnt by nepali

हामी नेपाली खाली विदेश जान र आफ्नो धर्म. संस्कृति, परम्परा लत्याएर बिदेशी संस्कृतिको नक्कल गर्न र त्यसैमा रमौना राम्रो मान्छौ | हामीलाई आफ्नो देशको बारेमा भन्दा बढी अर्काको देशको बारेमा जानकारी हुन्छ | अमेरिकामा सानो घटना हुदा आतिने हामी नेपालमै कुनै ठुलो दुर्घटना हुदा थाहा पाउदैनौ | हाम्रा नेता भारत, अमेरिका लगायत विभिन्न राष्ट्रका नेताहरुको गुलामी गर्न र चाप्लुसी गर्न लाइन लगेर जान्छन | तर आफ्नो देशको बारेमा बाल मतलब छैन | यस्तैमा केहि कोरियन बालबालिकाहरुले हामीलाई गतिलो झाप्पड प्रहार गरेका छन् | तलको भिडियो हेरेर हामीले पनि केहि सिक्नु पर्छ कि?? हेरौ भिडियो: भिडियोमा तपाईले देख्न सक्नुहुन्छ कि केहि कोरियन बालिकाहरु नेपाली राष्ट्रिय गान गाइरहेका छन् | उनीहरु यो गीत गाउन पाउदा निकै हर्षित देखिएका छन् | यद्यपी उनीहरु यसलाई गार्हो गरेर भएपनि गाइरहेका छन् | उनीहरुको गीतमा ताली बजेका छन् | त्यसपछि एउटी बालिका देखा पार्छिन जसले हाम्रो देश, हाम्रो हिमाल, हाम्रो देशका सबै कुरा मन पराउने र हामीलाई पनि धेरै माया गर्छौं भनेकी छिन | उनको वाक्य वाक्यमा ताली बज्छ | तर उनको वाक्य वाक्यमा ताली बजाउनेमध्ये कतिलाई त नेपाली राष्ट्रिय गान पनि आउछ कि आउदैन कुन्नि??
भिडियो हेरेर हामीले पनि केहि सिक्ने हो कि यी कोरियन बालबालिकाहरुबाट??

Monday, November 28, 2011

Create a blog on Blogger Free (Free from Google)

आजदेखि हामीले हरेक सोमबार प्रकाशन गर्ने गरि, हाम्रो ब्लग सुरु गर्दा परेका समस्याहरु र अप्ठ्याराहरु, हामीलाई जस्तै अरुलाई नपरोस भन्ने हेतुले नयाँ स्तम्भ "Blogging Tips" सुरु गरेका छौं | हामी यहाँ तपाईहरुलाई सित्तैमा नयाँ ब्लग बनाउने र ब्लगर(blogspot.com) मा होस्ट भएका ब्लगहरुमा Blogger Hacks कसरि प्रयोग गर्ने भन्ने बारेमा लेखहरु पस्किने छौं | जुन लेखहरु केहि हामी आफै लेख्नेछौं भने केहि लेखहरु अन्य ब्लगरमित्र तथा अग्रज ब्लगरहरुको ब्लगबाट सापटी लिएर पस्कने छौं |  अहिलेलाई हामीले खाली ब्लगर(blogspot.com)का ब्लगहरुका लागि मात्रै सम्बन्धित लेख राख्ने छौं भने बिस्तारै blogsome र wordpress का ब्लगहरुका लागि पनि सम्बन्धित लेखहरु राख्ने जमर्को गर्दछौं | यदि तपाईहरु पनि ब्लगिंगमा नयाँ हुनुहुन्छ र विभिन्न खाले समस्याहरु आएका छन् वा  तपाईहरुका मनमा कुनै पनि किसिमका कौतुहलता छन् भने कृपया हामीलाई सम्पर्क गर्नुहोस हामी समाधानको लागि हरसम्भव प्रयास गर्नेछौं |


ब्लग र  ब्लगिङ्ग भनेको के हो??
विकिपीडियाका अनुसार:- ब्लग भनेको यही हो भन्ने परिभाषा छैन । कारण यसको चरम स्वच्छन्दता । ब्लग यस्तै प्रकारको हुनुपर्छ भन्ने कुनै सुत्र छैन । जसका कारण ब्लगलाई कसैले एउटा प्रकृतिको आधारमा परिभाषित गर्न सम्भव छैन । तैपनि ब्लगलाई प्राय सबैले अनलाइन डायरीको रुपमा परिभाषित गर्ने गरेका छन । त्यसैले भन्न सकिन्छ–
  • ब्लग यस्तो अनलाइन जर्नल हो जहाँ तपाईले आफ्नो अनुभव र अनुभुतिलाई क्रमबद्ध रुपमा राख्न सक्नुहुन्छ ।
  • ब्लग यस्तो अनलाइन डायरी हो जसलाई एकल ब्यक्तिले दैनिक व्यवस्थापन गरी सामाग्रि प्रकाशन गर्छन ।
ब्लग शब्दको प्रारम्भ वेबलगवाट शुरु भएको हो । वेभ लग वाट नै ब्लग शब्द निर्माण भएको मानिन्छ । कसैले यसलाई वि ब्लग पनि भन्छन् । छोटकरी रुपमा ब्लग शब्द नै प्रचलनमा छ । ब्लग गर्ने ब्यक्तिलाई ब्लगर भनिन्छ भने ब्लग गर्ने प्रकृयालाई ब्लगिङ्ग भनिन्छ ।


कसरि सुरु गर्ने त  ब्लगिङ्ग??
ब्लगिङ्ग सुरु गर्ने धेरै तरिकाहरु छन् | विभिन्न साइटहरुले सित्तैमा पनि तपाइलाई ब्लग बनाउन दिन्छन भने पैसा तिरेर पनि तपाई ब्लगिङ्ग सुरु गर्न सक्नुहुन्छ | पैसा तिरेर गर्नु भन्दा गूगलको bloggerमार्फत ब्लोग्गिंग गर्नु सजिलो, सुविधायुक्त र कम झन्झटिलो छ | कसरि सुरु गर्ने त bloggerमार्फत ब्लोग्गिंग??

Thursday, November 24, 2011

बोक्सी - के यो सम्भव छ??


कुरा लगभग दुइ/तिन बर्ष अघिको हो, जब म पहिलोपल्ट काठमाडौँको खाल्डो नाघेर कुनै दुर्गम गाउँमा(हुन त काठमाडौँ नजिकै थियो तर पनि कुनै दुर्गम गाउँ भन्दा कम थिएन) पुगेको थिए | जहाँ मैले पहिलोपल्ट कुनै मानिस बिरामी हुँदा खसी काटेर पूजा गरेको र बाजा (ढ्यांग्रो) बजा'को देखेको थिए | त्यहाँको मानिसहरुलाई डाक्टरमा भन्दा बढी धामि झाँक्री र वैद्यमा बढी बिश्वास थियो | धामी झाँक्रीले कुनी कुन कुन देवताको र कुन कुन भुतको वा कुनै बोक्सी आदिको दोष देखाउदा रहेछन | अनि त्यो रोग साम्य पार्न पशु बलि दिएर पूजा गर्नु पर्ने रहेछ | आफु विज्ञानको बिद्यार्थी त्यसमाथि पनि MBBS पढ्दै गरेको ठिटो, जो प्राक्टिकलको लागि गाउँमा गएको थिए | मलाई यो कुरो पचेन त्यसैले मैले गाउँलेहरुलाई यस्तो गर्न छोडेर बिरामीलाई हस्पिटल लगेर जचाउन र औषधि खुवाउन सुझाए तर उनीहरु के मान्थे | आफ्नो बसेको घरबेटीले नै बस्न मन भए चुप लगेर बस्ने होइन भने चुपचाप आफ्नो बाटो लाग्नु हामीलाई सिकाउन नखोज्नु भनेर भनेपछि मनलाई सम्झाउने कर लाग्यो | म छक्क परें, भलाई गर्ने जमानै रहेन भन्दै चुप लागे |
गाउँलेहरुले मलाई किन त्यस्तो जवाफ दिए मलाई सार्है नै खसखस लागिरह्यो जबसम्म मैलेयसको बारेमा थाहा पाइन तर छक्क त तब परें जब साचो कुरो पत्ता लाग्यो | वास्तवमा भएको के रहेछ भने कुनै समयमा ति गाउँका गाउँलेहरु डाक्टरलाई भगवान झैँ मान्थे रे | तर एक पटक एउटा बिरामी अन्तिम अवस्थामा पुगेको रहेछ स्वास्थ्य चौकी (त्यहाको अस्पताल) पुर्याउदा लगभग मृत भैसकेको झैँ थियो | डाक्टरले उसलाई अब बाच्दैन भनेर भनिदिएपछि घर फर्केर लगियो | ठिक त्यहि बेला आएको झाँक्रीले उक्त बिरामीलाई पुरानै अवस्थामा फर्काइ दियो | लगभग दुइ तीनवटा यस्ता केसहरु जसमा डाक्टरले उपचार गर्न सकेनन त्यसमा धामी झाँक्रीले सफलता प्राप्त गरे | जब सोझा साझा जनतालाई धामी झाँक्रीको शक्ति डाक्टरको भन्दा बढी लग्न थाल्यो तब धामी झाँक्रीले मौकाको फाइदा उठाएर स्वास्थ्यचौकी नै भत्काई दिएछन् अनि त के चाहियो जो/जे बिरामी भए पनि खाली धामी झाँक्री |

म पनि भविष्यको डाक्टर मलाई के पच्नु यस्तो कुरो? अब म यिनीहरुलाई पाठ पढाएरै छोड्छु भन्ने सोच्दै थिए तर ठिक त्यसै बेला म बिरामी परें | मेरो शरीर दुइ दिनमा पुरै बेसहार जस्तो पहेलो भयो | खान रुच्न पनि छोड्यो | न खान मन लाग्छ न केहि गर्ने जाँगर नै चल्छ | मैले अब आफ्नै शहरको औषधि र अस्पताल सम्झें तर "ल्हाशामा सुन छ कान मेरो बुच्चै" भनेझैँ त्यो शहरको सुविधा यहाँ कहाँ पाउनु ?? आफुसंग भएको केहि औषधिहरु प्रयोग गरियो तर रोगले झन् झन् च्याप्दै लाग्यो | पाचौं दिनका दिन त म इन्तु न चिन्तु नै हुन पुगें | गाउँलेहरुले के के गरे कुन्नि छैठौ दिन मलाई अलि सन्चो भएको र भोक लागेको भन भयो | केहि खान मन लाग्यो तर कसले दिने?? धन्य घरबेटी आमै मनकारी रहिछन, मैले आँखा खोलेको थाहा पाएर जाउलो ल्याएर दिइन | आज अलिक सन्चो भएको जस्तो भएको थियो तर पुरै सन्चो भने भएको थिएन |

बेलुका मेरो कोठामा कालु धामी आएर उसका ढ्यांग्रो लगायतका सामानहरु राख्यो र घरबेटीहरुलाई बोलाएर कुन्नि के के माग्यो | अनि सुरु गर्यो उसले आफ्नो काम्ने र ढ्यांग्रो बजाउने नाटक, मैले चाल पाएअनुसार उनीहरु(गाउँले) त्यसलाई चिन्ता बसेको (गरेको) भन्थे | चिन्ता बस्न भूतप्रेत लागेको वा बोक्सी लागेको बेलामा धेरै बिरामी भएको मान्छे (बिरामी) हुनु पर्थ्यो | भोलिपल्टबाट मेरो स्वास्थ्यमा क्रमिक सुधार आउदै थियो | त्यसको ३/४ दिनमा म पूर्णत: स्वस्थ भएँ तर मेरो चिन्ता बस्ने झाँक्री बिरामी भएको खबर सुन्नमा आएपछि म उसलाई भेट्न गएँ |

उसले बताए अनुसार जुन रात उ मेरो चिन्ता बसेर घर फर्किदै थियो त्यसै रात मलाई बिगार पर्ने बोक्सीले उसको बाटो छेकी | तब उसले आफ्नो भएभरको मन्त्र र शक्तिहरु प्रयोग गर्दै त्यो बोक्सिसंग युद्ध गरि रह्यो | बोक्सीले कहिले अरिंगालजस्ता अस्त्रहरूको प्रयोग गर्थी भने कहिले धनुसबाणको कांड जस्ता अस्त्रहरू प्रयोग गर्थी | हरेक अस्त्रलाई छल्दै उ आफ्नो शक्तिको भरपुर प्रयोग गरिरहेको थियो | दुर्भाग्यबस एउटा अस्त्रले उसको छातीमै लाग्यो | तब उसले म पनि मर्छु भने तेरो शक्ति खतम परेर मात्रै मर्छु भनेर मसान उठाएर उक्त बोक्सीको शक्तिलाई खत्तम पारेपछि निदाएको उसको होस् खुल्दा उ घरमा थियो |

अब भने मलाई पनि भुत प्रेत बोक्सीजस्ता चिजहरुमा बिश्वास लग्न थालेको थियो| त्यस दिन उक्त झाँक्रीले यो पनि बतायो कि बास्तवमा धामी र बोक्सीको बिद्या एउटै हुन्छ | धामीले राम्रो र भलाइको निमित्त मात्र उक्त शक्तिलाई प्रयोग गर्छा भने बोक्सीले चाही आफ्नो स्वार्थपूर्ति र रिसीइबी मेट्न मात्रै यस्तो शक्तिको प्रयोग गर्छन |
अन्तमा फ्रीसंसार.कमको यो लेख पनि हेरौं :

Wednesday, November 23, 2011

हामी भेडा बाख्रा हौँ र??

कुपण्डोलबाट लगनखेलसम्म जनाको लागि म माइक्रो कुरेर बसिरहेको थिएँ | यस्तैमा एउटा माइक्रो ढोका खुल्ला राखेर अटाइ-नअटाइ मान्छेलाई झुण्डाएर आइपुग्यो | तैपनि कुपन्डोल आइपुगेपछि बस घ्याच्च रोकियो अनि फेरी पनि मान्छे डाक्दै थिए सह-चालक | यत्तिकैमा बस चढ्ने यात्रुको भिड लाग्यो र त्यहाँ सकेका जति यात्रु टिपेर बस अघि बढ्यो | हुन त म पनि त्यति जानुपर्ने भए पनि अर्को बसको प्रतिक्ष्यामा बसें तर अर्को यस्तै हो भन्दै म एउटा माइक्रो चढें | जावलाखेल सम्म जसोतसो झुण्डीएर यात्रा मिल्ने भए म कहिल्यै सार्वजनिक यातायात चढ्दिन भन्ने भैसकेको थियो | तर पनि सह-चालक भने कुरेर बसेको मान्छे देखि कि "जाने हो" "अब गाडी आउदिन यहि लास्ट गाडी हो" जस्ता कुराहरु दोहोर्याउदै थिए | जावलाखेल आइपुग्नेबित्तिकै त यात्रु त कति हुन् कति सब चदना हतार गर्दै थिए | कसरि जाने, के गर्ने भन्दै गाइगुइ चलेको मात्रै के थियो गुरुजी(चालक)ले उपाय निकाली हाले "डिक्की खाली छ जाने हो??" बिचार म जस्तै कति बेरदेखी कुरेर बसेका थिए कुन्नि निरिह बनेर हुन्छ भन्दै डिक्कीतिर लागे|

Sunday, November 20, 2011

ब्रायन आडम्स, एमएलटिआर, नेपाली गायक/गायिका अनि हामी


हुन त हाम्रो बालको कुरा होइनन ब्रायन आडम्स, एमएलटिआर, नेपाली गायक/गायिका | न हामीलाई उनीहरु नै मन पर्ने हुन् हामीलाई त उनीहरुको गला र कला मन पर्ने हो | तर पनि एउटा नेपाली भएको हिसाबले मलाई कता कता लेख्न मन लग्यो यी कुराहरु:
ब्रायन आडम्स नेपालमा कन्सर्ट गर्ने पहिलो बिदेशी सेलिब्रेटी बने | ब्रायन आडम्सको दशरथ रंगशाले कन्सर्टले थुप्रै नेपालीहरुलाई मनोरंजन दियो तर तिनै ब्रायन आडम्स संगै उक्त कन्सर्टमा गाउने नेपाली गायक गायिकाहरुलाई थोरै मात्र पारिश्रमिक दिएर ब्रायनलाई टन्नै पैसा दिएर पठाइयो भन्ने खवर आयो| तर पनि नेपाली कलाकारहरु उदार देखिए नत्र हिजोको कन्सर्टमा कुनै कलाकारले गाउन नजानुपर्ने हो | पहिले ब्रायन आडम्सलाई ल्याएर परिक्षण गरियो अनि त्यो कन्सर्टबाट नअघाएकाहरुको लागि पुन: अर्को ब्याण्ड नै ल्याइयो जसको नाम हो एमएलटिआर(माइकल लर्न्स टु रक) | यो ब्यान्डले पनि उही ब्रायन पारालाई पछ्याउदै नेपाल र नेपालीप्रति अगाध प्रेम देखाए र आफ्नो सपनाको देशमा कन्सर्ट गर्न पाएकोमा खुशी पनि व्यक्त गरे |  यिनीहरुले नेपालीहरुलाई माया गर्ने हुनकी यहाँको बजार राम्रो देखेर यहाको जनताको परिश्रमको पैसालाई माया गरेको हो त्यो त उनीहरु नै जानुन तर हाम्रा नेपाली कलाकारहरुलाई भने यिनीहरुले मात्रै होइन नेपाली आयोजकले नै पनि माया नगरेको मेरो ठहर छ | नत्र कसै(बिदेशी सेलिब्रेटी)लाई लाखा(लाखौको बिट्टो दिने) अनि कसै(नेपाली कलाकार)लाई पाखा(सयौ वा हजारौमा टार्ने) गर्दैनथे होला |

Tuesday, November 15, 2011

बि.बि.सी.को भाषा पाठशाला


पाठशाला भन्नेबित्तिकै विद्यालय वा विश्वबिद्यालयलाई जनाउछ | पाठशालाको काम वा उद्देश्य भनेको कुनै पनि नजान्ने व्यक्तिलाई सिकाएर जान्ने बनाउनु हो | तर बि.बि.सी.को भाषा पाठशाला, जसले तपाई हामीलाई भाषामा हुने विभिन्न त्रुटि देखाउने र त्यसको समाधान गर्ने उद्देश्य राखेको छ, आफैमा अन्तर्विरोध उत्पन्न गर्ने खालको छ | उक्त पाठशालामा गल्ति त देखाइएको छ तर त्यो गल्ति कसरि गल्ति भयो र त्यसलाई सच्याउन के गर्दा उपयुक्त हुन्छ भनेर एकदुई ठाउमा मात्रै देखाइएको छ |  जस्तो कि यहाँ भाषा पाठशालामा राखिएको छ कि
भित्तामा हरिबहादुरको तस्विर टाँगिएको थियो जसबाट मैले अघिल्लो हप्‍ता दुई हजार रुपैयाँ लिएको थिएँ।
कसबाट दुई हजार रुपैयाँ लिएको ? हरिबहादुरबाट कि तस्विरबाट ? यस वाक्यले त तस्विरबाट लिएको भन्ने अर्थ पो बुझाउँछ!
अब यसलाई सच्याउन के गर्नुपर्यो त ? के लेख्ने हो यसलाई मिलाएर लेख्न?? पाठशाला मौन छ |


Thursday, November 10, 2011

Love with Ghost.... A real Story

सावधान: यदि तपाइलाई डर लाग्छ भने बेलुका को समयमा यो नपढ़नुहोला |


कुरा दुइ/साढे दुइ बर्ष अघिको हो जतिबेला मेरो आफ्नै सानोतिनो मोबाइल पसल थियो र राती अबेरसम्म म त्यहि काम गर्थे | जुन दिन धेरै नै रात पर्दथ्यो म त्यहिँ बस्थे| सधैँ त म घरै जान्थे तर कहिलेकहिँ राती धेरै नै अबेर भएपछी भने घरमा अरुलाई disturb गर्नुभन्दा दु:ख सुख रात काट्ने गर्थे | यसै गरि मेरा दिनहरु चल्दै थियो | एकदिन म अलिक अबेर गरेर पसल बन्द गरेर जाने तरखर गर्दै थिए यत्तिकैमा वरिपरिमै कोहि केटि मान्छे रोए/हाँसेको(आवाज चिन्न मुस्किल पर्थ्यो) जस्तो आवाज आयो| मनमा एककिसिमको डर पनि उत्पन्न भयो| चारै तिर चकमन्न अँध्यारो  थियो, सुनसान सडक थियो | मन त्यसै त्यसै त डराउने अवस्था थियो झन् त्यस्तो बेलामा कोहि रोएको/हाँसेको/बोलेको सुन्दा मुटुले नै ठाउँ छोड्ला झैँ भयो | अब त त्यो आवाज झन् झन् नजिक हुन थाल्यो| मलाई एकदमै डर लग्न थालेको थियो, त्यसैले हतार हतार Bike स्टार्ट गरेर पछाडी पनि नफर्की म भागें | मैले घरमा आएर त्यो कुरा सुनाउदा सबै जनाले मलाई डरपोकको उपनाम दिए |

तर त्यस दिन देखि मलाई डर लग्न थालेको थियो त्यसैले मैले ३/४ दिनसम्म त चाडै चाडै पसल बन्द गर्ने गर्न थालें | तर के गर्नु सधैँ त्यसो गर्न सम्भव पनि थिएन त्यसैले फेरी पनि पुरानै तरिकाबाट चल्न थालियो| १०/१२ दिनसम्म त खासै केहि पनि भएको थिएन तर अचानक एकदिन राती म निस्कने बेलामा एक जना केटि मान्छे मोबाइल बनैदिनु पर्यो भन्दै मेरो पसलमा छिरिन् | अब मेरो हंसले ठाउँ छोड्नै लागेको थियो धन्न त्यहिँ बेला एकजना भाई पनि आइपुग्यो, जो मेरो पसलमा दिउसो पनि आइरहन्थ्यो | त्यसपछि हामी दुइजना बसेर उक्त महिलाको मोबाइल बनाइदिएर त पठायौं  तर अब मलाई घर जना भने धेरै ढिला नै भैसकेको थियो | त्यसैले मैले उक्त पसलमा नै बस्ने निर्णय गरें | भाई पनि निन्द्रा नलागेर बाहिर निस्कदा मेरो पसल खुल्ला देखेर आएको रहेछ | उसले भन्यो "दाई तपाईकोमा निलो रंग छैन?" मैले पनि स्वाभाविक जवाफ दिए "अरे! यार तिमि पनि गजब छौ बा अब कहिँ नभएर मेरो मोबाइल पसलमा रंगहरु बेच्न राख्छु?" उ अलि असहज ठान्दै भन्न थाल्यो "अरे! दाई निलो रंग भनेको रंग हैन क्या फिल्म भन्या हो क्या?? कस्तो नबुझेको??" अब उसको कुरा मैले बुझें र जवाफ दिए " मेरो Computerमा त गानाहरु मात्रै छ भाई |" तब उसले समाधान निकाल्दै भन्यो "दाई मेरो Pen Driveमा छ हेर्ने हो त दाई नयाँ नयाँ बब्बाल बब्बाल छ | नेपाली, हिन्दि खतरा खतरा छ|" भन्दै उसले आफैले Computer on गरेर Pen Drive जोडेर फिल्महरु खोल्न थाल्यो | हामी लगभग ११ बजेसम्म त्यस्तै हेरेर बस्यौ अनि उ आफ्नो घर गयो भने म आफ्नै पसलमा सुतें | मलाई राती १२.३०/१.०० बजेतिर पिसाब लाग्यो र म पिसाब फेर्न भनेर बाहिर निस्के (ट्वाइलेट जान बाहिर ननिस्कि हुदैनथ्यो) | 

ट्वाइलेटबाट फर्केर आउदा त एउटी केटि मलाई नै हेरर बसिरहेको देखें | त्यसदिन मलाई भाईले रक्सि पनि अलि अलि खुवाएको थियो त्यसैले मैले नसामा यस्तो देखे भन्ने सोच्दै भित्र जना लागेको मात्रै थिए त्यो केटि त उठेर मेरो छेउमै आएर मसंग सहयोग माग्न पो थाली | उसको कहानी सुन्दा उ, राम्रो घरानाकि र राम्रो संस्कारमा हुर्केकी केटि थिए तर कसैले उसलाई फसाएर अहिले यो अवस्थामा थिए रे! अब मैले पनि राती आएको मान्छे भनेर भित्र आउन र बस्न भने | भित्र उज्ज्यालोम हेर्दा त म पनि उ प्रति एकदमै आशक्त भए | राती केटि आएर बस मागी त्यो पनि नेवार टोलमा एकमन कता कता डर लागिरहेको भए पनि अर्को मन मन मनै म रमाईरहेको थिए किनकि एउटी सारै राम्री अप्सरा जस्तै कन्या मेरो सामुन्नेमा खादा थिइ | हामी त्यो रात यत्तिकै सुत्यौ | भोलिपल्ट बिहानै चाडै उठेर म जान्छु भन्दै उ पनि गइ | म पनि त्यो रात घर गएँ | मैले उसलाई आफ्नो बनाउने चान्स गुमाएकोमा मनमनै म आफैलाई धिक्कार्दै  थिएँ |

उ संग पहिलो भेट भएको तेस्रो रात म पसलमै बस्ने निर्णय गरेर खाना खाईवरी पसलमा गैर बसें | म आफ्नो प्रेम प्राप्तिका लागि त्यहाँ बसिरहेको थिएँ | मैले त्यसदिन पुरै रात बाहिर नै बिताउने विचार गरें ( आफ्नो प्रेमलाई कुर्दा मलाई कुनै प्रकारको डर महसुस नै भएन) | त्यस रात पनि १२.००बजेको हाराहारीमा उक्त कन्या दौडदै मेरो छेउमा आएर भन्न लागिन "प्लिज दाई मलाई बचाउनुस केहि गुन्डाहरु मेरो पछाडी लागेका छन् उनीहरु आउनुभन्दा अगाडी नै हामी भित्र गइहालौं |" उनले यसो भन्नासाथै हामी दुवै भित्र गैर चुकुल लगाएर बस्यौ | मैले उनलाई घर नजानुको कारण सोध्दा उनले घरमा पनि बाबुआमालाई मारेर गुन्डाहरु नै बसेको कुरा गरिन | म उनको प्यारमा यति पागल भैसकेको थिए कि उनले मलाई नछोडी दिए हुने जस्तो गर्न थालिसकेछु | हामीबीच त्यो रात यौनसम्बन्ध पनि कायम भयो | अब म घर जना छोडिदिए पसलमै बस्न थालें | उनि सधैँ राती ११/१२ बजेतिर आउथिन भने बिहान चारै बजे गइहाल्थिन | १०/१५ दिनसम्म यस्तै क्रम चल्दै थियो यत्तिकैमा १५ दिनमा म घर गए | 

म घर पुग्ने बित्तिकै परिवारमा हल्लाखल्ला भएछ कि मलाई किच्कन्ने(महिला भुत) (KICHKANNE- THE LEDIES GHOST )ले भेटेछ | कारण १५ दिनमा म त खंग्रगै दुब्लाएछु | हुन त मैले कयौ पटक किच्कन्नेको कथा सुनेको थिए र किच्कन्नेको बारेमा उसको शरीरको बनावट, चालढाल, खुट्टाको बनावट आदिको बारेमा त सुनेको थिएँ तर मैले जो केटीलाई प्रेम गर्थें उ किच्कन्ने हो कि होइन भनेर कहिले पनि जाच्ने कोशिस गरिन | हुन त गरेको भए पनि त्यो कार्यको कुनै अर्थ हुन्नथ्यो किनकि यदि कसैले उ माथि शंका गरेको किच्कन्नेले थाहा पायो भने हत्या गरिहाल्छ रे | अब म मर्ने भएन भन्ने चिन्ताले मलाई एकदमै तनाव दिन थाल्यो, घरका सबै सदस्यहरु पनि चिन्तित देखिन थाले | यस्तैमा हामीले गाउँकै "दले धामी", जो गाउँभरिमा धुपधुंवार तथा चिन्ता गर्नमा प्रख्यात मानिन्थ्यो,लाई बोलाउने निर्णय गर्यौ | "दले धामी" आउन त आयो तर उसले मलाई फेरी पनि उही किच्कन्नेसंग पुन: रात बिताउनु पर्ने र आफ्नो ज्यानको बाजी लगाएर उसले दिएको काँचो धागो उक्त किच्कन्नेको कपडामा बाँध्नु पर्ने बतायो तर त्यतिखेर म डराएको वा मैले उसको असलियत थाहा पाएको जस्तो गर्न नहुने पनि उसले बतायो | 

अब मलाई के गर्नु के नगर्नु भयो | अब जसै गरे पनि मर्ने सम्भावना बढी भएको हुँदा फेरी एकरात उही किच्कन्नेसंग बिताउन पसल गए र राती त्यहिँ बसें | अचानक उही कन्या आएर सधैँ जस्तो हर्कत सुरु गरिरहदा मलाई भने धागो अड्काउन हतार भैसकेको थियो | म एकदमै होसियार भैसकेको थिए र मैले उक्त काम जुनसुकै हालतमा पनि फत्ते गरिछाड्ने विचार गरेको थिए | त्यसै बेला उसले केहि गन्ध आइरहेको भन्दा मैले केहि हैन मैले आज नयाँ गन्जी लागेकोले त्यसैको गन्ध होला भनेर टारिदिए | अन्तत: म मेरो कार्यमा सफल भएँ | भोलि पल्ट बिहान हामीले रातिको धागोको पिछा गर्दै जाँदा एक ठाउँमा अलिक झाडी जस्तो देखिने ठाउँमा पुगेर धागोको टुप्पो टुंगिएको थियो | "दले धामी" ले भने अनुसार उक्त ठाउँम खन्दा हामीले केहि हड्डीका टुक्राहरू फेला पार्यौ र "दले धामी" कै सल्लाह बमोजिम हामीले त्यसलाई जलाईदियौं र "दले धामी"ले पनि आफ्नो तन्त्रमन्त्रले मलाई झारफुक गरिदियो | बिस्तारै मेरो स्थिति सुध्रिदै गयो र म सामान्य अवस्थामा फर्किएँ | तर राती अबेरसम्म बाहिर बस्न वा काम गर्न मलाई अहिले एकदमै डर लाग्छ | त्यसैले म आफु बस्ने कोठामा मैले आइमाईका शृंगारका सामाग्रीहरु राखेको छु ताकी मलाई कुनै किच्कन्नेले पुन: आक्रमण गर्न नसकोस |

Tuesday, November 8, 2011

दोस्ती, राजनीति र नेता

यमन, अमर र समर तिन भिन्नै प्रकृतिका व्यक्ति एउटै कोठामा Room Partner भएर बसेका छन् यिनीहरुलाई जसले चिन्छन, उनीहरु मिलेर बसेको देखेर अचम्ममा पर्छन | यिनीहरुको बानी, व्यवहार, स्वभाव देखेर कोहि पनि बिश्वास गर्दैन कि यिनीहरु एउटै कोठामा बस्छन | यमन बिल्कुलै अचम्मको छ उसको सोख भन्ने वा लक्ष्य खाली गांठवली केटि पट्ट्याउने र मस्ती गर्ने नयाँ नयाँ ठाउंहरु घुम्ने छ | उसको स्वभाव पनि कुनै कुलतमा फसेको मान्छेको जस्तो छ | तर त्यसको ठिक बिपरित अमर भने लजालु, पढाइमा ध्यान दिने सोझो, र डरपोक छ | यी दुइ भन्दा फरक समर जहाँ जस्तो पर्यो उस्तै व्यवहार गर्छ | उ न केटीप्रति मरिहत्ये गर्छ न अवसर गुमाउछ | मान्छे अनुसारको व्यबहार गर्ने उ बलिष्ठ पनि लाग्छ भने निडर पनि छ | उसलाई केहीको चिन्ता छैन जे पर्छ त्यो टर्छभन्ने उसको सिद्धान्त हो भने साला उसको थेगो भन्दा पनि हुन्छ |

माया-प्रेम कि घृणा-तिरस्कार/ प्रगति कि दुर्गति?

राम लक्ष्मण साच्चै रामायणको राम लक्ष्मण जस्तै मिलेर बसेका थिए| एउटै व्यबसायमा लागेका थिए, एउटै कोठामा संगै खान्थे, बस्थे | तर केहि दिनदेखि उनीहरुको सम्बन्धमा एउटा अचम्मको परिवर्तन आएको थियो| उनीहरुको बोलचाल हुन पनि कम भएको थियो| संगै बस्थे तर दुवै जना नजानिदो पाराले टाढिदै थिए| हुन त उनीहरुको बिचमा हाड, छाला, रगतको कुनैपनि सम्बन्ध थिएन यद्यपी उनीहरु एउटै घरका दुइ दाजुभाई जस्तै मिलेर बसेका थिए| यिनीहरु दुवै एउटै गाउँका थिए यद्यपी राम धनि बाउको एक्लो छोरो थियो भने लक्ष्मण गरिबीको चपेटामा परेको धनेको पाँच छोरोमध्येको कान्छो र एकमात्र जीवित छोरो थियो (उसका दाजुहरु उसको आमासंगै पहिरोमा पुरिएर मरेका थिए भने धनेले लक्ष्मणलाई जसोतसो दुख गरेर पालेको थियो)| राम लक्ष्मण बच्चैदेखि एकदमै मिल्ने साथीहरु थिए, अझ भनौ संगै हुर्के-बढेका यिनीहरु साथी हैन दाजुभाई जस्ता थिए| यिनीहरु बीच सबै कुरा चाहे सानो होस् चाहे ठुलो वा बिपत्तिकै कुरा किन नहोस सबै 'Share' हुन्थ्यो| लक्ष्मण काममा बहुतै इमान्दार र मिहिनेती अनि मिलनसार पनि भएको र आफ्नै मन मिल्ने साथी पनि भएकोले रामले उसलाई आफ्नो व्यबसायमा संलग्न गराएको थियो| यद्यपी लक्ष्मणको कुनै पनि लगानी नभए पनि काउन्टर सबै उसले जिम्मा पाएको थियो भने उसलाई आवश्यक पर्दा उसले रामलाई नसोधी खर्च गर्न सक्थ्यो| यस्तो सम्बन्धमा एकाएक केहि दिनदेखि परिवर्तन आएको थियो|

B for बिन्दास!

UNEDITED:
हसिलो, चमकदार अनुहार, चिनजानका मान्छेसंगको भेटघाटमा
सधै एकै किसिमको अट्टहाँस अनि फरासिलो स्वभाव र निश्चल व्यबहार उसको पहिचान हो| उ अर्थात् मेरो साथीको सालो मित्र मणि| वास्तविक नाम देव प्रसाद शर्मा बाट आफ्नो नाम परिवर्तन गरेर आफ्नो नाम आफैले मित्र मणि गराएको, आफु सबैसंग मित्रवत व्यवहार गर्ने हुनाले आफ्नो नाम यस्तो बनाएको भन्ने उ मलाई आफूभन्दा जान्ने बुझ्ने जस्तो लाग्छ यद्यपी उमेरमा म उ भन्दा १५/१६ बर्ष जेठो छु| आज धेरै पछि उसंग भेट हुदै थियो उसको भाषामा भन्ने हो भने धेरै पछी काठमाडौँको खाल्डोमा झुल्किएको थियो उ र मलाई दर्शनभेट दिदै थियो| उ आज मेरै घरमा बिहानको खाना खाने गरि आउदै थियो| बिहानै उठेर नित्यकर्म गरेर पत्रिका पढ्दा पढ्दै उ आइपुगिसकेको थियो| मैले उसलाई देख्ने बित्तिकै सोधे 'के छ त मणि तिम्रो हालखबर??'
उसले सधै जस्तै जवाफ दियो "के हुनु नि दाई? यस्तै त हो नि B for बिन्दास!!! हा हा हा हा हा हा हा हा ...उही पुरानी पाराको अट्टहाँस सहितको जवाफ पाएर लग्यो यो मान्छे कहिल्यै नसुध्रने भयो, सबै change हुन्छन, साला यो केटो किन change हुदैन? म मनमनै सोच्दै थिए "अनि दाई तपाइको सुनाउनुहोस न बरु के छ त्यहि हप्ताको ६ दिने, ८ घन्टे जागिर र व्यस्तता नै त होला नि हैन ? मलाई पेल्ने हिसाबले उ बोल्यो|
उ मलाई सोधिरहेको थियो कि मलाई ब्यङ्ग गर्दै थियो वा मेरो Insult
गर्दै थियो? म आँफै बुझ्न सकिरहेको थिइन|
"अरे यार! जहिले भेटेपनि तिमीलाई चाही मेरै जागिरको किन यति धेरै सिकायत हुन्छ यार? किन यो जागिरलाई तिमि राम्रो मान्दैनौ भन त .." मैले पनि भनिदिए उसलाई|
मलाई लागेको थियो अब उ रिसाउँछ होला तर ठिक बिपरित उ त उल्टो अट्टहाँस छोडेर भन्न थाल्यो "दाई मैले तपाइको जागिरको सिकायत गरेको हैन मैले त यो शहर अनि यो इन्टरनेट अनि यो अफिस र तपाइको सामाजिक संजालका साइटहरु भन्दा बाहिर पनि छुट्टै संसार छ गाउँमा पनि एक किसिमको रमाइलो जिन्दगि छ यो
काठमाडौँको खाल्डोभन्दा अलिक पराको तपाइको गाउँमा पनि रमाइलो संसार छ कहिलेकाहीं त्यहि संसारलाई पनि सम्झने गर्नुस भन्न मात्रै खोजेको हुँ अन्यथा नसोच्नु होला है दाई|" यति भन्दै उही पुरानै पारा दोहोर्यायो अट्टहाँसको!
"भैगो यार छोड्देउ यी सब कुरा सबैको आ-आफ्नै बाध्यता र बिबसता हुन्छन|" मेरो जवाफ थियो उसलाई थुम्थुम्याउन|
तर पनि उ मान्नेवाला थिएन त्यसैले भन्न थाल्यो " तपाईको चाही के बाध्यता थियो त दाई?"
मैले कुरो टुंग्याउने हेयले भने "भैगो छोदिदेउ यार यो कुरा|"
"बरु भन न यतिका दिन कता हराएका थियौ?" मैले उसलाई उसको भ्रमणको बारेमा प्रश्न गरें|
"फिरन्ते मान्छे जता मन लग्यो उतै जान्छु, गएको थिए बिराटनगरतिर!" उसको जवाफ थियो|
"यसरि फिरन्ते भएर मात्रै जीवन चल्छ त?" मैले पनि पेलेरै भने|"दाई हुन त म फिरन्ते भएर हिडेको छु, तर पनि म त्यसै हिडेको चाही छैन मेरो पनि आफ्नै लक्ष्य र उदेश्यहरु छन्, जुन लक्ष्य र उद्देश्य प्राप्तिका निम्ति मैले गर्नु पर्ने संघर्ष कठिन र दू:खदायी पनि छन्| तर पनि मलाई बिश्वास छ म कुनै दिन आफ्नो लक्ष्यमा पुगेरै छाड्छु र आफ्नो उद्देश्य प्राप्त गरेरै छाड्छु| तर दाई तपाई पनि एकपटक तपाइको जागिरबाट फुर्सद निकालेर यो कुवाको खल्दोबता बाहिर निस्केर हेर्नुस दाई अनि थाहा पाउनु हुन्छ घुमाइको मज्जा|" उसले केहि गम्भीर हुदै भन्यो|

"अनि सुनाउ न त तिम्रो भ्रमण कस्तो भयो?"
उसको कुराले उसको भ्रमणको बारेमा जान्ने इच्छा जगायो|
अरे दाई भ्रमण त बिन्दास भयो तर हाम्रो देशमा अझै पनि पुरानै र साघुरो सोच(Narrow Thinking) भएका मान्छेहरुको बाहुल्यता रहेको जानकारी पाएँ दाई| मानिस कहाँ बाट कहाँ पुगिसके तर हामी नेपाली भने खाली अरुकै कुरा काट्नमै व्यस्त रहन्छौ खाली अरुको नराम्रो सोच्न र अगाडी बढ्नेहरुको खुट्टा टन्न मात्रै जानेका छौ हामीले| राजनीति देखि घरनितीसम्म यस्तै भएर बिग्रेको छ| जसरि देशका तिन ठुला दल तिन तिर फर्केका छन् त्यसतै हुन्छ घरछिमेकमा पनि| हाम्रो समाजमा अझै पनि केटा र केटि गफ गरेको देख्दा वा संगै हिडेको देख्दा कुरा काट्नेहरु प्रसस्त हुन्छन चाहे तिनीहरु दाजुबहिनी होउन वा कुनै नातेदार| साला
हामी कहिल्यै सकरात्मक सोच्न जान्दैनौ| जे भए पनि त्यसलाई नकरात्मक मात्रै सोच्छौ| कुनै केटाले आफ्नो साथी(केटि) लै सहयोग गर्यो भने फलानाको फलानासंग खुब चल्दै छ रे नि भन्ने तात्तातो खबर समाज दौडाहामा निस्किन्छ| कुनै केटाले कुनै नातेदार केटीलाई आफ्नो कोठामा बास दियो भने उनीहरुको बिषयमा नानाभाती कुरा काटीन्छन| आखिर हाम्रो सोचाई किन फराकिलो हुन सक्दैन, आखिर किन समाज यति पुरातनबादी सोच राख्छ| अचम्म छ दाई यो समाजको पारा|"
यत्तिकैमा उसको फोनको घन्टी बज्न थाल्यो "हेल्लो!"
...................................
"OK I am coming in half an hour!"
"Sorry दाई! I have to go now!पछी कुरा गरौला नि है !"
यति भन्दै उ जना हतारियो| मैले खान खेर जाउ भनेपछि उ र म खान खान गयौ र खान खाएर उ बाटो लाग्यो| जादा जादै मिठो अट्टहाँस सहित B for बिन्दास गएँ है दाई! भन्दै उ बिदा भयो|

म यतिखेर बेडमा पनि मित्र मणिलाई नै सम्झेर बसिरहेको थिए म उसको कुरा सुनेर म अवाक भएको थिए| सधै प्राकृतिक सौन्दर्यताको कुरा गर्ने उ एक्कासी सामाजिक कुविचारको बारेमा बोलेको देखेर म अचम्ममा परे| मैले सोचेको थिए उसले केहि नया ठाउको जानकारी दिनेछ तर बिराटनगर घुमेर आएपछि उसमा एक किसिमको बितृष्णा पैदा भएको थियो सामाजिक कुविचार र साघुरो विचारप्रति| B for बिन्दास उसको यहि तिन शब्दहरु मेरो कानमा गुन्जिरहेका थिए यत्तिकैमा कतिखेर निदाए पत्तो भएन|