Thursday, January 13, 2011

धर्मको व्यापार - परिवर्तन गर्ने शक्ति

अचेल शहरमा प्रत्येक खम्बा परिवर्तन गर्ने शक्ति लेखेको ब्यानरले ढाकिएको छ, पहिले अरु विज्ञापन देखिने होर्डिंगबोर्डहरुमा परिवर्तन गर्ने शक्ति लेखिएको छ | त्यति मात्रै नभएर प्रत्येक टेलीभीजन च्यानलहरुमा समय समयमा यहि परिवर्तन गर्ने शक्तिको बिज्ञापन र कार्यक्रमहरु चल्छ | सुरुसुरुमा बेरोजगार नेपालीहरुमा यसप्रति निकै नै चासो बढेको थियो होला, मेरो पनि मनमा खुल्दुली लागेको थियो | यसो फोन नम्बर हेरेको त १६६००१३३३९९ Toll Free Number रहेछ | फोकटमा गर्न पाउने भएपछी मैलेपनि एक कल गरि हेर्ने बिचारले कल गरेको त कुरा गर्दै जादा उसले त क्रिस्चियन धर्ममा लागे सब ठिक हुने जस्तो कुरा गर्न थाल्यो बा !!!! ए बा !! छक्क पर्नु छ बा !!!! अनि अझ गम्भीर रुपमा बुझ्न उनीहरुको website हेरेको त ए बा! त्यहाँ त डाक्टरले नै डाक्टरले पनि उपचार गर्न नसकेको बिरामीलाई प्रभु येसुले ठिक गरिदिनु भयो भनेको रहेछ यस्ता अन्य भनाइहरु त कति हो कति मर्न लागेको बिरामीलाई धर्म परिवर्तन गरेर क्रिस्चियन हुने बित्तिकै निको भयो रे अनि अरु अरु के के हो के के ???