Sunday, November 20, 2011

ब्रायन आडम्स, एमएलटिआर, नेपाली गायक/गायिका अनि हामी


हुन त हाम्रो बालको कुरा होइनन ब्रायन आडम्स, एमएलटिआर, नेपाली गायक/गायिका | न हामीलाई उनीहरु नै मन पर्ने हुन् हामीलाई त उनीहरुको गला र कला मन पर्ने हो | तर पनि एउटा नेपाली भएको हिसाबले मलाई कता कता लेख्न मन लग्यो यी कुराहरु:
ब्रायन आडम्स नेपालमा कन्सर्ट गर्ने पहिलो बिदेशी सेलिब्रेटी बने | ब्रायन आडम्सको दशरथ रंगशाले कन्सर्टले थुप्रै नेपालीहरुलाई मनोरंजन दियो तर तिनै ब्रायन आडम्स संगै उक्त कन्सर्टमा गाउने नेपाली गायक गायिकाहरुलाई थोरै मात्र पारिश्रमिक दिएर ब्रायनलाई टन्नै पैसा दिएर पठाइयो भन्ने खवर आयो| तर पनि नेपाली कलाकारहरु उदार देखिए नत्र हिजोको कन्सर्टमा कुनै कलाकारले गाउन नजानुपर्ने हो | पहिले ब्रायन आडम्सलाई ल्याएर परिक्षण गरियो अनि त्यो कन्सर्टबाट नअघाएकाहरुको लागि पुन: अर्को ब्याण्ड नै ल्याइयो जसको नाम हो एमएलटिआर(माइकल लर्न्स टु रक) | यो ब्यान्डले पनि उही ब्रायन पारालाई पछ्याउदै नेपाल र नेपालीप्रति अगाध प्रेम देखाए र आफ्नो सपनाको देशमा कन्सर्ट गर्न पाएकोमा खुशी पनि व्यक्त गरे |  यिनीहरुले नेपालीहरुलाई माया गर्ने हुनकी यहाँको बजार राम्रो देखेर यहाको जनताको परिश्रमको पैसालाई माया गरेको हो त्यो त उनीहरु नै जानुन तर हाम्रा नेपाली कलाकारहरुलाई भने यिनीहरुले मात्रै होइन नेपाली आयोजकले नै पनि माया नगरेको मेरो ठहर छ | नत्र कसै(बिदेशी सेलिब्रेटी)लाई लाखा(लाखौको बिट्टो दिने) अनि कसै(नेपाली कलाकार)लाई पाखा(सयौ वा हजारौमा टार्ने) गर्दैनथे होला |


हामीलाई नेपाली गितहरुमा एकाध मात्रै राम्रा लाग्छन तर लोकभाका त फिटिक्कै राम्रो लाग्दैन | यदि राम्रो लागे पनि हामी युवा त्यसलाई सुन्न हिकिचाउछौ कसैले थाहा पायो भने जिस्क्याउछन्/हेप्छन कि भन्ने भान पर्छ | बुझोस् कि नबुझोस बाल छैन, इंग्लिश र हिन्दि गित नै सुन्नु पर्छ हामीलाई | अनि केहि बुझ्नु पर्दैन बस तिनैका शब्दहरु फलाक्न मन पर्छ हामीलाई |  हुन त मानिसको स्वभावै हो कि जुन कुरा आफुसंग हुदैन त्यहि राम्रो लाग्छ र त्यहि चाहिन्छ मानिसलाई | सायद त्यसैले होला हामीलाई नबुझे पनि इंग्लिश र हिन्दि गीतका हरेक पक्ष राम्रो लाग्ने र त्यसलाई फलाक्न मन पर्ने | हुन त बाटामा बसेका कुनै माग्ने वा असहाय देख्यौ भने हामी त्यसलाई १० रुपिया दिनु भन्दा उल्टो उसलाई नानाभाती भनेर हिड्छौ तर बिदेशी सेलिब्रेटीको कन्सर्ट हुदा १० हजारको टिकट हाम्रा लागि सानो बन्छ | हामी आफ्नो संस्कृतिलाई जगेर्ना गर्न/ जोगाउन अल्छी गर्छौ तर अर्काको नक्कल गर्न हामीलाई कसैले भन्ने पर्दैन |

हामी स्रोता त स्रोता भैहाल्यौ जसको जे मन पर्छ त्यसको नक्कल गर्छौ/ त्यसैका गित सुन्छौ | तर हाम्रा सेलिब्रेटीहरु के भएका होलान कुन्नि एउटी कन्सर्टमा कसैले लाखौ उठाएर लाजैन्छ र आफुलाई सयौ वा हजारौमा टारीदिन्छ भनेर जान्दाजान्दै त्यसकै कन्सर्टमा किन जान्छन कुन्नि?

 अचम्म त तब लाग्छ जब हामी केहि बुझ्दैनौ भने पनि अर्काको भाषा कनिकुथी जान्ने प्रयास गर्छौ अझ भनौ जानेको नाटक गर्छौ | आफ्नो भाषा संस्कृतिलाई जगेर्ना गर्नुको साटो अर्काको नक्कल गर्छौ | अनि जानाजान खाल्डोमा गएर पछारिन्छौ | कुनै एउटा असहायलाई १० रुपैया दिन नसक्नेले फजुल खर्च हजारौ गर्न सक्छ | हामी आफ्नै देशमा भाषा, जात-जाती, धर्म र समुदायको हौवा दिएर लड्न तम्सिन्छौ तर आफ्नो भाषाको जगेर्ना गर्न चाहदैनौ | सच्चाई अचम्म छैन त ?? साच्चै अजिब छैनौ त हामी ??

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |