Saturday, December 18, 2010

ओशो : सेक्स होइन, जीवनगुरु


विजय कुमार
काठमाडौं, पुस ३ - 'म तिमीलाई एउटा प्रश्न सोध्नेछु, सही उत्तर दिन सक्यौ भने भगवानसँग भेट गराइदिउँला,' मन्द-मन्द मुस्कानसहित प्रेम हास्याले चुनौतीपूर्ण नजर मतिर फ्याँकिन्। ती दिनहरूमा ओशो 'भगवान रजनीश' का नामले परिचित थिए र प्रेम हास्या उनकी प्रमुख सहायक थिइन्। युरोपेली मुलकी हास्या 'गडफादर' नामक कालजयी अंग्रेजी सिनेमा निर्माता रोडीकी पुरानी पत्नी पनि थिइन्। मचाहिँ २३ वर्षे अल्लारे थिएँ र लेखेवापत एक पैसा पनि नपाइने 'आदि/इत्यादि' स्तम्भमा आफ्नो नाम छापिएको देखेर त्यसैत्यसै मख्ख पर्दै हिँड्थेँ।

Thursday, December 16, 2010

देश हल्लाउने जाँड झगडाको परिणाम: पारस पछी अब घरज्वाईलाई के गर्ने ??

हैन यदि पारस संग हतियार नभएको र उसले गोलि नचलाएको भए यत्रो Media मा भुत्रोको नाटक गरिरा' ? यत्रो खान हल्ला गर्या ?? कि त्यो रातको जाँडले २/३ दिनसम्म नछोडेको हो अनि कुजता दिदीलाई चाही ज्वाईले खाको जाँड लाग्या हो र, नेता देखि मन्त्रिसम्म थर्का'को हो ?? साला बिदेशी! नेपाली संचारमाध्यममा त्रास फैल्याउनि ??
जसरि Wikileaksले सारा विश्व हल्लायो , ठिक त्यसैगरी पूर्वयुवराज र नवयुवराजको जाँड झगडाले दुई/तीन दिनसम्म नेपाल हल्लायो | दुवै  जँड्याहा थिए, अनि दुबैमा पावरको पुरै शान र ठगि अनि हतियारको ज्ञान थियो | एक थिए नवयुवराज जो संग सासुको पावरको शान अनि ठगीको पूर्ण ज्ञान थियो र अर्का थिए पूर्वयुवराज जो संग हतियारको ज्ञान र पुरानो शक्तिको शान थियो | नवयुवराज कोइराला खान्दानका ज्वाँई हुन् भने पूर्वयुवराज त सबैद्वारा चिरपरिचित व्यक्ति | नवयुवराज पूर्वयुवराजको सेखी झार्न भन्दै जाँदा दुई बीच जाँड झगडा भयो | यहि जाँड झगडालाई रुबेल चौधरी, उनकी सासु र केहि कांग्रेसी नेताहरुले राजतन्त्रसंगको रिस पोख्न र राजतन्त्रको बिउलाई जनताको मनै देखि उखेल्ने अस्त्रको रुपमा प्रयोग गर्ने हेतुले संचार माध्यम र छापाखानाहरुमा यत्रतत्र छरे तर भै'दियो उल्टो 'लहरो तान्दा पहरो खस्यो' | आफुले खनेको खाल्डोमा आफै परे रुबेलका सासु-ज्वाई | मुड़ो ताकेको बन्चरोले उनीहरुकै घुँदो काटिदियो | बिचरा रुबेलका सासु-ज्वाईले सोचेका पनि थिएनन कि पारसलाई यसबाट अझ फाइदा होला भनेर |

सायद सम्बन्ध स्वर्गमै बन्छ की ???

 कति दिन  बिते, कति रातहरु  – २
समय संगै कहाँ छुटे हातहरु 
रुन्छ हृदय धेरै, बर्सन्छन आँसु
टुक्रेको मुटु लिइ, कोहि त भनि देउ
कसरि म हाँसु??
सायद सम्बन्ध स्वर्गमै बन्छ कि
जोडी हुने धर्तिमा, त्यहीं नै रचिन्छ कि
सायद सम्बन्ध स्वर्गमै बन्छ कि
जोडी हुने धर्तिमा , त्यहीं  नै  रचिन्छ कि
हुँदैन किन, मान्छेले सोचेको
पाइदैन किन, जीवन साथि रोजेको
कति दिन बिते, कति रातहरु  – २
(कति दिन बिते, कति रातहरु )
हुँदैन किन, मान्छेले सोचेको 
पाइदैन किन, जीवनसाथि रोजेको
कति दिन बिते, कति रातहरु  – २
समयसंगै कहाँ छुटे हातहरु
रुन्छ हृदय धेरै, बर्संछन आँसु
टुक्रेको मुटु लिइ, कोहि त  भनिदेउ
कसरि म हाँसु ??
 "सायद सम्बन्ध स्वर्गमै बन्छ कि
जोडी हुने धर्तिमा, त्यहीं नै रचिन्छ कि"
सुगम पोखरेलको यो गीत कुनै जमानामा खुबै हिट थियो | धेरैले यसलाई रुचाएका थिए | सायद तपाइले पनि सुन्नुभएकै होला यो गीत | सायदै उनले यो सोचेका थिए हल कि यो गीत बास्तविक रुपमै कुनै समयमा कुनै जोडीको लागि सत्य साबित हुनेछ | तर आज आएर यो गीत पाइलट सोफिया सिंह र पाइलट सचिन्द्र श्रेष्ठको जोडीमा लागु भएको छ | बृस्तृत बुझ्न कान्तिपुर पत्रिकाको अनलाइन संस्करणबाट लिएको  भित्रको लेख पढ्नुस |

Saturday, December 4, 2010

सिजन बिबाहको

मंग्सिर महिना लागेपछि उमेर पुगेका र जोडी मिलेका/मिलाइएकाहरुबीच बिबाह गर्ने लठारो सुरु हुन्छ अझ भनौ सिजन सुरु हुन्छ | सायद यो मौसममा खेतबारीको अन्न तथा उब्जनिहरु सबै भित्र्याई सकिएको हुने हुनाले यो परम्परा को थालनी भएको हुनुपर्छ | नत्र त बिहे गर्न के को सिजन के को महिना जहिले गरे पनि भैहाल्छ नि मन र कुरो मिलेपछि | तर यहाँ बिहे संगै सबैलाई एक किसिमको सिजन लाग्दो रहेछ भन्ने पंक्तिकारको ठहर छ | लौ त अब चर्चा गरौ बिहेको सिजनमा विभिन्न व्यक्तिहरुलाई लाग्ने सिजनको :

१. दर्जी(दमाई) दाईलाई धन वर्षा सिजन:- यो सिजनलाई यसरि परिभाषित गर्नुको कारण अझै पनि गाउँघरतिर लुगा सिलाउन र पन्चेबाजा बजौना दर्जी दाईहरुलाई बोलाउने चलन छ | यसबाट एकातिर बेरोजगारी कम भएको छ भने अर्का तिर दर्जीदाईहरुको आम्दानीमा वृद्धि भएको छ |

२. ब्रास बैण्डहरुलाई जागिर:- हजुर यो बिहेको सिजन नहुने हो भने ब्रास बैण्डहरुलाई कामको कमि पक्कै हुनेथियो | तर यहाँ यसो हुदैन, अचेल शहरमा जहाँ जहाँ बिबाह हुन्छ त्यहाँ त्यहाँ ब्रास बैण्ड पुगेकै हुन्छ | इज्जतको जो सवाल छ जनता पनि के कम सबैले बोलाउछन ब्रास बैण्ड |

Thursday, December 2, 2010

प्रचण्ड यता(पालुंगटारमा), प्रचण्ड उता (दिल्लीमा)

प्रचण्डको बोलिको ताल .....
बाकी हेर्न Read more » थिच्नुस

सम्बन्धहरु "The Relations"

पर क्षितिजमा दुइ जना बच्चाहरु जो लगभग १०/१२ बर्षका छन्, संगै अंगालो मारेर हिड्दैछन् | उनीहरुको लगभग उत्रै उत्रै उचाई र उत्रै उत्रै ज्यान देख्ने कसैले पनि उनीहरु दाजु भाइ हुन् भन्दा बिश्वास गर्दैनन् | जुन स्वाभाविक नै हो उनीहरु दाजु भाइ भन्दा साथी जस्ता जो देखिन्छन | टाढाबाट हेर्दा जुम्ल्याहा जस्ता देखिने ति दाजुभाईको  उमेरमा २/३ बर्षको फरक भए पनि दाजु भाइ उत्रै उत्रै छन् र खुब मिलेर हिड्छन | लाग्दैन कि उनीहरु दाजुभाई हुन् तर बास्तवमै उनीहरु दाजुभाई नै हुन् त्यो पनि एउटी आमाको कोखबाट जन्म लिएका | सानै भए पनि खुब बुझ्झकी र मायालाग्दा छन् उनीहरु | उनीहरु मध्ये दाजु चाहिको नाम नविन र भाइ चाहिको नाम सविन हो | दाजु भाइमा यस्तो मिल्ती छ कि कोहि सोच्न पनि सक्दैन | उनीहरु यति मिल्द घरपरिवार पनि खुसि देखिन्छन | उनीहरुमध्ये कुनै भाइलाई कसैले केहि भन्यो कि दुवै भै झगडा गर्न पनि तम्सेर आउछन | यी दाजुभाइ आफु आफु मात्रै नभई साथिहरुसंग पनि खुब मिलनसार छन् | पढाईमा पनि दुवै अब्बल विद्यार्थी मानिन्छन, दुवै खुब तेज छन् | यिनीहरु सबै कुरामा एकै छन् | दाजुलाई भाइले खुब मान्छ र दाजुको अनुसरण गर्छ |

Saturday, November 20, 2010

माओबादीको जंगली व्यवहारका बाबजुद आइछाड्यो बजेट

हिजो नै सहमतिमा बजेट ल्याउने भनिएपनि अन्तिम अवस्थामा माओबादीको बिरोध अनि बजेट प्रस्तुत गर्ने बेलामा भएको जंगली व्यवहारका बाबजुद संसदमार्फत् बजेट जारी गर्न नसकेपछि सरकारले आज राष्ट्रिय योजना आयोगको हलबाट बजेट सार्वजनिक गरेको छ। बजेट जारी हुनु केही समयअघि मात्र राष्ट्रपतिले अध्यादेश जारी गरेपछि त्यसैका आधारमा सरकारले नयाँ बजेट प्रस्तुत गरेको हो।
जंगली ब्यबहारको सिकार सरकारका मन्त्रीहरु :
१० बर्षसम्म गाउँ-गाउँका बासिन्दाहरुलाई त्राहिमाम बनाएर र १०००औं  सोझासाझा जनताको बलि चढाएर जंगलमा राज गरेको माओबादी अब त लोकतान्त्रिक मान मर्यादाअनुसार चल्छ भन्ने जनताहरुको सोचलाई हावा खुवाउदै हिजो माओबादीले जंगली झोकतान्त्रिक मर्यादा अनुरूप अर्थमन्त्री तथा अन्य मन्त्रीहरुप्रति अत्यन्तै निच र घृणायोग्य व्यवहारको प्रदर्शन गर्यो | पहिले सहमति भो भन्दै निस्केका नेताहरुको अन्तिम स्थितिमा विचार परिवर्तन भो अथवा के भो ?? जे सुकै भएपनि शान्तिपूर्ण बिरोध गरेर बजेटको बिरोध गरेको भए पनि त हुन्थ्यो नि जंगली व्यबहार नै देखाउनु पर्थ्यो ra?? जे भएपनि माओबादीले त्यसरी आक्रमण गर्नुहुन्नथ्यो यसमा जसले जस्तोसुकै गल्ति गरेको भएपनि माओबादीको गल्ति नै प्रमुख र अक्षम्य देखिन्छ भन्ने पंक्तिकारको ठहर छ | पंक्तिकार सोच्छ कि माओबादी १० बर्ष जंगलमा बसेर आएको पार्टी भएकैले यस्तो भएको हुनुपर्छ | हुन त बाहिरी मुलुकहरुको संसद भन्छन कि कुन्नि के जाती भन्छनमा यस्तो दृश्य सामान्य होलान र त्यस्ता दृश्यहरु देख्दा हामीहरुलाई हाँसो उठ्थ्यो होला तर नेपालमा पहिलोपटक भएर हो कि किन हो यो जंगली व्यबहार हामीलाई पचेन र हाजमोला खानु पर्यो भनौ भने पनि Anti Dabur भइएको छ अब के खाने हो यो पचाउनलाई???

Wednesday, November 17, 2010

सरकार र सरकारी कार्यालय दुवै Date Expired

नेपालको सरकार र नेपालको सरकारी कर्मचारीको ताल देख्दा लाग्छ जबसम्म यहाँ सबै सरकारी कार्यालयहरुको प्रतिस्पर्धी देखा पर्दैन तब सम्म नेपाली जनताहरुले कहिल्यै गुणस्तरीय सेवा पुन सक्दैनन् | Date Expired बस्तुहरुको बाहुल्यता बढ्दै गएको नेपालमा गुणस्तरीय सेवा खोज्न पनि नहुने पंक्तिकारको ठहर छ | नुन देखि कानुन सम्म Date Expired, यता देखि नेतासम्म Date Expired, नीति देखि राजनीतिसम्म Date Expired(बुढो भो राजनीति), शासन देखि प्रशासनसम्म Date Expired, हार देखि सरकारसम्म सबै Date Expired, हुँदा हुँदा अब त नेता, सभासद र सरकारको लय देखि सरकारी सेवाका कार्यालय सबै Date Expired भैसकेका छन् | यसको उदाहरण स्वरूप चर्चा गरौँ सरकारी स्वामित्वका दुई कार्यालयको :


Saturday, October 30, 2010

पैसा भएपछी जे गर्न पनि तयार Celebrities

हुन त पैसा देखिपछी महादेवको त त्रिनेत्र भन्छन मानिस त एउटा तुच्छ प्राणी मात्रै हो पैसा देखिपछी नलठ्ठीने त कुरै भएन | त्यै भएर होला अहिले आएर नेपालका सेलेब्रिटीहरु पैसाकै निमित्त र चर्चामा आउनकै निमित्त मात्रै पनि जस्ता सुकै तुच्छ / निच र जस्तो सुकै घृणित कार्य गर्न पछी पर्दैनन् | चाहे त्यो श्रिसा कार्कीको नग्न तस्विरको काण्ड होस् या त केहि समय अघिसम्म चल्तीमा रहेका नायिकाद्वय नम्रता श्रेष्ठ र पुजा लामाको यौन कार्यको भिडियो होस् | सबै चर्चामा आउन वा पैसाकै निमित्त गरिएको भन्ने ठहर यो पंक्तिकारको छ | यस्तै पैसाकै लागि घृणित कार्य गर्नेको लिस्टमा अर्को एउटा सेलेब्रिटीनामले पनि दर्ज पाएको छ | ति महान हस्ती हामीले हेर्ने नेपाली चलचित्रमा लगभग बिस बर्षदेखि एकछत्र राज गर्दै आएका र  महानायक कहलिएका राजेश हमाल हुन् | हजुर केहि समय अघि मात्रै डाबरको रियल जुसमा किरा, लेदो लगायत अखाध्य पदार्थ भेटिएको भनेर त्यत्तिका समाचार माध्यममा आइरहँदा पनि नायक राजेश हमालले भने हरेक समाचार होस् वा नेपाली सिरियलमा १०/१५ मिनेटको फरकमा आएर रियलको गुणगान गाइरहन्छन |

Thursday, October 28, 2010

६० 'पोर्नो साइट' नेपालमा बन्द


इन्टरनेट सेवाप्रदायक (आइएसपी) हरूले बुधबार साँझदेखि आ-आफ्नो सर्भरबाट ६० वटा अश्लील साइटको प्रसारण रोकेका छन्। देशभित्रै र बाहिरबाट सञ्चालित ती साइट नेपालभित्र कसैले हेर्न नपाउने व्यवस्था गर्न गृह मन्त्रालय र दूरसञ्चार प्राधिकरणले निर्देशन दिएपछि आइएसपीहरूले यो कदम चालेका हुन्। अब सडक सडकमा आज धरानकी केटि र बिराटनगरको केटाको CD छ भन्दै बेच्नेलाई के गर्ने हुन् कुन्नि | अहिलेसम्म नेपालमा इन्टरनेट चलाउने मानिसहरु त जम्मा जम्मी ३०% भन्दा पनि कम छन् र ७०% भन्दा बढीले त मोबाइल तथा VCD र DVDको प्रयोग गरेर अश्लिल दृश्य हरु हेर्छन अनि के ति सबै सरकारले बन्द गर्न सक्ला र ?

Saturday, October 16, 2010

दशैं शुभ होस् | शुभकामना दशैंको .....

दशैं २०६७को मंगलमय शुभकामना
बडादशैं संगै  सम्पूर्ण नेपालीको घर आँगन र परिवारमा सुख, शान्ति र सम्वृद्धिले बस गरोस तपाईको यो वर्षा मंगलमय होस् | सम्पूर्ण नेपालीहरु स्वस्थ रहुन, ब्यस्त रहुन | बिजय दशमी २०६७को उपलक्ष्यमा यहाँहरु सबैको सु-स्वास्थ्य, सुख, शान्ति र सम्वृद्धिको  हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु |

Monday, October 4, 2010

अमृत स्वभाव

मनोज दाहाल
'हिँडेपछिको आनन्द लिन हिँड्नैपर्छ,' ऊ महर्षि भाषा बोल्छ- अनुभवलाई शब्दमा बाँध्न सकिँदैन। तिमी जे अनुभव गर्छौ, त्यही तिम्रो हो।

रमण महर्षि पढिरहेको छु।
उनले भनेका छन्- आफ्नो स्वभाव चिन्नुमै जीवन्तता छ, तिमीले आफ्नो स्वभाव वा भनौं, प्रकृति बिर्स्यौ भने त्यो तिम्रो मृत्यु हो।
सायद उसले पनि रमण महर्षि पढेको छ। वा, हुनसक्छ, उसलाई रमण महर्षि पढिरहनु पर्दैन। उनले जे सिके र संसारलाई सिकाए, त्यो उसले व्यवहारमै लागु गरिरहेको छ भने किन पढ्नुपर्‍यो रमण महर्षि?
ऊ भन्छ, 'भाइ, कति चिज आफूले नगर्दा राम्रो हुन्छ, म क्लासिकल गर्दिनँ तर एक्लै बसेको बेला घन्टौं क्लासिकल सुनिरहन्छु।'
अर्थात उसको स्वभाव क्लासिकल होइन।
के हो?
जगबाट ग्लासमा पानी सार्छ र बोल्छ, '२० वर्षदेखि जे गरिरहेको छु, त्यही मेरो स्वभाव हो।'
बीस वर्षदेखि मान्छे उचाल्ने गीत गाइरहेको छ ऊ जुन भाकाले केही वर्षयता 'लोकरक' नाम पाएको छ। गाउँले भाषामा भन्ने हो भने एक बीसा वर्षअगाडि (ऊ यस्तो भाषा रुचाउँछ) काठमाडौंमा कलेज पढ्दै गर्दा उसले दौंतरीहरूसँग मिलेर म्युजिकल ब्यान्ड खोलेको थियो जसको नाम साथी दीपकजंग राणाले जुराइदिएका थिए- नेपथ्य।
लोकरक उसको स्वभाव हो।
फोटोग्राफी, यात्रा, एक्लै घन्टौं बसेर सिनेमा हेर्नु वा संगीत सुन्नु, दिनदिनै १० किलोमिटर पैदल हिँडेर कार्यालय आउनु उसको लोकरक स्वभावकै अंश हुन्।
पोखरामा जन्मेहुर्केको ऊ हिमाल हेर्न रुचाउँछ। हँसाउँछ, 'मेरा लागि हिमाल हेर्न हो, चढ्न होइन।'
अर्थात हिमाल चढ्नु आफ्नो स्वभाव होइन भन्ने उसले रमण महर्षि नपढीकनै बुझेको छ।
...

Monday, September 27, 2010

कुन हो हाम्रो धर्म ??


हामी मानिस प्राणीजगतका सर्वश्रेष्ठ प्राणी भै कन पनि हामी मुर्ख भएका यो पंक्तिकारको ठहर छ | किनकि हामीले मान्दै आएको हिन्दु धर्मलाई अहिले बिस्थापित गर्दै अन्य बिशेष गरि क्रिस्टियन धर्मको विकास हुन थालेको छ | थाहा छैन मानिस किन यति धेरै मुर्ख बन्छन | आखिर धर्म परिवर्तन गरेर जुन धर्म माने पनि त्यो धर्म परिवर्तन गर्ने मान्छेले आफु हिन्दु धर्मकै धर्मग्रन्थलाई शिरमा राखेर आएको किन बिर्सन्छ ? र मेरो धर्म यस्तो, मेरो धर्मले यस्तो राम्रो गर्छ, यो धर्म मान्यो भने त कहिल्यै दुख हुदैन, तेरो धर्म त यस्तो, तेरो धर्मले  यस्तो नराम्रो गर्छ त्यै भएर त फलाना धर्म किन मान्दैनस भन्ने खालका अभिव्यक्ति दिन समेत पछी पर्दैन मान्छे | हुन त यहाँ प्रस्तुत गर्ने बिषयको धर्ममा राजनीति संग कुनै सम्बन्ध छैन तर अहिले नेताहरु पनि धर्म र जाति मा राजनीति गरिरहेका छन् | यस्तै चाला हो भने हाम्रो देश पृथ्वी नारायण शाहको पल भन्दा अगाडी जस्तै बाइसे चौबिसे राज्यहरुमा परिवर्तन हुन बेर छैन | खैर यी कुरा भन्दा अलि फरक तर धर्ममा विविधताले जन्माएको एउटा प्रश्न छ मसंग जुन मैले प्रत्यक्ष देखेर आएको छु | अब लागु वास्तविक प्रसङ्ग तर्फ ....

Tuesday, September 21, 2010

लुम्बिनीमाथि एक दृष्टि

-----दीपक चौधरी----- 
nayapatrika.com

केही महिनाअघि बुद्धको जन्मस्थल लुम्बिनीको कपिलवस्तु जाने अवसर मिलेको थियो । खण्डहर अवस्थामा रहेका भग्नावशेषमाझ स्थापित मायावतीको मन्दिर, ऐतिहासिक अशोक स्तम्भ र यसका वरपर विभिन्न बौद्धआस्था भएका देशले बनाएका आकर्षक शैलीका बिहार, गुम्बाआदिको मनोरम दृश्यले सुन्दर र शान्तिको अनुभूति दिलाउँदैन भन्नेमा बिमति राख्ने सायदै भेटिएलान् ।
लुम्बिनीसँग मुख्य रूपमा दुई कुरा जोडिएका मानिन्छन्- एक सम्पूर्ण मानवका लागि शान्तिको सन्देश र दोस्रो नेपालीको हकमा गौरव-पहिचान । आजभन्दा पच्चीस सय वर्षअघि लुम्बिनी-कपिलवस्तुमा जन्मेका शान्तिका दूत गौतम बुद्धको जन्मस्थल नेपालको कपिलवस्तु नै रहेको पुरातात्विक अध्ययनबाट प्रमाणित भइसकेको छ ।

Monday, September 13, 2010

चाडपर्वको नाममा भित्रदै बिकृति

भर्खरै मात्रै नेपाली(बिशेष गरि हिन्दु महिलाहरुको) महान चाड तीज सकिएको छ | तर सधै भन्दा यसपालिको तीजमा संस्कृति जोगाउने भन्दा पनि बिगार्ने प्रतिस्पर्धात्मक बिकृति भित्रिएको मेरो आफ्नै अनुभव छ | मैले जाने बुझे सम्म तीज महिलाहरुले आफ्नो श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बसेर मनाउने पर्व हो | अनि तीजमा दर खाने प्रचलन पनि तीजसंगै जोडिएर आउने प्रसङ्ग हो भने तीजमा रमाइलोको लागि गरिने गीत-नृत्य पनि संगै जोडिएर आउने प्रसंगहरु हुन् | तर अचेल यस्तो बिकृति भित्रिएको छ कि तीज आउन एक महिना बाँकी हुदा देखि नै यहाँ तीजको दर खाने प्रसङ्ग सुरु भैसकेको हुन्छ त्यो पनि घरमा हो र 5 STAR होटेल अनि Party Palaceहरुमा | अनि ति ठाउँमा छरपस्ट हुन्छ नेपाली चेलीको हिन्दी गीतमा कट्टु/जिन्स अनि टिसर्टको नृत्य | यस्ता सार्वजनिक ठाउँमा नै एक महिना अगाडी देखि तीज मनाउने नाममा यस्तो गरेपछि के हुन्छ चाडपर्वको महत्व अनि के हुन्छा हाम्रो संस्कृति ??

Friday, September 10, 2010

कांग्रेसका युवा उम्मेदवार नै बूढा

image

नयाँ पत्रिका
काठमाडौं, २४ भदौ
सबैभन्दा बढी युवा उम्मेदवार खडा भएको भनिएको कांग्रेसको १२औँ महाधिवेशनका सबैजसो 'युवा' ४५ नाघेका छन् । युवाको विश्वव्यापी मापदण्डलाई पार गरिसकेका कांग्रेसका नेताले आफूलाई युवानेताको दाबी गर्दै पार्टीको १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।
युवाका नाममा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्ने अधिकांश नेता विश्वव्यापी मापदण्डमा 'युवा' पर्दैनन् । युवा नेताको रूपमा चर्चामा रहेका हृदयराम थानी ५०, बालकृष्ण खाँण ५३, नारायण साउद ४८, अजयकुमार चौरसिया ४६, धनराज गुरुङ ४५, गगनकुमार थापा ३५, विश्वप्रकाश शर्मा ३९, बालकृष्ण दाहाल ४०, महेन्द्र यादव ४७, नवीन्द्रराज जोशी ४४, रामकृष्ण यादव ४९, शोभाकर पराजुली ५२, उमा अधिकारी (रेग्मी) ५६, रामहरि खतिवडा ४१, मित्रसेन दाहाल ४९, किशोरसिंह राठोर ४५, शंकर भण्डारी ४७, प्रदीप पौडेल ३४, सुरेन्द्र पाण्डे ४६ उमेरका छन् ।

Sunday, September 5, 2010

नेपाली चाही मान्छे होइनन?, किन सधै किरा र लेदो बेच्छ डाबर नेपाल ?? अनि किन चुप लाग्छ नेपाल सरकार ??

आज  फेरी काठमाण्डुंमा रियल जुसमा लेदोलगायत अखाध्य बस्तु पाइएको भन्दै उपभोक्ता संरक्षण मंचले फेरी रियल जुसको बिक्रि वितरणमा नै प्रतिबन्ध  लगाउन माग गरेको छ यसका साथै रियल जुस बिक्रि नगर्न र उपभोग नगर्न ब्यापारी तथा उपभोक्ताहरुलाई पुन आह्वान गरेको छ | योभन्दा अगाडी पनि ५/६ ठाउँमा रियल जुसमा अखाध्य बस्तु पाइएको र यसकै कारणले पोखरा लगायत १/२ ठाउँमा पासलाई भन्दा भएको खबर पनि प्रकाशनमा आएको थियो अनि  उपभोक्ता संरक्षण मंचले रियल जुसको बिक्रि वितरणमा नै प्रतिबन्ध  लगाउन माग गर्नुका साथै रियल जुस बिक्रि नगर्न र उपभोग नगर्न ब्यापारी तथा उपभोक्ताहरुलाई आह्वान गरेकै थियो | यसै बीच संसदमा भने रियल जुस प्रतिबन्धित भएको समाचार आएको थियो| सबैले सोचेका थिए होलान अब रियल जुस उत्पादक डाबर नेपाललाई कारबाही होला | 

Saturday, August 28, 2010

सपना त्यसै गर्भमा नै तुहिने भो

खोलो तर्यो लट्ठी बिर्स्यो भने झै पद पाऊन र सत्तामा पुग्न जनता सामु भोट माग्न जाँदा अनेक सपनाहरु देखाउने नेताहरु चुनाबमा बिजयी भएपछी विभिन्न बाहाना बनाएर न आफ्नो कार्यक्षेत्र पुग्छन न त्यहाँको बिकासको लागि नै के गर्छन |
माथिका कुरा त पुरानो समयमा हुने कुराहरु हुन् तर अहिले आएर यी ६०१ सभासदहरुले पनि यसै गरे | उतिखेर आन्दोलनका बेला सबै दलका मान्छे आएर निरंकुशताका बिरुद्ध लड्नु पर्छ भन्दै सबै जनताहरुलाई आन्दोलनमा हुले जसमध्ये कति सहिद भए(म यहाँ जनआन्दोलन २०६२/२०६३को आन्दोलनमा साहदत प्राप्त गर्ने हरुको कुरा गर्दै छु ) त कति घाइते भए | तेत्रो गरेर बल्ल बल्ल एउटा तानासाही निरंकुशतन्त्र ढालियो | पुरानो संबिधान जनताको भएन भनेर संबिधान सभाको चुनाव गरियो अनि चुनावमा छुट्टा छुट्टै पार्टीहरुले छुट्टा छुट्टै, को भन्दा को कम?को स्थितिमा विभिन्न सपनाहरु जनताहरुलाई देखाए | त्यै अनुसार जनताले चुनावमा जिताएर ६०१ लाई भट्ट दिए | तर आज तिनै जनताको सपनालाई भर्यांग बनाएर भट्ट कुम्ल्याएर र पचाएर मात्रै दैनिक गाइजात्रा देखाएर बसेका छन् नेताहरु | धिक्कार छ नेता अनि सभासद्ज्युहरु कमसेकम अब त अलिकति देशको लागि पनि सोच्न सिक न हौ नेताज्यू भनौदाहरु | खाली आफ्नो स्वार्थको लागि कोहि अर्काको खुट्टा तान्छन त कोहि आफ्नै दलभित्र झगडा गर्छन अनि एकले अर्काको कुरो काट्दै हिड्छन | कोहि आफ्नो स्वार्थको लागि काम नै ठप्प पारिदिन्छन त कोहि गल्तिलाई पनि मुकदर्शक भएर हेरीरहन्छन अनि कोहि चाही के के गर्छन |

Wednesday, August 25, 2010

राजसंस्था २०१० भर्सन चाहियो पारसलाई !!!

नेपालको अहिलेको राजनीतिक अवस्थाबारे यहाँको बुझाइ कस्तो छ?
हेर्नुस्, एउटा देश विभिन्न कुराहरू मिलेर चलेको हुन्छ। यहाँ धेरै अन्तर्राष्ट्रिय शक्तिहरूको इन्ट्रेस्ट
(स्वार्थ) छ। हाम्रो सबभन्दा ठूलो कमजोरी यही होजस्तो लाग्छ। आजको परिस्थितिमा पनि अन्तर्राष्ट्रिय जगतको ठूलो खेल छ।
पछिल्लो समयमा देश र जनताले चाहेजस्तो अवस्था नहुनुमा वैदेशिक चलखेल वा हस्तक्षेप नै हो भन्ने यहाँहरूको बुझाइ हो?
हो। यस्तो परिस्थति सिर्जना गरेपछि उनीहरूले आफ्नो स्वार्थका लागि त केही गर्छन्-गर्छन्।
गणतन्त्र स्थापना र राजतन्त्र अन्त्यमा पनि वैदेशिक चलखेल, हस्तक्षेप थियो भनेर बुझ्न सकिन्छ?
अवश्य।
यसको मतलब जनता राजतन्त्र अन्त्य भएको हेर्न चाहँदैनथे भन्ने बुझौं?
म के भन्न चाहन्छु भने नेपालीलाई, नेपाली समाजलाई एकातिर लगियो त्यसबेला। नेपालीले एउटा परिवर्तन त चाहेका थिए, तर कुन प्रकारको र कस्तो परिवर्तन भन्ने नेपालीलाई नै थाहा थिएन।

जनताले चाहेर राजसंस्था अन्त्य भएको होइन भन्नुभएको?
होइन, जनताले त्यसबेला परिवर्तन चाहेका थिए, तर जनचाहनाले होइन, विदेशी खेलबाट त्यो परिवर्तन भएको हो।

Tuesday, August 24, 2010

प्रविधिलाई रोक्ने दूरसंचारको असफल प्रयास

भर्खरै मात्रै नेपाल दुरसंचार प्राधिकरणले अबैध भन्दै केहि इन्टरनेट फोन तथा यिनीहरुको साइटमाथि प्रतिबन्ध लगाएको खबर सार्वजनिक भएको छ | तर साइबर तथा कम्युनिकेसन ब्यबसायीहरु भने यसबाट रुष्ट  भएका छन् | रुष्ट हुनुपनि एक हिसाबले ठिकै किनकि सरकारले चाही साइबर तथा कम्युनिकेसन ब्यबसायीहरुसंग कर पनि लिने अनि आफुखुसि सस्तो Account चलाउन  पनि नदिने | फेरी ग्राहकलाई पनि सस्तै थियो विदेश फोन गर्न | हुन त अहिलेलाई पांच ओटा साइटमाथि मात्रै प्रतिबन्ध लगाइएको छ तर अरु साइटहरु पनि पत्ता लागे प्रतिबन्ध गराउने घोषणा गरेको छ | प्राधिकरणको यो लक्ष केवल प्रविधिलाई रोक्ने असफल प्रयास मात्रै हो किनकि उसले गर्दैमा हुने भए यो कल बाइपास पनि उहिले नै हटिसक्नु पर्ने हो तर अहिलेसम्म खै हटेको ??(हटेको भए विदेशबाट फोन गर्दा नेपालकै नम्बर नआउनु पर्ने हो ) अनि आज एउटालाई पक्रेको खबर आउछ अनि फेरी २/४ दिनपछि धरौटीमा रिहा भएको भन्ने खबर आउछ | अरु त अरु जसले यस्ता अपराधिहरुलाई पक्रिन्छ भोलि उसको सरुवा हुने हो कि जागिर जाने हो था' हुन्न | अनि केहि नभए पनि अपराधीहरुलाई छोडिन्छ माथिको आदेश वा त बिदेशी प्रभुको हुकुमले अनि कसरि हुन्छा अपराध निर्मुलिकरण ??

Monday, August 23, 2010

प्रचण्ड, हार अनि माकुनेको पिडा

 नेपाली नेताहरु जित्नका लागि होइन हार्नकै लागि मात्र राजनीति गर्छन भन्ने कुरा पाँचौ पटकसम्म संसदीय चुनाउ गरेर पर्धानमुन्तरी छान्न नसकेपछि राम्रै संग पुस्टि गराएका छन् हाम्रा नेताहरुले | अझै कांग्रेस गल्ने होइन एमाले गल्यो रे झर्न बाँकी छ रे, माओबादी पनि गलेकै हो, माओबादी त अझ झर्न पनि आटेको थियो नजित्ने देखेर तर कांग्रेस नगलेपछी सबै गले पनि झर्न भने सकेनन | सत्ताको साँचो हातमा बोकेर कसले के दिन्छ अझै प्रष्ट भनौ कुन प्रभुले के आशिर्बाद दिन्छन अनि दक्षिण कस्तो टक्र्याउछन अनि भारतीय प्रभुले के आदेश दिन्छन भनेर सबैको मुख ताकेर बसेको मधेशी मोर्चा सधै तटस्थ | भारत चाहदैन कि उसको खोइरो खन्ने माओबादी नेपालको सरकार प्रमुख बनोस अनि मदेशी दललाई भारतीय प्रभुको आशिर्बादबिना चल्न गारो छ असम्भव प्राय छ मधेशी मात्रै होइन सधै भारतको खोइरो खनेर नथाक्ने माओबादी सुप्रिमो क.प्रचण्ड पनि भारतीय प्रभुको आशिर्बाद लिन नचाहने होइन तर भारतले फुटेको आँखोले हेर्न पनि चाहदैन माओबादीलाई | तै पनि पांच चोटी हर्ने पार्टीले दुइचोटी हार्ने माकुनेलाई 'कठपुतली सरकार राजिनामा दे !' तैले राजिनामा दिएको दुइ दिनभित्र सहमतिको सरकार मेरै नेतृत्वमा सरकार बनाउछु भन्दा माकुनेलाई कति रिस उठेको थियो होला तै पनि माकुनेले सहेर बसे र अन्तत राजिनामा पनि दिए | तर राजिनामाको दुइ महिना बित्दा पनि सरकार निर्माण हुन सकेको छैन | खैर छाडौं यी कुरा माकुने, जो दुइ ठाउंबाट हरेरा पनि पर्धानमुन्तिर(उनकै मन्त्रीहरुले उनलाई कुटुला झैँ गर्छन, हिजो मात्रै सु जाता कोइ र्यालासंग झगडा भयो रे यिनको तै भएर प्रधानमन्त्रि होइन पर्धानमुन्तिर) बने | पर्धान व्यक्ति भएर पनि उनीलाई मुन्तिरै राखियो | उनका पिडा र दुख मात्रै कति होलान भनि साध्ये छैन | तै पनि यिनलाई परेका केहि पिडा र दुखहरु हामी पनि बुझ्ने कोसिश गरौँ न त |

Thursday, August 19, 2010

पुरुष हुनुको पीडा

सधै महिला माथि दमन भो महिलालाई अधिकार दिएन भन्ने सुन्दै आएका हामीलाई शीर्षक देखेर अनौठो लाग्न सक्छ तर यहाँ एक जना महिला ले नै यस्तो लेख लेख्नु भएको छ जुन हामीले nagariknews.com बाट साभार गरेर तल राखेका छौं
बसन्ती शाही  
सुत्ने कोठा हुँदै परिवार र समाजमा पुग्ने सत्तामा पुरुषको प्रभुत्व हुन्छ। सम्पत्ति, कामकाज र अरू ठाउँमा पनि पुरुष कै नियन्त्रण छ। तसर्थ महिला पीडित छन्। दुःख र सास्ती त पाइरहेकै छन् सबै प्रकारका अवसरबाट पनि वञ्चित छन्। अरू त अरू, बच्चा जन्माउने विषय अर्थात् आफ्नो शरीरसम्बन्धी निर्णयसमेत लिन सक्दैनन्। यसबाट स्पष्ट हुन्छ पितृ सत्तात्मक व्यवहारबाट महिला धेरै पीडित छन्। तर, यसबाट महिला जत्तिकै पुरुष पनि पीडित छन्। पितृसत्तात्मक समाजमा पुरुषले महिलामाथि राज गर्ने हुनाले तिनलाई पीडा हुँदैन वा पुरुषहरू पीडित हुँदैनन् ठान्नु अन्याय हुन्छ।

Tuesday, August 17, 2010

कुर्सी: कहिले तानातान कहिले फालाफाल

'माओवादी प्रधान मन्त्रीमा एमालेलाई समर्थन गर्न तयार'
कङ्ग्रेसले लिए हामी पनि उम्मेद्वारी फिर्ता लिन्छौं-

काठमाडौं, भदौ १ (नागरिक)- माओवादीले आफूहरु एमालेको नेतृत्वमा सरकार बनाउने हो भने समर्थन गर्न तयार रहेको बताएको छ। नेता देव गुरुङले मङ्गलबार भने- एमालेले कि हामीलाई सहयोग गरोस्, कि हामी उनीहरुलाई सहयोग गर्न तयार छौं।
  गुरुङले कङ्ग्रेसले प्रधान मन्त्रीको उम्मेद्वारी फिर्ता लिए माओवादी पनि फिर्ता लिन तयार रहेको बताएका थिए। राजधानीमा जनसञ्चार अभियानद्वारा आयोजित कार्यक्रममा उनले भने- दुवै उम्मेद्वारले फिर्ता लिएर नयाँ प्रक्रियामा जाने हो भने एमालेलाई सहयोग गर्न सकिन्छ। 'तपाईंहरु अर्को प्रक्रियाद्वारा अघि बढ्नोस्, हामी समर्थन गर्छौं'- एमालेलाई गुरुङले भने। उनले एमालेले सहयोग गर्‍यो भने आफ्नो पार्टीले राष्ट्रिय सहमतिकै सरकार बनाउने दाबी पनि गरे।

Saturday, August 7, 2010

अस्थिर राजनीति अनि अनिर्णयको बन्दि देश कहिलेसम्म ??

मा.कु.ने. सरकारको राजिनामापछी सबै ठिक हुन्छ, सबैलाई हामी मिलाउछौँ भन्ने माओबादी नेता प्रचण्ड अहिले आफैं चिन्तामा परेका छन् | कारण उही प्रधानमन्त्रिको कुर्सि | कांग्रेस नेता रामचन्द्र पौडेल पनि बल्ल बल्ल प्र.म. निर्वाचनमा उठेका तर मधेसबादी दलको प्रचण्डसंगको निकटताले केहि हच्केका छन् | झलनाथ खनाल आफ्नै पार्टीका नेताहरुसंग रुस्ट छन् ४०१ नपुगेको भन्दै मा.कु.ने.ले खनालको उमेद्द्वारी फिर्ता लिइदिएका कारण | कुनै दलका नेताहरु वा नेताहरुको बिचारमा एकता छैन | पार्टीभित्रै असहयोगको राजनीति भैरहेको छ, भन्नुपर्दा खुट्टा तान्ने प्रबृत्ति हाबी छ |

मा.कु.ने.ले राजिनामा दिएमा आफ्नो नेतृत्वमा सरकार बनाएर देशमा संबिधान निर्माण गर्नुका साथै शान्ति स्थापना गराउछु भन्ने प्रचण्डले हारमा ह्याट्रिक मात्रै गरेनन चौथो पटक भएको निर्वाचनमा पनि हारेर बहुमतीय सरकार नबन्ने र बनेपनि शान्ति र संबिधान निर्माणको काम नहुने स्पष्ठ संकेत दिएका छन् | मा.कु.ने. सरकारले राजिनामा दिएको झन्डै एक महिना बितिसक्न लाग्दा पनि पटक पटक निर्वाचन गर्ने बाहेक प्रा.म. चुन्ने कार्यले मुर्त रुप लिन सकेको छैन | जिन्दगीमा नपुंगसकता र राजनीतिमा तठस्थता एकै भएको भन्ने एमाले पनि नपुंगसक नै भैरहेको छ | मधेसी दलका नेताहरु भारतको इशारामा चलेका छन् | देशमा इमान्दार नेताहरुको खडेरी लागेको छ| देश अनिर्णयको बन्दि भैरहेको छ | तर पनि देश चलिरहेको छ | कांग्रेस उही आफ्नै बाहेक अन्य सभाषदको मत पाउन असफल छ | यस्तो अवस्थामा सरकार बन्ने स्थिति छैन | चौथो निर्वाचनमा पनि हारेका नेताहरु अझै आफ्नो हार बढाउने सुरमा छन् र त अझै पाँचौ पटक निर्वाचन हुदै छ भदौ २ गते | सधै जनतालाई झुक्याउने राजनीति गर्ने नेताहरु शान्ति संबिधान र देश बिकाशको पक्ष भन्दा विपक्ष र कुर्सिको निमित्त मरिहत्ते गरिरहेका छन् र राष्ट्रलाइ अनिर्णयको बन्दि बनाइरहेका छन् |