Saturday, August 28, 2010

सपना त्यसै गर्भमा नै तुहिने भो

खोलो तर्यो लट्ठी बिर्स्यो भने झै पद पाऊन र सत्तामा पुग्न जनता सामु भोट माग्न जाँदा अनेक सपनाहरु देखाउने नेताहरु चुनाबमा बिजयी भएपछी विभिन्न बाहाना बनाएर न आफ्नो कार्यक्षेत्र पुग्छन न त्यहाँको बिकासको लागि नै के गर्छन |
माथिका कुरा त पुरानो समयमा हुने कुराहरु हुन् तर अहिले आएर यी ६०१ सभासदहरुले पनि यसै गरे | उतिखेर आन्दोलनका बेला सबै दलका मान्छे आएर निरंकुशताका बिरुद्ध लड्नु पर्छ भन्दै सबै जनताहरुलाई आन्दोलनमा हुले जसमध्ये कति सहिद भए(म यहाँ जनआन्दोलन २०६२/२०६३को आन्दोलनमा साहदत प्राप्त गर्ने हरुको कुरा गर्दै छु ) त कति घाइते भए | तेत्रो गरेर बल्ल बल्ल एउटा तानासाही निरंकुशतन्त्र ढालियो | पुरानो संबिधान जनताको भएन भनेर संबिधान सभाको चुनाव गरियो अनि चुनावमा छुट्टा छुट्टै पार्टीहरुले छुट्टा छुट्टै, को भन्दा को कम?को स्थितिमा विभिन्न सपनाहरु जनताहरुलाई देखाए | त्यै अनुसार जनताले चुनावमा जिताएर ६०१ लाई भट्ट दिए | तर आज तिनै जनताको सपनालाई भर्यांग बनाएर भट्ट कुम्ल्याएर र पचाएर मात्रै दैनिक गाइजात्रा देखाएर बसेका छन् नेताहरु | धिक्कार छ नेता अनि सभासद्ज्युहरु कमसेकम अब त अलिकति देशको लागि पनि सोच्न सिक न हौ नेताज्यू भनौदाहरु | खाली आफ्नो स्वार्थको लागि कोहि अर्काको खुट्टा तान्छन त कोहि आफ्नै दलभित्र झगडा गर्छन अनि एकले अर्काको कुरो काट्दै हिड्छन | कोहि आफ्नो स्वार्थको लागि काम नै ठप्प पारिदिन्छन त कोहि गल्तिलाई पनि मुकदर्शक भएर हेरीरहन्छन अनि कोहि चाही के के गर्छन |


कहिले महिला सभासद्को चप्पल खान्छन त कहिले सदनमै निदाएर हुनसम्मको नीचता प्रदर्शन गर्छन अनि कहिले कुन दल राजबदिसंगा लगेर राजा ल्याउने रे भन्ने सुनिन्छा भने कहिले कुन नेताले हामीलाई संबिधान सभाको चुनाव चाहिएको होइन फलानोलाई रिजौना मात्रै गरेको भन्छन | समयमै संबिधान बनाउने त कुरै छाडौ समय सिमा नाघ्दा पनि संबिधान सभाको  म्याद कति थप्ने भनेर छलफल गरि रहन्छन हाम्रा नेताज्यूहरु अनि यत्रो बन्छ संबिधान ? यस्तै चाला नेताहरुको हो भने अब थपिएको समयमा पनि संबिधान बन्दैन र पुन: राजतन्त्र फर्कंछा किनकि २०६७ जेष्ठ १४ गतेदेखि नै राजतन्त्रको भूतहरू अलिक बादी नै चलाख भएर सल्बलाउदै छन् | त्यसैले नेता तथा जनता सबै होसियार हुनुपर्ने बेला आएको छ | हुन त जनताहरुलाई जुन तन्त्र आए पनि केहि हुने हैन हटेको राजतन्त्र पुन: प्रतिस्थापन भएमा त्यसबाट सबै भन्दा ठुलो घाटा राजनीतिक दलहरुलाई हुने हो किनकि यी एक त बिदेशी दलालहरुले देश बेच्न पाउदैनन अनि अर्को यिनीहरुको भत्ता सेलाउछ भने अर्को तिर यिनीहरुलाई ठुलै सङ्कट पनि आउन सक्छ जस्तै प्रतिबन्ध हुन पनि सक्छन यी Date Expired Medicine हरु अनि यिनीहरुलाई हुनुसम्मको दुख लाग्ला कि नत्र यी नेताहरुको बुद्धि नफिर्ने भो हामी नेपालीको हाम्रो र राम्रो संविधानको सपना त्यसै गर्भमा नै तुहिने भो |

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |