Tuesday, August 24, 2010

प्रविधिलाई रोक्ने दूरसंचारको असफल प्रयास

भर्खरै मात्रै नेपाल दुरसंचार प्राधिकरणले अबैध भन्दै केहि इन्टरनेट फोन तथा यिनीहरुको साइटमाथि प्रतिबन्ध लगाएको खबर सार्वजनिक भएको छ | तर साइबर तथा कम्युनिकेसन ब्यबसायीहरु भने यसबाट रुष्ट  भएका छन् | रुष्ट हुनुपनि एक हिसाबले ठिकै किनकि सरकारले चाही साइबर तथा कम्युनिकेसन ब्यबसायीहरुसंग कर पनि लिने अनि आफुखुसि सस्तो Account चलाउन  पनि नदिने | फेरी ग्राहकलाई पनि सस्तै थियो विदेश फोन गर्न | हुन त अहिलेलाई पांच ओटा साइटमाथि मात्रै प्रतिबन्ध लगाइएको छ तर अरु साइटहरु पनि पत्ता लागे प्रतिबन्ध गराउने घोषणा गरेको छ | प्राधिकरणको यो लक्ष केवल प्रविधिलाई रोक्ने असफल प्रयास मात्रै हो किनकि उसले गर्दैमा हुने भए यो कल बाइपास पनि उहिले नै हटिसक्नु पर्ने हो तर अहिलेसम्म खै हटेको ??(हटेको भए विदेशबाट फोन गर्दा नेपालकै नम्बर नआउनु पर्ने हो ) अनि आज एउटालाई पक्रेको खबर आउछ अनि फेरी २/४ दिनपछि धरौटीमा रिहा भएको भन्ने खबर आउछ | अरु त अरु जसले यस्ता अपराधिहरुलाई पक्रिन्छ भोलि उसको सरुवा हुने हो कि जागिर जाने हो था' हुन्न | अनि केहि नभए पनि अपराधीहरुलाई छोडिन्छ माथिको आदेश वा त बिदेशी प्रभुको हुकुमले अनि कसरि हुन्छा अपराध निर्मुलिकरण ??


तर प्राधिकरणको ध्यान यता भन्दा पनि नेपाल टेलिकमलाई घाटा भयो भन्नेतिर मात्रै छ | अनि राजस्वमा घाटा भयो रे तै भएर बन्द गराएको रे वाहियात कारण | यदि राजस्वमा घाटा हुने बित्तिकै बन्द गर्नु पर्ने हो भने त कल बाइपास उहिल्यै बन्द हुनुपर्ने हो किनकि मैले बुझे सम्म टेलिकमका इन्जिनियरहरुलाई कुन टावरबाट कति फोन लागेको छ भन्ने सबै था हुन्छ रे ! अनि टेलिकममा त अझ फोन कलहरुको रेकर्ड पनि त हुन्छ नि नत्र त कल डिटेल दिन नपर्ने हो NTC ले हरेक महिना | अनि तेती हुदा पनि कल बाइपास चाही नरोक्ने तर साइबर तथा कम्युनिकेसन ब्यबसायीहरुले कर तिरेर आफुलाई सस्तो पर्ने फोन चलेर ग्राहकलाई सस्तो फोन दिदा चाही राजस्वमा घाटा भयो भन्दै नेट फोनमाथि नै प्रतिबन्ध लगाउने कदम कस्तो कदम हो ??

कुरा यतिमै सिमित हुदैन, प्राधिकरणले बन्द गर्यो लौ अब राजस्वमा वृद्धि हुने भयो भन्ठान्ने हो भने पनि त्यो सम्भव देखिदैन किनकि नेपालमा लगभग ५०% भन्दा बदिले चलाएको एकाउन्ट बन्द गरेर कति दिन बन्द गराउन सकिन्छ र ?? उनीहरुले विकल्प खोज्दैनन् होला र ?? कतिले त proxy address प्रयोग गरेर खोलेर हेरी पनि सके तर यसो गर्दा फोन लगाउन सकिदैन नि भन्नु होला तर तेसो होइन आज साइट खोल्नेले भोलि फोन नलगाउला भन्न सकिदैन | प्राधिकरणको यो कदम मात्रै होइन अन्य कदम बारे पनि चर्चा हुन थालेको छ अचेल त्यो हो अब याहू च्याटको भ्वाइस च्याट माथि पनि प्रतिबन्ध लगाउन खोजेको रे भन्ने पनि सुन्नमा आएको छ | तर यो कदम पनि नमच्चिने पिंगको सय झड्का भने झैँ हुने छ किनकि नेपालमा अहिले सायद प्राय: सबै जसो मानिस जो इन्टरनेट चलाउछन तिनीहरुले याहू मेल चलाउछन अनि यसैमा प्रतिबन्ध लगाउनु कतिको जायज हुनेछ ?? अब सोच्नुस के NTA को प्रविधिलाई रोक्ने यो कदम सफल होला वा असफल ?? अनि किन डराउछ NTA प्रविधिसंग?, किन NTA नयाँ प्रविधि भित्र्याएर त्यसलाई व्यवस्थित गरेर अझ बढी राजस्व कमाउन सकिने तर्फ सोच्न सक्दैन ?? धिक्कार छ नेपाल दुरसंचार प्राधिकरणलाई जसले आजको २१औं शताब्दीमा प्रविधिलाई र प्रविधिको महत्व र आवश्यकता अनि यसलाई व्यवस्थित गर्ने तरिकाबारे सोच्न र बुझ्न सक्दैन  !!!!!!!!!!!!  

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |