Tuesday, August 17, 2010

कुर्सी: कहिले तानातान कहिले फालाफाल

'माओवादी प्रधान मन्त्रीमा एमालेलाई समर्थन गर्न तयार'
कङ्ग्रेसले लिए हामी पनि उम्मेद्वारी फिर्ता लिन्छौं-

काठमाडौं, भदौ १ (नागरिक)- माओवादीले आफूहरु एमालेको नेतृत्वमा सरकार बनाउने हो भने समर्थन गर्न तयार रहेको बताएको छ। नेता देव गुरुङले मङ्गलबार भने- एमालेले कि हामीलाई सहयोग गरोस्, कि हामी उनीहरुलाई सहयोग गर्न तयार छौं।
  गुरुङले कङ्ग्रेसले प्रधान मन्त्रीको उम्मेद्वारी फिर्ता लिए माओवादी पनि फिर्ता लिन तयार रहेको बताएका थिए। राजधानीमा जनसञ्चार अभियानद्वारा आयोजित कार्यक्रममा उनले भने- दुवै उम्मेद्वारले फिर्ता लिएर नयाँ प्रक्रियामा जाने हो भने एमालेलाई सहयोग गर्न सकिन्छ। 'तपाईंहरु अर्को प्रक्रियाद्वारा अघि बढ्नोस्, हामी समर्थन गर्छौं'- एमालेलाई गुरुङले भने। उनले एमालेले सहयोग गर्‍यो भने आफ्नो पार्टीले राष्ट्रिय सहमतिकै सरकार बनाउने दाबी पनि गरे।


सोही कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवालीले माओवादीले पहिले उम्मेद्वारी फिर्ता लिएमा कङ्ग्रेसलाई पनि फिर्ता लिन नैतिक दबाब पर्ने धारणा राखे। उनले विगतका सहमतिहरु पालना गरे माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने भनाइ पनि राखे।


भोलि हुने प्रधान मन्त्रीको चुनाव सर्न सक्ने
काठमाडौं, भदौ १ (नागरिक)- भोलि हुने प्रधान मन्त्रीको चुनाव सर्न सक्ने भएको छ। प्रमुख दलबीच चुनाव सार्ने सहमति भएपछि यो सम्भावना बढेको हो। भोलि नै बस्ने कार्यव्यवस्था समितिको बैठकले चुनाव सार्ने विषयलाई औपचारिकता प्रदान गर्ने बुझिएको छ।
  भोलिको संसदमा ग्यास चुहिएर आगो लाग्दा मृत्यु भएकी सांसद रामकुमारी यादवको शोक प्रस्ताव पनि पारित गरिने भएको छ। सामान्यतया शोक प्रस्ताव राखिसकेपछि त्यो दिनको संसदले अरु कार्य नगर्ने प्रचलन छ। यही कारण पनि भोलि प्रधान मन्त्रीको चुनाव नहुने सम्भावना बढेको हो।

कङ्ग्रेस नेता लक्ष्मण घिमिरले पनि भोलि प्रधान मन्त्रीको चुनाव नहुने सम्भावना व्यक्त गरे। प्रधान मन्त्रीका दुई दावेदारमध्ये दुवैको उम्मेद्वारी फिर्ता गराएर वा अन्य प्रक्रियाबाट सहमति कायम गराउन आज पनि नेताहरुका द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय वार्ता अहिले पनि जारी छ।
 Source:Nagariknews.com
अब बिचार गर्नुस के चाला हो यी राजनीतिक नेता रा दलहरुको??

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |