Saturday, August 7, 2010

अस्थिर राजनीति अनि अनिर्णयको बन्दि देश कहिलेसम्म ??

मा.कु.ने. सरकारको राजिनामापछी सबै ठिक हुन्छ, सबैलाई हामी मिलाउछौँ भन्ने माओबादी नेता प्रचण्ड अहिले आफैं चिन्तामा परेका छन् | कारण उही प्रधानमन्त्रिको कुर्सि | कांग्रेस नेता रामचन्द्र पौडेल पनि बल्ल बल्ल प्र.म. निर्वाचनमा उठेका तर मधेसबादी दलको प्रचण्डसंगको निकटताले केहि हच्केका छन् | झलनाथ खनाल आफ्नै पार्टीका नेताहरुसंग रुस्ट छन् ४०१ नपुगेको भन्दै मा.कु.ने.ले खनालको उमेद्द्वारी फिर्ता लिइदिएका कारण | कुनै दलका नेताहरु वा नेताहरुको बिचारमा एकता छैन | पार्टीभित्रै असहयोगको राजनीति भैरहेको छ, भन्नुपर्दा खुट्टा तान्ने प्रबृत्ति हाबी छ |

मा.कु.ने.ले राजिनामा दिएमा आफ्नो नेतृत्वमा सरकार बनाएर देशमा संबिधान निर्माण गर्नुका साथै शान्ति स्थापना गराउछु भन्ने प्रचण्डले हारमा ह्याट्रिक मात्रै गरेनन चौथो पटक भएको निर्वाचनमा पनि हारेर बहुमतीय सरकार नबन्ने र बनेपनि शान्ति र संबिधान निर्माणको काम नहुने स्पष्ठ संकेत दिएका छन् | मा.कु.ने. सरकारले राजिनामा दिएको झन्डै एक महिना बितिसक्न लाग्दा पनि पटक पटक निर्वाचन गर्ने बाहेक प्रा.म. चुन्ने कार्यले मुर्त रुप लिन सकेको छैन | जिन्दगीमा नपुंगसकता र राजनीतिमा तठस्थता एकै भएको भन्ने एमाले पनि नपुंगसक नै भैरहेको छ | मधेसी दलका नेताहरु भारतको इशारामा चलेका छन् | देशमा इमान्दार नेताहरुको खडेरी लागेको छ| देश अनिर्णयको बन्दि भैरहेको छ | तर पनि देश चलिरहेको छ | कांग्रेस उही आफ्नै बाहेक अन्य सभाषदको मत पाउन असफल छ | यस्तो अवस्थामा सरकार बन्ने स्थिति छैन | चौथो निर्वाचनमा पनि हारेका नेताहरु अझै आफ्नो हार बढाउने सुरमा छन् र त अझै पाँचौ पटक निर्वाचन हुदै छ भदौ २ गते | सधै जनतालाई झुक्याउने राजनीति गर्ने नेताहरु शान्ति संबिधान र देश बिकाशको पक्ष भन्दा विपक्ष र कुर्सिको निमित्त मरिहत्ते गरिरहेका छन् र राष्ट्रलाइ अनिर्णयको बन्दि बनाइरहेका छन् |


देशमा छिट्टै नयाँ सरकार बन्ने गतिलो सम्भावना छैन तर पनि नेताज्यूहरु आफ्नै बेइज्जत गर्न आफ्नै हार(पराजय) बढाउन ब्यस्त छन् | देशमा कानुन छैन, कानुनबिनाको देश नुनबिनाको तरकारी जस्तो भैसक्यो | शान्तिसुरक्षा र अमन-चैन छैन, सरकार छैन, देश अनिर्णयको बन्दि भएको छ | नेपाली राजनीति तथा आन्तरिक कुराहरुमा भारतीय हस्तक्षेप बढ्दो छ | जसले जति फुर्ति लगाएपनि जति भारतको खोइरो खनेपनि झर्लंग भएकै कुरा हो भारतले चाहुन्जेल कसैले आफ्नो नेतृत्वमा सरकार गठन गर्न सक्दैन अनि त्यसैले सबै दल भारतको इशारामा नाचिरहेका छन् र भारत मधेसलाई आफ्नो बनाउन लागिपरेको छ त्यसैले त मधेसबादी दलहरुलाई नानाभाती माग राख्न लागेर पुन आन्तरिक कलह बढाउन खोज्दै छ नि | हाम्रा नेताहरुले यो कुरा कहिले बुझ्ने र यसको बिरोध गर्ने ?? आखिर देशलाई कहिले सम्म अनिर्णयको बन्दि बनाइराख्ने अनि कहिलेसम्म देशलाई सरकार बिनाको देश बनाईराख्ने ??? जवाफ कसले दिने ?????.......

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |