Monday, August 23, 2010

प्रचण्ड, हार अनि माकुनेको पिडा

 नेपाली नेताहरु जित्नका लागि होइन हार्नकै लागि मात्र राजनीति गर्छन भन्ने कुरा पाँचौ पटकसम्म संसदीय चुनाउ गरेर पर्धानमुन्तरी छान्न नसकेपछि राम्रै संग पुस्टि गराएका छन् हाम्रा नेताहरुले | अझै कांग्रेस गल्ने होइन एमाले गल्यो रे झर्न बाँकी छ रे, माओबादी पनि गलेकै हो, माओबादी त अझ झर्न पनि आटेको थियो नजित्ने देखेर तर कांग्रेस नगलेपछी सबै गले पनि झर्न भने सकेनन | सत्ताको साँचो हातमा बोकेर कसले के दिन्छ अझै प्रष्ट भनौ कुन प्रभुले के आशिर्बाद दिन्छन अनि दक्षिण कस्तो टक्र्याउछन अनि भारतीय प्रभुले के आदेश दिन्छन भनेर सबैको मुख ताकेर बसेको मधेशी मोर्चा सधै तटस्थ | भारत चाहदैन कि उसको खोइरो खन्ने माओबादी नेपालको सरकार प्रमुख बनोस अनि मदेशी दललाई भारतीय प्रभुको आशिर्बादबिना चल्न गारो छ असम्भव प्राय छ मधेशी मात्रै होइन सधै भारतको खोइरो खनेर नथाक्ने माओबादी सुप्रिमो क.प्रचण्ड पनि भारतीय प्रभुको आशिर्बाद लिन नचाहने होइन तर भारतले फुटेको आँखोले हेर्न पनि चाहदैन माओबादीलाई | तै पनि पांच चोटी हर्ने पार्टीले दुइचोटी हार्ने माकुनेलाई 'कठपुतली सरकार राजिनामा दे !' तैले राजिनामा दिएको दुइ दिनभित्र सहमतिको सरकार मेरै नेतृत्वमा सरकार बनाउछु भन्दा माकुनेलाई कति रिस उठेको थियो होला तै पनि माकुनेले सहेर बसे र अन्तत राजिनामा पनि दिए | तर राजिनामाको दुइ महिना बित्दा पनि सरकार निर्माण हुन सकेको छैन | खैर छाडौं यी कुरा माकुने, जो दुइ ठाउंबाट हरेरा पनि पर्धानमुन्तिर(उनकै मन्त्रीहरुले उनलाई कुटुला झैँ गर्छन, हिजो मात्रै सु जाता कोइ र्यालासंग झगडा भयो रे यिनको तै भएर प्रधानमन्त्रि होइन पर्धानमुन्तिर) बने | पर्धान व्यक्ति भएर पनि उनीलाई मुन्तिरै राखियो | उनका पिडा र दुख मात्रै कति होलान भनि साध्ये छैन | तै पनि यिनलाई परेका केहि पिडा र दुखहरु हामी पनि बुझ्ने कोसिश गरौँ न त |

पिडा नं. एक :: केहि बर्ष अगाडी राजालाई दाम चडाएर प्रधानमुन्तरी बन्न नसकेको रन्कोले नछोड्दै संबिधान सभाको चुनावमा झक्कु संग हार्नु पर्यो |
पिडा नं. दुइ :: बल्ल बल्ल रुक्मांगत काण्डले पर्धानमुन्तरी बनाउनेबित्तिकै केहि सस्तो चर्चा बटुल्न प्रसव पीडाले छटपटाएकी महिलाको उद्दार गर्ने देखि काठमाडौँमा Tourist Bus छाडेर घुम्ने र जनआन्दोलनका घाइतेको भट्ट वृद्धि गर्ने सम्म काम गरे तै पनि उनका कामका प्रशंसा नभएर आलोचना मात्रै भए |
पिडा नं. तिन :: प्रचण्डले नाना  उपाय रचेर कहिले कहिले संसद घेराउ त कहिले सडक आन्दोलन अनि कहिले रेखाको देखा आन्दोलनको बाण हाने | तै पनि बल्ल बल्ल पाको पर्धानमुन्तिरको कुर्ची छोड्न नसक्दाको पिडा कसैले बुझेन |
पिडा नं. चार :: प्रचण्डले मात्रै नभएर प्रचण्डको प्रधानमन्त्रीको लिस्टमा नाम परेका झलनाथ खनाल लगायत आफ्नै पार्टीका नेताहरुले असहयोग गर्दा कति पिडा भो होला बिचरा माकुनेलाई ??
पिडा नं. पांच :: बल्ल बल्ल पाको पर्धानमुन्तिरको पद बाट राजिनामा दिएको दुइ महिनासम्म पनि कामचलाउ सरकारमा खर्च गर्न नपाई बस्नु पर्दाको पिडा माकुनेलाई थाहा होला |
हुन त माकुनेलाई अरु पिडा पनि नपरेको त हैन तर पनि बेफुर्सद्का कारण मा सबै यहाँ राख्न सक्दिन तपाइलाई थाहा छ भने तल थपिदिनु होला |||||

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |