Sunday, September 5, 2010

नेपाली चाही मान्छे होइनन?, किन सधै किरा र लेदो बेच्छ डाबर नेपाल ?? अनि किन चुप लाग्छ नेपाल सरकार ??

आज  फेरी काठमाण्डुंमा रियल जुसमा लेदोलगायत अखाध्य बस्तु पाइएको भन्दै उपभोक्ता संरक्षण मंचले फेरी रियल जुसको बिक्रि वितरणमा नै प्रतिबन्ध  लगाउन माग गरेको छ यसका साथै रियल जुस बिक्रि नगर्न र उपभोग नगर्न ब्यापारी तथा उपभोक्ताहरुलाई पुन आह्वान गरेको छ | योभन्दा अगाडी पनि ५/६ ठाउँमा रियल जुसमा अखाध्य बस्तु पाइएको र यसकै कारणले पोखरा लगायत १/२ ठाउँमा पासलाई भन्दा भएको खबर पनि प्रकाशनमा आएको थियो अनि  उपभोक्ता संरक्षण मंचले रियल जुसको बिक्रि वितरणमा नै प्रतिबन्ध  लगाउन माग गर्नुका साथै रियल जुस बिक्रि नगर्न र उपभोग नगर्न ब्यापारी तथा उपभोक्ताहरुलाई आह्वान गरेकै थियो | यसै बीच संसदमा भने रियल जुस प्रतिबन्धित भएको समाचार आएको थियो| सबैले सोचेका थिए होलान अब रियल जुस उत्पादक डाबर नेपाललाई कारबाही होला | 


यसै बीच संसदमा भने रियल जुस प्रतिबन्धित भएको समाचार आएको थियो| सबैले सोचेका थिए होलान अब रियल जुस उत्पादक डाबर नेपाललाई कारबाही होला | तर न रियललाइ प्रतिबन्ध लगाइयो न त केहि कारबाही नै गरियो न त ब्यापारीले बेच्न छोडे न उपभोक्ताहरुले उपभोग गर्न नै छोडे | कारण देशको राजनीतिक अवस्था अनि भारतको ठाडो हस्तक्षेप | भारतीय कम्पनीहरुले लगानी उठाउने धम्कि दिदै भारतीय राजदुतले किरा लेदो लगायत अखाध्य बस्तु भएको रियल जुसमा प्रतिबन्ध नलगाउन सरकारलाई निर्देशन दिनुका साथै नेपाली मेडिया झुटा र पूर्वाग्रही भएर यो समाचार छापेका हुन् भन्दै बिज्ञप्ति निकालियो | बिचरा सरकार चुइक्क गर्न सकेन किन त ?? एक त कामचलाउ त्यसमाथि पनि आज हो कि भोलि भएको सरकारलाई भारतको कडा निर्देशन र धम्कि पछी लग्यो होला आज कि भोलि गैहालिन्छ अनि भारतलाई शत्रु बनेर जनताको पक्षमा लागेर किन अर्को चोटिलाई सम्भावना कम गराउनु बरु तै चुप मै चुप भए आनन्द | त्यै भएर सरकार कानमा तेल हालेर बसेको छ अनि राकेश सुद संरक्षित डाबर नेपाल किरा र  लेदो लगायत अखाध्य पदार्थ बिक्रि गर्दै छ नेपाली जनतालाई झुक्याएर, धम्क्याएर वा फकाएर कसरि हुन्छ त्यसरी |

आजभन्दा अगाडी रियल जुसमा कहाँ के भेटिएको थियो हेरौ |
  • काठमाडौं, १० जेठ : अनामनगरको मोहन कोल्ड स्टोर्समा राजु अधिकारीले किनेको रियल जुसमा लेदो, लेदोसहित खाद्य अनुसन्धानमा उजुरी दर्ता
  • पोखरा, २३ जेठ : बुलौदीस्थित पसले अनिता भण्डारीले छोरालाई दिएको रियलमा लेदो र कीरा, केही दिनपछि रहस्यमय रुपमा अनिताको पसल बन्द
  • कपिलवस्तु, १६ साउन : चन्द्रौटास्थित बद्रीनाथ गेस्टहाउसमा किनिएको रियल जुसमा स्याउँस्याउँती कीरा, स्थानीय सर्वसाधारणद्वारा चन्द्रौटा बजार रियल निषेधित क्षेत्र घोषित
  • पोखरा, २६ साउन : बैदामस्थित बराल स्टोर्समा शिव परियारले छोरीका लागि किनेको रियलमा लेउ, बालिकाले घााटी दुख्यो भन्दै बान्ता गरिन्, प्राथमिक उपचारपछि निको भयो
  • काठमाडौं : डाबर नेपालले उत्पादन गर्ने महमा पानीमा नघुल्ने पदार्थ अत्यधिक मात्रामा राखिएको भन्दै खाद्य अनुसन्धान तथा प्रविधि विभागद्वारा जिल्ला प्रशासन कार्यालयमा दायर गरिएको मुद्दा विचाराधीन
  • काठमाडौं, ११ भदौ : भारतीय लगानीका कम्पनीद्वारा उत्पादित खाद्य वस्तुहरु विश्वभरि नै उत्कृष्ट रहेको दाबी गर्दै तिनका बारेमा समाचार लेख्ने नेपाली मिडियालाई कारबाही गर्न भारतीय दूतावासद्वारा नेपाल सरकारलाई सार्वजनिक दबाब
के नेपालमा सरकार नभएर वा कानुन नै नभएर यस्तो भएको हो वा नेपाली चाही मान्छे होइनन, किन सधै किरा र लेदो बेच्छ डाबर नेपाल ?? अनि किन चुप लाग्छ नेपाल सरकार ?? प्रश्न अनुत्तरित रहिरहेको छ बिगत केहि दिनदेखि | यसको जवाफ कसले दिने?? अनि कहिले अन्त्य हुन्छ डाबर नेपालको यस्तो कार्य ? कतिन्जेल चुप रहने हामी नेपाली ? अनि कतिन्जेल सहने यस्तो कार्य ?? अन्य कुरामा आन्दोलन गर्ने नेता अनि पार्टीहरु कहाँ छन् यतिबेला ??
सबै तस्बिरहरु: नयाँपत्रिका.नेट  

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |