Monday, September 13, 2010

चाडपर्वको नाममा भित्रदै बिकृति

भर्खरै मात्रै नेपाली(बिशेष गरि हिन्दु महिलाहरुको) महान चाड तीज सकिएको छ | तर सधै भन्दा यसपालिको तीजमा संस्कृति जोगाउने भन्दा पनि बिगार्ने प्रतिस्पर्धात्मक बिकृति भित्रिएको मेरो आफ्नै अनुभव छ | मैले जाने बुझे सम्म तीज महिलाहरुले आफ्नो श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बसेर मनाउने पर्व हो | अनि तीजमा दर खाने प्रचलन पनि तीजसंगै जोडिएर आउने प्रसङ्ग हो भने तीजमा रमाइलोको लागि गरिने गीत-नृत्य पनि संगै जोडिएर आउने प्रसंगहरु हुन् | तर अचेल यस्तो बिकृति भित्रिएको छ कि तीज आउन एक महिना बाँकी हुदा देखि नै यहाँ तीजको दर खाने प्रसङ्ग सुरु भैसकेको हुन्छ त्यो पनि घरमा हो र 5 STAR होटेल अनि Party Palaceहरुमा | अनि ति ठाउँमा छरपस्ट हुन्छ नेपाली चेलीको हिन्दी गीतमा कट्टु/जिन्स अनि टिसर्टको नृत्य | यस्ता सार्वजनिक ठाउँमा नै एक महिना अगाडी देखि तीज मनाउने नाममा यस्तो गरेपछि के हुन्छ चाडपर्वको महत्व अनि के हुन्छा हाम्रो संस्कृति ??

अझ यसपाली त तीजमा पैसा हुनेले चाही लाइन नबसी पशुपतिको दर्शन गर्न पाउने नियम सुन्दा त अझ छक्क पो परियो त ?? धर्ममा राजनीति गरेर खान पल्केकाहरुले नाना भति नाटक त गरेकै हुन् | अनि पशुपतिलाई नै कैयौ पटक राजनीतिक टावर बाट नै पनि विवादमा मुछ्ने काम भएको हो | तर कहिँ नभाको जात्रा हाँडी गाउँमा भने जस्तो कतै नभएको नियम नेपालमा त्यो पनि सारा हिन्दुले मानेको देवादिदेव पशुपतिनाथको मन्दिरमा लागु गरियो | यसरि धर्म बेचेर र धर्ममा भेदभाव बढाएर अनि चाडपर्वको नाममा बिकृति भित्य्राएर संस्कृति जोगाउने नाममा संस्कृतिकै खिल्ली उडाउने र संस्कृतिलाई नै विकृत गर्नु भन्दा त चाडपर्व नै नमनाउनु जाती हुने यो पंक्तिकारको बिचार छ र ति महिलाहरु जसले तीजको एकमहिना अगाडी देखि नै तीज मनाउछन् तिनीहरुलाई तीज नमनाउन र पैसा तिरेर पशुपतिको दर्शन नगर्न सम्पूर्ण भक्तजनहरुलाई यो पशुपतिनाथ भक्त बुज्रुक पंक्तिकारको सुझाव छ | अस्तु.....

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |