
कुरा हो परिवारको र त्यसका सदस्य तथा तिनीहरुले मान्ने धर्मको | हजुर पंक्तिकारको छिमेकमा रहेको एउटा परिवारमा चार जना सदस्य छन् जहाँ आमा, २ छोरा र १ छोरीको सुखी परिवार देखिन्छ बाहिरबाट हेर्दा | तर भित्र भित्रै आमाले छोराको झगडा हुदो रहेछ धर्मको कुरालाई लिएर जब जब चाड पर्व आउछ तब तब छोरो चाही पनि अध्यारो मुख लागेर बस्दो रहेछ | कारण रहेछ के भने छोरोचाही क्रिस्टियन धर्ममा लागेको रहेछ अनि उसले आफ्नी बहिनीलाई पनि लगाएको रहेछ तर एउटा छोरो र आमाचाहिलाई यो सब मन परेको रहेनछ | अनि कुरा बहिनिचाहिको, बहिनिचाही रहिछे सानी उसलाई चर्च जान मज लाग्दो रहेछ भने चाडपर्वमा आमासंगे हिड्दी रहिछा अनि आमाकै अनुसरण गर्दिरहिछ तर दाइचाहिलाई यो कुरा मन नपर्ने रहेछ कारण क्रिस्टियन हरु रातो टिका लगाउन नहुने मान्यता राख्ने गर्दा रहेछन | यहासम्म त सामान्य झाडाको कुरा हुन्छ तर कुरा आउछ मृत्यु पश्चात गरिने अन्तिम कार्यको ! अब अन्तिम कार्य गर्दा कुन धर्म अनुसार गर्ने क्रिस्टियन भन्छ मेरो धर्मअनुसार आमाको अन्तिम कार्य हुनु पर्छ | अनि हिन्दु धर्म मान्ने चाही भान्छा आमाले पनि हिन्दु धर्म मान्थिन भने आमाको अन्तिम कार्य हिन्दु धर्म अनुसार हुनुपर्छ | अब यहाँ हुन्छ दाजुभाई बिचमा झगडा जसले नराम्रो असर गर्छ भातृत्वको सम्बन्धमा | अब ति दुइको आमाको अन्तिम कार्य कुन धर्म अनुसार गर्ने त ???
0 comments:
Post a Comment
कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |