Thursday, December 16, 2010

देश हल्लाउने जाँड झगडाको परिणाम: पारस पछी अब घरज्वाईलाई के गर्ने ??

हैन यदि पारस संग हतियार नभएको र उसले गोलि नचलाएको भए यत्रो Media मा भुत्रोको नाटक गरिरा' ? यत्रो खान हल्ला गर्या ?? कि त्यो रातको जाँडले २/३ दिनसम्म नछोडेको हो अनि कुजता दिदीलाई चाही ज्वाईले खाको जाँड लाग्या हो र, नेता देखि मन्त्रिसम्म थर्का'को हो ?? साला बिदेशी! नेपाली संचारमाध्यममा त्रास फैल्याउनि ??
जसरि Wikileaksले सारा विश्व हल्लायो , ठिक त्यसैगरी पूर्वयुवराज र नवयुवराजको जाँड झगडाले दुई/तीन दिनसम्म नेपाल हल्लायो | दुवै  जँड्याहा थिए, अनि दुबैमा पावरको पुरै शान र ठगि अनि हतियारको ज्ञान थियो | एक थिए नवयुवराज जो संग सासुको पावरको शान अनि ठगीको पूर्ण ज्ञान थियो र अर्का थिए पूर्वयुवराज जो संग हतियारको ज्ञान र पुरानो शक्तिको शान थियो | नवयुवराज कोइराला खान्दानका ज्वाँई हुन् भने पूर्वयुवराज त सबैद्वारा चिरपरिचित व्यक्ति | नवयुवराज पूर्वयुवराजको सेखी झार्न भन्दै जाँदा दुई बीच जाँड झगडा भयो | यहि जाँड झगडालाई रुबेल चौधरी, उनकी सासु र केहि कांग्रेसी नेताहरुले राजतन्त्रसंगको रिस पोख्न र राजतन्त्रको बिउलाई जनताको मनै देखि उखेल्ने अस्त्रको रुपमा प्रयोग गर्ने हेतुले संचार माध्यम र छापाखानाहरुमा यत्रतत्र छरे तर भै'दियो उल्टो 'लहरो तान्दा पहरो खस्यो' | आफुले खनेको खाल्डोमा आफै परे रुबेलका सासु-ज्वाई | मुड़ो ताकेको बन्चरोले उनीहरुकै घुँदो काटिदियो | बिचरा रुबेलका सासु-ज्वाईले सोचेका पनि थिएनन कि पारसलाई यसबाट अझ फाइदा होला भनेर |


पारस जेल बसे(भन्नलाई जेल भनिएपनि उनको सत्कार कुनै लजमा भन्दा कम थिएन होला | )| तर उनको समर्थनमा केहि उत्रे भने राजतन्त्र विरोधीले पनि उनलाई केहि सहानुभूति प्रदान गर्ने र बिचरा भन्ने खालका शब्दहरु प्रकट गरे | तर यहि भिड रुबेलतर्फ भने नराम्रो संग खनिए | हुन त नखनिउन पनि किन हाम्रो देशको ढुकुटी रित्याएर आफ्नो ढुकुटी भर्ने बिदेशीसंग ??  विभिन्न निहुँमा नेपाल बसेर नेपाललाई नै भित्र भित्रै खोक्रो बनाउने दुई बिदेशी सुजाता जोस्ट र रुबेल चौधरी कोइराला परिवारको नाताकै कारणले नेपालमा बसेर यत्रो गर्दै छन् | कहिँ नभाको जात्र पनि हाम्रै देशमा हुन्छ विदेशीले आएर शक्तिको आडमा नेपालमा राजनीति गरेर मन्त्रि हुन्छन (कुजाता जोस्ट पनि बिदेशीको पत्नी भएपछी बिदेशी नै हुने भयो नि | )| अनि बिदेशी आएर देशको ढुकुटी रित्याएको थाहा पाएर पनि सरकार निरिह बस्छ ताल परे अझ उल्टो सहयोग गर्छ ढुकुटी रित्याउन | कतिसम्म हुन्छ भने बंगलादेशिको पासपोर्ट नेपालीको नाममा निकालेर दुनिया भ्रमण गराइन्छ | मलाई पनि पारसले गरेको ठिक लाग्यो | हुन त अहिले दुबैले बयान फेरेर गोलि नचलेको र पारससंग हतियार नभएको भन्ने बनाइएको छ | तर जे भए पनि यो जाँड झगडा नभएको भए कुजताको ज्वाईको परिचय केवल घरज्वाईमै मात्र सिमित हुन्थ्यो | तर धन्य हो जाँड झगडा कमसेकम अपराधीको परिचय पनि खुल्यो | अवैध VOIP काण्ड देखि WPEDO जस्ता संसार ठग्ने उनीहरुको प्लान अब टुट्नेमा दुइमत हुने थिएन यदि रुबेल र जोस्टलाई जेल कोच्न सके किनकि जोस्टको घरमा पनि अवैध VOIP चलाईएको अनुसन्धानले देखेको समाचार हिजो/आज मात्रै पत्र पत्रिकामा आउन थालेका छन् |

फेरी last hour मा आएर यिनीहरुले बयान फेरेर के नौटंकी देखा'का हुन् कुन्नि ?? अहिले त पारस पनि मैले गोलि चलाएकै छैन भन्छन रे अनि उता रुबेल चौधरी पनि हैन मैले त पारससंग हतियार देखेकै छैन पो भन्छन रे बा ! हैन यदि पारस संग हतियार नभएको र उसले गोलि नचलाएको भए यत्रो media मा भुत्रोको नाटक गरिरा' | यत्रो खान हल्ला गर्या ?? कि त्यो रातको जाँडले २/३ दिनसम्म नछोडेको हो अनि कुजता दिदीलाई चाही ज्वाईले खाको जाँड लाग्या हो र, नेता देखि मन्त्रिसम्म थर्काको हो ?? साला बिदेशी संचारमाध्यममा त्रास फैल्याउनि ?? यस्तालाई लौ जेल कोचिहालौं त लौ ! 

खैर छाडौ यी कुरा, जे भएपनि जाँड झगडा र पारसलाई मान्नै पर्छ | जाँड झगडाले घरज्वाईको कर्तुत खोल्यो अनि पारसको तागत पनि कडै हो बा नत्र चानचुने मान्छे जेलबाट यति चाडै फुत्कन पाउछ त ?? तर जे भएपनि पारसले पक्राउ परिदिएर र केहि समय कथित् जेलमा बिताइदिएर केहि समर्थन भने बटुलेका छन् | अब हेरौं प्रहरी र कानुन अनि सरकार र एसपी खरेलको तागत जोस्ट र चौधरी पक्राउ पर्छन कि पर्दैनन् | किनकि दुवै काठमाण्डुमा खुलेआम हिड्दै छन् | अब हेर्न बाकी छ देशमा प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्र आ'को हो कि होइन वा गणतन्त्रमा पनि युवराज हुन्छन र गणतान्त्रिक युवराजलाई जे गरे पनि कानुनी छुट छ | पारस थुनिएपछि यो कुरो पनि गम्भीर रुपमा बहस गर्नु पर्ने भएको छ | के अब रुबेलको दुई नम्बरी धन्दाको छानबिन र पर्दाफाँस होला त ? रुबेललाई प्रहरीले पक्राउ गर्ला त ?? हेरौं अब घरज्वाईलाई के हुन्छ ??

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |