Thursday, December 16, 2010

सायद सम्बन्ध स्वर्गमै बन्छ की ???

 कति दिन  बिते, कति रातहरु  – २
समय संगै कहाँ छुटे हातहरु 
रुन्छ हृदय धेरै, बर्सन्छन आँसु
टुक्रेको मुटु लिइ, कोहि त भनि देउ
कसरि म हाँसु??
सायद सम्बन्ध स्वर्गमै बन्छ कि
जोडी हुने धर्तिमा, त्यहीं नै रचिन्छ कि
सायद सम्बन्ध स्वर्गमै बन्छ कि
जोडी हुने धर्तिमा , त्यहीं  नै  रचिन्छ कि
हुँदैन किन, मान्छेले सोचेको
पाइदैन किन, जीवन साथि रोजेको
कति दिन बिते, कति रातहरु  – २
(कति दिन बिते, कति रातहरु )
हुँदैन किन, मान्छेले सोचेको 
पाइदैन किन, जीवनसाथि रोजेको
कति दिन बिते, कति रातहरु  – २
समयसंगै कहाँ छुटे हातहरु
रुन्छ हृदय धेरै, बर्संछन आँसु
टुक्रेको मुटु लिइ, कोहि त  भनिदेउ
कसरि म हाँसु ??
 "सायद सम्बन्ध स्वर्गमै बन्छ कि
जोडी हुने धर्तिमा, त्यहीं नै रचिन्छ कि"
सुगम पोखरेलको यो गीत कुनै जमानामा खुबै हिट थियो | धेरैले यसलाई रुचाएका थिए | सायद तपाइले पनि सुन्नुभएकै होला यो गीत | सायदै उनले यो सोचेका थिए हल कि यो गीत बास्तविक रुपमै कुनै समयमा कुनै जोडीको लागि सत्य साबित हुनेछ | तर आज आएर यो गीत पाइलट सोफिया सिंह र पाइलट सचिन्द्र श्रेष्ठको जोडीमा लागु भएको छ | बृस्तृत बुझ्न कान्तिपुर पत्रिकाको अनलाइन संस्करणबाट लिएको  भित्रको लेख पढ्नुस |

--सुरज कुँवर--
काठमाडौ, पुस १ - अग्नि एयरको डोर्नियर दुर्घटनामा पाइलट सोफिया सिंहले संसार छाडेपछि तारा एयरका पाइलट सचिन्द्र श्रेष्ठले फेसबुकको भित्तोमा सोफियाको फोटो राखी लेखेका थिए, 'तिमीलाई सधैंभर म माया गरिरहनेछु..!'
सोफियासँग विछोडको १ सय १३ दिनपछि बुधबार लामीडाँडाबाट काठमाडौंका लागि आफैंले उडाएको विमानसँगै सचिन्द्र बेपत्ता भएका छन् । तारा एयरको टि्वनअटर र उनीबारे राति अबेरसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
घनिष्ठ सम्बन्ध भएका यी दुई जनामध्ये दुई वर्षयता सचिन्द्र यती एयर हुँदै ताराको टि्वनअटर उडाउँदै थिए भने सोफिया अग्नि एयरको डोर्नियर उडान भर्थिन् । अग्नि एयरको डोर्नियर विमान भदौ ८ गते मकवानपुरमा दुर्घटना भएको थियो ।
अमेरिकामा सँगै पाइलट अध्ययनका क्रममा डेढ वर्षमा कोर्स सकेका काठमाडौं न्युरोडका सचिन्द्र र एक वर्षमै कोर्ष सकेकी ललितपुर लगनखेलकी सोफिया २००७ डिसेम्बर १५ मा नेपाल फर्केका थिए । टेक्सासस्थित 'डेल्टा क्वालिफ्लाइट एभियसन' मा अध्ययन गरेका थिए । सचिन्द्र र उनको जहाज हराएको दिन पनि संयोगले उनी नेपाल फर्केकै डिसेम्बर १५ मा परेको छ ।
मूल घर पाल्पा भई न्युरोड गुच्चाटोलमा बस्दै आएका सचिन्द्रले सोफियालाई गुमाएपछि १० दिन बिदा लिई बसेका थिए । मन मिल्ने साथीले छाडेर गएपछि विक्षिप्त उनलाई २५ फेसबुक प्रयोगकर्ताले सान्त्वना दिएका थिए- 'जे हुनु भइसक्यो आफूलाई सम्हाल..!'
त्यसबेला कान्तिपुरसँग अन्तर्वार्तामा उनले भनेका थिए, 'सोफिया र मबीच गहिरो सम्बन्ध छ, हामी एकअर्कालाई अति माया गथ्र्यौं ।' उनले सोफियाको मृत्युपछि ललितपुरमा बस्दै आएका उनका बा नुच्छेबहादुर र आमा गंगालाई सघाउने प्रतिज्ञा पनि सुनाएका थिए । 'अमेरिकामा रहँदा', भदौ दोस्रो साता दरबारमार्गमा भेटिएको दिन उनले भनेका थिए, 'हामी एउटै फ्ल्याटमा बस्थ्यौं, मेरो कोठा, कपडा मिलाउने, हेरविचार गर्ने काम उनले (सोफिया) ले गर्थिन् ।'
आफू बेपत्ता हुनु अघिल्लो दिन मंगलबार बिहान मात्रै पनि सोफियाको सम्झनामा उनले आइफोनमार्फत फेसबुकमा लेखेका थिए- 'म हरेक बिहान तिम्रो फोनको अपेक्षा गरिरहेको हुन्छु, तिमीले संसारबाट बिदा लिएपछि मन्दिर नगएको दिन छैन, तिम्रा लागि कामना गरिरहेको हुन्छु र म तिमीलाई मिस गरिरहेको छु ।'
जोमसोमको उडानमा मार्फाली रम खान मन पराउने सचिन्द्रको भेट बुधबार लामीडाँडा उड्नुअघि बुद्ध एयरका सहपाठी पाइलट शैलेश रावलसँग भएको थियो । एयरपोर्टको क्यान्टिनमा स्यान्डविच खाँदै गरेका पाइलट रावलबाट आधा टुक्रा खाँदै उनले भनेका थिए, 'ल ल यार अहिले मलाई हतार छ, लामीडाँडा जाँदैछु पछि भेटौंला ।' त्यसपछि हतारिँदै उनी धावनमार्ग पुगेर जहाजमा छिरे । अनि क्याप्टेन अनुप शाक्यसँगै 'नाइन एन एएफएक्स' टि्वनअटर लिएर लामीडाँडातर्फ उडेका थिए । लगत्तै शैलेश पनि भद्रपुर उडेका थिए ।
भद्रपुरबाट बुद्ध एयरको जहाज काठमाडौं आउँदै थियो, ओखलढुंगाको आकाशछेउ पुगेपछि शैलेशले 'लामीडाँडाबाट काठमाडौं आउँदै गरेको जहाज हराएको' सुने । काठमाडौंको टावरले एयरपोर्ट बन्द गरेको खबर गरेपछि शैलेशले उडाएको बुद्ध एयरको जहाजले विराटनगरमा आपतकालीन अवतरण गर्‍यो । करिब एक घन्टापछि काठमाडौंको एयरपोर्ट खुला गरियो । शैलेशलाई पछि भेट्ने भन्दै स्यान्डविच खाँदै गएका सचिन्द्र र उनको जहाजको खबर राति अबेरसम्म पनि आएन ।
उनको फेसबुकमा भने बुधबार मध्यरातसम्म शुभचिन्तकहरूदेखि यती एयरलाइन्सकी परिचालिका अस्मिता अग्रवाल, चाहना राणा लगायतका शब्दहरू पोखिँदै थिए- 'कहाँ छौं सचिन्द्र ? तिमी चाँडै आऊ..!

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |