Saturday, December 4, 2010

सिजन बिबाहको

मंग्सिर महिना लागेपछि उमेर पुगेका र जोडी मिलेका/मिलाइएकाहरुबीच बिबाह गर्ने लठारो सुरु हुन्छ अझ भनौ सिजन सुरु हुन्छ | सायद यो मौसममा खेतबारीको अन्न तथा उब्जनिहरु सबै भित्र्याई सकिएको हुने हुनाले यो परम्परा को थालनी भएको हुनुपर्छ | नत्र त बिहे गर्न के को सिजन के को महिना जहिले गरे पनि भैहाल्छ नि मन र कुरो मिलेपछि | तर यहाँ बिहे संगै सबैलाई एक किसिमको सिजन लाग्दो रहेछ भन्ने पंक्तिकारको ठहर छ | लौ त अब चर्चा गरौ बिहेको सिजनमा विभिन्न व्यक्तिहरुलाई लाग्ने सिजनको :

१. दर्जी(दमाई) दाईलाई धन वर्षा सिजन:- यो सिजनलाई यसरि परिभाषित गर्नुको कारण अझै पनि गाउँघरतिर लुगा सिलाउन र पन्चेबाजा बजौना दर्जी दाईहरुलाई बोलाउने चलन छ | यसबाट एकातिर बेरोजगारी कम भएको छ भने अर्का तिर दर्जीदाईहरुको आम्दानीमा वृद्धि भएको छ |

२. ब्रास बैण्डहरुलाई जागिर:- हजुर यो बिहेको सिजन नहुने हो भने ब्रास बैण्डहरुलाई कामको कमि पक्कै हुनेथियो | तर यहाँ यसो हुदैन, अचेल शहरमा जहाँ जहाँ बिबाह हुन्छ त्यहाँ त्यहाँ ब्रास बैण्ड पुगेकै हुन्छ | इज्जतको जो सवाल छ जनता पनि के कम सबैले बोलाउछन ब्रास बैण्ड |


३. धोबिलाई पनि सिजन र अफ-सिजन:- सोच्नुहोला धोबीको कम लुगा धुने न हो जुनसुकै समयमा पनि उसलाई त सिजन नै हुन्छ, यदि यसो हो भने तपाई गलत हुनुहुन्छ किनकि जब बिबाहको मौसम सुरु हुन्छ अनि सुरु हुन्छ धोबिलाई पनि सिजन | अनि थाल्छ बार्गेनिंग, सिजनमा प्याक हुन्छ, यति दिए फलानो दिनलाई, यति दिए यति दिन बढी लाग्छ, यति भन्दा कममा त यो सिजनको बेला कसले पो गर्छ र?

४. जन्तेहरुलाई जन्ती सिजन:- यो सिजन बडा अचम्मको छ, बिबाहको निम्तो मात्रै आउनुपर्छ घरबाट को को कति जना कसरि जनता जाने भनेर खुल्दाली हुन थाल्छ | कारण नयाँ ठाउँ पनि देखिने अनि जन्त पनि गइने, क्या मस्ती | सबै भन्दा रमाइलो चाही जन्तेहरुलाई नै होला | त्यस्तै पर्यो भने बेहुलीगाउँका केटीहरुलाई जिस्क्याउन पनि पाइने वा! रे! जन्ती सिजन |

५. रुन्चे सिजन:- यो सिजन चाहिँ प्राय: महिला अनि दुलहीका आमा बुबा र परिवार अनि दुलहीलाई लाग्ने सिजन हो | ए बाबा सुरुमा चाहिँ टाक्टुक परेर कुरा मिलाउने अनि पठाउने बेलामा चाहिँ गोहीका आँशु झर्ने यो सिजन पनि बडो हाँस उठ्दो छ |

६. बेहुला ठग सिजन:- यो सिजन भनेको चाहिँ यस्तो सिजन हो जहाँ बेहुला ठगिन्छन | ससुरालीमा सालीद्वारा , घरमा दिदि बहिनि द्वारा अनि अलि पछी भएपछी श्रीमती हुदै बिस्तारै छोरा छोरि र पुरै परिवारद्वारा ठगिन्छन बेहुला तर चुपचाप ठगिईरहनु पर्छ बेहुलाले |
अरु थप्न यो पंक्तिकारलाई आल्छी र वाक्क, दिक्क लागेकोले बाकी था भएको तपाईहरुले तल कमेन्टमा थप्नुहोला .....!!!!!!!!!

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |