Wednesday, November 17, 2010

सरकार र सरकारी कार्यालय दुवै Date Expired

नेपालको सरकार र नेपालको सरकारी कर्मचारीको ताल देख्दा लाग्छ जबसम्म यहाँ सबै सरकारी कार्यालयहरुको प्रतिस्पर्धी देखा पर्दैन तब सम्म नेपाली जनताहरुले कहिल्यै गुणस्तरीय सेवा पुन सक्दैनन् | Date Expired बस्तुहरुको बाहुल्यता बढ्दै गएको नेपालमा गुणस्तरीय सेवा खोज्न पनि नहुने पंक्तिकारको ठहर छ | नुन देखि कानुन सम्म Date Expired, यता देखि नेतासम्म Date Expired, नीति देखि राजनीतिसम्म Date Expired(बुढो भो राजनीति), शासन देखि प्रशासनसम्म Date Expired, हार देखि सरकारसम्म सबै Date Expired, हुँदा हुँदा अब त नेता, सभासद र सरकारको लय देखि सरकारी सेवाका कार्यालय सबै Date Expired भैसकेका छन् | यसको उदाहरण स्वरूप चर्चा गरौँ सरकारी स्वामित्वका दुई कार्यालयको :


नं. १ : जय अपराधीकरण (लोडसेडीङ्गकरण) 
प्राधिकरण भन्न बिद्युत नै झल्याक झुलुक हुन्छ | अनि प्राधिकरण भन्दा जनता झुक्किएर के हो त्यो भन्लान भन्ने भयले अपराधीकरण (लोडसेडीङ्गकरण) भनेर चिनाउनु परेको छ | सरकारको कमजोरी हो कि अपराधीकरण (लोडसेडीङ्गकरण)को कर्मचारीको त्यो जसले गर्यो उही जाने (बिचार राम कहाँ हो कहाँ के जान्नु बिचारले?) ८३००० मेघावाट क्षमता भएको देशको जनता बत्तीमुनिको अध्यारोमा बस्नुपरेको छ | हुन त बर्षे पिच्छे १८ घण्टा लोडसेडिंग नहुने होइन हिउँद याममा तैपनि अपराधीकरण (लोडसेडीङ्गकरण)ले  सी.एफ.एल. चिमको प्रयोग गरौ भन्यो लौ त भनेर सी.एफ.एल. राखियो सी.एफ.एल. राखेपछि त बत्ति गाको गै अनि ८० रूप्पे त उठाउने पर्यो नि भनेर जनता दिन रात सी.एफ.एल. बालेको बाल्यै, अपराधीकरण (लोडसेडीङ्गकरण) लोडसेडिंग गरेको गर्यै अनि यत्रो हुन्छ | लगानी गराउनु कता हो कता आको लगानीकर्ताहरुलाई पनि सुरुक्षा दिन नसक्ने अनि बहाना बनाउदै फर्काउने, कसैले केहि राम्रो गर्न लग्यो भने कसरि हुन्छ थर्काउने अनि बिद्युत कसरि उत्पादन हुन्छ | कुरा लोडसेडिंगको मात्रै होइन सरकार जस्तै कामचलाउ बिद्युतको पनि गरौँ | कुरा के भने हुनलाई त सामान्य रुपमा बिद्युत २२० भोल्ट आउनु पर्ने हो तर यहाँ समस्या के हुदो रहेछ भने कतिपय ठाउँहरुमा १५०-१८० सम्म मात्रै बिद्युत प्रबाह हुँदो रहेछ | जसको कारणले सबैको विद्युतिय सामानहरु चाडै चाडै बिग्रने समस्याहरु टन्नै | यता समान बिग्रद tension उता समय बर्बाद अनि अझ पैसो खर्च | जनतालाई जताबाट नि घाटै घाटा | हैन यो अपराधीकरण (लोडसेडीङ्गकरण)लाई निजीकरण गर्न वा यसको प्रतिस्पर्धीलाई लाइसेन्स दिन मिल्दैन भन्या ??

नं. २ नेपाल टेली कम (दादागिरी र गफ ज्यादा)
साला टेलिकम न त सस्तो र भरपर्दो सेवा नै दिन्छ न अरुले दिएको सेवालाई नै सहयोग गर्छ | (Ncellले सस्तोमा 3G सेवा दियो रे भनेर टेलिकमले मुद्दा हालेको खबर यहाँहरुले नि पाउनु भो होला नि |) नेपाल टेलिकम नभएर नेपाल टेली कम हुनुका कारण ग्राहक धेरै र क्षमता कम हुनु नै हो भन्ने पंक्तिकारको ठहर छ | BTS कि कुन्नि के जाति भन्छ त्यो टाउरलाई को क्षमता भन्दा बढी ग्राहक बनाउछ अनि माफ गर्नु होला रुटको व्यस्तताले तपाइको कल सफल हुन सकेन भनेर बारम्बार भनिरहन्छ | लगानी थप्न नसके बर्षभरिको फाइदाको केहि प्रतिशत लगाएर कमसे कम सेवामा सुधार गरेर जनतालाई गुणस्तरीय सेवा पुर्याउनु त  कता हो कता अझ अर्काले राम्रो सेवा सस्तोमा दियो भनेर मुद्दा हाल्ने बाँदरिय प्रवित्तिले टेलिकमलाई अधोगति तर्फ डोहोर्याएको यो पंक्तिकारको ठहर छ |                  

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |