Thursday, October 28, 2010

६० 'पोर्नो साइट' नेपालमा बन्द


इन्टरनेट सेवाप्रदायक (आइएसपी) हरूले बुधबार साँझदेखि आ-आफ्नो सर्भरबाट ६० वटा अश्लील साइटको प्रसारण रोकेका छन्। देशभित्रै र बाहिरबाट सञ्चालित ती साइट नेपालभित्र कसैले हेर्न नपाउने व्यवस्था गर्न गृह मन्त्रालय र दूरसञ्चार प्राधिकरणले निर्देशन दिएपछि आइएसपीहरूले यो कदम चालेका हुन्। अब सडक सडकमा आज धरानकी केटि र बिराटनगरको केटाको CD छ भन्दै बेच्नेलाई के गर्ने हुन् कुन्नि | अहिलेसम्म नेपालमा इन्टरनेट चलाउने मानिसहरु त जम्मा जम्मी ३०% भन्दा पनि कम छन् र ७०% भन्दा बढीले त मोबाइल तथा VCD र DVDको प्रयोग गरेर अश्लिल दृश्य हरु हेर्छन अनि के ति सबै सरकारले बन्द गर्न सक्ला र ?

Source:nagariknews.com

सडक सडकमा आज धरानकी केटि र बिरत्नागर्को केटाको CD छ भन्दै बेच्नेलाई के गर्ने हुन् कुन्नि | अहिलेसम्म नेपालमा इन्टरनेट चलाउने मानिसहरु त जम्मा जम्मी ३०% भन्दा पनि कम छन् र ७०% भन्दा बढीले त मोबाइल तथा VCD र DVDको प्रयोग गरेर अश्लिल दृश्य हरु हेर्छन अनि के ति सबै सरकारले बन्द गर्न सक्ला र ? कि त प्रत्येकको मोबाइलमा हेर्दै त्यस्ता क्लिपहरु डिलेट गर्दै हिड्ने हुन् प्रहरीहरु अनि सबैका घर, कोठा अनि पसल र साइबरहरुमा छापा मार्दै भेटेका सबै CD अनि अस्लिल दृश्यहरु डिलेट गर्दै हिड्ने हुन् | नत्र इन्टरनेटमा यौनजन्य सामाग्रीहरु प्रशारण गर्न नदिएर अपराध कम गर्ने सपना बोकेका मन्त्रीज्यूको सपना सपना नै रहन्छ किनकि इन्टरनेट प्रविधिको आयाम हो र प्रविधिलाई रोक्न खोज्नु सरकारको मुर्खता बाहेक केहि होइन | यो कुरा त अस्ति भर्खरै अवैध भन्दै रोकिएको IP Telephony पुन: सुचारु भएकोबाटै थाहा भैहाल्छ नि ! आज ब्लक भयो रे भन्ने खबर आउने बित्तिकै भोलि त्यसलाई कसरि चलाउने भनेर Software को बिक्रि सुरु हुन्छ अनि सरकारले घण्टा बन्द गर्छ |

हो जथाभावी सार्वजनिक ठाउँहरुमा  यस्ता साइटहरु हेर्न प्रतिबन्ध लगाइनु पर्छ तर कसैले गोप्य रुपमा आफ्नै कोठामा गोप्य तरिकाले हेर्छ भने यो त उसको यौन अधिकार हुन्छ भन्ने यो पंक्तिकारको विचार छ | हुन त सरकारले ६० वटा अश्लील साइटको मात्र प्रसारण रोक्न लगाएको छ र हजौरौको संख्यामा रहेका यस्ता अस्लिल साइटहरुमध्ये थ्रीएक्सनेपाली डट् ब्लगस्पट डट कम, पिंकवर्ल्ड डट कम, नेपालीजेपिटी डट ब्लगस्पट डटकम, एक्सएक्सएक्स डट कमलगायतका केहि यौनजन्य सामग्री प्रशारण गर्ने केहि अश्लिल साइटहरु प्रतिबन्ध हुदैमा अपराध घट्ने गृह मन्त्रालयको बिचार दयनीय छ | किनकि हजारौको संख्यामा रहेका अश्लिल साइटहरु मध्ये ६० वटा अश्लील साइटको मात्र प्रसारण रोकेर केहि पनि नापिनेवाला छैन त्यसमाथि पनि इन्टरनेटमा त विकल्प हजारौ हुन्छन | हो इन्टरनेटको दुरुपयोग गरि सार्वजनिक ठाउँमा यस्ता सामाग्रीहरु हेर्दा अरुलाई पनि असर गर्न सक्छ यस्ता कार्यहरु अवश्य पनि  ठिक हैन तर कसैले आफ्नै कोठामा गोप्य तरिकाले हेर्छ भने यो त उसको यौन अधिकार हुन्छ र यौन मानिसहरुको अवश्यकता मात्रै नभएर अधिकार पनि हो भन्ने कुरा सायद मन्त्रीज्यूलाई थाहा भएन क्यारे भन्ने ठम्याई यो पंक्तिकारको छ |

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |