Thursday, November 10, 2011

Love with Ghost.... A real Story

सावधान: यदि तपाइलाई डर लाग्छ भने बेलुका को समयमा यो नपढ़नुहोला |


कुरा दुइ/साढे दुइ बर्ष अघिको हो जतिबेला मेरो आफ्नै सानोतिनो मोबाइल पसल थियो र राती अबेरसम्म म त्यहि काम गर्थे | जुन दिन धेरै नै रात पर्दथ्यो म त्यहिँ बस्थे| सधैँ त म घरै जान्थे तर कहिलेकहिँ राती धेरै नै अबेर भएपछी भने घरमा अरुलाई disturb गर्नुभन्दा दु:ख सुख रात काट्ने गर्थे | यसै गरि मेरा दिनहरु चल्दै थियो | एकदिन म अलिक अबेर गरेर पसल बन्द गरेर जाने तरखर गर्दै थिए यत्तिकैमा वरिपरिमै कोहि केटि मान्छे रोए/हाँसेको(आवाज चिन्न मुस्किल पर्थ्यो) जस्तो आवाज आयो| मनमा एककिसिमको डर पनि उत्पन्न भयो| चारै तिर चकमन्न अँध्यारो  थियो, सुनसान सडक थियो | मन त्यसै त्यसै त डराउने अवस्था थियो झन् त्यस्तो बेलामा कोहि रोएको/हाँसेको/बोलेको सुन्दा मुटुले नै ठाउँ छोड्ला झैँ भयो | अब त त्यो आवाज झन् झन् नजिक हुन थाल्यो| मलाई एकदमै डर लग्न थालेको थियो, त्यसैले हतार हतार Bike स्टार्ट गरेर पछाडी पनि नफर्की म भागें | मैले घरमा आएर त्यो कुरा सुनाउदा सबै जनाले मलाई डरपोकको उपनाम दिए |

तर त्यस दिन देखि मलाई डर लग्न थालेको थियो त्यसैले मैले ३/४ दिनसम्म त चाडै चाडै पसल बन्द गर्ने गर्न थालें | तर के गर्नु सधैँ त्यसो गर्न सम्भव पनि थिएन त्यसैले फेरी पनि पुरानै तरिकाबाट चल्न थालियो| १०/१२ दिनसम्म त खासै केहि पनि भएको थिएन तर अचानक एकदिन राती म निस्कने बेलामा एक जना केटि मान्छे मोबाइल बनैदिनु पर्यो भन्दै मेरो पसलमा छिरिन् | अब मेरो हंसले ठाउँ छोड्नै लागेको थियो धन्न त्यहिँ बेला एकजना भाई पनि आइपुग्यो, जो मेरो पसलमा दिउसो पनि आइरहन्थ्यो | त्यसपछि हामी दुइजना बसेर उक्त महिलाको मोबाइल बनाइदिएर त पठायौं  तर अब मलाई घर जना भने धेरै ढिला नै भैसकेको थियो | त्यसैले मैले उक्त पसलमा नै बस्ने निर्णय गरें | भाई पनि निन्द्रा नलागेर बाहिर निस्कदा मेरो पसल खुल्ला देखेर आएको रहेछ | उसले भन्यो "दाई तपाईकोमा निलो रंग छैन?" मैले पनि स्वाभाविक जवाफ दिए "अरे! यार तिमि पनि गजब छौ बा अब कहिँ नभएर मेरो मोबाइल पसलमा रंगहरु बेच्न राख्छु?" उ अलि असहज ठान्दै भन्न थाल्यो "अरे! दाई निलो रंग भनेको रंग हैन क्या फिल्म भन्या हो क्या?? कस्तो नबुझेको??" अब उसको कुरा मैले बुझें र जवाफ दिए " मेरो Computerमा त गानाहरु मात्रै छ भाई |" तब उसले समाधान निकाल्दै भन्यो "दाई मेरो Pen Driveमा छ हेर्ने हो त दाई नयाँ नयाँ बब्बाल बब्बाल छ | नेपाली, हिन्दि खतरा खतरा छ|" भन्दै उसले आफैले Computer on गरेर Pen Drive जोडेर फिल्महरु खोल्न थाल्यो | हामी लगभग ११ बजेसम्म त्यस्तै हेरेर बस्यौ अनि उ आफ्नो घर गयो भने म आफ्नै पसलमा सुतें | मलाई राती १२.३०/१.०० बजेतिर पिसाब लाग्यो र म पिसाब फेर्न भनेर बाहिर निस्के (ट्वाइलेट जान बाहिर ननिस्कि हुदैनथ्यो) | 

ट्वाइलेटबाट फर्केर आउदा त एउटी केटि मलाई नै हेरर बसिरहेको देखें | त्यसदिन मलाई भाईले रक्सि पनि अलि अलि खुवाएको थियो त्यसैले मैले नसामा यस्तो देखे भन्ने सोच्दै भित्र जना लागेको मात्रै थिए त्यो केटि त उठेर मेरो छेउमै आएर मसंग सहयोग माग्न पो थाली | उसको कहानी सुन्दा उ, राम्रो घरानाकि र राम्रो संस्कारमा हुर्केकी केटि थिए तर कसैले उसलाई फसाएर अहिले यो अवस्थामा थिए रे! अब मैले पनि राती आएको मान्छे भनेर भित्र आउन र बस्न भने | भित्र उज्ज्यालोम हेर्दा त म पनि उ प्रति एकदमै आशक्त भए | राती केटि आएर बस मागी त्यो पनि नेवार टोलमा एकमन कता कता डर लागिरहेको भए पनि अर्को मन मन मनै म रमाईरहेको थिए किनकि एउटी सारै राम्री अप्सरा जस्तै कन्या मेरो सामुन्नेमा खादा थिइ | हामी त्यो रात यत्तिकै सुत्यौ | भोलिपल्ट बिहानै चाडै उठेर म जान्छु भन्दै उ पनि गइ | म पनि त्यो रात घर गएँ | मैले उसलाई आफ्नो बनाउने चान्स गुमाएकोमा मनमनै म आफैलाई धिक्कार्दै  थिएँ |

उ संग पहिलो भेट भएको तेस्रो रात म पसलमै बस्ने निर्णय गरेर खाना खाईवरी पसलमा गैर बसें | म आफ्नो प्रेम प्राप्तिका लागि त्यहाँ बसिरहेको थिएँ | मैले त्यसदिन पुरै रात बाहिर नै बिताउने विचार गरें ( आफ्नो प्रेमलाई कुर्दा मलाई कुनै प्रकारको डर महसुस नै भएन) | त्यस रात पनि १२.००बजेको हाराहारीमा उक्त कन्या दौडदै मेरो छेउमा आएर भन्न लागिन "प्लिज दाई मलाई बचाउनुस केहि गुन्डाहरु मेरो पछाडी लागेका छन् उनीहरु आउनुभन्दा अगाडी नै हामी भित्र गइहालौं |" उनले यसो भन्नासाथै हामी दुवै भित्र गैर चुकुल लगाएर बस्यौ | मैले उनलाई घर नजानुको कारण सोध्दा उनले घरमा पनि बाबुआमालाई मारेर गुन्डाहरु नै बसेको कुरा गरिन | म उनको प्यारमा यति पागल भैसकेको थिए कि उनले मलाई नछोडी दिए हुने जस्तो गर्न थालिसकेछु | हामीबीच त्यो रात यौनसम्बन्ध पनि कायम भयो | अब म घर जना छोडिदिए पसलमै बस्न थालें | उनि सधैँ राती ११/१२ बजेतिर आउथिन भने बिहान चारै बजे गइहाल्थिन | १०/१५ दिनसम्म यस्तै क्रम चल्दै थियो यत्तिकैमा १५ दिनमा म घर गए | 

म घर पुग्ने बित्तिकै परिवारमा हल्लाखल्ला भएछ कि मलाई किच्कन्ने(महिला भुत) (KICHKANNE- THE LEDIES GHOST )ले भेटेछ | कारण १५ दिनमा म त खंग्रगै दुब्लाएछु | हुन त मैले कयौ पटक किच्कन्नेको कथा सुनेको थिए र किच्कन्नेको बारेमा उसको शरीरको बनावट, चालढाल, खुट्टाको बनावट आदिको बारेमा त सुनेको थिएँ तर मैले जो केटीलाई प्रेम गर्थें उ किच्कन्ने हो कि होइन भनेर कहिले पनि जाच्ने कोशिस गरिन | हुन त गरेको भए पनि त्यो कार्यको कुनै अर्थ हुन्नथ्यो किनकि यदि कसैले उ माथि शंका गरेको किच्कन्नेले थाहा पायो भने हत्या गरिहाल्छ रे | अब म मर्ने भएन भन्ने चिन्ताले मलाई एकदमै तनाव दिन थाल्यो, घरका सबै सदस्यहरु पनि चिन्तित देखिन थाले | यस्तैमा हामीले गाउँकै "दले धामी", जो गाउँभरिमा धुपधुंवार तथा चिन्ता गर्नमा प्रख्यात मानिन्थ्यो,लाई बोलाउने निर्णय गर्यौ | "दले धामी" आउन त आयो तर उसले मलाई फेरी पनि उही किच्कन्नेसंग पुन: रात बिताउनु पर्ने र आफ्नो ज्यानको बाजी लगाएर उसले दिएको काँचो धागो उक्त किच्कन्नेको कपडामा बाँध्नु पर्ने बतायो तर त्यतिखेर म डराएको वा मैले उसको असलियत थाहा पाएको जस्तो गर्न नहुने पनि उसले बतायो | 

अब मलाई के गर्नु के नगर्नु भयो | अब जसै गरे पनि मर्ने सम्भावना बढी भएको हुँदा फेरी एकरात उही किच्कन्नेसंग बिताउन पसल गए र राती त्यहिँ बसें | अचानक उही कन्या आएर सधैँ जस्तो हर्कत सुरु गरिरहदा मलाई भने धागो अड्काउन हतार भैसकेको थियो | म एकदमै होसियार भैसकेको थिए र मैले उक्त काम जुनसुकै हालतमा पनि फत्ते गरिछाड्ने विचार गरेको थिए | त्यसै बेला उसले केहि गन्ध आइरहेको भन्दा मैले केहि हैन मैले आज नयाँ गन्जी लागेकोले त्यसैको गन्ध होला भनेर टारिदिए | अन्तत: म मेरो कार्यमा सफल भएँ | भोलि पल्ट बिहान हामीले रातिको धागोको पिछा गर्दै जाँदा एक ठाउँमा अलिक झाडी जस्तो देखिने ठाउँमा पुगेर धागोको टुप्पो टुंगिएको थियो | "दले धामी" ले भने अनुसार उक्त ठाउँम खन्दा हामीले केहि हड्डीका टुक्राहरू फेला पार्यौ र "दले धामी" कै सल्लाह बमोजिम हामीले त्यसलाई जलाईदियौं र "दले धामी"ले पनि आफ्नो तन्त्रमन्त्रले मलाई झारफुक गरिदियो | बिस्तारै मेरो स्थिति सुध्रिदै गयो र म सामान्य अवस्थामा फर्किएँ | तर राती अबेरसम्म बाहिर बस्न वा काम गर्न मलाई अहिले एकदमै डर लाग्छ | त्यसैले म आफु बस्ने कोठामा मैले आइमाईका शृंगारका सामाग्रीहरु राखेको छु ताकी मलाई कुनै किच्कन्नेले पुन: आक्रमण गर्न नसकोस |

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |