Tuesday, November 15, 2011

बि.बि.सी.को भाषा पाठशाला


पाठशाला भन्नेबित्तिकै विद्यालय वा विश्वबिद्यालयलाई जनाउछ | पाठशालाको काम वा उद्देश्य भनेको कुनै पनि नजान्ने व्यक्तिलाई सिकाएर जान्ने बनाउनु हो | तर बि.बि.सी.को भाषा पाठशाला, जसले तपाई हामीलाई भाषामा हुने विभिन्न त्रुटि देखाउने र त्यसको समाधान गर्ने उद्देश्य राखेको छ, आफैमा अन्तर्विरोध उत्पन्न गर्ने खालको छ | उक्त पाठशालामा गल्ति त देखाइएको छ तर त्यो गल्ति कसरि गल्ति भयो र त्यसलाई सच्याउन के गर्दा उपयुक्त हुन्छ भनेर एकदुई ठाउमा मात्रै देखाइएको छ |  जस्तो कि यहाँ भाषा पाठशालामा राखिएको छ कि
भित्तामा हरिबहादुरको तस्विर टाँगिएको थियो जसबाट मैले अघिल्लो हप्‍ता दुई हजार रुपैयाँ लिएको थिएँ।
कसबाट दुई हजार रुपैयाँ लिएको ? हरिबहादुरबाट कि तस्विरबाट ? यस वाक्यले त तस्विरबाट लिएको भन्ने अर्थ पो बुझाउँछ!
अब यसलाई सच्याउन के गर्नुपर्यो त ? के लेख्ने हो यसलाई मिलाएर लेख्न?? पाठशाला मौन छ |


कुरुचिग्रस्त र फोहरी भाषाबाट बच्नुहोस्:
• १२ वर्षकै उमेरमा सगरमाथा चढेर उनले मै हुँ भन्ने पर्वतारोहीहरूलाई झापड लगाइदिएका छन्।
— हिन्दीमा शपथ ग्रहण गरेर उहाँले संविधानलाई लोप्पा ख्वाइदिनुभयो।
— जसले लोकतन्त्र विरुद्ध कुरा गर्छ उसलाई नंग्याउनुपर्छ।
— सरकारले जनचाहना माथि बलात्कार गरेको छ।
— पत्रकारिता पढ्न नदिएर उनका बाबुआमाले उनको भावनाको हत्या गरिदिए।
फोहरी विचारले भाषालाई फोहरी बनाउँछ र फोहरी भाषाले पनि विचारलाई फोहरी बनाउँछ।
शिष्‍ट, सुरुचिपूर्ण भाषामा व्यक्त गर्न सकिने कुराका निम्ति झापड लगाउने, लोप्पा ख्वाउने, नंग्याउने, बलात्कार गर्ने, हत्या गर्ने जस्तो भाषा प्रयोग गर्नु असभ्यता हो र वाणी (वाग्देवी) को अपमान पनि
अब फेरी यसलाई शुद्ध गराउन के गर्दा उपयुक्त हुन्थ्यो त, समाधान पनि राख्दा अझ जान्ने मौका मिल्थ्यो कि ?

• 'बलियो र चम्किलो दाँतको लागि, एभरेष्‍ट टुथपेस्ट।'
एक ताका निकै प्रचलित यस विज्ञापनले बलियो र चम्किलो दाँतका लागि मात्र एभरेष्‍ट टुथपेस्ट काम लाग्छ, कमजोर र नचम्किने दाँतका लागि चाहिं काम लाग्दैन भन्ने अर्थ दिन्छ। यसरी उल्टो अर्थ दिनुको कारण हो— अंग्रेजीको 'फर' को अद्‍भेस्रो अनुवाद। 
कस्तो अंग्रेजी वाक्यलाई अनुबाद गर्दा यस्तो(माथि उल्लेखित भएको जस्तो) बन्न पुगेको हो त्यो पनि जानकारी भइदिएको भए राम्रो हुन्थ्यो कि?

यसरि भाषाको बारेमा ज्ञान दिन खोलिएको भाषा पाठशालाले नै अध्ययनकर्ताहरुलाई झुक्याईरहेको छ कि भन्ने भन पैदा हुने अवस्था छ | त्यसैले बि.बि.सी.को भाषा पाठशालाले यसलाई सच्याएर अगाडी बढेमा हामीजस्ता पाठकहरु लाभान्वित हुनुका साथै हामीले आफ्नो गल्ति कस्तो ठाउँमा र कस्तो बेलामा/अवस्थामा हुन्छ भनेर सजग हुन र गल्ति कम गर्न मद्दत पुग्थ्यो कि ! श्रीमान रबिन्द्र मिश्रज्यूले यता पनि ध्यान दिने हो कि??

केहि कमजोरीहरुका बाबजुद बि.बि.सी.को भाषा पाठशाला हामी सबैका लागि उपयुक्त छ | बि.बि.सी.को भाषा पाठशालाले हामीले गरिरहने तर ख्याल नगर्ने गल्तिहरुका बारेमा हामीलाई सचेत गराउन खोजेको छ | आउनुस हामी पनि पढौ र सिकौ, भाषा पाठशालाबाट | भाषा पाठशालाको प्रथम पृष्ठमा जान यहाँ क्लिक गर्नुहोस|

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |