Monday, November 28, 2011

Create a blog on Blogger Free (Free from Google)

आजदेखि हामीले हरेक सोमबार प्रकाशन गर्ने गरि, हाम्रो ब्लग सुरु गर्दा परेका समस्याहरु र अप्ठ्याराहरु, हामीलाई जस्तै अरुलाई नपरोस भन्ने हेतुले नयाँ स्तम्भ "Blogging Tips" सुरु गरेका छौं | हामी यहाँ तपाईहरुलाई सित्तैमा नयाँ ब्लग बनाउने र ब्लगर(blogspot.com) मा होस्ट भएका ब्लगहरुमा Blogger Hacks कसरि प्रयोग गर्ने भन्ने बारेमा लेखहरु पस्किने छौं | जुन लेखहरु केहि हामी आफै लेख्नेछौं भने केहि लेखहरु अन्य ब्लगरमित्र तथा अग्रज ब्लगरहरुको ब्लगबाट सापटी लिएर पस्कने छौं |  अहिलेलाई हामीले खाली ब्लगर(blogspot.com)का ब्लगहरुका लागि मात्रै सम्बन्धित लेख राख्ने छौं भने बिस्तारै blogsome र wordpress का ब्लगहरुका लागि पनि सम्बन्धित लेखहरु राख्ने जमर्को गर्दछौं | यदि तपाईहरु पनि ब्लगिंगमा नयाँ हुनुहुन्छ र विभिन्न खाले समस्याहरु आएका छन् वा  तपाईहरुका मनमा कुनै पनि किसिमका कौतुहलता छन् भने कृपया हामीलाई सम्पर्क गर्नुहोस हामी समाधानको लागि हरसम्भव प्रयास गर्नेछौं |


ब्लग र  ब्लगिङ्ग भनेको के हो??
विकिपीडियाका अनुसार:- ब्लग भनेको यही हो भन्ने परिभाषा छैन । कारण यसको चरम स्वच्छन्दता । ब्लग यस्तै प्रकारको हुनुपर्छ भन्ने कुनै सुत्र छैन । जसका कारण ब्लगलाई कसैले एउटा प्रकृतिको आधारमा परिभाषित गर्न सम्भव छैन । तैपनि ब्लगलाई प्राय सबैले अनलाइन डायरीको रुपमा परिभाषित गर्ने गरेका छन । त्यसैले भन्न सकिन्छ–
  • ब्लग यस्तो अनलाइन जर्नल हो जहाँ तपाईले आफ्नो अनुभव र अनुभुतिलाई क्रमबद्ध रुपमा राख्न सक्नुहुन्छ ।
  • ब्लग यस्तो अनलाइन डायरी हो जसलाई एकल ब्यक्तिले दैनिक व्यवस्थापन गरी सामाग्रि प्रकाशन गर्छन ।
ब्लग शब्दको प्रारम्भ वेबलगवाट शुरु भएको हो । वेभ लग वाट नै ब्लग शब्द निर्माण भएको मानिन्छ । कसैले यसलाई वि ब्लग पनि भन्छन् । छोटकरी रुपमा ब्लग शब्द नै प्रचलनमा छ । ब्लग गर्ने ब्यक्तिलाई ब्लगर भनिन्छ भने ब्लग गर्ने प्रकृयालाई ब्लगिङ्ग भनिन्छ ।


कसरि सुरु गर्ने त  ब्लगिङ्ग??
ब्लगिङ्ग सुरु गर्ने धेरै तरिकाहरु छन् | विभिन्न साइटहरुले सित्तैमा पनि तपाइलाई ब्लग बनाउन दिन्छन भने पैसा तिरेर पनि तपाई ब्लगिङ्ग सुरु गर्न सक्नुहुन्छ | पैसा तिरेर गर्नु भन्दा गूगलको bloggerमार्फत ब्लोग्गिंग गर्नु सजिलो, सुविधायुक्त र कम झन्झटिलो छ | कसरि सुरु गर्ने त bloggerमार्फत ब्लोग्गिंग??


सबैभन्दा पहिला तपाई आफ्नो इन्टरनेट ब्राउजरको सहायताबाट http://blogger.comमा जानुहोस | तपाइको ब्राउजरमा तलको जस्तो विन्डो देखा पर्छ (तलको चित्र हेर्नुहोस) |
अब तपाईले  कुनै ठाउँमा sign up for a new account वा  create a new account भन्ने लिंक वा बटन देख्नुहुनेछ, त्यहाँ क्लिक गर्नुहोस् । माथिको चित्रमा sign up for a new account भन्ने लिंक छ | अब त्यहाँ sign up for a new account वा create a new accountमा क्लिक गरेपछि तल देखिएको जस्तो form खुल्छ |
फर्मलाई ईमान्दारपुर्बक भर्नुहोस्र अर्को स्टेप प्रवेश गर्न Continue बटनमा क्लिक गर्नुहोस | अब फेरी तल देखाइएजस्तो form देखा पर्छ जहाँ तपाईले आफ्नो ब्लगको नाम (Heading) र ब्लगको URL (ब्लग ठेगाना) राख्नु पर्ने हुन्छ | याद राख्नुहोस तपाई यसलाई पछी परिवर्तन गर्न पनि सक्नुहुन्छ | तर ख्याल राख्नुस ब्लगको ठेगाना परिवर्तन गरिरहनु तपाई र पाठक दुबैका लागि झन्झटिलो प्रक्रिया हुन पुग्छ र तपाईका पाठक घट्न सक्छन | त्यसैले विचार गरेर मात्र ब्लग ठेगाना र ब्लगको न्वारन  गर्नु उपयुक्त हुन्छ | यति गरिसकेपछि अर्को स्टेप प्रवेश गर्न Continue बटनमा क्लिक गर्नुहोस |
अब अन्तत: तपाई अन्तिम प्रक्रिया अर्थात ब्लगको डिजाइन छान्ने प्रक्रियामा आइपुग्नुहुनेछ | अब तपाई आफुलाई मन परेको डिजाइन छान्न सक्नुहुनेछ | याद राख्नुस डिजाइन पनि तपैले पछी फेर्न सक्नुहुनेछ | यसबाट तपाईलाई डोमेन(URL) परिवर्तन गर्दा जस्तो घाटा हुदैन | यति गरिसकेपछि अर्को स्टेप प्रवेश गर्न Continue बटनमा क्लिक गर्नुहोस |
डिजाइन छानिसकेपछी अब तलको जस्तो विन्डो देखा पर्छ | अब Start Bloggingमा क्लिक गर्नुस र पहिलो पोस्ट (लेख) लेख्नुस |
पुरानो भर्सनमा तल देखिएको जस्तो विन्डो देखा पर्छ | जहाँ Titleमा शिर्षक राखेर बक्सभित्र matter/Content लेखिसकेपछि lebelमा कुनै विधा राखेर तपाइको पोस्ट प्रकाशन गर्न Publish बटन थिच्नुहोस | अथवा पोस्ट प्रकाशन नगरी केहि समयसम्म राखेर केहि समयपछि प्रकाशन गर्न Save Nowमा क्लिक गर्नुहोस |
नयाँ भर्सनमा तल देखिएको जस्तो विन्डो देखा पर्छ | जहाँ Post लेखिएको ठाउँमा शिर्षक राखेर बक्सभित्र matter/Content लेखिसकेपछि lebelsमा कुनै विधा राखेर Scheduleमा तपाईले पोस्ट प्रकाशन गर्न चाहनुभएको मिति तथा समय राख्नुहोस तपाइको पोस्ट प्रकाशन गर्न Publish बटन थिच्नुहोस | अथवा पोस्ट प्रकाशन नगरी केहि समयसम्म राखेर केहि समयपछि प्रकाशन गर्न Save Nowमा क्लिक गर्नुहोस | यसो गर्नुभन्दा Scheduled गर्नु राम्रो हुन्छ, तर यदि पोस्ट पुरा भएको छ र गल्तिलाई सच्याउन बाकी छैन भने मात्र |
अब तपाई आफ्नो ब्लगमा ब्लगिङ्ग गर्दै रमाउनुहोस | तपाईलाई शेयर गर्न मन लागेको कुरा आफ्नै ब्लगमार्फत शेयर गर्नुहोस |

Happy Blogging!
Enjoy Blogging!

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |