Wednesday, November 23, 2011

हामी भेडा बाख्रा हौँ र??

कुपण्डोलबाट लगनखेलसम्म जनाको लागि म माइक्रो कुरेर बसिरहेको थिएँ | यस्तैमा एउटा माइक्रो ढोका खुल्ला राखेर अटाइ-नअटाइ मान्छेलाई झुण्डाएर आइपुग्यो | तैपनि कुपन्डोल आइपुगेपछि बस घ्याच्च रोकियो अनि फेरी पनि मान्छे डाक्दै थिए सह-चालक | यत्तिकैमा बस चढ्ने यात्रुको भिड लाग्यो र त्यहाँ सकेका जति यात्रु टिपेर बस अघि बढ्यो | हुन त म पनि त्यति जानुपर्ने भए पनि अर्को बसको प्रतिक्ष्यामा बसें तर अर्को यस्तै हो भन्दै म एउटा माइक्रो चढें | जावलाखेल सम्म जसोतसो झुण्डीएर यात्रा मिल्ने भए म कहिल्यै सार्वजनिक यातायात चढ्दिन भन्ने भैसकेको थियो | तर पनि सह-चालक भने कुरेर बसेको मान्छे देखि कि "जाने हो" "अब गाडी आउदिन यहि लास्ट गाडी हो" जस्ता कुराहरु दोहोर्याउदै थिए | जावलाखेल आइपुग्नेबित्तिकै त यात्रु त कति हुन् कति सब चदना हतार गर्दै थिए | कसरि जाने, के गर्ने भन्दै गाइगुइ चलेको मात्रै के थियो गुरुजी(चालक)ले उपाय निकाली हाले "डिक्की खाली छ जाने हो??" बिचार म जस्तै कति बेरदेखी कुरेर बसेका थिए कुन्नि निरिह बनेर हुन्छ भन्दै डिक्कीतिर लागे|
गाडीमा अगाडी पनि दुइजनाको सिटमा तीनजना राखेर चलाएको देखेर मैले एक पटक सह-चालक भाईलाई सोधे पनि, "भाई अगाडी तीनजना बसाउदा ट्राफिकले केहि गर्दैन??"
"त्यहि थापाथलीको दिदीहरुले अलिक र्याक गर्छन थापाथली कटीसकेपछी त कसले के गर्नु र??" सह-चालकले जवाफ दिए |
हामी संगै झुन्डिनेमा एकजना बिदेशी यात्रु पनि रहेछन | ति बिदेशी यात्रुतर्फ इशारा गर्दै सह-चालक भन्दै थिए "यो खैरे यसको जिन्दगीमा कहिल्यै पनि यसरि झुण्डीएर यात्रा गरेको थिएन होला ! आफ्नो देशमा भए कार चढेर हिड्थ्यो होला, नेपालमा के गरोस बिचरा यसले??" सह-चालक खुबै खुशी देखिन्थे आज भने राम्रो कमाई भो भन्दै मख्ख परेका थिए उनि | तर पनि जब जब चोक आउथ्यो तब तब उनि ढोका लगाउन खोज्थे र सबैलाई उर्दी जारी गर्थे "टाउको भित्र!" बिचरा हामी निरिह यात्रु चुपचाप उनको निर्देशनमा चल्थ्यौ |
कोहीकोही भने गुनासो गर्थे "ए! भाई हामी भेडाबाख्रा त हैनौ नि हो, यति सरो गुन्द्रुक जस्तो त नकोच न यार!" यात्रुले यस्तो कुरा गरे कि सह-चालक नमिठो जवाफ फर्काई हाल्थे "मैले कर गरेर हालेको हो र तपाईहरुलाई? अब सबैलाई घर जना हतार भाको छ, अलिकति एडजस्ट त हुने पर्यो नि तपाईहरु पनि !"

यात्रुहरु एकापसमा गन्थन गर्दै थिए "के गर्नु नचढे पनि नहुने चढे पनि नहुने! फेरी कुरेर बस्न थाल्यो भने कहिल्यै खाली आउदैन यो अफिस टाइममा |" सह-चालक यात्रुको गन्थनको जवाफ फर्काई हाल्थे "के गर्नु कमाउने समय नै यहि हो अफिस टाइममा मात्रै त हो नि कमाई हुने दिउसो भरि खाली कुद्नु पर्छ |" चालक अगाडी मुसुक्क मुस्कुराउदै यात्रु र सह-चालकको सम्बद सुनिरहेका थिए | अन्तत: लगनखेल आइपुगेपछि मैले पनि अन्तिम पटक मुख खोले "हामी त भेडा बाख्रा नै भएछौं नि है भाई | मेरो वाक्य भुइमा झर्न नपाउदै सह-चालक बोलिहाले "भेडा बाख्रा भए त हुन्थ्यो तर यहाँ(नेपालमा) त मान्छेको माखा, मच्छडको जति पनि भ्यालु नहुने भैसकेर पो त दाई!" भाइको जवाफ सुनेपछि नाजवाफ म आफ्नो बाटो लागें तर बाटो भरि सोच्दा मलाई ति भाइको कुरा ठिकै लाग्यो |
अहिलेसम्म पनि मेरो कानमा तिनै भाइको त्यै जवाफ गुन्जिरहेको छ, "भेडा बाख्रा भए त हुन्थ्यो तर यहाँ नेपालमा त मान्छेको माखा, मच्छडको जति पनि भ्यालु नहुने भैसकेर पो त दाई!"

1 comments:

वसन्त बलामी said...
November 25, 2011 at 7:52 PM

सार्वजनिक यातायात चढेर यात्रा गर्नुपर्ने हरेक नेपालीले भोग्नुपर्ने अनुभव तपाइँले सुनाउनु भयो । यसरी यात्रु कोचेर यात्रा गराउँदा कहिलेकाहीँ मात्र गाडी चढ्ने मलाइ त सासै अड्कीए जस्तो भएर दिनभरी नै टाउको दुख्छ,वाकवाकी आउलाजस्तो हुन्छ । प्रत्येक दिन यसमा यात्रा गर्नेहरू खै कसरी सहन्छन् होला ?

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |