Tuesday, November 8, 2011

दोस्ती, राजनीति र नेता

यमन, अमर र समर तिन भिन्नै प्रकृतिका व्यक्ति एउटै कोठामा Room Partner भएर बसेका छन् यिनीहरुलाई जसले चिन्छन, उनीहरु मिलेर बसेको देखेर अचम्ममा पर्छन | यिनीहरुको बानी, व्यवहार, स्वभाव देखेर कोहि पनि बिश्वास गर्दैन कि यिनीहरु एउटै कोठामा बस्छन | यमन बिल्कुलै अचम्मको छ उसको सोख भन्ने वा लक्ष्य खाली गांठवली केटि पट्ट्याउने र मस्ती गर्ने नयाँ नयाँ ठाउंहरु घुम्ने छ | उसको स्वभाव पनि कुनै कुलतमा फसेको मान्छेको जस्तो छ | तर त्यसको ठिक बिपरित अमर भने लजालु, पढाइमा ध्यान दिने सोझो, र डरपोक छ | यी दुइ भन्दा फरक समर जहाँ जस्तो पर्यो उस्तै व्यवहार गर्छ | उ न केटीप्रति मरिहत्ये गर्छ न अवसर गुमाउछ | मान्छे अनुसारको व्यबहार गर्ने उ बलिष्ठ पनि लाग्छ भने निडर पनि छ | उसलाई केहीको चिन्ता छैन जे पर्छ त्यो टर्छभन्ने उसको सिद्धान्त हो भने साला उसको थेगो भन्दा पनि हुन्छ |


सबै सुतिसक्दा पनि यमन फोनमा नै झुण्डीरहेको हुन्छ उसकी गर्लफ्रेन्डसंग भन्दै हुन्छ "साले पैसा पठाईदे न यहाँ आफुलाई फिटिफिटि भैसक्यो| यहाँ तलब भ्याइएर पनि हजार ऋण लागिसक्यो |" "यहाँ सबै उधारोमा चल्दै छु म साला केहि उपाय गर न |" प्रत्येक महिना एउटै dialouge हुन्छ उसको तर हप्ता दिन/ दस दिनमा भने फेरिरहन्छ | समय समयमा गर्लफ्रेन्ड पनि फेर्ने उसले dialouge भने एउटी राखिरहन्छ | उसको कुरा सुन्दा सुन्दै बिचरा अमर पनि कहिले कहिँ त सोच्थ्यो कि "साला आफ्नो त भाग्य नै खोटो न गांठ छ न गांठवली गर्लफ्रेन्ड नै | साला यो Mobile, Money र Motorbike बिनाको जिन्दगी पनि सारै गार्हो रै'छ चल्न|" तर समर भने उसलाई राम्रो मान्दैनथ्यो भन्थ्यो "साला गर्लफ्रेन्डसंग पैसा मागेर बाँच्छ! साला बाउ छँदा छँदै आफु कमाउन सक्ने हुँदा हुँदै पनि अरुसंग मागेर बाँच्छ | साला परजीबी |"

यी तिनको छुट्टाछुट्टै आ-आफ्नै कहानी थिए | तर पनि यी तिनै मिलेर बसेका थिए | यिनको न विचार मिल्थ्यो न स्वभाव न व्यबहार तर यिनमा मिलेर बस्न सक्ने खुबी थियो | तिनै जना मिलेर बसेका थिए | तिनै जना एक अर्कालाई पर्दा खुबै सहयोग गर्थे | परेको खण्डमा एक अर्काको लागि ज्यानै अर्पण गर्न पनि तयार रहन्थे | तर अकस्मात उनीहरुको जिन्दगीमा राजनीति छिर्यो तिनै जना भिन्न भिन्न दलका बिद्यार्थी नेता भए अब यिनीहरुमा पहिले जस्तो मेलमिलाप रहेन | अब तिनै जना बिल्कुलै फरक शैली र फरक विचारधाराको राजनीतिबाट प्रेरित हुन थालेका थिए | अब यिनीहरुको झगडा सुरु हुन थालेको थियो त्यो पनि अनावश्यक कुरालाई लिएर | देशमा क्रान्तिको नाममा नेतागिरी सुरु भयो | अन्तत: यिनीहरुको बिचमा फाटो आयो | तर यिनीहरुका मातृ दलका नेताहरुमा मेलमिलाप भयो |

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |