Monday, October 3, 2011

परदेशीको दशैं

--नील खड्का






यसपल्ट त्यस्तै भयो, आउने आशा मार्नु होला !
टीका लाउने साइतमा, फोटो पर सार्नु होला !!

कहिले आँसु कहिले हाँसो, यस्तै रै'छ जिन्दगानी !
हुन्न जित सधैंभरि, यस वर्ष हार्नु होला !!

याद आउला घरिघरि, कोठा मेरो रित्तै देख्दा !
भुल्नू मलाई दसैंभरि, बरु कोठा बार्नु होला !!

नदुखाउनु चित्त धेरै, बाँचे आउँला अर्को दसैं !
पराइले देख्लान् फेरि, लुक्दै, आँसु झार्नु होला !!

पाइन मैले अहिलेको साल, दसैं खर्च पठाउन !
ऋणसापट गरेर नि, दुःख सुख टार्नु होला !!

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |