Monday, October 24, 2011

काग तिहार अर्थात् तिहारको पहिलो दिन

हिन्दुहरुको दशैं पछिको दोश्रो महान चाड तिहार आजबाट सुरु भयो तिहारको पहिलो दिन आज अर्थात् काग तिहार (काग पुजा वा काग पर्व), कागहरुको पुजा गरेर तथा मिठाईहरु दिएर मनाइयो यसै(काग तिहार) सम्बन्धि केहि जानकारी यहाँ प्रस्तुत गरिन्छ
नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लीने गरिन्छ | जसरी नवरात्री नौ दिन सम्म मनाईन्छ, त्यसै गरि तिहारलाई पांच दिन सम्म मनाउने प्रचलन छ जसलाई यम पञ्चक भनिन्छ | यस पर्वमा काग, गाई आदिको पूजा गरेर मानब र प्रकृति बीचको सौन्दर्यतालाइ आत्मसात गरिन्छ | यहि तिहार पर्वको मूल मर्म हो | दिपावलीको रमझम सबैतिर छाएको हुन्छ | सबैको मनमा आनन्दको बर्षा हुन्छ | देउसी भैलो गाएर मनोरंजन गरिन्छ

तिहारका पाँच दिन हुन्छन् जसलाई यम पञ्चक  भनिन्छ । यो बेलामा यमराज अर्थात काल पनि विदामा हुन्छन रे उनी बहिनी यमुनासँग बसेर टीका लगाउँछन् रे । भाइ टीका हुन्छ यम पञ्चक को अन्तिम दिन । दिदी बहिनीले दाजु भाइलाई निकै श्रद्धाले टीका लगाइ दिन्छन् त्यस दिन । चामलको भिजाएको पिठोको निधारमा ठाडो धसो्र बनाएर त्यसमा सप्तरंगी टीका अडाइ दिन्छन् दिदी बहिनीले । त्योभन्दा अघि पुजा गर्छन् । ओख्खर फुटाउँछन् । टीका लगाउन बसेका दाजुभाइलाई तेलको घेराले घेर्छन् । टीकापछि गलामा मखमली फूलको माला लगाइ दिन्छन् । दिदी बहिनीले बनाएको तेलेको घेरा नसुकुन्जेल, मखमली नओइलाउनजेल दाजुभाइलाई कालले लैजान सक्दैन भन्ने कथन तिहारसँग जोडिएको छ ।

तिहार यानी यम पञ्चक को पहिलो दिनलाई काग तिहार भनिन्छ-जुन दिनमा हिन्दुहरु कागको पुजा गर्छन। कागको श्वोरले दुख र समस्याको संकेत दिन्छ। काग तिहारको अवसरमा धार्मिक मान्यता अनुसार कागलाई पुजा गरी विभिन्न खानेकुरा दिइन्छ। हाम्रो समाजमा कागलाई सन्देश बाहकको रुपमा लिइन्छ।परापुर्व कालमा यमराजकी बहिनीको लागि संदेशबाहकको काम गरेकोले कागको पनि पुजा गर्नुपर्ने चलन रहिआएको जानकारहरु बताउछन|

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |