Wednesday, October 26, 2011

देशमै भए तिहारमा




-नील खड्का 
देशमै भए तिहार राम्रो, ठान्थेँ म पनि !
जस्तै भए नि खुसीसँगै, मान्थेँ म पनि !!

मूल घरमा बेग्लाबेग्लै, खाल जम्दाखेरि !
कौडा समाइ एउटा दाउ, हान्थेँ म पनि !!



तिहारमा जुवा खेल्ने, चलन नै हो भन्छन् !
हारे फिस्स जिते पैसा, तान्थेँ म पनि !!

गाउँघरका मिल्ने साथी, सबै भेला पारी !
नाच्दै नाच्दै देउसी खेल्न, जान्थेँ म पनि !!

पल्लाघरका कान्छादाइको. भाका कति मीठो !
भट्याउन उनै दाइलाई, लान्थेँ म पनि !!



घरैपिच्छे मीठा मीठा, खानेकुरा पाक्दा !
तातो तातो सेल रोटी, खान्थेँ म पनि !!

मखमली फूल टिपी, माला उने होलान् !
बाठो भई राम्रो माला, छान्थेँ म पनि !! 

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |