Thursday, October 20, 2011

Libyan leader Muammar Gaddafi Killed [With Video]



लिबियाका शाषक मुहम्मर अल गद्दफिलाई गोलि हानी हत्या गरेको खबर यत्र, तत्र, सर्वत्र फैलिएको छ| उनको मृत्युमा कयौ खुसि छन् त कयौ दुखि पनि छन्| भन्नलाई बिद्रोहीहरुले हत्या गरेका भनी पनि यो हत्यामा अमेरिकाको पनि प्रत्यक्ष्य वा परोक्ष्य रुपमा हात रहेको कुरालाई नकार्न सकिन्न| आफ्नै गृहनगर सिर्टे जहाँ उनको जन्म भएको थियो,मा भूमिगत अवस्थामा रहेका गद्दाफिलाई गोलि हानी हत्या गरिएको पुष्टि अल्जजिरा टेलिभिजन तथा BBC लगायतका संचारमाध्यमहरुले गरेका छन्|

See how was Gaddafi taken out before Killed


हुसैन देखि गद्दाफीसम्म आइपुग्दा अमेरिका
संसार हल्लाउन सक्ने शक्ति र खुबी दुवै भएको अमेरिकाले आफैले जन्माएका, जसले अमेरिकालाई नै हल्लाइदिएका थिए र जो खुंखार आतंकबादी कहलिएका थिए दुबैलाई परास्त गर्यो| अहिले गद्दाफी सम्म आइपुग्दा अमेरिकाले उसको प्रभुत्वलाई चुनौती दिने र उसको आफ्नो कुरा नमान्नेलाई पतन गरेर मात्रै छोड्दो रहेछ भन्ने प्रमाणित भएको छ| अमेरिका आफु शक्तिशाली रहिरहन पहिले रसिया टुक्र्यायो, जसका निमित्त उसकै शब्दमा आतंकबादीको जन्म गरायो | त्यसपछि तेलका भण्डार भएका मुलुकहरुमथी आँखा गाड्न थाल्यो र एकपछि अर्को मुलुकमा गृहयुद्ध चर्काएर तेलका खानी भएका मुलुकहरुमाथी आफ्नो प्रभुत्व जमाउन सुरु गर्यो |

जसको पछिल्लो एउटा शृंखला हुन पुग्यो गद्दाफिको हत्या/मृत्यु| कुनै पनि मुलुकलाई आफूभन्दा शक्तिशाली वा सम्पन्न देख्न नसक्ने अमेरिका अरुलाई परास्त गर्नकै लागि विभिन्न रुपमा आतंककारीहरुलाई सहयोग गर्छ तर सोच्दैन कि कुनै दिन त्यहि आफुले जन्माएको उग्रबादी/आतंककारीले आफुलाई पनि तारो बनाउलान भन्ने सोच्दैन जसको फलस्वरूप सद्दाम हुसैन र बिन लादेनहरुको जन्म हुन्छ| नेपालीमा एउटा भनाइ छ नि छिमेकीकोमा बाघ पल्क्यो भनेर खुसि नहुनु त्यो बाघले आफ्नो घरमा पनि हमला गर्न सक्छ भन्नेतिर चाही सतर्क रहनु|

तर अमेरिका त्यस्तो छिमेकि हो जो छिमेकीकोमा बाघ पठाएर आफु मस्त निन्द्रामा पर्छ जब निन्द्रा भंग हुन्छ अनि थाहा पुछा कि बाघ आफ्नोमा पनि हमला गर्न थाल्दैछ भनेर त्यसपछी मात्रै आफ्नो ज्यान-प्राण फालेर बाघ मर्न लागि पर्छ| यहाँ गद्दाफिको केशमा पनि ठ्याक्कै नहोला भन्न सकिन्न किनकि जसरि रसिया टुक्र्याउन बिन लादेनको प्रयोग गरेर बिन लादेनलाई संसारमै (प्र/कु)ख्यात आतंककारी बनायो त्यसै गरि कतै फेरी अर्को आतंककारी जन्माउदै त छैन अमेरिका ??

हिजो जुन कुरा सद्दाम हुसैनको केशमा भयो त्यस्तै प्रकृतिको घटना गद्दाफिमाथी पनि भएको छ| जसरि इराकमा रहेको तेलको निम्ति अमेरिकाले इराकलाई गृहयुद्धमा धकेलेर हुसैनलाई पक्रेर हुसैनलाई मारेर इराकको तेलमाथि आफ्नो प्रभुत्व जमायो ठिक त्यसैगरी उसको प्रभुत्वलाई चुनौती दिने गद्दाफिलाई मारेर लिबियाको तेलमथी पनि कब्जा जमुना चाहन्थ्यो भन्ने कुराको पुष्टि 'शान्तिपूर्ण विरोध'को फलाको गरेर नथाक्ने गद्दाफी विरोधी लिबियालीहरूक हात हातमा तत्काल पुगेका ठूलठूला मेसिनगन, ट्यांकदेखि विमानभेदी हतियारहरुले पनि गर्दछन। भलाई गद्दाफी निरङ्कुश शाषक थिए यद्दपी गद्दफिले आफ्ना जनताहरुको निमित्त पक्कै पनि राम्रा कामहरु पनि गरेका थिए र त उनका समर्थकहरु त्यति धेरै थिए| हुन त भटाभट एकपछि अर्को गर्दै आत्मसमर्पण गरिरहेका अरब मुलुकहरुको पंक्तिमा उनले आफ्नो राष्ट्र र जनताको स्वाभिमानलाई बचेर अमेरिकासंग टक्कर लिए यो नै उनको गल्ति थियो अमेरिकी नजरमा जसले गर्दा आफ्नै देशमा उनका बिद्रोही जन्मेर उनलाई अन्त गर्न सफल भयो अमेरिका|

यसबाट गद्दाफी हटाउने र लिबियामा बगेको रगतको बदला आफूले तेल कब्जा गर्ने अमेरिकी योजना लामो थियो भन्ने पुष्टि हुन्छ। हुन त अरब मुलुक जो अमेरिकाको विचार र सिद्धान्तलाई मान्दैन र उसको बिरुद्ध बोल्छ, सबैको हालत इराकको जस्तै बनाउन अमेरिका जे सुकै पनि गर्न पछी पर्दैन किनकि उ आफूभन्दा सम्बृद्ध र शक्तिशाली मुलुक अरु देख्ने सक्दैन| अमेरिका खाली शक्ति र पैसाको पछाडी दगुर्ने मान्छे जस्तै हो| अमेरिकालाई हामी नेपालीमा बुझ्दा धामी र बोक्सी को रुपमा बुझ्न सक्छौ|

नेपालीमा भनाइ छ आफै धामी आफै बोक्सी | अमेरिका पनि त्यहि कोटिमा पर्छ जो पहिले आतंककारी जन्माउछ र फेरी त्यहि आतंककारीलाई पतन गराउन अर्बौ खर्च पनि गर्छ| त्यसैले अमेरिका भन्दा त गद्दाफी कयौ गुना राम्रो हो भन्ने यो पंक्तिकारको ठहर छ| त्यसैले त म भन्छु हाम्रो देशमा पनि एउटा गद्दाफिको जन्म हुनु अत्याबश्यक छ, किनकि भारतपरस्त नेपाली नेताहरु भन्दा स्वाभिमान गद्दाफी धेरै महान छन् |


हार्दिक श्रदान्जली गद्दाफी!


0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |