Monday, September 26, 2011

शहिद माने हत्या गरिएको मान्छे !

शहिद कस्तो व्यक्तिलाई भन्ने? भनेर हाम्रा राजनीतिकर्मीहरुलाई थाहा छैन कि क्या हो?? कुर्सीमा बस्दैमा जे मन लग्यो त्यहि निर्णय गर्न पाइन्छ? आफ्नो कुर्सि बचाउन हत्या भएको व्यक्तिलाई शहिद घोषणा गर्दा शहिदको सपनाले नासराप्ला र??
शहिद भन्नाले सामान्यतया देशको निम्ति आफ्नो प्राणको आहुति दिनसम्म जस्ता कार्यहरु गर्न पछी नपर्ने व्यक्तिहरुलाई बुझाउछ| विकिपीडियाले शहीद(Martyr)लाई यसरि परिभाषित गरेको छ:

Common features of stereotypical martyrdom
1. A hero A person of some renown who is devoted to a cause believed to be admirable.

2. Opposition People who oppose that cause.

3. Foreseeable risk The hero foresees action by opponents to harm him or her, because of his or her commitment to the cause.

4. Courage and Commitment The hero continues, despite knowing the risk, out of commitment to the cause.

5. Death The opponents kill the hero because of his or her commitment to the cause.

6. Audience response The hero’s death is commemorated. People may label the hero explicitly as a martyr. Other people may in turn be inspired to pursue the same cause.

सुरक्षाकर्मीको बाक्लै तैनाथी रहने क्षेत्रमा आज दिन दाहाडै गोली प्रहार गरी हत्या गरिएका इस्लामी संघ महासचिव फैजल अहमद कुन अवस्था र कारणले कसरि र किन शहिद भए| के उनले देशका निम्ति कुनै बलिदानी दिएका थिए वा त गच्छदारको कुर्सि जोगाउनै मात्र यिनलाई शहिद घोषणा गरियो?? पटक पटक हुने यस्ता घटनामा सुरक्षाकर्मी देखि राजनीतिक उच्च तहसम्मकै संलग्नता हुदैनथ्यो भने किन अपराधीले सुरक्षा व्यवस्थालाई नै चुनौती दिदै कडा सुरक्षा व्यवस्था हुने ठाउँमै हत्या गरेर फिल्मी पारामा हत्यारा फरार हुन्छ अनि प्रहरी चाही लाटाले पापा हेरेझैँ टुलुटुलु हेर्दै बस्छ? आज हत्या भएको ठाउँको बारेमा थाहा छ तपाईहरुलाई ? उही त हो नि सर्वाधिक सुरक्षित मानिने र सुरक्षाकर्मीको बाक्लै तैनाथी भएको घण्टाघर जहाँबाट ५० मिटर जतिको दुरीमा महानगरीय प्रहरी आयुक्तको कार्यालय नजिकै जहाँ एउटा सीआरबी भ्यान २४ घण्टै तैनाथ रहन्छ|३० मिटर उत्तरको दूरीमा संस्कृत छात्राबासको सुरक्षाका लागि सशस्त्र प्रहरीको सुरक्षा युनिट तैनाथ छ। त्यसको २ मिनेटको दूरीमा महानगरीय प्रहरी वृत्त दरबारमार्ग छ। आक्रमणकारी भागेको दिशातर्फ नेपाल एकेडेमीको सुरक्षार्थ २४ घण्टै प्रहरी तैनाथ रहन्छ। एकेडेमी नजिकै रहेको अमेरिकी राजदूतको निवासको सुरक्षामा अत्याधुनिक हतियारसहित सशस्त्र प्रहरी २४ घण्टै ड्युटीमा रहने गर्छ।

पटक पटक यस्तो फिल्मी घटना घट्दा पनि सुरक्षा निकाय मौन हुन्छ, सुरक्षा निकाय सधै अपराधीको नजिक नजिक पुग्छ तर अपराधीसम्म भने पुग्न सक्दैन| यस्तो अवस्थामा सुरक्षा निकायलाई मजबुत पर्ने त कता हो कता केहि राम्रो काम गर्ने प्रहरी अधिकृतहरुलाई सरुवा गर्न तर्फ लाग्छ सरकार| अनि एउटाले आएर एउटालाई मारिदिन्छ, मृतकको परिवारले आन्दोलन गर्छ, सरकारले क्षतिपूर्ति दिने र मृतकलाई शहिद घोषणा गर्छ अनि बार्ता टुंगिन्छ र देशमा एउटा नामी शहिदको संख्या थप हुन्छ| हत्यारा फेरी अर्को शहिद खोज्न थाल्छ| यस्तै रहेछ यहाँको चलन!

यहानिर हाम्रा गृहमन्त्रिज्युलाई सायद थाहा छैन कि शहिद कस्तो व्यक्तिलाई भनिन्छ| अनि क्षतिपूर्ति पाउदैमा र शहिद घोषणा गर्दिदैमा मान्ने परिवार पनि कस्ट होलान मान्छे मर्दाको क्षति पनि कहिँ पूर्ति हुन सक्छ र?? हाम्रो देशमा यस्तै रहदै गर्ने हो भने हामीलाई पनि कुन दिन हत्याराले शहिद बनाइदिन्छ र सरकारको यस्तै निरीहता र सुरक्षा निकायको यस्तै चाला हो भने देशमा जनसंख्या भन्दा पनि बढी शहिद नबन्लान भन्न सकिने स्थिति छैन|
हाम्रो कानुनमा किन व्यवस्था छैन शहिद कस्तो व्यक्तिलाई भन्ने भनेर? अनि हाम्रा राजनीतिकर्मीहरुलाई पनि थाहा छैन कि क्या हो शहिद भनेको कस्तो व्यक्ति हो?? कुर्सीमा बस्दैमा जे मन लग्यो त्यहि निर्णय गर्न पाइन्छ? आफ्नो कुर्सि बचाउन हत्या भएको व्यक्तिलाई पनि शहिद घोषणा गर्दा शहिदको सपनाले नासराप्ला र?? प्रश्न तपैहरुका लागि......

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |